Posted by: shree5 August 25, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
अँ त नि। तो कुरा त जम्मै भनेकी थिई केरे नि त जमुनीले मलाई पुनि । अब तपईं र मेरा बीचको कुरो भओ केरे, के लुकाम्नु र अब ब्या' को कुरो पुनि अर्छु भन्नु भा कै छ केरे । धेरै राखो भने कभेली त कुहुन्छ अरे, तेसो भएर भन्न लाको के । अब एउटा कुरो भनम है त । गा' को हिउँदमा, फागुन चैत छेक कहिले हो कुन्नि यस्तै भर्खरै गाँजा छिप्पिनी समये थियो केरे । म पुनि धुसेनीको बनमा लट्ट परेर गाँजा फलेको देखेको केरे, अब महादेब शिबजीको सेवा अर्न परो परभुको भनेर गाँजा बटुल्न सम्म बटुलें। सन्जोग पुनि तेही दिन झिमिक्कै साँझ परो । अब त भएन, घर जान परो भनेर झुलमुले साँझैमा घरतिर हानिंदै थिएँ । ठ्याक्क बाटैमा त लालटिन बालेर हजुरका मामा र माईजु खुईं खुईं हिडेका । हईन, कता हिड्नु भओ भाले पोथी दुइटै भनेर सोधेको त तोरिखर्के मास्टर्नी कहाँ बेलुका बेलुका प्रौढ शिक्षा पढाम्न लाका छन। अब बुढेस कालाँ भए पुनि दुई चार आखर कखरा चिनम, केही नसके पुनि येसो चिठी, तमसुक सम्म फोर्न सक्नी भा पुनि ओहोरै हुन्छ । फेरि गाम पन्चाईतले तेहाँ प्रौढ शिक्षामा पढ्न जानीलाई जानै पिच्छे महिनाको पाँच बीस रुप्याँ दाम पुनि दिनि, आम्दानी पुनि हुनी, नुन तेल घर खर्चलाई पनि टेवा हुनी भनेर हाम्रा त भाले-पोथी नै सुरिएम । भनेर भन्नु भओ तपईंका मामाले । मनमनै मलाई नि जानी मन भओ र सोधेको त पचास वर्ष काटेकाले मत्रै भरना हुन पाउनी अरे । तेतिखेरै मेरा मनमा त आर्को जुक्ती पो फुरो । अनि कहिले सम्मन हो त तो प्रौढ शिक्षा भनेर सोधेको त एउ बर्ष सम्म हो, आगुम साल दशैंमा बल्ल सक्किन्छ, अब कखरा, बाह्रखरी चिन्न परो, त्याँट आईतबार, सोमबार पुनि जानेर बैशाक, जेठ सिकेर फेरि येसो हिसाब-किताब जोर घटाउ नि सिक्न परो पो भन्छन त तपईंका मामाले त । अनि कति बजे सम्मन हो त भनेर सोधेको त सात बजे देखुन दस बजे सम्मन अरे, बुढा-बुढी त मास्टर्नी कहाँ पुग्न छ बजे नै हिड्दा रैछन। मेरो पालो तेही दिन नै गए तपईका ठाईला मामाकाँ । गएर "ए घर को हुनु हुन्छ, सिगरेट सल्काम्न परो, सलई भा नि आगो भा नि दिनु हुन्थ्यो कि भनेर सोधे झै गरें। अरु त को हुन्थे र, जमुनी मत्रै रैछ। अनि त्यसरी नै एउ दिन, आर्को दिन अर्दै म त बेलुका बेलुका दिनकै जान्छु केरे नि त तपईंका मावलीमा । तेही बेला देखिन हो केरे नि त मयाँ पिरिम बसेको मेरो र जमुनीको । तपईसंग पो भागी भन्दा त म त अलाँत्र भाको नि २-४ दिन त । खाना पुनि खाछैन ल, जनैको कसम । अनि तेस्तै ३-४ साता अगाडि हो क्यार, जमुनीले त "बुझेउ सिरे, मलाई त माग्न आको छ अरे कुन्नि कहाँ को हो नेवार" भन्छे । अनि तपईंका मामाले "जे भा नि बाहुन हुम, आफ्नै जात बेगर अरु जातमा त दिन्न यस्ती आँखैकी नानी जस्ती छोरीलाई" भनेछन। अनि कहाँका नेवार साहू रहेछन त, भन्न त भन कमसेकम भनेर फेरि जमुनीलाई सोधेको त जमुनीले "खै कताका हुन, ईन्जे, ईन्जे भन्थे, ईन्जेनेयार हो कि ईन्जेनेवार के हो तेस्तै के हो क्यार " भनी । "उपाद्दे बाहुन नै हुन र त कुखुराको मासु र रउसी खानी भएर तल खानीपानीका उपरसेट साहेबलाई त दिईन, अब कहि नपाएर बिजात मा अझ नामै नसुनेका ठाममा दिन्छु कि क्या हो छोरी, तो ईन्जे भन्नी कता हो कता, सुनेको नि छैन, दिन्न छोरी" भनेछन बुढाले त । मैले कुरो बुझें, अब कुरो फुस्काईदिम, आफ्नै खुट्टाँ बन्चरो हाने झैं हुनी भओ र चुप्प लाएर बसेको नि । खाँटी कुरो त तेही हो । जे होस, अब हजुर हाम्रो कुरो मिलो खुलो के रे, अब हजुर जस्ता मुन्छेले मिलाम्नु त होला के रे नि त । Keep rolling...
Read Full Discussion Thread for this article