Ishwor
Replies to this thread:

More by Ishwor
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 BHAUTE HARAEKO SUCHANA

[Please view other pages to see the rest of the postings. Total posts: 241]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 84392 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 08-18-05 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


DEKHNAMA DUBLO DUBLO-MOTO MOTO, AGLO AGLO-HOCHO HOCHO, KALO KALO-GORO GORO, ANDAZI BARKHA THA BHENA NEPAL MA NIRDAL BAUDAL KO HO KI SATYAGRAHA HUDA KO BELA MA JANMEKO RE, NAAM ( bhaute) BHANTHE SAJHA BATA ACHANAK HARAUNU BHAEKO LE YO SUCHANA JARI GAREKA CHHU. FELA PARNU HUNE MAHANUBHAV LE TU- SAJHA.COM MA LYAI BUJHAI DINU BHAE MA UCHIT DANDA JARIWAN SAHIT NAJARANA TAKRAUNE THIYE.

 
Posted on 08-20-05 12:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथि एउ ठाममा,

" अनि के के लुटेछ कि के के गरेछ, कसै कसैले त ती चेलीलाई भन्न नहुनी कुरा नी गरेछ भन्छन"

को साटो

" अनि के के लुटेछ अरे, अरु पुनि के के हो के के ‍गरेछ, कसै कसैले त ती चेलीमाथि पुनि हातपात, के के जाति भन्न नहुनी कुरा नी जम्मै गरेछ भन्छन"

भए कुरो अझै किलियर हुन्थ्यो कि ? हल्लै त हो ।

Keep rolling...


 
Posted on 08-20-05 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गामै सुन्य भो यार यो भउते लाहुर गेऽसी।
"लेकिन पढ्न वढ्न नि छोडेर लागुर गेऽर बस्नु शूभ लागेन।" भन्दै फर्किन्छन् २,३ दिनपछि।
तोरी छरेर गाऽ हुन् अब तोरी पाक्ने बेलासम्म त पक्कै आउँछन्, (तोरी लाउरे)।
 
Posted on 08-24-05 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन, यि केटारले भउते को औधी कुरा गरेर होला, हिजो सपनामा नि भउते देखि राऽ...मेरी धोबिनी कै च्यात्त्याऽ पेटिकोटको कस्सम्!

भउते त यस्तै १२-१५ साल पछि गाम फर्कि राऽ रे। ठ्याक्कै १२ वटा छोराहरु लाम लगाऽर ल्याको रे। ५ फिट देखुन अढाई फुट सम्मका...जेठो, अग्लोलाई अगाडि...कान्छो, होचोलाई पछाडि। एउटा छोरो त अलि कालो कालो र दुब्लो रे अरु भन्दा। शायद सिरि ५ ले कुरो ग-या छोरो त्यै परो जस्तो थियो।

ठम ठम ठम लाऽर मामाघर पुगेछ। म नि टुलुटुलु हेरि राऽ थें, भउतेको मामा त झन ट्वाँऽऽऽऽ।

"ल, मामा, तिम्ले माने नि, नमाने नि तिम्री छोरीले म बाट १२ वटा बत्ताई सकिन् क्यार, अब टिका टालो गर्न अर्को जुनि नकुरम्" भन्छ गाँठे त्यो त!

मामा के मान्थ्यो? "तेर्?रिम्या भतुवा! लाज सरम् पचाईस्? अर्काऽ छोरी भगाउनि, अईले हाम्लाई उल्टो थर्काउनि?" रे!

भउते नि गजबले अरठ्या र छ। "भगाउनि भन्या अर्काऽ छोरी त हो नि! आफ्नै छोरीलाई नि कसैले भगाओस त?" भनेर उल्टो जवाफ फर्काम्छ, गाँठे!

मामा त रीसले रातो निलो! बुढो जाने भो अब यमलोक ह्रदय समातेर भन्ठानेको म त। के जान्थ्यो?

"तँ राँडिया छोरोलाई ह्यिं ठहरै नपारे त के!" भनेर एक हातले छेउको चिरेको दाउरा उठाउँदै अर्को हाताँ भाको खुर्पाको झट्टारो हानि राऽ...सिधै भउतेको खप्पर तिर!

म चाईँ राम राम राम भनेर भउतेको आत्माको चिरशान्तीलाई अग्रिम प्रार्थना गर्दै थिएँ, भउते मुरदार त निकै छरितो रऽछ! स्वाट्टै छलदियो तेस्ले खुर्पा...

अनि त, हे परमेश्वर नारायण प्रभु!!!! त्यो खुर्पा त मेरै खप्पर तिर पो हानिंदै उडी रा!

आऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ गरेर चिच्याउँदै बिउँझे नि म पनि अनि।

स्याईईईईईईईईईईईईईईईईई

हन, भउते चईं साँचिकै कता हरायो?

 
Posted on 08-24-05 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुरुमा त भउते जस्तो गुनी मान्छेले के त्यति विधी उत्पात गरेहुनुन र जस्तो लाग्याथ्यो। यि साझाका हावाहरुले यस्सै भउतेलाई नानाभाती बात लगाए भनेर खुपै रिस पनि उठ्यो। तर यतिका दिन सम्म भउते फर्केर नआएपछि आफ्नो मनाँ नि चिसो पस्यो है अब त। फेरी पुन्टे जस्ता बुढापाकाले भनेको उल्टोपाल्टो हुने कुरै भएन। लौ त भउते रीतिथीतिले नहुने कुरा गरिहाल्यौ, अब किन लाज मान्छौ ? खुरुक्कन बुढाबुढिको फोटु टाँसिहाल साझामा। भान्जाले नै उडाउन आँट्ने मामाई छोरी कस्ती रैछन हेरुम हामी पनि :)
 
Posted on 08-24-05 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुण्टे दाई, मैले नि एउटा सपना देखेको, सप्पैका सल्लाहाले भनम है।

भउतेले गाममा त्यो किर्सिनी तेल (kerosene) ले चल्नी मिल लेराएछ । अनि माथि राम्चेको डाडाको बारीको पाटामा गाडेछ, अनि एउटा छाप्रो नि हालेछ तेही ठाममा । अहिले त कटुसका स्याउलाले छाएको अरे, तर बयँरघारी बट सात हन्डरको घर छउनी टीन पुनि मगाको छ अरे।अहिले बर्खामा बाटो चिप्लो के रे, टीन बोकेर लान मिलेको छैन अरे।

अनि त मिल भेट्टाएसी गामका आईमाईका ढीङ्घ जतिले किन ढिकी-जाँतो अर्थे, सप्पै भौतेका मिलाँ गएर मोर्छन अरे हिजाऽज । अचाल भौतेलाई नचिन्नी त कोही छैन अरे गाममा, पहिले पहिले त मिल्लर भौते भन्थे अरे, गर्दा गर्दै मिलघरे भन्न थालेछन, हुँदा हुँदा अहिले त मिलारे भौते भन्चन अरे ।

मैले नि येसो मेसो मिलाएर मिलारे भौतेका मिल हेर्न जाम भन्नी भओ। अनि गए । उकालो बाटो के रे, आफूलाई अलि अलि दम र धम्कीको रोग व्यथा छ के रे, उकालो हिन्न अलि चौरासै हुनी । तेही भएर एउटा नन्नुकेको हाँगो भाँचेर लौरो ताछें, र तेही टेक्दै गए। धन्न दमको व्यथाले भेट्टाएन, आधा घण्टामै भेट्किए माथि डाडामै ।

मिलारे भौते नि त्यही रहेछन। किन यस्तो डाडामा ल्याएर राखेको त मिल भनेर सोधेको त अब प्रचार गर्नु परो, तल खोलाको बगरमा राखेर त मिल कराएको कसैले नसुन्नी, माथि डाडामा राखेसी त सप्पैले मिल कराको सुन्नी भए र आउनी भए भने। ए बाठा रैछन भन्ठाने। अनि मिल हेर्न पट्टी लागे ।


 
Posted on 08-24-05 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा ठूलो पाङ्ग्रो भएको मिसिन हुँदो रैछ, तेसमा किर्सिनी तेल हालेसी त्यो पाङ्ग्रो फनफनी घुम्दो रहेछ । अनि त्यो घुम्नी पाङ्ग्रामा एउटा फित्ता जोडेर एका पट्टी धान कुट्नी, आर्का पट्टी कोदो पिस्नी अरु मिसिन मा जोड्दा रैछन। धान कुट्नी र कोदो पिस्नी त कति छिटो गर्दो रहेछ कति छिटो, बोलेर साँदी छैन । अनि अब हाम्रा ढिकी जाँता त यत्तिकै माटामै गाडे पुनि हुनी के रे, यो मिल मिसिन त थर्कीनी भएर छुट्टै जग हाल्न पर्नि रैछ।

जग पुनि कस्तो भनी सिल्मट्टी (cement) लाएर बलियो बज्र बनाम्न पर्नी ।अनि तेस्तै सिल्मट्टी लाको एउटा रह भरि पानी राख्दा रैछन, मिल चल्दा त मिलले पानी खानी फेरि वाक्नी पानी खानी फेरि वाक्नी गर्दो रैछ त्यो रहबाट । तात्छ अरे के रे, अनि पानीले चिसो बनाम्छ अरे, येसो पानी छामेको मेरा बाबै च्वात्तै पोल्दो रैछ। अनि एउटा पयप (pipe) भन्नी ढुङ्ग्रो बाट बाहिर धुँवा जादो रैछ। मिल कराउनी भनेको त तेही धुवाँ जाँदा हो रहेछ । कसरी तेस्तो कराम्दो रहेछ भनेर बाहिर त्यो पयप को टुप्पा सम्मै हेर्न गाको त , ए रातै, कति बाठा हुन यि मिलारे भौते।

मिलको आवाज ठुलो बनाम्न भनेर त एउटा सिल्टे (aluminium) को बौनामा सानो दूलो छेडेर त्यो बौनालई साङ्लाले त्यो पयपको टुप्पामा बाँधेका बाई । त्यही भएर पो ट्याउँ - ट्याउँ ति गामै थर्किनी गरि कराम्दो रहेछ त त्यो मिल । फेरि मिल चालु भएर करायो कि दादाको मुक्तिनाथ तिरबाट लेराको कुकुर कहिल्यै त्यस्तो आवाज नसुनेको के रे, ह्वाङ्ग - ह्वाङ्ग ति भुक्दो रहेछ, भुक्दा भुक्दा घाँटी सुकेर दादाको कुकुर त मर्नै लागेको छ अरे ।

जेहोस, मिलारे भौतेको मिल पुनि देखियो, सपनामै भए पुनि ।

Keep rolling...
 
Posted on 08-24-05 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर ! २-४ दिन नभा'को त गाउँमा के के कुरा काटेर मरेछन् लौ।ब्यर्थैमा त्यो जुकेको बापत लाएर मलाई। यो सब त्यै ठगेको काम हुन पर्छ।

अब कुरो चैँ यस्तो भा'को हो के।

जनैपुर्नेको दिन ठाईँलामामालाई जनै-सनै फेराएर म यसो करेसा तिर सुचि अर्न परो भुनेर छिरेको, ठाइँला मामाको छोरी जमुनी त्यैँ आइपुगी। सुँक्क सुँक्क गर्दै "म त बर्बाद भएँ दाई" भन्दै भुडि मुसार्छे । हैन के भो र भनेर अलि पर टौवा मुनि लगेर सोधेँ। कुरो गडबड रे'छ के।

जे भे नि तेरो दाई नै हुम् क्यारे। ल नढाँटिकन भन् त, को सँग लसपस थियो भनेर कछ्याएँ। केटीले गोबिन्दे र ठगेलाई पोली। एउटा भा' नि त्यसैसँग झुन्डयाइदिन हुन्थ्यो नि, २-२ जना फेरि। ल ल नआत्ति, मावल जान्छु भनेर भोलि भालेको डाँको सँगै एकसरो कपडा बोकेर पिपलधारामा निस्कि, एक घन्टामै म त्यैँ आइपुग्छु भनेर सम्झाएँ त्यसलाई।

नेपालाँ कुरो ठीक पार्दा फेरि गाईँगुईँ हल्ला आइहाल्छ। अब अस्तिनै इसेल्सीमा गुल्टेको झोकाँ भागेर नौतुनासम्म पुगेर गोडा पन्ध्रेक दिन नुकरी गरेर आ'को हुनाले गोर्पुर सम्म जाँने आँट आयो। अस्ति थोरे पाडी बेचेको गोडा चारेक हात्ती थियो। त्यै बोकेर बिहानै सुईकिएम। फेरि कहिल्यै नभेटिने मान्छेहरु आजै भेटिनु पर्ने के। कसैलाई कता कसैलाई कता भन्दै हिडियो।

बटौलीमा मसिने भेट भो। जमुनीलाई उता लुक्न पठाएँ। मसिने पल्टनाँट फिर्दै रे'छ। "क्या बात, कता भौत दोस्त?" भन्यो। "एउटा पम्पुसेट हाल्न परो गाउँमा। कति ढिकि-जाँतो गर्नु। बरु अलेलि सघाम्नु परो। दाम पुग्दैन जस्तो छ।" भुनेर पन्ध्र हजार कम्पनि मागेँ बाटोमा के पर्छ कसो पर्छ भनेर। अछ्छा विचार गर्नु भे'छ भन्दै खुरुक्क निकालेर दियो त्यसले, लाटो न हो मोरो।

बोडराँ पुलिसले काँ जानि, किन जाँनि भन्दै थियो। हामेरु बुढाबुढी हुम् भन्दै जीपमा झुन्डेर गोरखपुर हानिएम। पाएँटको चारहजार त बाटैमा काटिएछ नि। धन्न मसिनेले दे'को चैँ ईँजारो तिर बाँधेको ले बचेछ ल। पैसो दुइ तिर राख्ने मेरो बुद्धिलाई माने के मैले।

होटेल सोटेल खोजेर दुबैले जेरि-पुरी खा'र सुत्नु परो भनेको त " ए दाई म त नछुनि भएँ खाटका कपडा तल झार्देउ। म तल सुत्छु" पो भन्छे जमुने राँडि त ल। "भुडि नि टुनुक टुनुक गर्याछ। यस्तो बेलाँ माथि सुत्न पनि हुदैन भन्थे" पनि भन्छे फेरि। म त टवाँ परे नि। तँ पैले पनि नछुने भै'राखेकि थिस् भनेर सोधेको। "अँ" भन्छे फेरि।

"कुरो गडबड भो जस्तो छ। गोबिन्दे र ठगेले तँलाई के के गरे लु सप्पै बता त" भनेर फेरि सोधेँ। पैला त लजाई केटी। पछि रुँदै भन्न थाली।

"गोबिन्दे सँग सारुको घरमा पुजामा हात समाएर नाचेको रे। ठगे ले चै शिवरात्रिको दिन राति कता कता हात लग्यो" भनेर भन्छे।
"थुक्क तेरो बुध्दि। त्यस्तो गरेर नि यस्तो हुन्छ त?" भनेर दुई चड्कन लगाइदिएँ। उता फेरि भुडि डोलडोलतै छ।
शंका लागेर तल झरेर दुइटा ट्यापलेट किनेर खान दे'को त आधा घन्टा मै ह्वाक्क गरेर तिनोटा जख्मने जख्मने जुका ओकली नि केटीले।

जुके राँडिले अनाहकमा दु:ख दिई ल। त्यै झोकाँ साच्चिनै पम्पुसेट हाल्ने जोश आयो। अनि यो पाँच हरस पावरको कुटानी-पिसानी पम्पुसेट बोकेर आको नि।

घर आउँदा त गाउँमा चाहिनी नचाहिनि कुरा ल। उता मामा रिसाएर ठुन्क्याउँछु भन्दै खुर्पा लिएर उफ्रिनि फेरि। बल्ल बल्ल सम्झाको।

***

:)
-भउते


 
Posted on 08-25-05 1:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बरा ।

यो बर्खा मास, जाद्रै चौरास भएछ भौते, हजुरलाई। जसरी भा नि भेट्किनु भएछ, जाद्रै जाती भओ । येसो उँधो तिर बट २-४ पाईट देउराली सिगरेट ल्याईदिनु भा कै होला के रे मलाई, फेरि भुसाहा भरेर बेर्न हुन्थ्यो । सम्चार पठाम्नुस के रे, लिन आम्ला ।

अनि, साँच्चा, जमुनी काँ छे त अहिले ? राम्री पुनि असाध्दे राम्री, सोझी, लपना-छपना केही नभाकि, मेरा त हिरिक्कै मया लाउछ जमुनी भनेसी ।

Keep rolling...
 
Posted on 08-25-05 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरि पाँच! खबरदार मेरी जमुनी माथि आँखा गाडे! अईले यई कोईलाँ रन्क्या झिरले आँखा झोसिदिम्ला, अनि थाऽ पाउलाऊ!

भउते नि फेरि! नौतुनबा सम्म पु-यार जमुनी सँग एउटै खाटाँ सुत्नी जमर्को कस्नी? बिचरी, नछुनी भा बहाना बनाईछे धन्न! ऊनैको दाई परेर मात्र, नत्र हाम्ले नि जान्या थेम...भउतेलाई तेई उसैले झिका'को भटभटे मिसिनमा हालेर पिसि दिन्थेम्!

 
Posted on 08-25-05 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन बारे भउतेले ढाँटे। यस्तो पात्पातै झुठो बोलेर गाउँलेको आँखाँ छारो हाल्न खोज्नी ? आज ब्यान मात्रै रामपुरे ठूलाबाका जेठा छोरा रघुराम हाम्रा घराँ आऽर खसोखास कुरा भनिसक्या छन्। बटौली बाट सोझै हाम्राँ आका।

तिनै डल्ले डल्ले - ढाका टोपी कालो चस्मा सेतो कमिज जिनिसको प्यान्ट बाटा चप्पल लार हिन्नी रघुराम के । बटौलीको एउटा मेडिकलमा औषधि बेच्नी काम गर्छन नि हो तिनै के।

अँ , भौतेहरु हराको भोलीपल्ट विहान नौ बजेतिर एक जोडी ठिटाठिटी रघुरामले काम गर्नी मेडिकलमा आएछन्। रघुरामले यसो तखातामा औषधिहरु मिलाम्दै थिए अरे अनि संगै काम गर्नी सिएमए चाहिं गाहक पर्खेर बसिराको अरे। ब्यानब्यानै अलि मान्छे नि आउन्नन अरे के त्याँ।

ति ठिटाठिटी लुरुलुरु आको चैं रघुरामले हेक्का ग-यारैछन। आफ्नै धुनाँ ओषधि मिलाइरा बेलाँ चिने चिनेको मान्छेको आवाज जस्तो मानेर रघुले यसो कान ठाडो पारेछन।

ठिटो : डाक्टर साब एउटा सल्ला लिन परो।

सिएमए: भन्नुस

ठिटो : यो मेरी बुढी हो। हाम्रो ब्या भा बल्ल चार महिना पुगो। छोरछोरी अलि ढिलो पाम्नी भनेको गडबड भएछ। लौन केहि उपाय छ भने बच्चा रोक्न परो डाक्टर साब।

सिएमए: ओ हो यो त अप्ठेरो कुरा भयो नि त।

ठिटो: त्यसो नभन्नुस डाक्टर साब। बरु जति खर्च लाग्छ लिनुस। ह्याँ त जस्तो सहयोग पनि पाइन्छ भन्नी थाऽपार आको हामी।

सिएमए: काँ पाइन्छ ? त्यै नि मिल्ने कुरा मिलाउँला नी। बरु तपैहरु श्रीमान/श्रीमती हो ?

ठिटो: यै जमुनीको कसम हो भन्या

(भौतेका मुखबाट फुत्किहालेछन् अनि रघुरामले यसो टाउको घुमार हेरेको त भउते र जमुनी अँधेरो अँधेरो मुख गरार काउन्टर अगाडी उभिराको पो देख्छन बा। ह्यात्तेरी के देख्नुपरो यो भनेर रघुले मुन्टो बटारेर काम गरेझैं गर्न थालेछन। भउतेले काँ पार ख्याल गर्नु ? त्याँ रघु भको था पा भा के जान्थे र ?)

सिएमए: भनेपछि कति महिनाको भयो त?

ठिटो: खै त्यति धेरै त भाछैन। बिचैमा ठिटी:तिन महिना हुन लाऽकी ?

सिएमए: ल ठिक छ। औषधि निकै मंगो छ। तर एकदम चलेको औषधि हो। अरुले त दश हजार सम्म तिर्न मान्छन। तपैंहरु बुढाबुढी भाको ले पाँच हजार तिर्नुपर्छ।

ठिटो: ए ल भैगो नि। ठिक हुन्छ है न त डाक्टर साब।

(भउते ले पाकेटबाट पाँचोटा हात्ति निकालेर दिंदा रघुरामले कोर्के आँखाले हेरिराथे। सिएमएले त पैसा बाकसमा राख्नुको साटो खुसुक्क आफ्नो पाइन्टको देब्रे पाकेटमा पो राख्छ बा। चीटचीट पसिना आएपनि रघुराम सम्हालिएछन्।)

सिएमए: ल यो औषधि तीन दिन दिनको तीन ट्याम खानुहोला। तपैंले हैन नि फेरी।

ठिटो: यल्ले पो खानी हो। त्यति त थाह छ नि। अनि रसिद पाम न डाक्टर साब। फेरी लागेन भने के गर्नी नी ?

सिएमए: ह्या भैहाल्छ नी। रसिद चैं दिन मिल्दैन यस्तो औषिधिको। लौत पछि पछि नि गडबड भयो भने सम्झिनुहोला।

ठिटो: के को गर्दाहुम नी अब त । हस्त डाक्टर साब नमस्ते।



औषधि लेर ठिटाठिटी त्याँबाट कुलेलम ठोकेछन्। रघुरामलाई त दिनभरी उकुसमुकुस भएछ। भोलीपल्ट द्वारिका हल नजिकै फेरी भउते र जमुनी रिक्सामा चढेर गको पनि देख्याथे रे रघुरामले। भउतेले कति मजाले कुरा ठिक्क पार्न सक्या होलान् ? :)
 
Posted on 08-25-05 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे के के हुन्छ हुन्छ अचेल त। कसैको विश्वास गर्न नसकिने जमाना। मलाई त भउते नै प्रेगनेन्ट भा होला जस्तो पो लाग्याथ्यो। :p
 
Posted on 08-25-05 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिनको तीन-तीन पटक, तीन-तीन थाल भात हुसुरेसि लोग्ने मुन्छे नि ?गर्भवता? हुन कति नै गाह्रो कुरो हो त नि?

बरु, गाँठी कुरो चईँ के भने, जमुनीको सुन्या पेटाँ हुसु-या भात हो कि, भउतेले दाबी ग-या जस्तै जुका लाऽ हो कि, कस्को पाप बोकेकी हो?

म चईँ लागेँ मुनि फाटाँ २ लिटर किरसिनी तेल किन्न...यो भउतेलाई भटभटे मिसिनाँ पिस्नै पर्ने भो जस्तो छ!

 
Posted on 08-25-05 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भातवाला प्रेगनेन्ट हैन तर सानो भउते भउतेको पेटमा उफ्रिराको सपनामा देखिराथें। बिचरा भउते बाहिर निस्कने दिन गनिरहेको छ। :D lol....
 
Posted on 08-25-05 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपनाँ नि मुइलाई देख्नी। विपनाँ नि मुइलाई सम्झनी। के भा'को हो आजकाल यो पुष्पपुरी नानीलाई। न दिनको भोक न रातको निद भो कि कसो हो? हरे ! कलि ! अनि त्यो पिरिगनेन्ट हो कि सिरिगनेन्ट भुनेको बुझिन नानी मुइले त। :)


यो पुन्टेदाइ फेरि किन रिसाको हो मसंग त्यत्तिकै। जतिखेर नि पिन्नि भन्याछन्,पिन्नि भन्याछन्। अस्ति सारुमाइलाको भट्टिआँ एउ गिलास रउसि ख्वाको पैसो दिन पर्छ भुनेर निउ खोजेको हो कि के हो? पर्दैन पर्दैन, भटभटे मिसिन ल्याको हर्खले ख्वाको पो त। :P

:)
-भउते

 
Posted on 08-25-05 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नम्ला (नौला) प्रयोगी ले भनेको कुरो सुनेसी मेरा नि कम्पाराँ घाम लाए हई, हेऽ री ।

भौतेले भने बम्जिम दादाले भनेको नि मिलो, पदे साहूले भनेको नि मिलो, मसिना लाहुरेले भनेको नि मिलो, गाममा चलेको हल्ला पुनि मिलो । कसरी भन्दा एउटी बाला केटी सित गाका पुनि हैछन टडक चरेर, ती बाला तीनकै मामाऽ ई छोरी पुनि हैछन, बटौली बट उँधो भैरबा तिर गाका पुनि हैछन, र सब भन्दा ठुलो परमान पैसा हराका पुनि हैछन । कि गाममा चलेका हल्ला जति सप्पै झुटा हुन परो के रे, हैन भनी भौतेले कुरा टिमले, ल हेरम ।

कहाँ थिम कुरा टिमले भनी पैसा पुनि हराको हो अरे । भनेसी त मलाई कता हो कता तेही देसी लाई पन्डित बनाम्दा खेरिको कुरा पो पाको हो कि जस्तो लाओ के रे । बाँकी लौ सप्पै पन्च भलादिमी हेऽरी यही हुनुहुन्छ के रे, मैले मत्रै के भनम त नि ?

हेर्नुस भौते, गाम्लेले तपईंका कुरा खास्सै पत्याका झै मानेनन मेरा मनले । पुलिस बोलाएर सरजमिनी अर्नी पुनि भनेका छन ठगेहुरले त अझ। गोबिन्देले धरी "आफ्नै मामा'ई छोरी लानी बापतीलाई नी गाममा हुल्न हुन्छ, मैले त अब तेल्ले छोको पानी पुनि खान्न, किरिया कस्सम ल, जनैले खानी " भन्थ्यो ।

अब भोलि के पर्छ के पर्छ, जे भा नी सईं हुम, मैले साछी बोक्दिम्ला के रे, मलाई तो देउराली सिगरेट चाईनी नभै भएन । उही पुरानो अम्मल के रे, सिगरेट बाट तमाखु फालेर भुसाहा हालेर एउ-दुई पाली सरक्क पार्न परो ।

Keep rolling...
 
Posted on 08-25-05 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरिपाँच जी

गोबिन्दे र ठगेले जबर्जस्ति हात हालेका हुन्। तिनेरुलाई त फुटेया आँखाले नि देख्न सउदिन भन्दै थी जमुनि ले। बरु अलेलि मयाँ पिरम त सिरिपाँच सँग थियो, त्यो मुर्दार चैँ नजिकै पर्न डराम्छ भुनेर पिल-पिल पिल-पिल आँखामा आँशु बनाकि थी ल।

आब जो हुनु भैसको। गाम्ले भुन्या यस्तै हुन् हेर्नुस। ङ्याक्ने ठाम पा' सम्म ङ्याक्छन। त्यो ठगे डाँका त मेरो खन्दनी सतुर नै भैगो। त्यसको कुरो अरेर सध्य छैन। आफ्नै मामाई छोरी भुनेर त्यति दु:ख अरेको हुम्।

यसो कुरो बुझ्दा हजुरको मुन पनि त्यसैमा गढेको जस्तो लाग्यो मुलाई। धेरै हल्ला अर्नु भुन्दा त्यसै सँग कुरो छिन्नी भे छिनम् के रे।

बहिनी जुवाईँ नै पर्नुहुने भो। बिहेवरी खर्च-वर्च बनाको मिसिनको ज्याला पनि नलिने भएँ ल।
के अरम् ? कुरो अआडि बडाम्?

:)
-भउते
 
Posted on 08-25-05 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

BHOONTAE PHELLA PARRO!!!!!!!!! BHOUNTAE POILA GAYO
 
Posted on 08-25-05 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनिखेरि नि सिरिपाँच जी, मुइले त भटभटे मिसिन राखेसि देउराली छाडेर याक सिखरेट खानिगर्याछु। यसमा त धुवाँ छान्नीकुरो नि हुनिरैछ। पाकेटै दिम भने अलि महङ्गो पर्नी। यसो एक-दुइ सर्को तान्नीभा तान्नुस न त। अन्खेरि मलाई खशिको टाउको खुवाउने विचार के हुदै छ त?

:)
-भउते

 
Posted on 08-25-05 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नी के गर्ने ? विपनामा देख्दा देख्दा अल्छि लागेर सपनामा देख्?न ट्रास्फर गरेको नी :) अनि त्यो प्रेगनेन्ट भनेको चैं पुन्टुले बेटर ट्रान्सलेट गर्ला । :d
 
Posted on 08-25-05 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते,
म पुनि हिजै त हो नि खोला तिर झरेको । अब अस्ति न असारमै हो केरे रोपाई अरेको । धान कस्तो भओ कुन्नि, अब येसो झार सार आका भए गोड्न नि परो, आलि हुँदी भुङ्गान सुङ्गान परेका भए टाल्न, थुन्न नि परो भनेर येसो खोला खेत तिर झरेको थिएँ। बाटाँ ठमक ठमक अर्दै पुण्टे दाई पुनि आका रैछन । "ए के मेसो लिएर हिँडेउ त पुण्टे दाई ?" भनेको त "गेडिखोला तिर गाको थिएँ, गेडिखोले धोबीनीलाई भेट्न" भन्छन। अनि "घराँ भाउजु हुनु हुन्छ, कति जान्छौ हो तो धोबिनीको कुपु मसार्न ?" भनेको त, "हैन बाटुली माईत गईछ, तेही भएर हो", "बर्ता नबोल, कल्ले कुपु मसारेको छ र तेसको, रउसी खान मत्रै गाको हो " भन्थे । उसो भए पेटिकोट च्यात्तिएको क्यारी था पायौ त भनेको हितितिति हाँसे। धुङ्धुङ्ती रउसी गनाऽका, अनि एउटा हाताँ लियाँबासको लौरो, आर्को हाताँ बडेमानको दाबिलो लेर हिडेका । "ए दाई यो दाबिलो त धोबीनीलाई जो चाईयो हुँदो हो नि, कपडा धुँदा कपडा ठटाम्नी जिनीस तिम्ले क्यार्न ल्यायौ त धोबिनी काँ' ट" भनेर सोधेको एउ दुई जाना मुन्छेलाई सेक्न छ भन्थे ।

त्याँट खेताँ गएँ के रे । सन्जोग पुनि कस्तो जुरेको, ठ्याक्कै जमुनी त डोको बोकेर भुटेका मकै चपाम्दै आ कि। "कता हिड्नु भाकि थ्यो र हो" भनेर जिस्काम्दै सोधेको त " डिंगालाई एउ डोको घाँस नि काट्न परो, बाबाले धेरै भओ नखाको, येसो खेताँ कभेलिका मन्टा (फर्सीका मुन्टा) भा खोजेस त, तिहुन खान हुन्छ भने र कभेलीका मन्टा नी खोजम भनेर आकी" भन्थी। तेहाँबाट मैले ति कछ्याएँ नि तेल्लाई । जे भा नि मसँग चईँ नभाका कुरा अर्दिन के तेस्ले, मलाई केही पुनि ढाँट्दिन । अनि सबै तपईंले नै भनेका कुरा भनी। मेरा मनाँ अब जमुनी का बाटामा केही सङ्का छैन। म भर परें। ढुक्क । अब जमुनीलाई नी गुनै हुन्छ के रे, मलाई नी गुनै हुनी। आँट्नी भा आँटम त नि । हुन्छ कुरो अर्दिनुस, जे भओ, भओ।

खाली गाममा भनी अझै हल्लै छ, चाईनी नचाईनी कुरा गर्न छोडेका हैनन यी गाम्ले ले पुनि । आ, जे होला होला, नभा गाममा बस्नै नहुनी जो भएछ भनी पुनि खुसुक्क नवलपुर कि खैरेनि तिर बसाईँ जाम्ला त नि । बरु पुन्टे सित पो डर लाग्या छ त, दाबिलाले सेक्नी हो भन्थ्यो, मेरै टाउको फुटाम्न पो आईपुग्नी हो कि, खुसुक्क सल्लाहा अरेर काम कुरो मिलाम्न परो। मौका मिले येसो शिबजीको प्रसाद खानी गरी बेलुका पख मेरा घरहुँदी आम्नुस के रे। जमुनीले हिज छुट्टिनी बेलाँ "लौ सिरे, यो जलुका को तिहुन र पुदिनाको अचार खाउला नी भनेर खोलामा गएर तिम्लाई जो भनेर टिप्देकी" भन्दै एउ मुठो पुदिना र एउ मुठो जलुकाको साग देकि थिई, तेसैको तिहुन र अचार खाम्ला । अब मेरै लागि भनेर यस्तो काम आँट्दीन लाउनु भा'छ, अनदिका खाजा (=पुलाउ) पुनि पकाएर राखम्ला। भान्सा अरेर सकेसि शिबजीको प्रसाद नि लाम्ला, अनि पो हुन्छ त कुरो । मैले नि पैला पैला त तेस्तै काँजो बाँधेको (बींड ‍= हँसिया वा खुर्पाको बींडमा working pressure ले काठको बींड नच्यातियोस भनेर metallic circular ring or restraint लगाएको हुन्छ), सिगरेटै खानी अर्थें केरे, अचाल सिगरेटको तमाखु सित खास्सै मतलब भएन केरे, आफ्नो छुट्टै भुसाहा हालिन्छ, अब ल्याम्नु भा'छ भनी तो याकै भा नी खाईदिम्ला, के भओ र । तेही याकै भा नी लेराम्नु होला नि त ।

Keep rolling...
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters