Posted by: Poonte August 24, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
हन, यि केटारले भउते को औधी कुरा गरेर होला, हिजो सपनामा नि भउते देखि राऽ...मेरी धोबिनी कै च्यात्त्याऽ पेटिकोटको कस्सम्! भउते त यस्तै १२-१५ साल पछि गाम फर्कि राऽ रे। ठ्याक्कै १२ वटा छोराहरु लाम लगाऽर ल्याको रे। ५ फिट देखुन अढाई फुट सम्मका...जेठो, अग्लोलाई अगाडि...कान्छो, होचोलाई पछाडि। एउटा छोरो त अलि कालो कालो र दुब्लो रे अरु भन्दा। शायद सिरि ५ ले कुरो ग-या छोरो त्यै परो जस्तो थियो। ठम ठम ठम लाऽर मामाघर पुगेछ। म नि टुलुटुलु हेरि राऽ थें, भउतेको मामा त झन ट्वाँऽऽऽऽ। "ल, मामा, तिम्ले माने नि, नमाने नि तिम्री छोरीले म बाट १२ वटा बत्ताई सकिन् क्यार, अब टिका टालो गर्न अर्को जुनि नकुरम्" भन्छ गाँठे त्यो त! मामा के मान्थ्यो? "तेर्?रिम्या भतुवा! लाज सरम् पचाईस्? अर्काऽ छोरी भगाउनि, अईले हाम्लाई उल्टो थर्काउनि?" रे! भउते नि गजबले अरठ्या र छ। "भगाउनि भन्या अर्काऽ छोरी त हो नि! आफ्नै छोरीलाई नि कसैले भगाओस त?" भनेर उल्टो जवाफ फर्काम्छ, गाँठे! मामा त रीसले रातो निलो! बुढो जाने भो अब यमलोक ह्रदय समातेर भन्ठानेको म त। के जान्थ्यो? "तँ राँडिया छोरोलाई ह्यिं ठहरै नपारे त के!" भनेर एक हातले छेउको चिरेको दाउरा उठाउँदै अर्को हाताँ भाको खुर्पाको झट्टारो हानि राऽ...सिधै भउतेको खप्पर तिर! म चाईँ राम राम राम भनेर भउतेको आत्माको चिरशान्तीलाई अग्रिम प्रार्थना गर्दै थिएँ, भउते मुरदार त निकै छरितो रऽछ! स्वाट्टै छलदियो तेस्ले खुर्पा... अनि त, हे परमेश्वर नारायण प्रभु!!!! त्यो खुर्पा त मेरै खप्पर तिर पो हानिंदै उडी रा! आऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ गरेर चिच्याउँदै बिउँझे नि म पनि अनि। स्याईईईईईईईईईईईईईईईईई हन, भउते चईं साँचिकै कता हरायो?
Read Full Discussion Thread for this article