Posted by: shree5 August 25, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
भौते, म पुनि हिजै त हो नि खोला तिर झरेको । अब अस्ति न असारमै हो केरे रोपाई अरेको । धान कस्तो भओ कुन्नि, अब येसो झार सार आका भए गोड्न नि परो, आलि हुँदी भुङ्गान सुङ्गान परेका भए टाल्न, थुन्न नि परो भनेर येसो खोला खेत तिर झरेको थिएँ। बाटाँ ठमक ठमक अर्दै पुण्टे दाई पुनि आका रैछन । "ए के मेसो लिएर हिँडेउ त पुण्टे दाई ?" भनेको त "गेडिखोला तिर गाको थिएँ, गेडिखोले धोबीनीलाई भेट्न" भन्छन। अनि "घराँ भाउजु हुनु हुन्छ, कति जान्छौ हो तो धोबिनीको कुपु मसार्न ?" भनेको त, "हैन बाटुली माईत गईछ, तेही भएर हो", "बर्ता नबोल, कल्ले कुपु मसारेको छ र तेसको, रउसी खान मत्रै गाको हो " भन्थे । उसो भए पेटिकोट च्यात्तिएको क्यारी था पायौ त भनेको हितितिति हाँसे। धुङ्धुङ्ती रउसी गनाऽका, अनि एउटा हाताँ लियाँबासको लौरो, आर्को हाताँ बडेमानको दाबिलो लेर हिडेका । "ए दाई यो दाबिलो त धोबीनीलाई जो चाईयो हुँदो हो नि, कपडा धुँदा कपडा ठटाम्नी जिनीस तिम्ले क्यार्न ल्यायौ त धोबिनी काँ' ट" भनेर सोधेको एउ दुई जाना मुन्छेलाई सेक्न छ भन्थे । त्याँट खेताँ गएँ के रे । सन्जोग पुनि कस्तो जुरेको, ठ्याक्कै जमुनी त डोको बोकेर भुटेका मकै चपाम्दै आ कि। "कता हिड्नु भाकि थ्यो र हो" भनेर जिस्काम्दै सोधेको त " डिंगालाई एउ डोको घाँस नि काट्न परो, बाबाले धेरै भओ नखाको, येसो खेताँ कभेलिका मन्टा (फर्सीका मुन्टा) भा खोजेस त, तिहुन खान हुन्छ भने र कभेलीका मन्टा नी खोजम भनेर आकी" भन्थी। तेहाँबाट मैले ति कछ्याएँ नि तेल्लाई । जे भा नि मसँग चईँ नभाका कुरा अर्दिन के तेस्ले, मलाई केही पुनि ढाँट्दिन । अनि सबै तपईंले नै भनेका कुरा भनी। मेरा मनाँ अब जमुनी का बाटामा केही सङ्का छैन। म भर परें। ढुक्क । अब जमुनीलाई नी गुनै हुन्छ के रे, मलाई नी गुनै हुनी। आँट्नी भा आँटम त नि । हुन्छ कुरो अर्दिनुस, जे भओ, भओ। खाली गाममा भनी अझै हल्लै छ, चाईनी नचाईनी कुरा गर्न छोडेका हैनन यी गाम्ले ले पुनि । आ, जे होला होला, नभा गाममा बस्नै नहुनी जो भएछ भनी पुनि खुसुक्क नवलपुर कि खैरेनि तिर बसाईँ जाम्ला त नि । बरु पुन्टे सित पो डर लाग्या छ त, दाबिलाले सेक्नी हो भन्थ्यो, मेरै टाउको फुटाम्न पो आईपुग्नी हो कि, खुसुक्क सल्लाहा अरेर काम कुरो मिलाम्न परो। मौका मिले येसो शिबजीको प्रसाद खानी गरी बेलुका पख मेरा घरहुँदी आम्नुस के रे। जमुनीले हिज छुट्टिनी बेलाँ "लौ सिरे, यो जलुका को तिहुन र पुदिनाको अचार खाउला नी भनेर खोलामा गएर तिम्लाई जो भनेर टिप्देकी" भन्दै एउ मुठो पुदिना र एउ मुठो जलुकाको साग देकि थिई, तेसैको तिहुन र अचार खाम्ला । अब मेरै लागि भनेर यस्तो काम आँट्दीन लाउनु भा'छ, अनदिका खाजा (=पुलाउ) पुनि पकाएर राखम्ला। भान्सा अरेर सकेसि शिबजीको प्रसाद नि लाम्ला, अनि पो हुन्छ त कुरो । मैले नि पैला पैला त तेस्तै काँजो बाँधेको (बींड ‍= हँसिया वा खुर्पाको बींडमा working pressure ले काठको बींड नच्यातियोस भनेर metallic circular ring or restraint लगाएको हुन्छ), सिगरेटै खानी अर्थें केरे, अचाल सिगरेटको तमाखु सित खास्सै मतलब भएन केरे, आफ्नो छुट्टै भुसाहा हालिन्छ, अब ल्याम्नु भा'छ भनी तो याकै भा नी खाईदिम्ला, के भओ र । तेही याकै भा नी लेराम्नु होला नि त । Keep rolling...
Read Full Discussion Thread for this article