Posted by: shree5 August 25, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
नम्ला (नौला) प्रयोगी ले भनेको कुरो सुनेसी मेरा नि कम्पाराँ घाम लाए हई, हेऽ री । भौतेले भने बम्जिम दादाले भनेको नि मिलो, पदे साहूले भनेको नि मिलो, मसिना लाहुरेले भनेको नि मिलो, गाममा चलेको हल्ला पुनि मिलो । कसरी भन्दा एउटी बाला केटी सित गाका पुनि हैछन टडक चरेर, ती बाला तीनकै मामाऽ ई छोरी पुनि हैछन, बटौली बट उँधो भैरबा तिर गाका पुनि हैछन, र सब भन्दा ठुलो परमान पैसा हराका पुनि हैछन । कि गाममा चलेका हल्ला जति सप्पै झुटा हुन परो के रे, हैन भनी भौतेले कुरा टिमले, ल हेरम । कहाँ थिम कुरा टिमले भनी पैसा पुनि हराको हो अरे । भनेसी त मलाई कता हो कता तेही देसी लाई पन्डित बनाम्दा खेरिको कुरा पो पाको हो कि जस्तो लाओ के रे । बाँकी लौ सप्पै पन्च भलादिमी हेऽरी यही हुनुहुन्छ के रे, मैले मत्रै के भनम त नि ? हेर्नुस भौते, गाम्लेले तपईंका कुरा खास्सै पत्याका झै मानेनन मेरा मनले । पुलिस बोलाएर सरजमिनी अर्नी पुनि भनेका छन ठगेहुरले त अझ। गोबिन्देले धरी "आफ्नै मामा'ई छोरी लानी बापतीलाई नी गाममा हुल्न हुन्छ, मैले त अब तेल्ले छोको पानी पुनि खान्न, किरिया कस्सम ल, जनैले खानी " भन्थ्यो । अब भोलि के पर्छ के पर्छ, जे भा नी सईं हुम, मैले साछी बोक्दिम्ला के रे, मलाई तो देउराली सिगरेट चाईनी नभै भएन । उही पुरानो अम्मल के रे, सिगरेट बाट तमाखु फालेर भुसाहा हालेर एउ-दुई पाली सरक्क पार्न परो । Keep rolling...
Read Full Discussion Thread for this article