Posted by: shree5 August 24, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
पुण्टे दाई, मैले नि एउटा सपना देखेको, सप्पैका सल्लाहाले भनम है। भउतेले गाममा त्यो किर्सिनी तेल (kerosene) ले चल्नी मिल लेराएछ । अनि माथि राम्चेको डाडाको बारीको पाटामा गाडेछ, अनि एउटा छाप्रो नि हालेछ तेही ठाममा । अहिले त कटुसका स्याउलाले छाएको अरे, तर बयँरघारी बट सात हन्डरको घर छउनी टीन पुनि मगाको छ अरे।अहिले बर्खामा बाटो चिप्लो के रे, टीन बोकेर लान मिलेको छैन अरे। अनि त मिल भेट्टाएसी गामका आईमाईका ढीङ्घ जतिले किन ढिकी-जाँतो अर्थे, सप्पै भौतेका मिलाँ गएर मोर्छन अरे हिजाऽज । अचाल भौतेलाई नचिन्नी त कोही छैन अरे गाममा, पहिले पहिले त मिल्लर भौते भन्थे अरे, गर्दा गर्दै मिलघरे भन्न थालेछन, हुँदा हुँदा अहिले त मिलारे भौते भन्चन अरे । मैले नि येसो मेसो मिलाएर मिलारे भौतेका मिल हेर्न जाम भन्नी भओ। अनि गए । उकालो बाटो के रे, आफूलाई अलि अलि दम र धम्कीको रोग व्यथा छ के रे, उकालो हिन्न अलि चौरासै हुनी । तेही भएर एउटा नन्नुकेको हाँगो भाँचेर लौरो ताछें, र तेही टेक्दै गए। धन्न दमको व्यथाले भेट्टाएन, आधा घण्टामै भेट्किए माथि डाडामै । मिलारे भौते नि त्यही रहेछन। किन यस्तो डाडामा ल्याएर राखेको त मिल भनेर सोधेको त अब प्रचार गर्नु परो, तल खोलाको बगरमा राखेर त मिल कराएको कसैले नसुन्नी, माथि डाडामा राखेसी त सप्पैले मिल कराको सुन्नी भए र आउनी भए भने। ए बाठा रैछन भन्ठाने। अनि मिल हेर्न पट्टी लागे ।
Read Full Discussion Thread for this article