SaruBhakta-II
Replies to this thread:

More by SaruBhakta-II
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 MERO KABITA - "BHAUTE"

[Please view other pages to see the rest of the postings. Total posts: 310]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 118098 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 06-18-05 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो स्याङजा: मेरो सम्झना
(शिखरिणी छन्दमा)

छुदै माताजीका, चरणतलमा, जान्छु म भनी
रुदै आज्ञा दिन्छिन्, दुखित मनले, पुज्य जननी ।
म आएँ पाताल्मा, तर मन उतै, बाल्-हठ गरी
सयर् मै स्याङ्जाका, एक एक गरी, स्वर्ग नगरी॥
(१)
कुभिण्डे, नौडाँडा, सकल पथका, भीर पहरा
उकाली ओराली, अनि निकटका, स्वच्छ छहरा ।
छिचोल्दै राङ्खोला, अलि पर झरी, मिर्दि बगर
दिसिँकोट्, चापाकोट्, वरपर बिते शैशव-पला ॥
(२)
पहाड्की चेली शीतल जलभरी, काँस-करुवा
दरौँ की शिर्वारी, हर क्षण तयार्, पुज्न वटुवा
बुलाँकी नाकैमा, झलमल परी, पल्टन हुँदी ।
मसक्कै मस्किन्थिन्, उपल घरक,गुर्सिनी दिदी ॥
(३)
असार्-साउन् बर्षा, रुझि रुझि म खेल्थे अनमत्तै
सुसाम्थ्यो सल्लेरी, रति भर नमान्ने डर कतै ।
घमण्डी थी आँधी, नसुनु यसको, कल्कल उता
उठाम्थी यो वासै, क्षण भर सुनाम्थी अहमता ॥
(४)
उषा गुथ्दै पस्थी, हिमसगरमा, स्वेत पगरी
मलेङ्कोट् पाखैमा, ढकमक हुने, पुष्प लहरी ।
अँधेरी खोल्सी ती, छङ छङ धरी, संगित कडी
अहोरात्रै बित्थे, घुमि म तटका, कुञ्ज रमणी ॥
(५)
कता अल्झिस् "भौते", किन सुरु भए, यी उँध-गति
धरा यस्तो त्याग्ने, कुन दिन भयो, धृष्ट कुमति ।
म जाउँ त्यो स्वर्गै, पनि नसकिने, विर्सन रति
म जन्मेँको माटो, दिन दिन गएँ, सम्झन अति ॥
(६)
*** *** *** ***
:)
-भउते
 
Posted on 11-03-05 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भउतेले केहि गर्छ के रे ?
 
Posted on 11-03-05 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जी

हाम्ले त पहिलो पहिलो घानमा मकै सकै भुट्थेम। हजुरले त सुरुमै खट्टे कै घान हालिदिनु
भे'छ। गजब छ। जावस अरु नि।

:-)
-भउते
 
Posted on 11-07-05 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा गित...मन को खुल्दुलि...छन्द मिलेको छैन...तर..मन नै त हो, भर्खर बल्झीयो...


सपना एउटा देखेको थिये, झस्केर उठेछु
छुटेर पनि तिमीलाई मैले, माया पो गरेछु

सोचेको थिए बिछोड पछी, पिर्दैन मायाले
टाढिए पनि म तिमी सम्झी, भुल्दै पो रहेछु

हिजो त हो नि त्यो बाध्यताले, छुट्?टिनुपरेको
नसोच प्रीय निष्ठूरी भनी, म अझै बाध्य छु

सम्झिनछु अझै ती आखा ति तिम्रा रसिला उदास
सकिन प्रिया स्विकार्न तिमीलाई, म साचै दोषी छु

मान्छे को मन बदलिन्छ भन्थे, समय सापेक्ष
खै कुन्नी मेरो मन मा त किन, अझै नै तिमी छौ

सोचेको थिए बिछोड पछी, पिर्दैन मायाले
टाढिए पनि म तिमी सम्झी, भुल्दै पो रहेछु


 
Posted on 11-08-05 12:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजल लेख्छु भन्दा मुक्तक बनो।

मेरो गोठमा एउटा बहर छ १२
छापाको चौतारीमुनि डहर छ १२

गोधुलीमा बाघचालको बहानामा १३
सुटुक्क तिम्रा बाख्रा लुट्ने रहर छ १३

चल्छ नि है। गजल लेख्नुमा एउटा फाइदा देखेँ मैले। बिग्रो भने मुक्तक बनाइदिए हुने रे छ।

 
Posted on 11-08-05 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्?यबाद दादा....त्?यै त भन्?या...मुक्?तक बनेछ..फेरी व्?याकरण पनि कताको कता
भयेछ।
अहिलेलाई रेडियो मा बज्ने नेपाली गित....मुटु छुने यथार्थ छ तर सबै सम्?झन सकिन

" जेठो छोरो का छ का छ, माईलो छोरो आर्मी मा भर्ती भाको छ
साईलो छोरो अरब तिर, कान्छो छोरो कारगिल मा लड्?न गाको छ
जुन छोराले ज गरे नि, मै बुढाको टाऊको खा को छ"

 
Posted on 11-29-05 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कक्षा ९मा छन्द सम्बन्धि भर्खर भर्खर अध्यन गर्दा एउटा कविता लेखेको थिएँ। त्यो भन्दा
झण्डै ३ बर्ष अगाडिको पञ्चायती कालरात्रीलाई सम्झेर अनुष्टुप छन्दमा लेखिएको यो
कवितालाई आजको मकरतन्त्रको गतिबिधिले फेरि सम्झाएको छ। थोरै मात्र मात्रामा लघु-गुरु
मिलाए हुने भएकोले पहिलोपल्ट अनुष्टुप छन्द रोजेको थिएँ। जस्ताको तस्तै सम्झिन
नसकेकोले केहि मात्रामा लघु-गुरुको नियम पक्कै पनि बिग्रन गएको छ। धेरै-थोरै भाषाको
अपरिपक्कता पनि अवस्य नै भेटिने छ। तै पनि जे सम्झेँ त्यै टासेँ है त।




 
Posted on 11-29-05 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते प्रभो,
कविता अहिलेको समयलाई चिनाउन सफल छ।
हजुरको छन्द सीप देखेर डाह लाग्छ। छन्द जान्न सकिएन त्यसैले "छन्द न बन्द"को भइयो रे क्या!
 
Posted on 11-29-05 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

BHAUTE GURU,

Yo kabita ta campus ma huda ko hoina ra? Sambahak ??? ajhai guru lai yaad re6 ta?

Ishwor
 
Posted on 11-29-05 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ईश्वर बुरो,
म हजुर कै प्रतिकृयाको प्रतिक्षामा थिएँ। हजुर प्रधान-सम्पादक भएको त्यो मुखपत्र अहिले
साथमा छ ? त्यसमा पनि टाँसेको थियो नि त हगी।खै मैले त के के सम्झेँ सम्झेँ अलि अलि
थप-थाप गर्नु पर्यो, नसम्झिएर।

त्यो मैले स्कुलमा हुँदा लेखेको थिए, अनि पोखरा क्याम्पसमा आइ इ पढ्दा "सृजना" हो
कि "सम्बाहक" लाई दिएको। त्यो हजुर सँग छ भने टाइप गरेर खुसुक्क ईमेल गरम न प्रभो।

गौतम जी, वास्तबमा मेरो हजुरबुबाले छन्दमा कविता लेख्ने गरेको हुनाले र त्यो सुन्ने गरेकोले
सानै देखि मलाई छन्द-बद्ध कवितामा शोख थियो, लेख्न नसके नि पढ्न भनम न अब। तर
अहिले धेरै बिर्सिसकेछ। समय मिल्यो भने सम्झेको कुराहरु साझामा छलफल चलाउने बिचार
गरेको छु। कोहि न कोहि यहाँ पनि होला नि एक्सपर्ट।

:-)
-भउते




 
Posted on 11-29-05 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते गुरु, चाँडै चलाम् तो छलफल!

अब एउटा अलिक फरक प्रसंग है, हजुर त्यो IOE-WRC Lamachaur पढेको कहिले हो? म १९९७ देखि २००३ सम्म त्यैँ जागिर खान्थेँ। अलि पहिल्यै हो?
 
Posted on 11-29-05 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम जी

म १९९३-१९९६ मा त्यहाँ थिएँ। हामी पढ्न सुरु गर्दा अभिमन्यु सिङ, गोकर्ण ब महोत्राहरुले
पनि भर्खर पढाउन सुरु गर्नु भएको थियो। प्रल्हाद सर क्याम्पस चिफ हुनुहुन्थ्यो, अहिले
सहायक डीन हुनुहुन्छ के रे। २००४मा फेरि सबैलाई भेट्न त्यहाँ पुगेको थिएँ। हजुर र म
लुकामारी खेलेजस्तो भएछ के।

:-)
-भउते
 
Posted on 11-29-05 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँच्चै लुकामारी भएछ। म अस्ति सेप्टेम्बरमा पुग्या थें। ऐले अभिमन्यू क्याम्पस प्रमुख भा'छ।
त्यसो भा' रामगुलाम शाह, महेन्द्र बानियाँ, रमेश बानियाँ, शैलेन्द्र खनाल आदि तपाईँका सहपाठी हुन्? They were working as assistant technician when I entered there.

 
Posted on 11-29-05 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामगुलाम शाह र शैलेन्द्र खनाललाई चिनिन मैले। महेन्द्र बानियाँ १ बर्ष जुनियर हुन्। रमेश
बानियाँ सहपाठी हुन्। रमेशजीको बाबाले पनि पढाउनु भएको थियो। भवन निर्माण , हो क्या रे।

अनि हजुर को बिषय के पर्यो र? यै कुल्लि ईन्जिनियरिङ नै हो र?
 
Posted on 11-29-05 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhuate ji
ma pani wrc ko hu
tapi kun bactch ho ra
aja ta wrc ko yad aayo
piyush

 
Posted on 11-29-05 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म चैँ बिजुली पट्टि परें भउतेजी।उसो भा' प्रदिप लुईँटेल पनि जुनियरनै होला। त्यसपछिको इलेक्ट्रिकल ब्याच (रमा थापा, डिल्ली खनाल, जयमाया पुन आदि) लाई पढाएर शुरु गरेको थिएँ मैले मेरो जागिर।

पियुषजी पनि आउनुभएछ। एउटा धागो WRC कै नाममा शुरु गर्नुपर्छ कि क्या हो?त्यसपछि सम्झनाहरु बाँडम्ला।

 
Posted on 12-21-05 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ क्यै छ कि भनेर हेर्नु भएकोहोला मित्रहरु। माफ गर्नुहोला। यो त भर्करै टेक्ससमा
अकालमै ज्यान गुमाउन पुगेका भाइ शेखर रेग्मीको परिवारको अवस्थालाई (विशेष गरेर जन्म
दिने आमालाई) सम्झेर कोरेको उनै प्रति समर्पित टुक्रा यो धागोमा संकलन गरुँ भनेर मात्र हो।

 
Posted on 01-31-06 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चैँ "महाराज"को झर्ला र खाम्ला भन्दै हात थापेर पछि पछि लाग्नेहरु प्रति समर्पित। :-)

:-)
-भउते

 
Posted on 02-01-06 12:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह भउते काजी! गतिलो दनक गयो!
 
Posted on 02-01-06 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह क्या मारा गुरुजी !
 
Posted on 02-01-06 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे, धन्यबाद है मित्रहरु। खाशमा भन्ने हो भने हिजो साह्रै झगडिया मुड थियो के मेरो।
साझामा कसैले खोते थापेको भए मार सँग झगडा गरम्ला भनेर पसेको थिएँ। कसै सँग निहु
खोज्ने कुरै भेटिएन। अनि शोकलाई शक्तिमा बदलौँ भने जस्तै रिसलाई गजलमा बदलौँ भन्ने
बिचार आयो। त्यसैको परिणती हो यो। गजल भन्दा फजल भन्न ठिक होला। :-)

:-)
-भउते
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters