Posted by: SaruBhakta-II June 18, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
मेरो स्याङजा: मेरो सम्झना (शिखरिणी छन्दमा) छुदै माताजीका, चरणतलमा, जान्छु म भनी रुदै आज्ञा दिन्छिन्, दुखित मनले, पुज्य जननी । म आएँ पाताल्मा, तर मन उतै, बाल्-हठ गरी सयर् मै स्याङ्जाका, एक एक गरी, स्वर्ग नगरी॥ (१) कुभिण्डे, नौडाँडा, सकल पथका, भीर पहरा उकाली ओराली, अनि निकटका, स्वच्छ छहरा । छिचोल्दै राङ्खोला, अलि पर झरी, मिर्दि बगर दिसिँकोट्, चापाकोट्, वरपर बिते शैशव-पला ॥ (२) पहाड्की चेली शीतल जलभरी, काँस-करुवा दरौँ की शिर्वारी, हर क्षण तयार्, पुज्न वटुवा बुलाँकी नाकैमा, झलमल परी, पल्टन हुँदी । मसक्कै मस्किन्थिन्, उपल घरक,गुर्सिनी दिदी ॥ (३) असार्-साउन् बर्षा, रुझि रुझि म खेल्थे अनमत्तै सुसाम्थ्यो सल्लेरी, रति भर नमान्ने डर कतै । घमण्डी थी आँधी, नसुनु यसको, कल्कल उता उठाम्थी यो वासै, क्षण भर सुनाम्थी अहमता ॥ (४) उषा गुथ्दै पस्थी, हिमसगरमा, स्वेत पगरी मलेङ्कोट् पाखैमा, ढकमक हुने, पुष्प लहरी । अँधेरी खोल्सी ती, छङ छङ धरी, संगित कडी अहोरात्रै बित्थे, घुमि म तटका, कुञ्ज रमणी ॥ (५) कता अल्झिस् "भौते", किन सुरु भए, यी उँध-गति धरा यस्तो त्याग्ने, कुन दिन भयो, धृष्ट कुमति । म जाउँ त्यो स्वर्गै, पनि नसकिने, विर्सन रति म जन्मेँको माटो, दिन दिन गएँ, सम्झन अति ॥ (६) *** *** *** *** :) -भउते
Read Full Discussion Thread for this article