SaruBhakta-II
Replies to this thread:

More by SaruBhakta-II
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 MERO KABITA - "BHAUTE"

[Please view other pages to see the rest of the postings. Total posts: 310]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 118086 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 06-18-05 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो स्याङजा: मेरो सम्झना
(शिखरिणी छन्दमा)

छुदै माताजीका, चरणतलमा, जान्छु म भनी
रुदै आज्ञा दिन्छिन्, दुखित मनले, पुज्य जननी ।
म आएँ पाताल्मा, तर मन उतै, बाल्-हठ गरी
सयर् मै स्याङ्जाका, एक एक गरी, स्वर्ग नगरी॥
(१)
कुभिण्डे, नौडाँडा, सकल पथका, भीर पहरा
उकाली ओराली, अनि निकटका, स्वच्छ छहरा ।
छिचोल्दै राङ्खोला, अलि पर झरी, मिर्दि बगर
दिसिँकोट्, चापाकोट्, वरपर बिते शैशव-पला ॥
(२)
पहाड्की चेली शीतल जलभरी, काँस-करुवा
दरौँ की शिर्वारी, हर क्षण तयार्, पुज्न वटुवा
बुलाँकी नाकैमा, झलमल परी, पल्टन हुँदी ।
मसक्कै मस्किन्थिन्, उपल घरक,गुर्सिनी दिदी ॥
(३)
असार्-साउन् बर्षा, रुझि रुझि म खेल्थे अनमत्तै
सुसाम्थ्यो सल्लेरी, रति भर नमान्ने डर कतै ।
घमण्डी थी आँधी, नसुनु यसको, कल्कल उता
उठाम्थी यो वासै, क्षण भर सुनाम्थी अहमता ॥
(४)
उषा गुथ्दै पस्थी, हिमसगरमा, स्वेत पगरी
मलेङ्कोट् पाखैमा, ढकमक हुने, पुष्प लहरी ।
अँधेरी खोल्सी ती, छङ छङ धरी, संगित कडी
अहोरात्रै बित्थे, घुमि म तटका, कुञ्ज रमणी ॥
(५)
कता अल्झिस् "भौते", किन सुरु भए, यी उँध-गति
धरा यस्तो त्याग्ने, कुन दिन भयो, धृष्ट कुमति ।
म जाउँ त्यो स्वर्गै, पनि नसकिने, विर्सन रति
म जन्मेँको माटो, दिन दिन गएँ, सम्झन अति ॥
(६)
*** *** *** ***
:)
-भउते
 
Posted on 03-20-06 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिउँदैछु ईश्वर।
मास्टर्नी नानी, मेरो नराम्रो भन्या जस्लाई पनि जिस्क्याउने बानी मात्रै हो। अरु सप्पै एकदम
राम्रो छ................ रे क्या। गफै त हो। :-)
नेपे-गुरु र चित्रेलाई धन्यबाद है।

लेख्न छाडेर अब गायक भएको छु
सुन न, केहि सुन्न लायक भएको छु

म लेखेँ, गायो कोही, सबै उस्लाई सुने
मेरै कथामा, म चैँ बाहेक भएको छु


हिजो आज लेख्ने भन्दा सुनाउने रहर चढेर आएको छ। बिर्खे जी को फर्माइसमा मेरो स्याङ्ग्जा मेरो
सम्झना
को नयाँ आवाज-प्रश्तुति।

- http://www.soundclick.com/bands/pagemusic.cfm?bandID=507748

:-)
-भउते
 
Posted on 03-20-06 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाऊते, सर्वप्रथम त मेरो अनुरोध स्विकार्नु भएकोमा धन्यवाद् छ!

हिजो तपाईँको स्वरमा गजल सुनेपछि, तपाईँको यो छन्दबद्ध कविता सुन्न मन लागेको थियो।
यति राम्रो संग सिलोक हाल्नुहुँदो रहेछ मैले त दोहोर्याएर सुनेको।
अझै सुन्न पाइने आशामा छु।
 
Posted on 03-21-06 1:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी गजल छ भउते गुरु। एक एक शेरले नि:शब्द बनाऊँछन्। वास्तवमै क्रान्तिकारी छ।
(के के नमिलेर हो सुन्न भने मिलेको छैन अझै। कोशिश गर्दैछु।)
 
Posted on 03-21-06 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जी,
यो सिलोक भन्ने कुरो सुन्ने मुन्छेइ पाउन गाह्रो हुन्छ। धन्यवाद !
गौतम जी, सुन्नुस सुन्नुस, नछोड्नुस। मैले आफैले त सुन्दै बस्दै गर्छु। :-)
:-)
-भउते
 
Posted on 03-21-06 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute ji ko kavita sunera sarai khusi lagyo..so keep it up broda.. :)

spyboy
 
Posted on 03-21-06 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute
i also grew up in syangjha.....
 
Posted on 03-21-06 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या खतरा भउते !
गोल्ड स्याण्डर्ड मान्ने पर्ने बेला आयो ! बधाइ छ !
ब्यस्तता निकै फापे जस्तो छ !
 
Posted on 03-22-06 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

spyboy, धन्यबाद, सुनिदिनु भएकोमा।
lfc123, गाम्ले हुनुहुँदोरे'छ , खुशी लाग्यो।
शिरिष गुरु, बीचमा पुच्छर फुत्क्यो के, अब फेरि समाउनु पर्यो। :-)
पुन्टेदाइको सालीको कुरो गर्दा गर्दै गजल फुर्यो गाँठे, टाँसिहाल्न परो। यो गजल चैँ पुन्टेदाइ कै साली प्रति समर्पित, लुज्जा त। :-)

:-)
-भउते

 
Posted on 03-22-06 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूर्ण तिम्रो मुहारमा पनि आज
ओठै नेर कोठी भर्न मन लाग्यो।


क्या शेर छ भाऊतेजि, गजब! :)
 
Posted on 03-23-06 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो जुरेली सँगको गफ ३ कान्ला पछारिएछ गाँठे, माथि तान्न परो।
बिर्खे जी, धन/यबाद।
मुलाई त
उकालीमा थाकेको त छैन अझै
अल्केति ओराली झर्न मन लाग्यो।

मुन पर्यो। अर्थ मैले मात्र बुझेर हो कि कुन्नि !:p
 
Posted on 03-23-06 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे भाऊते, तपाईँको आशय बुझे जस्तो लाग्यो! ओराली झरेर फेरी उकाली चढ्नु हुन्छ र फेरि ओराली झरिहाल्नु हुन्छ। उकालि चढ्दा ओराली छिचोल्न मन लाग्छ ओरालि झर्दा उकालि हेर्न मन लाग्छ हैन त? वाफ रे कस्तो गहन अर्थ हो! :)
अनि माथिका अरु शेरहरुसंग यो अंतिम शेर कसरि मिल्यो? मैले नबुझेको जस्तो लाग्यो।
 
Posted on 03-23-06 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute,
u write very very well!!!!!!!
i hear from syangja. ma pani syanja battai ho. i mean i was raised there. putalibajar cha ni ho tya
 
Posted on 03-29-06 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kina kina , Yoo thread lai jagauna man lago ....
 
Posted on 03-29-06 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute Guru ko Gazal ko k kura garnu...vakha halera CD ma beche ta Pankal Udas ani jagjit singh pani laz manne the ki kunni..

:)
 
Posted on 03-29-06 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते गुरु को गजल अनि कबिता को बर्णन गरेर साध्ये छैन, अरु धेरै पढ्ने अनि सुन्ने धोको लिएको छु ।
 
Posted on 03-29-06 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओठै नेर कोठी भर्न मन लाग्यो !

यहाँ कविभित्रको Leonardo Da Vinci बोलेको हो ।

रिनै लिएर दान गर्न मन लाग्यो

दधीचि ऋषिलाई पनि शरममा पार्ने दान !

>उकालीमा थाकेको त छैन अझै
>अल्केति ओराली झर्न मन लाग्यो।

>मुन पर्यो। अर्थ मैले मात्र बुझेर हो कि कुन्नि !:p

ओराली झर्न मन लागेको कारण अत्यन्तै विविध हुन सक्ने भएकोले पाठक अलमलमा परेका हुन सक्छन् ।

उकालीमा थाकेर हैन, त्यत्तिकै
अल्केति ओराली झर्न मन लाग्यो।


or
उकालीमा थाकेर हैन क्या, अर्कै-
कारण ओराली झर्न मन लाग्यो।


भनेको भए संभव कारणहरु अलि साँघुरिन्थे होला ।
 
Posted on 03-30-06 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lfc123, तपाईँ ज्योतिमा वा त्रिभुवन आदर्शमा पढेको हुनुपर्छ उसो भए। स्याङ्ग्जा प्रतिको मायाँ त मैले माथिनै कवितामा भनिसकेँ। स्याङग्जामा जन्मेकाको त के कुरा गर्नु, कोहि पुतलीबजारमा बसको झ्याल बाटै चटपटे किनेर खाएका मान्छे भेट हुँदा पनि अर्कै रमाइलो लाग्छ।
ALSON Nepal, मलाई पनि तपाईँलाई धन्यबाद दिन मन लाग्यो। :-)

नेपालको छोरा र स्योर जी, धन्यबाद मीठा शब्दहरुको लागि।

नेपे गुरु, मैले थोरै बाहिर हेर्न सानो चर बनाएँ, तपाईँले त्यै चरबाट सारा ब्रम्हाण्ड देखिदिनुभो। सधैँ नजिकैको डाँडाबाट सुर्य उदाएको देखिरहेका मेरा आँखा डाँडामा पुगेरै सुर्यलाई हेर्न ब्याकुल थिए। जेन केन डाँडामा पुगेँ, मेरो दुर्भाग्य ! सुर्य त त्यो भन्दा पल्लो डाँडा बाट पो निस्कँदो रहेछ। वास्तविकता पक्कै तपाईँलाई बढी थाह छ, नमरी स्वर्ग म कसरी देखुँ। तपाईँका सुझाव पक्कै मननीय हुनु पर्छ। धन्यवाद !

सम्पूर्ण पाठकवृन्दलाई मेरो धन्यवाद।

:-)
-भउते
 
Posted on 03-30-06 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute,
nahh, ma ta galaxy ma padeko ho kya. hurkepachi bama le tappaka uthayarea katmandu lyaeko yadd cha.
 
Posted on 03-30-06 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute:
You realy write well. I love to read Nepali literature, lekhna ta aaudaina ke garne.
Keep it up and let we hear more from you.
 
Posted on 03-31-06 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lfc123 र Sheetalb, धन्यवाद !

आज यो अलिक भिन्न शैलीको प्रस्तुति। केही गजलकारहरुको यस्तै खालका
गजलहरु पढेको थिएँ। मलाई पनि एउटा परिक्षण गर्न मन लाग्यो।
कुनै कुनै शेरले त आफैलाई लात हाने जस्तो लाग्यो। :p

:-)
-भउते

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters