[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---

[Please view other pages to see the rest of the postings. Total posts: 643]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 216849 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-13-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - नयाँ वर्ष विशेष ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 110 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
  • ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
  • उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम
  • गोताएँलाई सराप्या जस्तो सराप्नु
  • भैँसी हेर्दै, पीठो चपाउँदै
  • आँखा नभा'को नेत्रे



नयाँ वर्ष २०६५ को शुभकामना!


 
Posted on 04-16-08 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज साँझऐमा गीत बजाएर हिंडेछ लहरे त, रिठ्ठे खोइ आज? भेट भएकै छैन त
के छ क.ले.जो.? गीत घन्काउन थालिसकेको?
 
Posted on 04-16-08 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै कता अन्मरे कता
मैले थाल्देको पर्बते ब्रो गीत घन्काउन

 
Posted on 04-16-08 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-16-08 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-16-08 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-16-08 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल लहरे ब्रो गीत घन्काउँ गाउ घर थर्काउँ त लौ।
 
Posted on 04-16-08 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-16-08 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-17-08 5:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


sabai gaamleharulai darsan gare hai taaaaaaaaaaaaaaaaaaaaaaa

 
Posted on 04-17-08 6:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्ले हरुलाई बिहीवारे बङलामुखिय जदौ । के छ त?? बङला मुखीमाइले सब को रछे गरोस । 
 
Posted on 04-17-08 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लालेमाम गाम्लेहरु!
के छ ताअाअाअाआ?
बिहिबारे बगलामुखिय जदौ!

ठुली टंके चिया भयो?


 
Posted on 04-17-08 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टन्के, ठुलि, राहुल दाई र अरू सम्पूर्ण गाउँले लाई मेरो बिहीवारए दर्शन। सबैको आजको दिन शुभ रहोस्। फेरी भेटओुन्ल है !!!


 
Posted on 04-17-08 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टंके,ठुली,ठुलदाइ,फेवे सप्पै लाई बिहीवारए जदौ।
अड्डा आईयो २ कप कफी रित्त्याईयो अब एसो किबोर्ड चला जस्तो गर्नु परो।
ल पछी आउने सप्पै लाई लालेमाम।
 
Posted on 04-17-08 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यि औंला तिनै हुन तिमीले चुमेका
परेली यिनै हुन तिमीले पुछेका
म सक्दिन आफ्नो प्रतिबिम्ब छेक्न
न सक्छु म छाती फुटाएर जोड्न


बिहिबारे बगलामुखीय नमस्कार, जदौ, लालेमाम्-सलाम यो रिट्ठेको


 
Posted on 04-17-08 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेवे,  बिस्टे लालेमाम।

चलाए जस्तो गरम गरम , की बोर्ड होस् कि की-होल।     

 

मरेको जिन्दगी  जिए जस्तो गरुं कि ? ,

हारेको जिन्दगी जिते जस्तो गरुं कि ?

कती पिउने आफ्नै आशु हरेक रात ?


आज पुरै मधुशाला पिए जस्तो गरुं कि ?
  

 

Last edited: 17-Apr-08 08:55 AM

 
Posted on 04-17-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नलागे पनि माया गरे जस्तो गरु कि?

बिरानीमा पनि रमाये जस्तो गरु कि?

घात गर्नेको भिडहरु छन यहाँ

भिडमा पनि कोही आत्मिय भेटे जस्तो गरु कि?

 
Last edited: 17-Apr-08 09:18 AM

 
Posted on 04-17-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पूर्ण चौतारीका औतारीहरु, भुस्तिघ्रेहरु, चरिनङ्ग्रेहरु, रैथानेहरु, हल्काराहरु, चोथालेहरु, गोठालेहरु, पाङ्दुरेहरु, लुखुरेहरु, गोज्याङ्ग्रेहरु, गरिखानेहरु तथा कुनै वर्गमा पनि राख्न नमिल्नेहरु, सबैलाई अलि ढिलै भए पनि नयाँ बर्षको शुभकामना छ यो बिर्खै माइलाको तर्फ बाट....खुईयययsss... ऐयाss! ....

 

गम्भिर ध्यानाकर्षण!

बिगत केहि समय देखि जिम्माल बुडाको जिन्दगीमा आइपरेका झिनामसिना कुराहरुले गर्दा बुडा चौतारी चिहाउन नपाएको कुरा सर्वविदितै छ। यस परिस्थितीमा बुडा आफैँले धैर्य धारण गर्न नसकेको खन्डमा समेत चौतारीका गाउँलेहरुको धैर्यता देखेर बुडा मुसुमुसु हाँस्दै टेम मिलाएर आउने जमर्को गर्दा गर्दै पनि, चौतारीबासिको धैर्यताले सिमा नाघेर, नानाथरी अड्कलबाजी, मिथ्यापन, आरोप प्रत्यारोपहरु चौतारीमा आएको कुरामा चौतारी मन्त्रीपरीषदको गम्भिर ध्यानाकर्षण गएको छ। हुँदा हुँदा बिना बुँदा बनेका उखान टुक्काले गर्दा, सम्पूर्ण चौतारीका विवाह योग्य कुमार तथा कुमारीहरुमा विवाह गरेपछि बिग्रने सम्भावनाको आशंकाले जरो गाड्न पुगेको छ। यस परिस्थीले सबै कुमार कुमारीहरु बिग्रने डरले विवाह नगर्ने अठोट राख्न सक्ने स्थिती ननिमत्याउला भन्न सकिँदैन। उक्त स्थिती आएमा चौतारी राज्यको जनसंख्यामा तिव्र गिरावट आउने कुरा स्पष्ट छ। आदरणिय चौतारी समुदाय, यो पृथ्वीमा जता लागे पनि कुनै न कुनै चौतारीका औतारी भेटिनु पर्ने गरि जनसंख्या विस्तार गर्ने हाम्रो चौतारीको नितीमा जनसंख्या गिरावटले नराम्रो असर गर्छ। तसर्थ सम्पूर्ण जनसमुदायहरुलाई उक्त उखान तुक्का वा कुनै पनि किसिमको अनर्गल प्रचारमा नअल्मलिनुहुन चौतारी मन्त्रीपरीषद हार्दीक अनुरोध गर्दछ।

धन्यवाद्

चौतारी मन्त्रीपरीषद्


 
Posted on 04-17-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिनका सत्तेनाश हुने, टेम भा बेला हुँदि आओ, बुडो छ कि छैन कोइ असत्तिलाई चासो छैन। ख्वाक्क ख्वाक खोकेर छाती आरन जस्तो हुँदा समेत " बुडा बा पानी खान्छौ?" भनेर कउनै बजिया बजिनीले सोधेनन्। अइले यो घाट लउने टेममा एसो गोडा चारेक दिन के बेपत्ता भा थेँ तिनका चिरिबिरिले सातो लिओ। दैव! घोर कलिजुग लाओ, जसो अरे नि जस छैन!

लु को को छौ? एता अन्मराओ बात मारम्!

हरिशरणम्!


 
Posted on 04-17-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जिम्माल बा, वेल्कम ब्याक। नयाँ साल को नयाँ लालेमाम।
 
Posted on 04-17-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्लेलाई बिहीवारे बगलामुखी जदौ।

धेरै दिन पछी जिम्मालबा को गाउ फिर्ती सबारी भएको सुन्न पाउदा हामी लाई पनि खुसी लागेको छ। ठुलदाइ लाई तारेमाम, जिम्माल बा, रिट्ठे, बिस्टे, फेवा, टन्के अनी ठुली लाई नमस्ते। 

Last edited: 17-Apr-08 09:31 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
जाडो, बा र म……
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Driver license help ASAP sathiharu
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters