Posted by: Birkhe_Maila April 17, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

सम्पूर्ण चौतारीका औतारीहरु, भुस्तिघ्रेहरु, चरिनङ्ग्रेहरु, रैथानेहरु, हल्काराहरु, चोथालेहरु, गोठालेहरु, पाङ्दुरेहरु, लुखुरेहरु, गोज्याङ्ग्रेहरु, गरिखानेहरु तथा कुनै वर्गमा पनि राख्न नमिल्नेहरु, सबैलाई अलि ढिलै भए पनि नयाँ बर्षको शुभकामना छ यो बिर्खै माइलाको तर्फ बाट....खुईयययsss... ऐयाss! ....

 

गम्भिर ध्यानाकर्षण!

बिगत केहि समय देखि जिम्माल बुडाको जिन्दगीमा आइपरेका झिनामसिना कुराहरुले गर्दा बुडा चौतारी चिहाउन नपाएको कुरा सर्वविदितै छ। यस परिस्थितीमा बुडा आफैँले धैर्य धारण गर्न नसकेको खन्डमा समेत चौतारीका गाउँलेहरुको धैर्यता देखेर बुडा मुसुमुसु हाँस्दै टेम मिलाएर आउने जमर्को गर्दा गर्दै पनि, चौतारीबासिको धैर्यताले सिमा नाघेर, नानाथरी अड्कलबाजी, मिथ्यापन, आरोप प्रत्यारोपहरु चौतारीमा आएको कुरामा चौतारी मन्त्रीपरीषदको गम्भिर ध्यानाकर्षण गएको छ। हुँदा हुँदा बिना बुँदा बनेका उखान टुक्काले गर्दा, सम्पूर्ण चौतारीका विवाह योग्य कुमार तथा कुमारीहरुमा विवाह गरेपछि बिग्रने सम्भावनाको आशंकाले जरो गाड्न पुगेको छ। यस परिस्थीले सबै कुमार कुमारीहरु बिग्रने डरले विवाह नगर्ने अठोट राख्न सक्ने स्थिती ननिमत्याउला भन्न सकिँदैन। उक्त स्थिती आएमा चौतारी राज्यको जनसंख्यामा तिव्र गिरावट आउने कुरा स्पष्ट छ। आदरणिय चौतारी समुदाय, यो पृथ्वीमा जता लागे पनि कुनै न कुनै चौतारीका औतारी भेटिनु पर्ने गरि जनसंख्या विस्तार गर्ने हाम्रो चौतारीको नितीमा जनसंख्या गिरावटले नराम्रो असर गर्छ। तसर्थ सम्पूर्ण जनसमुदायहरुलाई उक्त उखान तुक्का वा कुनै पनि किसिमको अनर्गल प्रचारमा नअल्मलिनुहुन चौतारी मन्त्रीपरीषद हार्दीक अनुरोध गर्दछ।

धन्यवाद्

चौतारी मन्त्रीपरीषद्

Read Full Discussion Thread for this article