[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---

[Please view other pages to see the rest of the postings. Total posts: 643]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE


[VIEWED 215128 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-13-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - नयाँ वर्ष विशेष ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 110 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
  • ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
  • उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम
  • गोताएँलाई सराप्या जस्तो सराप्नु
  • भैँसी हेर्दै, पीठो चपाउँदै
  • आँखा नभा'को नेत्रे



नयाँ वर्ष २०६५ को शुभकामना!


 
Posted on 04-18-08 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


'Make Me a Sheep, O God!'
(in translation)

Let me not jump to the void like a sage.
Or with an artificial imagination.
Let me not create distorted magic of variegated colors out of magic less truth.
Let me not become a Brahmin to live on dirty water washing away other's sin.

* * *

Let me not reform to expose the world.
Let me not patch up the old and tattered things.
Let me lit the light of life,
Like the simple, beautiful, and unbeautiful light of nature,
When dying
Let me reach higher up than the sage. / Laxmi Prasad Devkota
 
Posted on 04-18-08 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


lau ke bhayechha yo chai.

 
Posted on 04-18-08 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हर्केss! हर्के होssss!..... हन ए हर्केsss! सुनेनौ भन्या??? सुर्ती छ?? लु न छ भने एक फ्वाँक मल त, क्यारम क्यारम भओ गाँठे!!
 
Posted on 04-18-08 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चौतारीको एकातिरको भित्तै फोर्ने गरी कबिता टासेछ हर्केले ! मार्ला है चित्रेले अहिले !

 
Posted on 04-18-08 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओ बिर्खे बुडा कस्तो कराको हो कानै पाक्ने गरी मोल्दै छु त देखेनौ, लु कती लिन्छौ भन, हेरत हरियो भको छ अली कती चुना अली मिसाउकी यती कै राख्छौ लु भन है।

 
Posted on 04-18-08 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए हर्के मलाई रेडीमेठ ल्याउ है त ! त्यो कुबेर भन्नि चाँही

 
Posted on 04-18-08 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुबेर खैनी हा हा, लौ लौ हुन्छ, बरु तिमी सँग बल्वान छ हैन झिकत रिठ्ठे।

 
Posted on 04-18-08 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे बुडा अगी सुर्ती माग्दै थियो बुडा कत अन्मरिएछ। आझै बुडा लाई केटी देख्नै हुँदैन उत्तै तिर पुग्छ।

 
Posted on 04-18-08 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐयाssss! बजिया बजिनीले तो तलको कान्लाँ रोप्या कलिलो केराउ सपै लुछेर लगेछन तिनलाई हैँचाले लान नसक्या! बल्ल बल्ल धपाएर आएँ। कसका भुरा हुन कुन्नि बलगेर्ती गोडा दुएक दर्जन भुरा सिँगौरी खेलिरारेछन गाँठे हाम्रा बारिमा! तिनका बाउआमाको अर्थोक इलम केइ छैन कि भन्छु बर्षेनि निकाल्छन, सास्ति चाइँ म बुडालाई, असत्तिहरु! कठै तो कलिलो केराऊ! च्व...च्व....च्व!!!

खुईययययssss! ए हर्के, लु लेऊ एक चिम्टी हरियै भ' नि फुक्कयाउँछु, नाइटै देखुन तलतल लाइरा बेलाँ!

 


 
Posted on 04-18-08 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बल्ल आयिपुगेछन बुडा, त्यो लुङी चै अली राम्रो सित लगौत बुडा भित्रको लगौटी सबै देखिएको छ, आहिले चेली बेटी हरु आयिपुग्छन के भाको
यो बिर्खेलाई, लाज सरम केही छैन। लु लियु एक फ्वङ हाल आगी देखी यहाँ हत्केलामा लेर बशेको छु, पशिनाले सबै भिजी सक्यो, अली कती रिठ्ठे लाई दिये तिम्लाई अली कम छ है, अब अर्को पाली बनाउला टन्न हुन्न।
तिमीत तिर्थ गाको भन्दै थिए कोइ केटा हरु चै बिहे गर्न गाको रे भन्दै थिए, हैन के चै गर्न गाको तिमी मलाई कुरो बुझ्न अली गह्रो भो गाठे।

 
Posted on 04-18-08 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो हाम्रो चौतारी नि आज त गीत संगीत स्पेशल भा रछ । त्यसैले मैले नि गीतकै बारेमा एउटा टुक्रा लेखेर आर्को धागोमा टाँस्या छु!

हर्कदाइ त्यो "प्रभुजी ! मलाई भेडो बनाउ" को नेपाली भर्सन छ भनें पढ्न पाउँ न है!! अंग्रेजी त आफूलाई मगजका गिर्खा मा गएर बिझाएजस्तो, खिर्खिराएजस्तो लाग्छ !!  ( देवकोटाकै शव्दहरु पैंचो मागेको है मैले नि! "

 

 

Last edited: 18-Apr-08 04:34 PM

 
Posted on 04-18-08 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर हेर यो हर्के फेरि! के देको तो दुइ त्यान्द्रो सुर्ती, तो जाबो त दाँतमा अड्केर बिलाउँछ! तो रिट्ठे पट्ठोले के जाति पहलमान छाप खान्छु भन्या छ पर्दैन तेल्लाई दिन, हामि दुइ बुडा मिलेर खाम्। बरु भाले खोजन एउडो झक्किको, भालेको झोल सँअ भात नहसुर्या नि जुग बितो गाँठे! तो कप्तानको पोथिले कोरल्या थो नि गोडा सात आठेक चल्ला, भाले पर्या छैन कउनै?? छ भने हेरि दुइ मइना हुन लाओ, घच्चिको भओ होला, आज ल्यार च्वाट्ट पार त! तिनपाने सँअ चिरिप्प पारम्ला अन्खेरुन भात सँअ भुँडिमा हुलौँला। कसैलाई नभन नि, मासु सुनेसि तो रिट्ठे बज्जेको कान ठाडो हुन्छ फेरि, सिङ्गै भाले हसुरेर मुख मात्तै जिस्को भन्दै हिन्छ, खानु नि छ जस् नि नाई!
 
Posted on 04-18-08 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चेली च्यान्टी नि आएए पुगिछिन, छैन नेपालीमा मैलेनी खोजेको गूगलमा भेटिन, बरु तिमीलाई त्यो बाल कृष्ण सम को इछया भन्ने कबिता
आउछ आउछ भने लेखन पढ्न मुन थियो मलाई, चेलीको कथा चै एक छीनमा पढ्नु पर्ला, कथा गजब छ मलाई आहिले नै थाहा भयी सक्यो तेही भएर तिमीलाई बधाई है आहिले नै, अझै लेख्दै गरुम है।

 
Posted on 04-18-08 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म इच्छा कविता लेख्छु यहाँ तर पुरै आउँदैन है ...

इच्छा यो छ महेश अन्तिम जसै त्यो मृत्यूशैया जली

मेरो रक्त सुकाउला म गरुँमा अन्यौल भइ छट्पटी

त्योबेला मुखमा बुटीहरु परुन् नेपालकै केवल

जे जे मा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन

यो नेपाल स्वतन्त्र भई फुलिरहोस् राजा(?) प्रजामा सँधै

झांगी फैलिरहोस् बढेर लहरा यही शान्ती ऐश्वर्यको

.................................................

बिर्सें छु हर्कदाइ , सरी!!


 
Posted on 04-18-08 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यि बुडाले कायिदाको कुरो गरे है आहिले चै, त्यो रिठ्ठे बज्जे तेस्ताइ छ, आझै मलाई आस्ती यो हर्केले मैले खाको देखी शाहदैन भन्दै थियो,
हामी दुई बुडा मिलेर त्यो सँग लाप्पा खेल्नु पर्छ एक्दिन, बज्जे दह्रो छ हामी दुइलेनी सकिदैन होला त्यो सँग।
त्यो तिमीले भनेको भाले तिर्थेले अस्ती हाटमा रु ५०० मा डुम्झन माइलो लाई बेची सक्यो, खाइ लाग्दो थियो त्यो भाले, जोख्दा खेरी १० किलोको थियोरे भनेर भ्न्दै थिए गाउलेले।
बरु आझ त्यो हाम्री ठुल्नानीको घरमा पालेको सानो पाठी कार्यक कुरुक पार्नु पर्छ जस्तो छ, अनी दुई बुडा मिलेर त्यो पाठिको मासु सँग तीन पाने स्वम्म परौला हुन्न, बरु तिम्रो छोरोले तिम्लाई बेलायित बाट पठाको चुरोट लेर आउन हाम्नी तानी हेरम।

 
Posted on 04-18-08 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ धन्यवाद च्यान्टी नानी, अब त्यो राजा भन्ने सब्ध चै हटाये भो अब चै पक्का कुनै सन्कोच नमानी हैन त। हुन त यिनी पनी राणा नै हुन क्यर तेही भएर राजा भनेका होलान कि कसो।

 
Posted on 04-18-08 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आधुनिक इच्छा कविता-

इच्छा यो छ प्रचन्ड अन्तिम जसै सम्बिधान सभा सकि
मेरो पार्टी आउला म गरुँला साशन कुर्सीमा बसि
त्यै बेला संसदमा मन्त्रिहरु परुन मेरो पथ् कै केवल
जो जोमा ब्रम्हलुटको छ दरिलो बलियो कडा कम्पन
यो नेपाल अस्तव्यस्त भै झुलिरहोस बन्द हडतालमा सधैँ
झाँगि फैलिरहोस बढेर वाइसिएल् यही भ्रान्ति अन्योलको

लोल सलाम!

 


 
Posted on 04-18-08 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हन यि बुढालाई त कबितानी लेख्न आउदो रछ कहाँ सिकेउ हो।

 
Posted on 04-18-08 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जिन्दगी बगेको पानी जस्तो हो आउँदैन फर्केर फेरी फेरी यो,
हाशी राखन माया बोली राखन,
धेरै चोटि भेट भयो तर तिमी बोलेनौ, बोल्नत मान लाग्छ तर बोली फुटेन
हाशी राखन माया बोली राखन।

 
Posted on 04-18-08 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ म चै लाग्नु परो, है त दुई घण्टा दुई मिनट झै गरी बित्छ हो यो चौतारीमा गफ दिन थाले पछी।
लौ त गाउले हो तारेमाम।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters