[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---

[Please view other pages to see the rest of the postings. Total posts: 643]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 213950 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-13-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - नयाँ वर्ष विशेष ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 110 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
  • ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
  • उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम
  • गोताएँलाई सराप्या जस्तो सराप्नु
  • भैँसी हेर्दै, पीठो चपाउँदै
  • आँखा नभा'को नेत्रे



नयाँ वर्ष २०६५ को शुभकामना!


 
Posted on 04-17-08 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए भउते भाई कती काम मात्रै भन्चौ दिन राती ? राती आँखा देख्चौ र भन्या ? के छ्याम छ्याम छुम छुम अर्दै छौ नि ?

 भुत्रेण सन्तु:


 
Posted on 04-17-08 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसै हो के रे पर्वते। ऐले सम्म आधी मात्रै बसाईं सरिया थ्यो, अब पुरै सर्न ला।

बरु भउतेले के भन्या हो कोनि, संस्क्रितमा गीत सुन्नि भन्या हो?


 
Posted on 04-17-08 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अब भउते आएसि क्यार्नी यै गीत सम्झिन्छ। बरु सालीनानी खै अचेल?


 
Posted on 04-17-08 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गीतान्जली नि बजाएनन छन त आज !
के हुनु अन्तरे दाई खर्कां हालखबर तेस्तै त हो नि ! केटाकेटी आए गुलेली चलाये मट्याङ्राको सत्यानाश भने जस्तो !
 
Posted on 04-17-08 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i am dancing here


 
Posted on 04-17-08 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उहुईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईइइ सालीनानीईईईईईईईईईईईईईईईईईईईईईईईईईई !

धेर दिन पछि झ्याप्प्प्पै जम्का भेट भो नि त आज?

क्यारिचौ अचेल? क्यार्न चटक्कै मुयाँ मारेकी हउ त नि हाउँलाई ? यिनी त कस्तो निस्ठूरी रइचन बाइ 

पैला पैला स्यानो छँदा सुइटर बुन्दिनी धागो किन्दिनुस जिजु भन्दै पछि लाउँथिन के रे। अचेल उमेर चढे'सि  सुइटर त के, फुटेका आँखाले नि हेर्दिनन् हाम्लाई।   तिउँले बुन्या सुइटर त बैशाखका कुकुर चिच्याउनी गर्मीआँ नि भिरेर हिडुम हिडुम जस्तो लाउँच गाँठे।


 
Posted on 04-17-08 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-17-08 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर भउते चम्क्या हाम्रो ठुल्दाइ लाई नि ब्युझाइदिएछ
 
Posted on 04-17-08 11:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन जिजु!

 च्यात्तिया छैन अझै त्यो स्विटर?  बुन्दा बुन्दै एक दुइ ठाउँमा घर फुस्किएको के त  तानातान गर्दा।अर्को बुन्दिम?

मैले हजुरको र दिज्युको भिडियो  खिचेको के त दिनु थियो  याँइ राखुम ल ?

 


 
Posted on 04-17-08 11:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर भउते चम्क्या हाम्रो ठुल्दाइ लाई नि ब्युझाइदिएछ LOL
 
Posted on 04-17-08 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाइ दाइ  हजुरको निद्रा  जिजुले ब्युझाइदेको  कि वाइसियालले?  

LOL


 
Posted on 04-17-08 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग्यमानी भए मैयाँ !

कुल घरानकी चेली भनेको यस्तो हुन्छ के, रिति-थिति नबिर्सिनी, मान-मर्यादा राख्नी। पुन्टेदाइले जुरेली लुकाएर धोबिनीकी बहिनी घ्याल्से भिडाउन कम्ति जाल रचेका हैनन् के रे। बरु जुरेली छोड्नी भएँ, यस्तै कुलघरान खोज भनेको कहिल्यै टेरपुच्छर लाएनन्।

तिउँले बुन्देको त्यो सुइटर त जति च्यात्तेर पचपन्न झ्याले भए नि के फाल्दा हुम् र। सालीनानीको चिनो भनेको त्यै त छ नि। उध्रिँदा उध्रिँदा एउटा धागोको लुफुर्को मात्र बाँकी रहे नि बरु कन्ननी बना'र बाँधी हिनुम्ला, फाल्नेवाला छैन म त।

अर्को बुन्दिम ? रे ! अनि त्यो बुन्दै गरेको माछीकाँडे बुट्टा भरेको सुइटर कल्लाई हो त?  मेरो ज्यानमा त कहिल्यै नापीनौ त?


 
Posted on 04-17-08 11:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिजु

'अनि त्यो बुन्दै गरेको माछीकाँडे बुट्टा भरेको सुइटर कल्लाई हो त?' हजुरकै साढूलाई

'मेरो ज्यानमा त कहिल्यै नापीनौ त?' अर्को  राम्रो फुलबुट्टे बुट्टा भरेर नापौला


 
Posted on 04-17-08 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" हजुरकै साढूलाई"     

हा हा हा नसकिने भो सालीनानी सँग गफ गरेर।

लु अब सुत्नु परो। भुलचुक लिने दिने।

शुभरात्री सप्पैलाई !


 
Posted on 04-18-08 12:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिजु धेरै पछि रमाइलो गफगाफ भयो ।यो समयको लागि धन्यवाद।

 भुलचुक लिदे दिने मेरो पनि ---

 यो मिठो गितसंगै आजलाई शुभरात्री

 

 


 
Posted on 04-18-08 6:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


sabai gaamle saathiharulai maile darsan gare hai taaaaaaaaaaaaaaaaaaaaaaaa

 
Posted on 04-18-08 7:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबारे जदौ सब गाम्लेहरुलाई। ठुलि त अगी नै ढोका खोली वरी गैसकेछन। अरु गाम्ले हरु चाँही घुर्दै होलान । 
 
Posted on 04-18-08 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लालेमाम गाम्लेहरु!

के छ ताअाअाअाअाअ?

शुक्रबारे झमाझमे जदौ!

ठुली, टंके चिया नास्ता भो?

 

कोइ गाम्ले घुर्दै होलान,

कोइ गाम्ले  साथी कुर्दै होलान।


 
Posted on 04-18-08 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीकेन्ड आयो
पार्टी गरौला
काँ गएर?
बार गएर
धत्त जड्याह म त घरमै बसौला

शुक्रबारे बिहानिमा तमाम गाम्लेहरुलाई सलाम छ है।


 
Posted on 04-18-08 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते चौतारी   । के छ त नयाँ नौलो । राहुल दाई, तपाईं डिसी को छेउ छाऊ हो? म १ हप्ता को लागि डिसी आउँदै छु, मेरो ट्रैनिङ र सेमिनर छ। यदी हजुर नजिकै हुनु हुन्छ भने एसो भेट गाट गरओुन है । चौतारी को अर्को भेला भएको भयता हुन्थियो नि। एसो खबर गर्नू न है राहुल दाई 

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Will MAGA really start shooting people?
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters