Bhaute
Replies to this thread:

More by Bhaute
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

uptowngal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 SaruBhakta----"Bhaute"

[Please view other pages to see the rest of the postings. Total posts: 167]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 58399 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 07-03-05 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरुभक्त-१ (साझा बसिबियाँलो)

सरला पल्लो कोठामा अझै सुँक्क सुँक्क गर्दैथी। कोठा त खै के भन्नु, एक रातको लागि मात्र बना'को पराले छाप्रो नि अब। एउटा परालको भारिले मात्र लोग्ने मान्छे र स्वास्नी मान्छे सुत्ने ठाम छुट्ट्या'को थियो। ओढ्ने ओछ्छ्याम्ने सबै परालै पराल।
"ल ल अब नडरा, भोलि छेउघरे लामाकाँ लैजाम्ला तँलाई। अनि ठिक भैहाल्छ" सारुनी दिदीले सम्झाइन् तेसलाई। त्यो भने लगातार ह्वाँक्क ह्ववाँक् गरेको गरेइ।
"कस्ति केटी होली, जे हुनु भै'गो। कत्ति डराकि होली। यसको त सातै गएछ कि क्या हो!" मन मनै भुटभुटाएँ। तेस्का ह्वाँक्क ह्ववाँक् धेरै सुनेर कन्सिरि नै तात्न थालिसक्याथे के मेरा। मैले त राति हुँदो तेता नजाम् त भन्याँथेँ नि पहिले। त्यसैले कर गरेर जाम कि जाम गरी। फेरि जुन पनि आजै कस्तो टह टह लागेका नि । त्यसै घुम्न जाम् जाम् जस्तो के।
"गोबिन्दे आ'को भे यस्तो हुदैनथ्यो कि। "सरले र मेरो बिचमा गोबिन्देको आबश्यकता खट्केको आजै हो ल मलाई। नत्र त सँधै यो केटो किन हाम्रा पछि लाग्दोहोला भन्ने लाग्थ्यो। कहिले काहीँ त झनन्न रिस पनि उठ्थ्यो।

*** *** *** *** ***

"अहम्???.." सतम्कोटे माईला दाई घाँटि बजाउदै कोल्टो फेरे। सबैजना निद्रामा मस्त छन्, दिनभरिको थकाइले होला। मलाई मात्र छटपटी भै'रेछ। मेरा मनाँ फेरि कुरा खेल्न थाले। "यो केटी किन त्यसरि डराकी होली। खै मलाई त केहि डर लाग्याछैन, वा म केटा-केटी नै भे'र हो। म बल्ल आउने पुषमा १२ बर्ष। सरले चै ३ बर्ष ५ महिनाले जेठी" ।
मेरा आँखा जोडिएलान् भन्यो झन ठुला ठुला भे' जस्तो लाग्यो।

*** *** *** *** ***

म एकैचोटी खङ्रङ्ग तर्से। केको छायाँ परेजस्तो भो। यसो हेर्या त जुनलाई सानो बादलको भुल्कोले छोप्यारैछ। फेरि उज्यालो भो। यो बादलको पनि क्यै भर छैन के। कतिबेला आउँछ, पवित्र चन्द्रमाको सतित्वमा धावा बोल्छ र फेरि एकैछिनमा पानीको फोका जस्तै बिलाएर जान्छ।
यसो ठनासेको, सरले चैँ चुप लागिछे। घरि घरि नाक मात्र बजेको सुनेँ। केटीले बल्ल मन दह्रो पारिछे भन्ने लाग्यो, मन मनै खुशि भएँ, अब सुत्न पाइने भो भनेर।
उता फेरि मस्राङ्गी घुर्न थाल्यो, बाघै गर्जे जसरि। मेरो मन भने फेरि सरले तिरै। निन्द्रा भनेको पटक्कै छैन बा, के भा' हो कुन्नि।

*** *** *** *** ***

मस्राङ्गीले जोडले खोक्यो। अगि घुर्दा परालको झुर्का मुख भित्र पसेछ के त्यसको त। खोक्दै उठ्यो र "खाक्" गरेर बाहिर तिर "थुउउउ" गर्यो।
मैले आँखा चिम्ले जस्तो गरेर तेसलाई हेर्दै थेँ। त्यसले त सबैको कपडा झुण्ड्या'को ठाम्मा छाम-छुम गर्छ बा।
"होइन,यो त चोर हो कि क्या हो? हो रे'छ भने त आज चै फेला पर्यो है यो। न निधा'को ठिकै भे'छ। सरलेले अहिले सम्म ह्वाँक्क ह्ववाँक् गरेको पनि काम लाग्यो जस्तो छ" मन-मनै सरलेलाई पनि धन्यबाद दिएँ।
त्यसले त बिजुली खैनि पो निकाल्यो र मुखमा हाल्यो, अनि आफ्नै ठाममा गएर सुत्यो।
"यसले कसैको केहि चोर्दे त मैले पक्रेर पौरख देखाउँछु" भन्ने सोँचेको। मेरो मन खिस्रिक्क भो।

*** *** *** *** ***
-भउते
 
Posted on 07-06-05 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झमझम परेली जी, ४ पाने सम्म त मुइले नि चाखेको हो, सारुनी दिदीले खाउ कि खाउ भुनेर कर गरेर। खाएर के के भनेछु कुन्नि, सरले ३ दिन सम्म बोलिन ल, मसँग।

त्यो ७ पाने त खोया निकाल्दै आगो पर्छ होला यार। सम्झेर जीउ नै हरर भो गाँठे।
 
Posted on 07-06-05 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेजीलाइ के भन्?ने ? बानी अ।फ्?नो अ।फ्?नो हो; मलाइ त ठाडो घा'टी लगाएपछी त जीउ नै सिरिङँ हुन्?छ; थाम्?नै सक्?दिन अनि

त जे पला' बरु बेहोरूम्?ला भइ हाल्?छ यार
 
Posted on 07-06-05 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन जुलाइ ४ को घुमन्ते मेसो सक्याउन लाग्या थें म त , भउते दाईले त कथा हालिसकेछन् , एकै सांसमा सक्याए है मैले ।
अरु प्रतिक्षामा छु ।
 
Posted on 07-06-05 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झमझम परेलिजि
शिद्?धबाबा तँपाईहरूको तिर पनि हुनुहुदो रैछ है
 
Posted on 07-07-05 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरुभक्त-३ (साझा बसिबियाँलो)

" ए ! बाख्राले सप्पै मकै खायो, कहाँ गए हँ माहारे? ए! मस्राङगी?" हामेरु फर्किँदा कसैले चिच्यायो। स्वर त चिने चिने जस्तो लाग्यो। यसो हेरेको बुबा पो हुनुहुदो रे'छ। ला ssssss ! अब के गर्ने के गर्ने भो। म त्यहिँ झाडि तिर पसेँ। मैले झाडिमा लुकेर बुबालाई हेर्दै थेँ। मस्राङगी दुगुर्दै गयो र बाख्रा फर्कायो। बुबा गैसके पछि बल्ल निस्केँ म।
"सान्बाबु, कता हरा'को?"
"** आयो र के" फेरि कुरा बनाएँ। ?धेरै नै खाएछ कि क्याहो मकै?"
"सुर्का को अलि अलि खाएछ। आफ्नो मकै आफ्नै बाख्राले खाए, के भो त!" मस्राङगीले चित्त बुझायो।
झ्याङलीले चैँ बाँकि निबुवा र बोक्रा खाएछ। नुन पनि खाएछ क्यारे। थुतुनो माटोमा घोसर्दै थ्यो, पिरो भएर होला।

*** *** *** *** ***

४ बजे तिर घर फर्केँ।
"आज त छिट्टै आइछस्, अनि दाई खोइ त?" आमा दङ्ग पर्दै सोध्नु भो।
"म छुट्टी हुने बित्तिकै दुगुर्दै आ'को। दाइ त बाटो मा साथेरुसँग डण्डी बियो खेल्दै थ्यो के रे" उल्टै दाइको कुरा लाइदिएँ।
" स्याबास्!, बाटोमा खेलेर बस्न हुदैन। अनि दुगुर्न नि हुन्न नि, लड्लास फेरि" आमा फेरि त्यसै दङ्ग। मेरा मनमा भने कता दाइले था' पा'र घरमा भन्दिने हो भनेर ढ्याङ्रो बज्याथ्यो।
आमाले मकैको फुलामा घिउ राखेर खाजा बनाइदिनु भा'रेछ।
आमा बाहिर निस्केको बेलामा दाइको कचौरा बाट नि अलिकति निकालेँ।
मन सन्तुष्ट भो, आफ्नो धेरै देखेर भन्दा पनि दाईको थोरै देखेर।

*** *** *** *** ***
.... क्रमश
 
Posted on 07-07-05 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हिजो किन स्कुल न'आको नि?" हापछुट्टिमा सरलाले सोधी।
"यत्तिकै, ज्वरो आउला आउला जस्तो भे'र नआ'को" मैले ढाटेँ।
ठगे चैँ आज मसँग बोल्दै बोलेन। सरलाई पनि भनेनछ, उल्टै पिटाइ खाने डरले होला नि।
हामेरु चौरमा बसेम्, र उड्कुसि-मुड्कुसि खेल्न थालेम। गोबिन्दे र उजेली पनि थिए। सरलेले भुईँमा घोप्ट्याएर राखेका हाम्रा हातमा पुक्क पुक्क हान्दै भट्याउन थाली।
"उड्कुसि मुड्कुसि- लगातार
सुनको धारा- पुतला,
हर हर- कोदालो,
साउन माथि- बेल पाक्यो,
अनदि, बनदि, देवल, कुच्च
गुरुङ?."
त्यसले भट्याउदै गई, हामी "गुरुङ" परेका हात पल्टाउँदै गएम्। लास्टाँ सबैले आफ्ना आफ्ना हात भुँडि तिर लुकाएम्। एकछिन पछि कस्का हात तातो भन्दै एक-अर्काका गालामा धसारेम्।
म त आज पैला पालि खेलेको। त्यै सरले लाई आम्दो रे'छ के के हो के के खेल पनि।
मैले त पैला हात कता कता लुकाम्दै थेँ धेरै तातो बनाम्नलाई। "त्यता होइन भउते, त्यता होइन, भुँडिमा लुकाउ" भन्दै त्यसैले सिकाइ।

*** *** *** *** ***

सरला, म र गोबिन्दे खेल्दै फर्किदै थे'म। उजेलीको घर चैँ अलि अगाडि नै पर्ने भे'र उतैबाट लागी। ३जना मात्र थे'म।
"ओइ भउते, अस्ति मलाई किन ढुङ्गाले हानिस्, भन् त" ठगे त अगाडि नै आएर घर नजिक दोबाटो कुरेर बस्या रे'छ। सटका फुर्का भुडिमा गाँठो पारेछ, सटमा टाँक थे'नन् के त्यसैले। अनि बाउला-साउला खिचेर म सँग निउ खोज्न पो बसिरा' रै'छ, केटो त।
"घर आयो, कुकुर बल्लियो, सक्छस् भने स्कुलाँ आइजे न" नसके नि अलि अलि फुर्ति देखाम्नै पर्यो। फेरि सरले पनि सँगै थिइ।
त्यसले त ड्याम्म मेरो ढाडमा हान्यो। अनि मेरो हातको किताब खोसेर सुतुतुत्त बन तिर फाल्देर घर तिर दुगुर्छ बा। म त हेरेको हेरेइ नि।
"ओइ चरिकोटेका छौँडा, ति कितापले तेरा के बिगारेका थे, हँss ?" सरले त्यसका पछि पछि दुगुर्दै गई र पछाडि बाट सटको कलरमा च्याप्प समाती अनि कपालमा समाई र कुईँ कुईँ कुईँ कुईँ ३-४ फन्का घुमाई। लास्टाँ गालामा २ पाल्टि झ्याम् झ्याम् हानेर फर्की।
"सरले sssssss भरले sssssssss ??बोउसी???.थु थु थु थु??? एsssssssss ! भउते कि स्वास्नी" ठगे घोँक्रो फुट्ने गरि करायो।
म त लाज ले रातो भेँ नि।
सरलेले "अझ कराम्छस्, झुसे? " भन्दै थी, केटो पत्तासाफ सुईँकियो घर तिर।
"भाग्यो र हो, नत्र मैले जान्याथेँ" मैले नि थपेँ।
सरले मुसुमुसु हाँसी, बा मेरो गाँठि कुरा बुझेर हो, बा ठगे भागेको देखेर हो। गोबिन्देले चैँ मेरो किताप ल्याइदे'छ।

:)
-भउते

 
Posted on 07-07-05 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
मलाई बौलायो भने होलान् यार वरिपरिकाले।
हाँसो खप्न नसकेर सौचलायतिर गेँ।
 
Posted on 07-07-05 7:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>>>मैले त पैला हात कता कता लुकाम्दै थेँ धेरै तातो बनाम्नलाई।
कता कता???
>>>>>"सरले sssssss भरले sssssssss ??बोउसी???.थु थु थु थु??? एsssssssss ! भउते कि स्वास्नी"
हैन १ कक्षामा मै स्बास्नी र लोग्ने शब्द सबैलाई कन्ठै थियो र भन्या? हामी चाहीँ "नोकर" भन्थेम्।

>>>>>"भाग्यो र हो, नत्र मैले जान्याथेँ" मैले नि थपेँ। सरले मुसुमुसु हाँसी, बा मेरो गाँठि कुरा बुझेर हो, बा ठगे भागेको देखेर हो। गोबिन्देले चैँ मेरो किताप ल्याइदे'छ।

हाहा ... म पनि यसै गर्थैँ, नसके पनि फूर्ति लगाउन चाहिँ छोड्दिनथेँ होउ।

------
ओके

 
Posted on 07-10-05 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओके बुरो,
पापा, बाबा भन्न भन्दा पैले "स्वास्नी" भन्न सिक्छन् हाम्रा गामाँ त।

दादा, फर्किने बेला भएन, के गरेर बसिरा' यतिबेला सम्म? :P

:)
-भउते
 
Posted on 07-10-05 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरली नै खतरा रै छ भउते भन्दा त यार ! ;)
म त पर्दिन सरली को अगादि !
:)

 
Posted on 07-10-05 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुक्क यो 'ग्वाराको लप' पछी त शुध्द नेपाली नै बिग्रियो हेत्तेरिका !!

अगादि = अगाडि
 
Posted on 07-10-05 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भउते अर्को भाग पस्क न यार!
हाँस्न मुन लायो।
 
Posted on 07-16-05 6:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, धेरै भो साझातिर नपसेको। मेरो धागो त काँ पुगेछ काँ। खोज्दैको हैरान।
ए पुन्दित बाजे, सरु त खतरा नै थी यार। ठुलै हुँदा सम्म पनि कोहि केटाले जिस्क्यायो भने चप्पलले बजाइदिन्थी। तर के गर्नु, बिचरीको कर्म त्यस्तै त्यस्तै रे'छ। के के त सहनु परेन।
ल ल दादा आउदैछ आर्को। भर्खर लेख्ने जाँगर चलिरा'छ।
 
Posted on 07-16-05 6:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरुभक्त-४ (साझा बसिबियाँलो)

सँधै झै हामेरु पिपलधाराको चौरमा खेल्दै थे'म। ठगे अलि परको चौतारिमा बसेर हामेरु खेलेको हेर्दै थ्यो। म र सरले सँग अस्ति झगडा गरेको, त्यसैले हामी सँग आम्न हच्केको होला त्यो।
"आइजे ठगे, के त्यहाँ बसेर टुलुटुलु हेर्छस।" सरलेले त्यसलाई बोलाई। त्यो हामेरु भन्दा अलि ठुलि, जान्ने-बुझ्ने। हामी भुराहरु सँग रिसाम्नु खुसाम्नु त्यसका लागि के का आइतबार नि। मलाई चैँ त्यसलाई बोलाको कत्ति मन पर्याथेन के।
बोलाम्ने बित्तिकै लुरु-लुरु आयो त्यो त। कतिखेर बोलाम्छन् र आम्ला भनेर बस्या रे'छ केटो।

*** *** *** *** ***

"ल आज चि-मुसि खेल्ने" सरलेले भनि। हामी पनि हुन्छ भनेम र हात माथि हात राख्न थालेम्। मेरो हात माथि ठगेले हात राख्न पर्ने भो। त्यसले त राख्नै मानेन, मसँग नबोल्ने भा'को ले।
"उहिले का कुरा खुइली सके नि। राख् के ठगे" सरलेले त्यसलाई सम्झाई। त्यसले त कत्ति गर्दा पनि मानेन।
"कस्तो रे'छ बाइ यो केटो त" भन्दै सरलेले हात निकालेर मेरो हात माथि राखी। त्यस माथि ठगेले राख्यो। अनि फेरि सरलेले भट्याम्न थाली।
"चि-मुसी चि-मुसी
तिम्रा बा हाम्रा बा
माछा मार्न गए,
हाम्रा बा ले माछा ल्याए,
तिम्रा बा ले भ्याउता ल्याए,
ढुङ्गामा सुकाए,
बाँडि चुँडि खाम्ला,
झ्यार्र ........"
*** *** *** *** ***
क्रमश

 
Posted on 07-16-05 6:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामेरु खेल्दै थे'म्।
"ऐयाsssss !" झ्यार्र भनेर हात छाड्दा गोबिन्देका हातले ठगेका आँखा घोँचेछन्।
"ओइ, किन मेरो आँखा घोच्दिस् हँ" भन्दै त्यसले त गोबिन्देलाई धकेलिदियो। चौर ओरालो थ्यो, गोबिन्दे त फुर्लुङ फुर्लुङ गुलटिदै गयो। हामेरु हेरेको हेरेइ नि। धन्न त्यो अलि तल बारमा गयो र अड्क्यो।
गोबिन्दे त एकछिन क्यै बोल्न सकेन। एकछिन पछि त "कति मज्जा भो यार" भन्दै हास्छ केटो।
हामेरुलाई नयाँ खेल फुरिहाले नि अब। अनि त सबैजना पालै पालो ओरालोमा पुल्टुङमारी खेल्न थालेम्।
"ए भउते, आउ, हामी दोहोरी-पुल्टुङमारी खेलम्" सरले ले भनि।
"कसरि नि ! ?" म दङ्ग पर्दै सोधेँ।
"यता आउ त, म सिकाम्छु" भन्दै त्यसले मलाई च्याप्प समाई। अनि हामेरु तेर्सो परेर गु्ल्टिएम्।

*** *** *** *** ***

घरि त्यो माथि पर्ने, घरि म माथि पर्ने। घरि त्यसका र मेरा नाक ठोक्किनी, घरि घुडा ठोक्किनी। गुल्टिन थाले पछि त के-के के-के नि, के भन्नि अब। आफुलाई कतिखेर तल पुगिन्छ जस्तो भो।
बल्ल बल्ल तल पुगियो। अडिने बेलाँ त म माथि परेँ। एकछिन त उठ्नै सकिन नि।
"उठ न भउते, यिनी त कस्ता रे'छन् बाई" सरले कराइ।
"मज्जा भो हगि !" अनुहार त त्यसका पनि गतिला थे'नन्, तै नि कपडा सपडा मिलाम्दै भनी। मैले करैले "अँ" भने। आफुलाई चैँ कस्तो कस्तो भो। पिशाप आउला आउला जस्तो , मज्जा भन्ने कि नमज्जा भन्ने। के भा'को हो कुन्नि।

*** *** *** *** ***
क्रमश
 
Posted on 07-16-05 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आइजे गोबिन्दे हामी पनि दोहोरी-पुल्टुङमारी खेलम्।" ठगेले गोबिन्देलाई भन्यो।
मेरो अनुहार गतिलो नदेखेर हो कि अगिको रिसले हो कुन्नि, गोबिन्देले मानेन। उजेली भा'को भे' त मान्थ्यो कि कुन्नि।
"जाम यार अब" थकाइ र भोक ले होला अब अरु खेल्ने मुन थे'न मलाई। ठगेले हुतुतुतु खेलम् भन्दै थ्यो। कसैले नि मानेनन्।

*** *** *** *** ***

"हैन तँ त टाउकाले टेकेर हिड्छस् कि क्या हो?" आमाले मेरो कपालमा लागेको कुरो टिप्दै भन्नु भो। अघि पुल्टुङमारी खेल्दा कपडा भरि नि कुरो बिझेर दुम्सिका काँढा जस्तो नि।
"हेर तssss, कपडा भरि नि कुरो नै कुरो, के गरेर आइस हँ तँ आज। फेरि धुलै धुलो नि छ। जोत्न ग'र आ'को होस्?" आमाले गालि गर्न थाल्नु भो।
"आज स्कुल सफा गरेको हो के। कुरै नबुझि दोष लगाम्नि अर्कालाई त्यत्तिकै।" म नि के कम् नि।
"हैन, यि भुराले केका स्कुल सफा गर्न सक्छन् र लगा'का हुन् त। अनि त्यो पाले राखेको क्यार्न हो त। पढाम्न अल्छि लाग्यो होला। अनि केटा-केटीलाई स्कुल सफा गर्न ला'र आफुहरु सारुमाइलाको भट्टीमा तास खेल्दै रउसी खाँदै बसेका होलान् नि मास्टरहरु। यो स्कुल बिगार्ने जति त्यै शोबे मास्टर हो" आमाले त उल्टै मास्टरहरुलाई पो गालि गर्न थाल्नु भो। मैले नि हो मा हो थपेँ। आमालाई झुक्याम्न सफल भा'को मा म त मख्ख नि अब।

*** *** *** *** ***

:)
-भउते
 
Posted on 07-16-05 6:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तिम्र बा ले भ्?यागुता ल्?याए"
भ्?यागुता=भ्?याकुते
भ्?याकुते=भउते :P
"स्?कुल बिगार्?नि त्?यै सोबे मास्?टर हो=साझा बिगार्?नि यै सरू भउते हो" ;-))
रँlईलो

 
Posted on 07-17-05 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ राईँला बा

तिमी त ठगे भन्दा नि मापाको भे'र निस्क्यौ त यार। :)
धेरै निहु नखोज है। कम छैन म पनि। सरलेलाई भनेर तिम्रा जगटा च्यात्न लगाउन सकिन भने आजैका मिति देखि मलाई "भउते" नभन ल। :P

 
Posted on 07-17-05 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-17-05 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के हाल्या हो यो दादेले , गामको फोटु भनेर हेर्न गा को तरुनि तरुनि मात्र छन् बा ।
भीत्ता मात्रै हेर्ने हो कि क्या हो ?? आँधि खोला को !!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters