[Show all top banners]

Bhaute
Replies to this thread:

More by Bhaute
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

uptowngal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 SaruBhakta----"Bhaute"

[Please view other pages to see the rest of the postings. Total posts: 167]
PAGE: <<  1 2 3 4 5 6 7 8 9  
[VIEWED 58391 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 07-03-05 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरुभक्त-१ (साझा बसिबियाँलो)

सरला पल्लो कोठामा अझै सुँक्क सुँक्क गर्दैथी। कोठा त खै के भन्नु, एक रातको लागि मात्र बना'को पराले छाप्रो नि अब। एउटा परालको भारिले मात्र लोग्ने मान्छे र स्वास्नी मान्छे सुत्ने ठाम छुट्ट्या'को थियो। ओढ्ने ओछ्छ्याम्ने सबै परालै पराल।
"ल ल अब नडरा, भोलि छेउघरे लामाकाँ लैजाम्ला तँलाई। अनि ठिक भैहाल्छ" सारुनी दिदीले सम्झाइन् तेसलाई। त्यो भने लगातार ह्वाँक्क ह्ववाँक् गरेको गरेइ।
"कस्ति केटी होली, जे हुनु भै'गो। कत्ति डराकि होली। यसको त सातै गएछ कि क्या हो!" मन मनै भुटभुटाएँ। तेस्का ह्वाँक्क ह्ववाँक् धेरै सुनेर कन्सिरि नै तात्न थालिसक्याथे के मेरा। मैले त राति हुँदो तेता नजाम् त भन्याँथेँ नि पहिले। त्यसैले कर गरेर जाम कि जाम गरी। फेरि जुन पनि आजै कस्तो टह टह लागेका नि । त्यसै घुम्न जाम् जाम् जस्तो के।
"गोबिन्दे आ'को भे यस्तो हुदैनथ्यो कि। "सरले र मेरो बिचमा गोबिन्देको आबश्यकता खट्केको आजै हो ल मलाई। नत्र त सँधै यो केटो किन हाम्रा पछि लाग्दोहोला भन्ने लाग्थ्यो। कहिले काहीँ त झनन्न रिस पनि उठ्थ्यो।

*** *** *** *** ***

"अहम्???.." सतम्कोटे माईला दाई घाँटि बजाउदै कोल्टो फेरे। सबैजना निद्रामा मस्त छन्, दिनभरिको थकाइले होला। मलाई मात्र छटपटी भै'रेछ। मेरा मनाँ फेरि कुरा खेल्न थाले। "यो केटी किन त्यसरि डराकी होली। खै मलाई त केहि डर लाग्याछैन, वा म केटा-केटी नै भे'र हो। म बल्ल आउने पुषमा १२ बर्ष। सरले चै ३ बर्ष ५ महिनाले जेठी" ।
मेरा आँखा जोडिएलान् भन्यो झन ठुला ठुला भे' जस्तो लाग्यो।

*** *** *** *** ***

म एकैचोटी खङ्रङ्ग तर्से। केको छायाँ परेजस्तो भो। यसो हेर्या त जुनलाई सानो बादलको भुल्कोले छोप्यारैछ। फेरि उज्यालो भो। यो बादलको पनि क्यै भर छैन के। कतिबेला आउँछ, पवित्र चन्द्रमाको सतित्वमा धावा बोल्छ र फेरि एकैछिनमा पानीको फोका जस्तै बिलाएर जान्छ।
यसो ठनासेको, सरले चैँ चुप लागिछे। घरि घरि नाक मात्र बजेको सुनेँ। केटीले बल्ल मन दह्रो पारिछे भन्ने लाग्यो, मन मनै खुशि भएँ, अब सुत्न पाइने भो भनेर।
उता फेरि मस्राङ्गी घुर्न थाल्यो, बाघै गर्जे जसरि। मेरो मन भने फेरि सरले तिरै। निन्द्रा भनेको पटक्कै छैन बा, के भा' हो कुन्नि।

*** *** *** *** ***

मस्राङ्गीले जोडले खोक्यो। अगि घुर्दा परालको झुर्का मुख भित्र पसेछ के त्यसको त। खोक्दै उठ्यो र "खाक्" गरेर बाहिर तिर "थुउउउ" गर्यो।
मैले आँखा चिम्ले जस्तो गरेर तेसलाई हेर्दै थेँ। त्यसले त सबैको कपडा झुण्ड्या'को ठाम्मा छाम-छुम गर्छ बा।
"होइन,यो त चोर हो कि क्या हो? हो रे'छ भने त आज चै फेला पर्यो है यो। न निधा'को ठिकै भे'छ। सरलेले अहिले सम्म ह्वाँक्क ह्ववाँक् गरेको पनि काम लाग्यो जस्तो छ" मन-मनै सरलेलाई पनि धन्यबाद दिएँ।
त्यसले त बिजुली खैनि पो निकाल्यो र मुखमा हाल्यो, अनि आफ्नै ठाममा गएर सुत्यो।
"यसले कसैको केहि चोर्दे त मैले पक्रेर पौरख देखाउँछु" भन्ने सोँचेको। मेरो मन खिस्रिक्क भो।

*** *** *** *** ***
-भउते
 
Posted on 09-06-05 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

a bhaute dai, lau na dhaan kaatney bela po huna laako jasto laagcha ta malai. Yo bhadau ma pani kheet jotchan ra bhanya????????????????????????????

Haamra tira ta jotdainan jasto laagcha, khai teta tira po jotchan ki ?

Yo halo bokera chai mathla gharey maila dai ko samma jaana laako, testai paryo kya......

Hoina bhaute dai, timro मुइ ta bhutro pani khanna mohi dinchau bhaney chai huncha kyara. Puspapuri ley sodheko bhaye pani lau ho ta ni bhannu. aaaaaaaaaaaaaaaa puspaaaaaaaaa hera hai yo buda ley malai मुइ khaau bhandai cha. :P:P:P:P:P:P:P:P

Thukka bhaute dai, sarala ko yaad ma kosailai pani baaki narakhney bho.

Dada bro hoos garera basa hai, timro ta najikai cha kyara, aaula tetai tira.

harkeDai
(mmpk school ma download garna namilera english ma lekhnu parcha, artha chai aafai khulau hai)
 
Posted on 09-06-05 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्कुले बाँझो फोर्न पाएनछन् जस्तो छ। जोतिसकेका मेलाँ चस्याएर आएछन् के रे। खेत जोत्न नि भदौ र असौज भुन्दै छन्। यिनलाई जहिले नि कात्तिकै आम्न पर्नि फेरि। :)

मर्द मुन्छे भ'सि सिरेदाइ जस्तो बाह्रमासे हुनुपर्च, हेर। :p

अब त्यो हलो बोकेर दिउसै कता माइलादाइका तिर हिँडेको त ? घोँचो लिएर लखेट्लान् नि फेरि, आफ्ना बारी जोत्न आयो कि भुनेर। :P

:)
-भउते
 
Posted on 09-16-05 5:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरुभक्त-१० (साझा बसिबियाँलो)


"खै त खर?" म रित्तै आsको देखेर सरलेले सोधी।

"ला तेरो सट" भन्दै मैले त्यसको सटको बाउला त्यो तिर फाल्दिएँ।

पैले त त्यसले पत्याईन, पछि सबै कुरा भने पछि त केटि रुम कि हासम् भै नि। गोबिन्दे चैँ
हासो खप्न सकेनछ र खुतुतुतु गर्दैथियो।

*** *** *** *** ***

अब जे भे नि ओहोरा त खानै परो भनेर म फेरि खर लिन गोठ तिर लागेँ।
मैले यसो पर्खाल बाट जुल्क्याम्दै गोठ भित्र हेरेँ। हुन त साईँला दाइ बिहानै आएर कुँडो-पानी
गरिवरि भैसिलाई घाँस हालेर फर्किसक्छन्। तर कहिले काहिँ त्यहिँ छेउमा घाम तापेर
सुतिराख्छन के। आज धन्न गैसक्या रैsछन जस्तो छ। बुढालाई दाइ, बुढीलाई चैँ माङ भन्थेम
हामेरु।

मैले पर्ल्याक पुर्लुक सबैतिर हेरेँ कसैले देख्याछन् कि भनेर। साइलादाइ अलि मुर्ख मुर्ख पनि
छन् के। रिस उठ्यो भने हाताँ जे छ त्यसैले झटारो हान्छन्। फेरि तिनका हाताँ खुर्पा टुट्दैन।
तादि नै एकचोटी साईँली माङलाई यामे सँग टौवा मुनि लडिबुडि गर्या रङ्गेहात फेला पारेछन्।
यामे त कुन सड्को कुन सड्को फुत्केर तल साग बारिमा भ्वाक्क फुङ्गालेर भागेछ। साईँलि
माङ चैँ हाताँ गुनिया लिएर भाग्न लागेकी, गुनिया गिँदरीका दाउरामा अल्झेर लडिछन्। अनि त
झ्याप्पै हातका खुर्पाले गर्धन मै हानेछन् दाइले त। धन्न कपालले छेकेर बचिछन्। कपाल त
सब ठुटे भाsको थियो ल।

*** *** *** *** ***

तै नि गोठमाथि मकैका खोस्टा राख्यातिर सुतिराख्याछन् कि भनेर २ पाल्टी "साईँला दाइ,
साईँला दाइ" भनेर बोलाएँ। कोहि नबोले पछि पक्का छैनन् भन्ने ठानेर हतार हतार पर्खालमा
चढेँ अनि धमाधम छानाको खर थुत्न थालेँ। एक्कैछिनमा त भुँ भुँ गर्दै भैसि-बारुलो पो उड्छ
बा। म हत्त र पत्त भुईँमा फुङ्गालेँ र दुगुरे। भाग्दा भाग्दै एउटा बारुलो आएर गालै नेरि
टोकिहाल्यो नि। हातको खर त्यहिँ भुईँमा फ्यात्त फालेर दुकुर्दै आउँदा त तिनेरु मज्जा सँग
हाँसेर बसि राsका ल।

"आफूलाई यहाँ कस्तो बारुलाले टोक्यो" मैले रुन्चे स्वरमा भने।

"हो र? खोइ हेरम् त। ओहो, खिल नै छोडेछ। पर्ख है भउते एकछिन म निकाल्दिन्छु" भन्दै
सरलेले मेरो गालामा मुख राखेर चुस्दै थुक्दै गर्न थाली। खोई किन हो कुन्नि मलाई चैँ दुखेको
अलिक निको भे जस्तो लाग्यो।

एकैछिनमा हेर्दा हेर्दै मेरो अनुहार त सुन्नियर भोगटे जस्तो भैहाल्यो । आँखा साँखा जोडिएर
जापनिजको जस्तो नि, के भन्नि अब। गोबिन्देले मैले फालेको खर लिएर आएछ। सरलेले
आगो सल्काम्न थाली।

बल्ल बल्ल आगो बल्यो। सरले नsभा भेs त हाम्रो के खुबि नि। अब बल्ल खान पाइने भो भनेर खुसि भएम हामेरु। सरलेले कसौँडी बसाली। म मुला पखाल्ल थालेँ। " म त यसै भाँडा
माझ्ने उसै भाँडा माझ्ने" भन्दै गोबिन्दे चैँ कान्लातिर चढ्यो।

*** *** *** *** ***

क्रमश...
 
Posted on 09-16-05 5:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ओइ, गोबिन्दे, त्यहाँ ठोट्नेमा नचढ् त। सप्पै झुसिल्किरा भाताँ खस्छ" सरले ठुलो ठुलो स्वरले
कराई।

"छैन के झुसिल्किरा सुसिलकिरा, असम् ठोट्नेमा किरा नै लाsछैन" भन्दै त्यो त झन् मच्ची
मच्ची टुप्पातिर गयो। केटी देखेसि यस्तै हो के त्यो, नगर भन्यो भने झन उल्केर फूर्ति
देखाउन पर्छ तेसलाई।

गोबिन्देले "चेs चेs, ल हैs, ल हैs" भन्दै हाँगा हल्लाउदैथ्यो, कोर्याक्क गरेर गद्र्याम्म गर्दै हाँगा
सहित भातमाथि खस्यो त्यो त। मैले त एकैचोटी भुईँमा देखेको त्यसलाई। बल्ल बल्ल बलेको
आगो, कस्यौँडीको पानी पोखिएर जम्मै निभ्यो। चामल सामल भुईँ भरि नि, के भन्नि अब।

"खाइस अब ओहोरा, मैले अघि नै न जा त भन्दै थेँ नि।"सरले भुट्भुटाउँदै कस्यौँडी उठाउन
थाली।

गोबिन्दे त रुन पनि सकेन, हास्न त झन के सकोस बिचरो।

"कस्तरि लडेँ यार" ळाज पचाउन खोज्दैथ्यो तेसले। केटालाई भित्र भित्र चैँ ठुलै चोट लाग्यो
जस्तो लाग्यो मलाई। यसो हेरेको त निधार बाट रगतै आएछ तेस्को त। अघि न ले भन्दा
भन्दै चुल्हो बनाउन ल्याsको चिउरे ढुंगामा परेछ के तेसको निधार त।

"धन्न आगोले पोलेन, भन् न" मैले तेसको निधारको धुलो पुछिदिदै भने। सरलेले तितेपाति
खोजेर मिचेर निधारमा लगाइदी। हामी भन्दा अलि जान्ने बुझ्ने थी के त्यो।

दिन धेरै गैसक्या थियो। हामी भने भोकले टट्टु भैसक्याथेम। के गर्नु, अब खाने कुरा पनि
केहि थिएन। हामी एक अर्काको भोकले न्याउरिएर टुर्लुक्क परेको मुख हेरेर मज्जासँग हासेम्
अनि त्यहि काँचो मुला कोपर्दै घरतिर फर्केम्।


*** *** *** *** ***

:)
-भउते
 
Posted on 09-16-05 5:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बारुलाले टोकेको रनाँहामा तिमले होसै पाएनौ जस्तो छ केरे भउते ।
बारुलाले जो टोकेको ठाममा चुस्दा त झन दुख्न पर्नी हो केरे बिपत्तैसित, बरु तिम्रो आर्को चईनी गालो चुसिछ केरे सरलेले, तिमलाई होस भएन होला बरु।

keep rolling...
 
Posted on 11-03-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरुभक्त-११ (साझा बसिबियाँलो)
-भउते काजि



बैशाख-जेठमा गर्मि भेsर होला पौडि खेल्न जाने भने सि हुरुक्क हुने हामेरु। घरबाट फेरि
जानै नदिने। बुबा हिजो स्याङजा जानु भाsको, जग्गाको कामले। यै बेला पारेर पौडिन जाम
भनेर मच्चाएँ केटाहरुलाई। आमाले गाली गरे पनि हातै चैँ हाल्नुहुन्न थ्यो, सायद कान्छो छोरो
भेsर हो कि कुन्नि। कैले काहीँ त्यै दाईले हो पिट्न खोज्नी। मैले उल्टै ढुङगाले हान्ने भाsको
भेsर त्यो पनि म सँग डराम्थ्यो।

आजकाल ठगे सँग पनि राम्रै थ्यो मेरो। त्यसैले गोबिन्दे, म अनि ठगे भेsर
हापछुट्टी मै ज्याग्दी खोला तिर हानिएम्, सरलेलाई पनि थाs नदिकन। हामेरु डाँडाको चौतारीमा
पुग्दा त कस कसले देखेछन् कुन्नि, "भागेs भागेs" भन्दै चिच्याउन थाले स्कुलबाट। हामेरु
यसो जंगल तिर पसेर रुखले छेलिदै झरेम्। एक घण्टा जंगलै जंगल झरे पछि खोलामा पुगेम,
१० बजे तिरै। बिहानमा पढाई हुन्थ्यो के त्यतिबेला। हामेरु अलि छिट्टै खोलामा पुगिएछ।
जङ्रादीको रहमा त घाम नै नपरेको नि।

"ऐले त जाडो हुन्छ यार, एक छिन बाहिरै खेलम्" मलाई खोलामा पस्नै डर लाग्यो, जाडोले।

"ल ल, एकछिन कुलामा माछा मारम्" गोबिन्देले पनि मेरो कुरामा सहमत जनायो।

"म त साँझलाई तरकारी खोज्छु" भन्दै ठगे चै खोले साग र जलुका खोज्न थाल्यो। केटो बाठो
रेsछ, अलि अलि तर्कारी घरमा लगे पछि गालि गर्दैनन् भनेर होला।

हेर्दा हेर्दै खोलामा घाम पनि पर्यो। धुर्कोटे केटाहरु पनि गाइ-बाख्रा धपाउदै, धुलो उडाउँदै
झरे। अनि हामेरु पनि कपडा खोलेर पौडिन थालेम।

*** *** *** *** ***

एकछिन पौडेपछि म र गोबिन्दे खोलापारीको बालुवामा खाल्डो खनेर ईनार बनाएर
खेल्दै थेsम। बालुवामा खाल्डो खनेर अलि तल पुगे पछि पानी निस्कन्थ्यो, त्यो देखेर हामेरु
पानीको मुल फुट्यो भनेर दङग पर्ने नि।

"ए भउते, पख तिम्लाई" पारी बाट चिनेको स्वर आयो। को रेsछ भनेर हेरेको त, को हुनु, त्यै
सरले छँडुली नि।

"ला यार, सरले नि आईछे। म जाँ गयो त्यैँ पछि पछि आम्न पर्ने त्यसलाई। कस्ति केटी हो।"
मैले गोबिन्दे सँग भने।

"तिमेरुले लप गर्या हो?" गोबिन्देले एक्कासि सोध्यो।

"ए, ध्वाँसे, जे पायो त्यै बोल्छस्?" मैले त्यसलाई मुठ्ठी भरि बालुवाले आँखामै हानिदिएँ।

क्रमश:
 
Posted on 11-03-05 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो लप सप भन्ने मलाई थाहा थेsन के त्यतिबेला। भर्खर भर्खर किलासमा अँग्रेजी
सुरु भएको थियो। के के नै अँग्रेजी बोल्नि भनेर बिहान बिहानै एक अर्कालाई देख्ने बित्तिकै
" गुड मर्णिङ कलास फोर, गुड मर्णिङ सर, राम स्ट्याण्ड अप, सिट डाउन" भनेर सप्पै एकै
सासमा सिध्याउँथेम्। त्यो लप भनेको सुनेको त थेँ, तर अर्थ चै अर्कै बुझेको रैsनछु मैले।
अब केटा र केटीले लप गर्ने भने पछि त त्यै के के गर्नी भनेको होला भनेर झन रिस उठेको
नि मलाई।

"हैन भने हैन भन्न, त्यत्तिकै हान्छ, यो ढ्याङ्रेले मलाई।" गोबिन्देले मुख छोड्यो।

सानोमा म अलि मोटो र डल्ले डल्ले थिएँ के। त्यसैले झगडा गर्दा मलाई केटाहुरले
ढ्याङ्रे भन्थे। गोबिन्देको त आँखामै बालुवा पसेछ, आँखा बन्द गर्दै खोला तिर दुगुर्यो, आँखा
पखाल्न।

हामेरु झगडा गर्दा गर्दै सरले पनि त्यैँ आइपुगी। रह भन्दा अलि तल घुडा घुडा मात्र
आम्छ के पानी। खोलो फराकिलो भएर छिहिरो परेको छ त्यहाँ। हुन त सरलेलाई पनि पौडिन
नआम्ने त होइन, तै पनि किन हो कुन्नी त्यो अलि तल बाट हिँडेरै तरेर आई।

*** *** *** *** ***

"किन भउते तिमेरु भागेर आsका? हेड सरले तिमेरुको नाम टिपेर राख्नु भाsछ, भोलि खाने भयौ
सजिवनको छडि।" सरलेले खुच्चिङ भनेको पारामा एकै सासमा सबैकुरा सुनाई।

"तैँलेई भन्देको त होला नि, उता जा गुन्द्रुके।" त्यसका कपाल अलि अलि घुम्रेको थियो।
त्यसैले रिस उठेको बेलामा मैले त्यसलाई गुन्द्रुके भनेर गाली गर्थेँ। अनि स्कुलमा पनि त्यसैले
भन्देकी हो कि भनेर झन रिस उठ्ठयो, त्यो सँग।

"के को मैले भन्थे र। सबैले तिमेरु भागेको देखेका रेsछन्। अनि भाग्यो भाग्यो भनेर सबै कराम्न थाले, अनि त सरहरुले थाs पाईहाले नि।"त्यसले कुरा मिलाम्न खोज्दै थी। यत्तिकैमा
गोबिन्दे आएर मलाई घ्याच्च सरले तिर पो धकेल्छ बा। सरले नभाsको भा म मुन्टिदै
ढुङ्गामा ठोकिन पुग्थे। धन्न त्यो सँग ठोकिएर बचेँ। तै पनि आफ्नै खुबिले धानिए जस्तो
गरेर सरलेलाई " उता जा ! जाँ गयो त्यै मसँग ठोकिन आउन पर्नी यसलाई" भन्दै धकेल्दिएँ।
त्यो ढुन्मुनिदै खोलाको पानीमा परी।

मलाई त्यसै रिस उठीराsथ्यो, त्यसमाथि धकेलेको देखेर झन पारो चढिहाल्यो। त्यै
बगरको ढुँगा टिपेर गोबिन्देको टाउकैमा घुनुन्न पारेर हान्दिएँ। सरलेले आएर हामेरुलाई छुट्याई।

"यो भउतेलाई आज के भाsछ के। फस्ट ब्वाई भेsर पनि स्कुल बाट भागेर आम्नि। मसँग
त्यत्तिकै रिसाम्नी। फेरि गोबिन्देलाई पनि त्यत्रो ढुँगाले हान्नी बाई। त्यो आँखामा लाsका भे
के हुन्थ्यो भन त। " सरले कराउन थाली।

गोबिन्देको त टुटिल्कै उठेछ टाउकोमा। त्यसले एकछिन त्यै टुटिल्को समाएर बस्यो।
रुन चैँ रोएन।


:-)
-भउते
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters