Posted by: Bhaute November 3, 2005
Login in to Rate this Post:
0
?
सरुभक्त-११ (साझा बसिबियाँलो)
-भउते काजि
बैशाख-जेठमा गर्मि भेsर होला पौडि खेल्न जाने भने सि हुरुक्क हुने हामेरु। घरबाट फेरि
जानै नदिने। बुबा हिजो स्याङजा जानु भाsको, जग्गाको कामले। यै बेला पारेर पौडिन जाम
भनेर मच्चाएँ केटाहरुलाई। आमाले गाली गरे पनि हातै चैँ हाल्नुहुन्न थ्यो, सायद कान्छो छोरो
भेsर हो कि कुन्नि। कैले काहीँ त्यै दाईले हो पिट्न खोज्नी। मैले उल्टै ढुङगाले हान्ने भाsको
भेsर त्यो पनि म सँग डराम्थ्यो।
आजकाल ठगे सँग पनि राम्रै थ्यो मेरो। त्यसैले गोबिन्दे, म अनि ठगे भेsर
हापछुट्टी मै ज्याग्दी खोला तिर हानिएम्, सरलेलाई पनि थाs नदिकन। हामेरु डाँडाको चौतारीमा
पुग्दा त कस कसले देखेछन् कुन्नि, "भागेs भागेs" भन्दै चिच्याउन थाले स्कुलबाट। हामेरु
यसो जंगल तिर पसेर रुखले छेलिदै झरेम्। एक घण्टा जंगलै जंगल झरे पछि खोलामा पुगेम,
१० बजे तिरै। बिहानमा पढाई हुन्थ्यो के त्यतिबेला। हामेरु अलि छिट्टै खोलामा पुगिएछ।
जङ्रादीको रहमा त घाम नै नपरेको नि।
"ऐले त जाडो हुन्छ यार, एक छिन बाहिरै खेलम्" मलाई खोलामा पस्नै डर लाग्यो, जाडोले।
"ल ल, एकछिन कुलामा माछा मारम्" गोबिन्देले पनि मेरो कुरामा सहमत जनायो।
"म त साँझलाई तरकारी खोज्छु" भन्दै ठगे चै खोले साग र जलुका खोज्न थाल्यो। केटो बाठो
रेsछ, अलि अलि तर्कारी घरमा लगे पछि गालि गर्दैनन् भनेर होला।
हेर्दा हेर्दै खोलामा घाम पनि पर्यो। धुर्कोटे केटाहरु पनि गाइ-बाख्रा धपाउदै, धुलो उडाउँदै
झरे। अनि हामेरु पनि कपडा खोलेर पौडिन थालेम।
*** *** *** *** ***
एकछिन पौडेपछि म र गोबिन्दे खोलापारीको बालुवामा खाल्डो खनेर ईनार बनाएर
खेल्दै थेsम। बालुवामा खाल्डो खनेर अलि तल पुगे पछि पानी निस्कन्थ्यो, त्यो देखेर हामेरु
पानीको मुल फुट्यो भनेर दङग पर्ने नि।
"ए भउते, पख तिम्लाई" पारी बाट चिनेको स्वर आयो। को रेsछ भनेर हेरेको त, को हुनु, त्यै
सरले छँडुली नि।
"ला यार, सरले नि आईछे। म जाँ गयो त्यैँ पछि पछि आम्न पर्ने त्यसलाई। कस्ति केटी हो।"
मैले गोबिन्दे सँग भने।
"तिमेरुले लप गर्या हो?" गोबिन्देले एक्कासि सोध्यो।
"ए, ध्वाँसे, जे पायो त्यै बोल्छस्?" मैले त्यसलाई मुठ्ठी भरि बालुवाले आँखामै हानिदिएँ।
क्रमश: