[Show all top banners]

Bhaute
Replies to this thread:

More by Bhaute
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

uptowngal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 SaruBhakta----"Bhaute"

[Please view other pages to see the rest of the postings. Total posts: 167]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 58401 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 07-03-05 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरुभक्त-१ (साझा बसिबियाँलो)

सरला पल्लो कोठामा अझै सुँक्क सुँक्क गर्दैथी। कोठा त खै के भन्नु, एक रातको लागि मात्र बना'को पराले छाप्रो नि अब। एउटा परालको भारिले मात्र लोग्ने मान्छे र स्वास्नी मान्छे सुत्ने ठाम छुट्ट्या'को थियो। ओढ्ने ओछ्छ्याम्ने सबै परालै पराल।
"ल ल अब नडरा, भोलि छेउघरे लामाकाँ लैजाम्ला तँलाई। अनि ठिक भैहाल्छ" सारुनी दिदीले सम्झाइन् तेसलाई। त्यो भने लगातार ह्वाँक्क ह्ववाँक् गरेको गरेइ।
"कस्ति केटी होली, जे हुनु भै'गो। कत्ति डराकि होली। यसको त सातै गएछ कि क्या हो!" मन मनै भुटभुटाएँ। तेस्का ह्वाँक्क ह्ववाँक् धेरै सुनेर कन्सिरि नै तात्न थालिसक्याथे के मेरा। मैले त राति हुँदो तेता नजाम् त भन्याँथेँ नि पहिले। त्यसैले कर गरेर जाम कि जाम गरी। फेरि जुन पनि आजै कस्तो टह टह लागेका नि । त्यसै घुम्न जाम् जाम् जस्तो के।
"गोबिन्दे आ'को भे यस्तो हुदैनथ्यो कि। "सरले र मेरो बिचमा गोबिन्देको आबश्यकता खट्केको आजै हो ल मलाई। नत्र त सँधै यो केटो किन हाम्रा पछि लाग्दोहोला भन्ने लाग्थ्यो। कहिले काहीँ त झनन्न रिस पनि उठ्थ्यो।

*** *** *** *** ***

"अहम्???.." सतम्कोटे माईला दाई घाँटि बजाउदै कोल्टो फेरे। सबैजना निद्रामा मस्त छन्, दिनभरिको थकाइले होला। मलाई मात्र छटपटी भै'रेछ। मेरा मनाँ फेरि कुरा खेल्न थाले। "यो केटी किन त्यसरि डराकी होली। खै मलाई त केहि डर लाग्याछैन, वा म केटा-केटी नै भे'र हो। म बल्ल आउने पुषमा १२ बर्ष। सरले चै ३ बर्ष ५ महिनाले जेठी" ।
मेरा आँखा जोडिएलान् भन्यो झन ठुला ठुला भे' जस्तो लाग्यो।

*** *** *** *** ***

म एकैचोटी खङ्रङ्ग तर्से। केको छायाँ परेजस्तो भो। यसो हेर्या त जुनलाई सानो बादलको भुल्कोले छोप्यारैछ। फेरि उज्यालो भो। यो बादलको पनि क्यै भर छैन के। कतिबेला आउँछ, पवित्र चन्द्रमाको सतित्वमा धावा बोल्छ र फेरि एकैछिनमा पानीको फोका जस्तै बिलाएर जान्छ।
यसो ठनासेको, सरले चैँ चुप लागिछे। घरि घरि नाक मात्र बजेको सुनेँ। केटीले बल्ल मन दह्रो पारिछे भन्ने लाग्यो, मन मनै खुशि भएँ, अब सुत्न पाइने भो भनेर।
उता फेरि मस्राङ्गी घुर्न थाल्यो, बाघै गर्जे जसरि। मेरो मन भने फेरि सरले तिरै। निन्द्रा भनेको पटक्कै छैन बा, के भा' हो कुन्नि।

*** *** *** *** ***

मस्राङ्गीले जोडले खोक्यो। अगि घुर्दा परालको झुर्का मुख भित्र पसेछ के त्यसको त। खोक्दै उठ्यो र "खाक्" गरेर बाहिर तिर "थुउउउ" गर्यो।
मैले आँखा चिम्ले जस्तो गरेर तेसलाई हेर्दै थेँ। त्यसले त सबैको कपडा झुण्ड्या'को ठाम्मा छाम-छुम गर्छ बा।
"होइन,यो त चोर हो कि क्या हो? हो रे'छ भने त आज चै फेला पर्यो है यो। न निधा'को ठिकै भे'छ। सरलेले अहिले सम्म ह्वाँक्क ह्ववाँक् गरेको पनि काम लाग्यो जस्तो छ" मन-मनै सरलेलाई पनि धन्यबाद दिएँ।
त्यसले त बिजुली खैनि पो निकाल्यो र मुखमा हाल्यो, अनि आफ्नै ठाममा गएर सुत्यो।
"यसले कसैको केहि चोर्दे त मैले पक्रेर पौरख देखाउँछु" भन्ने सोँचेको। मेरो मन खिस्रिक्क भो।

*** *** *** *** ***
-भउते
 
Posted on 07-25-05 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute bro,
Jyagdi khola tetro thulo bhayo ki k ho yo barkha ma ?

 
Posted on 07-25-05 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो च्यानलमा त विज्ञापन मात्र आउँदो रेऽछ।
 
Posted on 07-26-05 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute:

I have become a 'PANKHA' of you recently. You just make me roll with your typical Nepali and your sense of writing and/or humor. Gosh...wish i could meet you and talk to you ..

...or is it that i am really too bored and life is so DULL?????

BUt love your postings as well as your comments on other 'DHAGOS'
 
Posted on 07-26-05 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोए मित्र, साच्चि ज्याग्दिखोलाको याद आयो। ठाडो भेलमा पौडि खेल्न कम्ति त रमाइलो हुन्न थ्यो ल।

हे हे हे, दादा, कैले काँइ त मुख्य कार्यक्रम भन्दा विज्ञापन राम्रो हुन्छ यार। पुल्चोकमा केहि केटाहुर रातिको ८:३० तिर दुगुर्दै टि भी कोठामा जान्थे, लिरिल साबुनको विज्ञापन हेर्न। विज्ञापन हेरे पछि तुरुन्तै हतार हतार कोठा तिर फर्किन्थे। :)

मानव जी, भउतेको नमस्कार। यो तुच्छ चरको पनि पंखै भैदिनु भे'छ, मेरो नाक घिरम्लो जत्रो भो (चिचिण्डो जत्रो त पहिले नै थियो)। "हाँस्नुस, दुनिया हाँस्छ, रुनुस् एक्लै रुन पर्छ" (कसले भन्या हो कुन्नि बिर्सेछ)। यो भउतेको दुनियामा हजुरलाई स्वागत छ।

:)
-भउते

 
Posted on 07-26-05 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते गुरु, अर्को पंखा यता घुमिराछ भन्दै हाजिर लेखाएँ है त।
 
Posted on 07-26-05 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्युयुजर जीको सरोज र क्रिप्टोनाइट सँगको झगडा कम्ति त मन पर्दैन ल मलाई। अरुको झगडामा रमाउने यो भउतेको सानै देखिको सारै नराम्रो बानि छ। :) मानेँ मैले हजुरलाई, एक्लै सबैलाई तह लगाइदिनी।

:०)
-भउते
 
Posted on 07-26-05 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर हेर भउतेले स्याङ्जाली पारा ल्याको ?
 
Posted on 07-26-05 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) छुटेछ।
 
Posted on 07-26-05 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-26-05 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्याउँजाली भउते १ लम्बरी रचन

"सरले सरले" भन्दारचन मेरी मेरी नी भन्दारचन भउते, करले हो करले
भन्दीरचीन सरले सोध्दा हुँदी। के को कर हो त मया पिरत्याँ नी भनेर बासा झ्याङ्ग
मन्तिरको कुवा मा मैले नी सोधें नी अब। "सञ्ज्या पछी लागिरच आफ्ले मुन पराको
मौरी मुर्दार, आर्कालाई बिगारेर सञ्जया पची लागिर्च...फुट्या आँखाले नी
देख्न सक्तिन..कुन बेलाँ भुत्लयाएर दुईटैलाई तल खोलाँ घचेटी दिन्चु, ..." सरले त
फत फताउँदै हिँडि कम्मराँ गाग्रि चेपेर ...भऊते नी भउते भनेर म पची लाग्या त..
"कर्म फुटेर त होला नी भउते भुरा भा नी लौ भन्न पर्या
एक दुई हो र चार बर्ख कान्चोले मया भन्दै पछि लाग्दा कम्ति मन रुदैन" भन्दै सरले त मास्तिर लागि
टार तिर।

के हो कुरो?
 
Posted on 07-26-05 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते बुरो पनि गजबको कथाकार भएछन नि ।
 
Posted on 07-27-05 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, क्यार्न पचि लाम्चन् हँ यी दीपु मेरा सरलेका। अब कुरा त त्यै हो नि, उदाए घाम जस्तै परस्ट च नि। त्यो फूलाँ रस भर्रेर हरर्र गाम्का भुम्रा झुम्मिदाहुँदि यो भुम्राका सुँड लुलै। मेरा पुर्पुराँ के लेख्याहुँदाहुन् कुन्नि। भाविका लेखा।

नेपालियन बुरो, लु बस्दै गरम।
 
Posted on 07-27-05 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरुभक्त-६ (साझा बसिबियाँलो)

हामेरु बरका रुखाँs चढेर गदला खादै थेsम्, गोबिन्दे करायो "ए भउते ! यता सुन् त !"

"एक छिन पख् है। बेवँटाको गोलै रेsछ के यार याँs, कस्तरि टोक्यो।" आफुलाई रुखाsटै खसिन्छ कि झैँ भैsराथ्यो।

"ल, के? भन् न" म अलि तल झरेर सोधेँ।

"भोलि ओहोरा खान जाम् " परिक्षा सकाsर बस्याs हुनाले हाम्लाई क्यारम् क्यारम् भै राsथ्यो। त्यतिखेर हामेरु ३ कक्षाको परिक्षा दिएर बसे जस्तो लाग्छ। हिउदाँs गाई बाख्रा छाडा छाड्न पाइने हुनाले माहारा जान नि नपर्नि। अनि त हामेरु नि छाडा जस्तै भैहालेम्।

"जाने भेs जाम्। तर के खानी यार, तँलाई पकाम्न आम्छ?"

"के लाई नआम्नि हो ? अस्ति आमा पन्छिदा मैले नै पकाsको।" केटाले गफ दिsहाल्यो।
त्यल्लाई आम्दैन के। अस्ति त्यसको बा वालिङ गाsथे। आमा नछुने भैछन् त्यहि बेलाँs फेरि। अनि चामल र पानी अड्कल्न सिकाइवरि भात बसाल्न लाsर आमा चैँ गैराबारीतिर मकैका डाँठ बटु्न गैछन्। त्यो त मजाsले आगनाँs चुङ्गी खेलेर बसेछ। भात त डढेर कालै रे। त्यसको आमाले हाम्रा घराँs मकै पिँन्न आम्दा भनेको सुनेको के मैले।

तैsनि केटाले नयाँ आईडिया ल्याइहाल्यो। फेरि मैले सरलेलाई सम्झिहालेँ नि। पकाम्न त तेसलाई आइहाल्छ।

"को को जाने, भन् न त"

"तँ, म अनि ठगे भेsर जाने"

"ह्याss, त्यो ठगेलाई लाने भेs त म जान्न।" अस्ति नै तिनेरुले साँध मिचेर हाम्रो तिरको नि घाँस काट्देछन् के। अनि त हाम्रो र तिनेरुको झगडा परेर बोलचाल नै बन्द । बा आमा नबोले पछि हामी भुराहरु त्यसै नबोल्नी नि फेरि। त्यसको र मेरो ग्रह पनि मिल्दैन। बोल्यो कि झगडा मात्र।

"बरु सरलेलाई लैजाम् न। तैँले पका, म दाउरा साउरा खोजम्ला, अनि सरलेले भाँडा साँडा माझ्छे।"

मैले जान्न भनेsसि ठगेलाई नलान मान्यो त्यो। फेरि त्यो ठगे सँग भन्दा म सँग बढी मिल्छ। हामी त लगौँटिया दोस्ति नि। बरु सरलेलाई लानेकुरामा चैँ कनकन गर्दै थियो। हिजो हुतुतुतु खेल्दा खेरि सरलेले त्यसलाई समाउदा सर्टको टाँक चुँट्टाइदेकी थीs, त्यसैले होला। भाँडा माझ्न नपर्ने भेsसि मान्यो केटो। म भने केटालाई पकाम्न आम्दैन, अनि भाँडा मझाउनुपर्छ भनेर सोँचिराsथेँ।

*** *** *** *** ***
क्रमश

 
Posted on 07-27-05 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तिमेरुले के पकाम्न सक्छौ र खान्छौ ? प-याछैन ओहोरा सोहोरा खान जान। यहिँ मैले भात पकाइदिन्छु, त्यतै बारी तिर गएर खाs न। भैहाल्छ नि ओहोरा।" आमाले भन्न नपाम्दै पो थर्काउनुहुन्छ बा मलाई त। म भने जाने कि जाने भन्दै लिँडे ढिपी गर्दै थिएँ।

"भनेको भनेsसि नमान्ने यो केटो त, नफाल् न त्यो भाँडा, जम्मै फोहोर भो"

जान नदेsको रिसाँs मैले आमाले माझेर पिँढीमा राखेको भाँडा आगन तिर फाल्दैथेँs, फाल्दा फाल्दै त एउटा सिसाको गिलास पो परेछ, प्वाट्टै फुटिहाल्यो नि। आमा त कोदो ठटाउन राखेको राम्सिङको लाठो लिएर आउनु भो। म पछाडि हेर्दै भाग्दैथेँ , बाटोमा डोको रैsछ ठोक्किएर लडेँ, म त। नजिकै हँसिया पनि थियो, झण्डै त्यसमा परेको नि। म लडेको देखेपछि आमा मुसु मुसु हाँस्दै फर्कनु भो। आमाको मन त हो, जति रिसाए पनि आफ्नो सन्तति भन्दा प्यारो उनको लागि अरु के छ र। भित्र भित्रै मायाँ लाग्यो होला नि, म लडेको देखेर।

***** **** *** *** ***

म तगेराको गरालीमा बसिराsथेँ, उताबाट गोबिन्दे लुखुर लुखुर रित्तै आउँछ बाs। आँखा पनि रसिला रसिला छन्।

"ओई !, के भो़ ?, किन रित्तै आsको ?" म आफुलाई केहि नभाsको जस्तो गर्दै सोधेँ। मलाई घर बाट जान दिएनन् भन्यो भने त सानो भैहालिने नि फेरि।

"मलाई त घराsट केहि ल्याम्न दिएनन् भउते। जाम हिड्, बरु बयँर खाsर आम्" केटाले त लत्तो नै छाडिसकेछ। हे हे हे, त्यसका गति नि उस्तै रेsछन् भन्ने थाs पाs सि मैले नि आफ्नो गाँठि कुरो खोलेँ। मेरो कुरा सुनेर त्यस्को अनुहार अलि उज्यालो भो।

"पर्खि एकछिन, सरलेलाई आउन देs न।" भन्दाभन्दै सरले नि आइपुगी। तेसले त गिल्टेको कचौरा भरि घिऊ, चामल, २टा मुला अनि दुनोमा कुन्नि के छोपेर लिएर आsकी।

"लौ, यिनेरु त यहिँ रेsछन बाइ, खोई तिमेरुले कहाँ राख्यौ त सामान ?" सरलेले फेरि त्यसै फुर फुर गर्दै सोधी।

गोबिन्दे र म त मुखा-मुख गरेर हासेम नि, अब के गर्नि।

*** *** *** *** ***

:)
-भउते
 
Posted on 07-27-05 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मार्ने भे केटाहरुले
यता हाँडिगाऊको को जात्रा उता भउतेको मात्रा काम गर्न दिने भेनन् । कुन् दिन् हाकिम्ले नराम्ररि बजाउछ चाँका, कुन साईड 'ए' कुन 'बी' थाहा हुन्न ल !
बर्बाद जुलाका ट्यामऐ मरुला , छु गरु, गरु !!
 
Posted on 07-28-05 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पण्डित बाजे !, बेलैमा चक्कुले खोपेर चिन्ह लगाम्।

अर्ति भन्या भउतेको पनि लिन पर्छ। :०)

:)
-भउते
 
Posted on 07-28-05 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भउतेको नेपाली लेख्ने शैली देखेर डाहा पो हुन्छ हो
 
Posted on 07-28-05 6:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाउ चाउ खाम्ला
भेषराजको पसलमा
माया पानी परेकोऽ

सरु(सरले) आउँछे भनेको सुनेर
म त बेँसी झरेको !

सरु(सरले) आउँछे भनेको सुनेर
म त ज्याग्दी तरेको !

 
Posted on 07-28-05 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष गुरु

ट्युसिन पढ्नी भाs एता तिर आम् क्या रे। :)

दादा,

आलु च्युरा खाम्ला
गिरधारीको पसलमा
मयाँ किन पेलेको

थोत्रो पाईँट फालेर
जिनिस पाईँट फेरेको

आफ्नी सञ्जु छाडेर
मेरी सरु किन हेरेको

:)
 
Posted on 07-29-05 11:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कर्म र धर्म छोड्यौ कि तिमीले, मन रुन्छ मर्मले
परस्त्रीमाथि आँखा नलगाऊ बाबु, मर्नलाई सर्मले
दादाको मनाँ' कालो छाएछ, सन्जुकाँ' बादल
आफ्नै संगिनीमा सन्तोष लेऊ भन्छ यो "गालब"


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters