Posted by: Bhaute July 27, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
"तिमेरुले के पकाम्न सक्छौ र खान्छौ ? प-याछैन ओहोरा सोहोरा खान जान। यहिँ मैले भात पकाइदिन्छु, त्यतै बारी तिर गएर खाs न। भैहाल्छ नि ओहोरा।" आमाले भन्न नपाम्दै पो थर्काउनुहुन्छ बा मलाई त। म भने जाने कि जाने भन्दै लिँडे ढिपी गर्दै थिएँ। "भनेको भनेsसि नमान्ने यो केटो त, नफाल् न त्यो भाँडा, जम्मै फोहोर भो" जान नदेsको रिसाँs मैले आमाले माझेर पिँढीमा राखेको भाँडा आगन तिर फाल्दैथेँs, फाल्दा फाल्दै त एउटा सिसाको गिलास पो परेछ, प्वाट्टै फुटिहाल्यो नि। आमा त कोदो ठटाउन राखेको राम्सिङको लाठो लिएर आउनु भो। म पछाडि हेर्दै भाग्दैथेँ , बाटोमा डोको रैsछ ठोक्किएर लडेँ, म त। नजिकै हँसिया पनि थियो, झण्डै त्यसमा परेको नि। म लडेको देखेपछि आमा मुसु मुसु हाँस्दै फर्कनु भो। आमाको मन त हो, जति रिसाए पनि आफ्नो सन्तति भन्दा प्यारो उनको लागि अरु के छ र। भित्र भित्रै मायाँ लाग्यो होला नि, म लडेको देखेर। ***** **** *** *** *** म तगेराको गरालीमा बसिराsथेँ, उताबाट गोबिन्दे लुखुर लुखुर रित्तै आउँछ बाs। आँखा पनि रसिला रसिला छन्। "ओई !, के भो़ ?, किन रित्तै आsको ?" म आफुलाई केहि नभाsको जस्तो गर्दै सोधेँ। मलाई घर बाट जान दिएनन् भन्यो भने त सानो भैहालिने नि फेरि। "मलाई त घराsट केहि ल्याम्न दिएनन् भउते। जाम हिड्, बरु बयँर खाsर आम्" केटाले त लत्तो नै छाडिसकेछ। हे हे हे, त्यसका गति नि उस्तै रेsछन् भन्ने थाs पाs सि मैले नि आफ्नो गाँठि कुरो खोलेँ। मेरो कुरा सुनेर त्यस्को अनुहार अलि उज्यालो भो। "पर्खि एकछिन, सरलेलाई आउन देs न।" भन्दाभन्दै सरले नि आइपुगी। तेसले त गिल्टेको कचौरा भरि घिऊ, चामल, २टा मुला अनि दुनोमा कुन्नि के छोपेर लिएर आsकी। "लौ, यिनेरु त यहिँ रेsछन बाइ, खोई तिमेरुले कहाँ राख्यौ त सामान ?" सरलेले फेरि त्यसै फुर फुर गर्दै सोधी। गोबिन्दे र म त मुखा-मुख गरेर हासेम नि, अब के गर्नि। *** *** *** *** *** :) -भउते
Read Full Discussion Thread for this article