Posted by: Bhaute July 27, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
सरुभक्त-६ (साझा बसिबियाँलो) हामेरु बरका रुखाँs चढेर गदला खादै थेsम्, गोबिन्दे करायो "ए भउते ! यता सुन् त !" "एक छिन पख् है। बेवँटाको गोलै रेsछ के यार याँs, कस्तरि टोक्यो।" आफुलाई रुखाsटै खसिन्छ कि झैँ भैsराथ्यो। "ल, के? भन् न" म अलि तल झरेर सोधेँ। "भोलि ओहोरा खान जाम् " परिक्षा सकाsर बस्याs हुनाले हाम्लाई क्यारम् क्यारम् भै राsथ्यो। त्यतिखेर हामेरु ३ कक्षाको परिक्षा दिएर बसे जस्तो लाग्छ। हिउदाँs गाई बाख्रा छाडा छाड्न पाइने हुनाले माहारा जान नि नपर्नि। अनि त हामेरु नि छाडा जस्तै भैहालेम्। "जाने भेs जाम्। तर के खानी यार, तँलाई पकाम्न आम्छ?" "के लाई नआम्नि हो ? अस्ति आमा पन्छिदा मैले नै पकाsको।" केटाले गफ दिsहाल्यो। त्यल्लाई आम्दैन के। अस्ति त्यसको बा वालिङ गाsथे। आमा नछुने भैछन् त्यहि बेलाँs फेरि। अनि चामल र पानी अड्कल्न सिकाइवरि भात बसाल्न लाsर आमा चैँ गैराबारीतिर मकैका डाँठ बटु्न गैछन्। त्यो त मजाsले आगनाँs चुङ्गी खेलेर बसेछ। भात त डढेर कालै रे। त्यसको आमाले हाम्रा घराँs मकै पिँन्न आम्दा भनेको सुनेको के मैले। तैsनि केटाले नयाँ आईडिया ल्याइहाल्यो। फेरि मैले सरलेलाई सम्झिहालेँ नि। पकाम्न त तेसलाई आइहाल्छ। "को को जाने, भन् न त" "तँ, म अनि ठगे भेsर जाने" "ह्याss, त्यो ठगेलाई लाने भेs त म जान्न।" अस्ति नै तिनेरुले साँध मिचेर हाम्रो तिरको नि घाँस काट्देछन् के। अनि त हाम्रो र तिनेरुको झगडा परेर बोलचाल नै बन्द । बा आमा नबोले पछि हामी भुराहरु त्यसै नबोल्नी नि फेरि। त्यसको र मेरो ग्रह पनि मिल्दैन। बोल्यो कि झगडा मात्र। "बरु सरलेलाई लैजाम् न। तैँले पका, म दाउरा साउरा खोजम्ला, अनि सरलेले भाँडा साँडा माझ्छे।" मैले जान्न भनेsसि ठगेलाई नलान मान्यो त्यो। फेरि त्यो ठगे सँग भन्दा म सँग बढी मिल्छ। हामी त लगौँटिया दोस्ति नि। बरु सरलेलाई लानेकुरामा चैँ कनकन गर्दै थियो। हिजो हुतुतुतु खेल्दा खेरि सरलेले त्यसलाई समाउदा सर्टको टाँक चुँट्टाइदेकी थीs, त्यसैले होला। भाँडा माझ्न नपर्ने भेsसि मान्यो केटो। म भने केटालाई पकाम्न आम्दैन, अनि भाँडा मझाउनुपर्छ भनेर सोँचिराsथेँ। *** *** *** *** *** क्रमश
Read Full Discussion Thread for this article