Posted by: Bhaute September 16, 2005
Login in to Rate this Post:
0
?
सरुभक्त-१० (साझा बसिबियाँलो)
"खै त खर?" म रित्तै आsको देखेर सरलेले सोधी।
"ला तेरो सट" भन्दै मैले त्यसको सटको बाउला त्यो तिर फाल्दिएँ।
पैले त त्यसले पत्याईन, पछि सबै कुरा भने पछि त केटि रुम कि हासम् भै नि। गोबिन्दे चैँ
हासो खप्न सकेनछ र खुतुतुतु गर्दैथियो।
*** *** *** *** ***
अब जे भे नि ओहोरा त खानै परो भनेर म फेरि खर लिन गोठ तिर लागेँ।
मैले यसो पर्खाल बाट जुल्क्याम्दै गोठ भित्र हेरेँ। हुन त साईँला दाइ बिहानै आएर कुँडो-पानी
गरिवरि भैसिलाई घाँस हालेर फर्किसक्छन्। तर कहिले काहिँ त्यहिँ छेउमा घाम तापेर
सुतिराख्छन के। आज धन्न गैसक्या रैsछन जस्तो छ। बुढालाई दाइ, बुढीलाई चैँ माङ भन्थेम
हामेरु।
मैले पर्ल्याक पुर्लुक सबैतिर हेरेँ कसैले देख्याछन् कि भनेर। साइलादाइ अलि मुर्ख मुर्ख पनि
छन् के। रिस उठ्यो भने हाताँ जे छ त्यसैले झटारो हान्छन्। फेरि तिनका हाताँ खुर्पा टुट्दैन।
तादि नै एकचोटी साईँली माङलाई यामे सँग टौवा मुनि लडिबुडि गर्या रङ्गेहात फेला पारेछन्।
यामे त कुन सड्को कुन सड्को फुत्केर तल साग बारिमा भ्वाक्क फुङ्गालेर भागेछ। साईँलि
माङ चैँ हाताँ गुनिया लिएर भाग्न लागेकी, गुनिया गिँदरीका दाउरामा अल्झेर लडिछन्। अनि त
झ्याप्पै हातका खुर्पाले गर्धन मै हानेछन् दाइले त। धन्न कपालले छेकेर बचिछन्। कपाल त
सब ठुटे भाsको थियो ल।
*** *** *** *** ***
तै नि गोठमाथि मकैका खोस्टा राख्यातिर सुतिराख्याछन् कि भनेर २ पाल्टी "साईँला दाइ,
साईँला दाइ" भनेर बोलाएँ। कोहि नबोले पछि पक्का छैनन् भन्ने ठानेर हतार हतार पर्खालमा
चढेँ अनि धमाधम छानाको खर थुत्न थालेँ। एक्कैछिनमा त भुँ भुँ गर्दै भैसि-बारुलो पो उड्छ
बा। म हत्त र पत्त भुईँमा फुङ्गालेँ र दुगुरे। भाग्दा भाग्दै एउटा बारुलो आएर गालै नेरि
टोकिहाल्यो नि। हातको खर त्यहिँ भुईँमा फ्यात्त फालेर दुकुर्दै आउँदा त तिनेरु मज्जा सँग
हाँसेर बसि राsका ल।
"आफूलाई यहाँ कस्तो बारुलाले टोक्यो" मैले रुन्चे स्वरमा भने।
"हो र? खोइ हेरम् त। ओहो, खिल नै छोडेछ। पर्ख है भउते एकछिन म निकाल्दिन्छु" भन्दै
सरलेले मेरो गालामा मुख राखेर चुस्दै थुक्दै गर्न थाली। खोई किन हो कुन्नि मलाई चैँ दुखेको
अलिक निको भे जस्तो लाग्यो।
एकैछिनमा हेर्दा हेर्दै मेरो अनुहार त सुन्नियर भोगटे जस्तो भैहाल्यो । आँखा साँखा जोडिएर
जापनिजको जस्तो नि, के भन्नि अब। गोबिन्देले मैले फालेको खर लिएर आएछ। सरलेले
आगो सल्काम्न थाली।
बल्ल बल्ल आगो बल्यो। सरले नsभा भेs त हाम्रो के खुबि नि। अब बल्ल खान पाइने भो भनेर खुसि भएम हामेरु। सरलेले कसौँडी बसाली। म मुला पखाल्ल थालेँ। " म त यसै भाँडा
माझ्ने उसै भाँडा माझ्ने" भन्दै गोबिन्दे चैँ कान्लातिर चढ्यो।
*** *** *** *** ***
क्रमश...