Posted by: Bhaute November 3, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
त्यो लप सप भन्ने मलाई थाहा थेsन के त्यतिबेला। भर्खर भर्खर किलासमा अँग्रेजी सुरु भएको थियो। के के नै अँग्रेजी बोल्नि भनेर बिहान बिहानै एक अर्कालाई देख्ने बित्तिकै " गुड मर्णिङ कलास फोर, गुड मर्णिङ सर, राम स्ट्याण्ड अप, सिट डाउन" भनेर सप्पै एकै सासमा सिध्याउँथेम्। त्यो लप भनेको सुनेको त थेँ, तर अर्थ चै अर्कै बुझेको रैsनछु मैले। अब केटा र केटीले लप गर्ने भने पछि त त्यै के के गर्नी भनेको होला भनेर झन रिस उठेको नि मलाई। "हैन भने हैन भन्न, त्यत्तिकै हान्छ, यो ढ्याङ्रेले मलाई।" गोबिन्देले मुख छोड्यो। सानोमा म अलि मोटो र डल्ले डल्ले थिएँ के। त्यसैले झगडा गर्दा मलाई केटाहुरले ढ्याङ्रे भन्थे। गोबिन्देको त आँखामै बालुवा पसेछ, आँखा बन्द गर्दै खोला तिर दुगुर्यो, आँखा पखाल्न। हामेरु झगडा गर्दा गर्दै सरले पनि त्यैँ आइपुगी। रह भन्दा अलि तल घुडा घुडा मात्र आम्छ के पानी। खोलो फराकिलो भएर छिहिरो परेको छ त्यहाँ। हुन त सरलेलाई पनि पौडिन नआम्ने त होइन, तै पनि किन हो कुन्नी त्यो अलि तल बाट हिँडेरै तरेर आई। *** *** *** *** *** "किन भउते तिमेरु भागेर आsका? हेड सरले तिमेरुको नाम टिपेर राख्नु भाsछ, भोलि खाने भयौ सजिवनको छडि।" सरलेले खुच्चिङ भनेको पारामा एकै सासमा सबैकुरा सुनाई। "तैँलेई भन्देको त होला नि, उता जा गुन्द्रुके।" त्यसका कपाल अलि अलि घुम्रेको थियो। त्यसैले रिस उठेको बेलामा मैले त्यसलाई गुन्द्रुके भनेर गाली गर्थेँ। अनि स्कुलमा पनि त्यसैले भन्देकी हो कि भनेर झन रिस उठ्ठयो, त्यो सँग। "के को मैले भन्थे र। सबैले तिमेरु भागेको देखेका रेsछन्। अनि भाग्यो भाग्यो भनेर सबै कराम्न थाले, अनि त सरहरुले थाs पाईहाले नि।"त्यसले कुरा मिलाम्न खोज्दै थी। यत्तिकैमा गोबिन्दे आएर मलाई घ्याच्च सरले तिर पो धकेल्छ बा। सरले नभाsको भा म मुन्टिदै ढुङ्गामा ठोकिन पुग्थे। धन्न त्यो सँग ठोकिएर बचेँ। तै पनि आफ्नै खुबिले धानिए जस्तो गरेर सरलेलाई " उता जा ! जाँ गयो त्यै मसँग ठोकिन आउन पर्नी यसलाई" भन्दै धकेल्दिएँ। त्यो ढुन्मुनिदै खोलाको पानीमा परी। मलाई त्यसै रिस उठीराsथ्यो, त्यसमाथि धकेलेको देखेर झन पारो चढिहाल्यो। त्यै बगरको ढुँगा टिपेर गोबिन्देको टाउकैमा घुनुन्न पारेर हान्दिएँ। सरलेले आएर हामेरुलाई छुट्याई। "यो भउतेलाई आज के भाsछ के। फस्ट ब्वाई भेsर पनि स्कुल बाट भागेर आम्नि। मसँग त्यत्तिकै रिसाम्नी। फेरि गोबिन्देलाई पनि त्यत्रो ढुँगाले हान्नी बाई। त्यो आँखामा लाsका भे के हुन्थ्यो भन त। " सरले कराउन थाली। गोबिन्देको त टुटिल्कै उठेछ टाउकोमा। त्यसले एकछिन त्यै टुटिल्को समाएर बस्यो। रुन चैँ रोएन। :-) -भउते
Read Full Discussion Thread for this article