Posted by: Bhaute July 16, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
सरुभक्त-४ (साझा बसिबियाँलो) सँधै झै हामेरु पिपलधाराको चौरमा खेल्दै थे'म। ठगे अलि परको चौतारिमा बसेर हामेरु खेलेको हेर्दै थ्यो। म र सरले सँग अस्ति झगडा गरेको, त्यसैले हामी सँग आम्न हच्केको होला त्यो। "आइजे ठगे, के त्यहाँ बसेर टुलुटुलु हेर्छस।" सरलेले त्यसलाई बोलाई। त्यो हामेरु भन्दा अलि ठुलि, जान्ने-बुझ्ने। हामी भुराहरु सँग रिसाम्नु खुसाम्नु त्यसका लागि के का आइतबार नि। मलाई चैँ त्यसलाई बोलाको कत्ति मन पर्याथेन के। बोलाम्ने बित्तिकै लुरु-लुरु आयो त्यो त। कतिखेर बोलाम्छन् र आम्ला भनेर बस्या रे'छ केटो। *** *** *** *** *** "ल आज चि-मुसि खेल्ने" सरलेले भनि। हामी पनि हुन्छ भनेम र हात माथि हात राख्न थालेम्। मेरो हात माथि ठगेले हात राख्न पर्ने भो। त्यसले त राख्नै मानेन, मसँग नबोल्ने भा'को ले। "उहिले का कुरा खुइली सके नि। राख् के ठगे" सरलेले त्यसलाई सम्झाई। त्यसले त कत्ति गर्दा पनि मानेन। "कस्तो रे'छ बाइ यो केटो त" भन्दै सरलेले हात निकालेर मेरो हात माथि राखी। त्यस माथि ठगेले राख्यो। अनि फेरि सरलेले भट्याम्न थाली। "चि-मुसी चि-मुसी तिम्रा बा हाम्रा बा माछा मार्न गए, हाम्रा बा ले माछा ल्याए, तिम्रा बा ले भ्याउता ल्याए, ढुङ्गामा सुकाए, बाँडि चुँडि खाम्ला, झ्यार्र ........" *** *** *** *** *** क्रमश
Read Full Discussion Thread for this article