Posted by: Bhaute July 16, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
"आइजे गोबिन्दे हामी पनि दोहोरी-पुल्टुङमारी खेलम्।" ठगेले गोबिन्देलाई भन्यो। मेरो अनुहार गतिलो नदेखेर हो कि अगिको रिसले हो कुन्नि, गोबिन्देले मानेन। उजेली भा'को भे' त मान्थ्यो कि कुन्नि। "जाम यार अब" थकाइ र भोक ले होला अब अरु खेल्ने मुन थे'न मलाई। ठगेले हुतुतुतु खेलम् भन्दै थ्यो। कसैले नि मानेनन्। *** *** *** *** *** "हैन तँ त टाउकाले टेकेर हिड्छस् कि क्या हो?" आमाले मेरो कपालमा लागेको कुरो टिप्दै भन्नु भो। अघि पुल्टुङमारी खेल्दा कपडा भरि नि कुरो बिझेर दुम्सिका काँढा जस्तो नि। "हेर तssss, कपडा भरि नि कुरो नै कुरो, के गरेर आइस हँ तँ आज। फेरि धुलै धुलो नि छ। जोत्न ग'र आ'को होस्?" आमाले गालि गर्न थाल्नु भो। "आज स्कुल सफा गरेको हो के। कुरै नबुझि दोष लगाम्नि अर्कालाई त्यत्तिकै।" म नि के कम् नि। "हैन, यि भुराले केका स्कुल सफा गर्न सक्छन् र लगा'का हुन् त। अनि त्यो पाले राखेको क्यार्न हो त। पढाम्न अल्छि लाग्यो होला। अनि केटा-केटीलाई स्कुल सफा गर्न ला'र आफुहरु सारुमाइलाको भट्टीमा तास खेल्दै रउसी खाँदै बसेका होलान् नि मास्टरहरु। यो स्कुल बिगार्ने जति त्यै शोबे मास्टर हो" आमाले त उल्टै मास्टरहरुलाई पो गालि गर्न थाल्नु भो। मैले नि हो मा हो थपेँ। आमालाई झुक्याम्न सफल भा'को मा म त मख्ख नि अब। *** *** *** *** *** :) -भउते
Read Full Discussion Thread for this article