Posted by: Bhaute July 7, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
"हिजो किन स्कुल न'आको नि?" हापछुट्टिमा सरलाले सोधी। "यत्तिकै, ज्वरो आउला आउला जस्तो भे'र नआ'को" मैले ढाटेँ। ठगे चैँ आज मसँग बोल्दै बोलेन। सरलाई पनि भनेनछ, उल्टै पिटाइ खाने डरले होला नि। हामेरु चौरमा बसेम्, र उड्कुसि-मुड्कुसि खेल्न थालेम। गोबिन्दे र उजेली पनि थिए। सरलेले भुईँमा घोप्ट्याएर राखेका हाम्रा हातमा पुक्क पुक्क हान्दै भट्याउन थाली। "उड्कुसि मुड्कुसि- लगातार सुनको धारा- पुतला, हर हर- कोदालो, साउन माथि- बेल पाक्यो, अनदि, बनदि, देवल, कुच्च गुरुङ?." त्यसले भट्याउदै गई, हामी "गुरुङ" परेका हात पल्टाउँदै गएम्। लास्टाँ सबैले आफ्ना आफ्ना हात भुँडि तिर लुकाएम्। एकछिन पछि कस्का हात तातो भन्दै एक-अर्काका गालामा धसारेम्। म त आज पैला पालि खेलेको। त्यै सरले लाई आम्दो रे'छ के के हो के के खेल पनि। मैले त पैला हात कता कता लुकाम्दै थेँ धेरै तातो बनाम्नलाई। "त्यता होइन भउते, त्यता होइन, भुँडिमा लुकाउ" भन्दै त्यसैले सिकाइ। *** *** *** *** *** सरला, म र गोबिन्दे खेल्दै फर्किदै थे'म। उजेलीको घर चैँ अलि अगाडि नै पर्ने भे'र उतैबाट लागी। ३जना मात्र थे'म। "ओइ भउते, अस्ति मलाई किन ढुङ्गाले हानिस्, भन् त" ठगे त अगाडि नै आएर घर नजिक दोबाटो कुरेर बस्या रे'छ। सटका फुर्का भुडिमा गाँठो पारेछ, सटमा टाँक थे'नन् के त्यसैले। अनि बाउला-साउला खिचेर म सँग निउ खोज्न पो बसिरा' रै'छ, केटो त। "घर आयो, कुकुर बल्लियो, सक्छस् भने स्कुलाँ आइजे न" नसके नि अलि अलि फुर्ति देखाम्नै पर्यो। फेरि सरले पनि सँगै थिइ। त्यसले त ड्याम्म मेरो ढाडमा हान्यो। अनि मेरो हातको किताब खोसेर सुतुतुत्त बन तिर फाल्देर घर तिर दुगुर्छ बा। म त हेरेको हेरेइ नि। "ओइ चरिकोटेका छौँडा, ति कितापले तेरा के बिगारेका थे, हँss ?" सरले त्यसका पछि पछि दुगुर्दै गई र पछाडि बाट सटको कलरमा च्याप्प समाती अनि कपालमा समाई र कुईँ कुईँ कुईँ कुईँ ३-४ फन्का घुमाई। लास्टाँ गालामा २ पाल्टि झ्याम् झ्याम् हानेर फर्की। "सरले sssssss भरले sssssssss ??बोउसी???.थु थु थु थु??? एsssssssss ! भउते कि स्वास्नी" ठगे घोँक्रो फुट्ने गरि करायो। म त लाज ले रातो भेँ नि। सरलेले "अझ कराम्छस्, झुसे? " भन्दै थी, केटो पत्तासाफ सुईँकियो घर तिर। "भाग्यो र हो, नत्र मैले जान्याथेँ" मैले नि थपेँ। सरले मुसुमुसु हाँसी, बा मेरो गाँठि कुरा बुझेर हो, बा ठगे भागेको देखेर हो। गोबिन्देले चैँ मेरो किताप ल्याइदे'छ। :) -भउते
Read Full Discussion Thread for this article