Posted by: Bhaute July 7, 2005
Login in to Rate this Post:
0
?
सरुभक्त-३ (साझा बसिबियाँलो)
" ए ! बाख्राले सप्पै मकै खायो, कहाँ गए हँ माहारे? ए! मस्राङगी?" हामेरु फर्किँदा कसैले चिच्यायो। स्वर त चिने चिने जस्तो लाग्यो। यसो हेरेको बुबा पो हुनुहुदो रे'छ। ला ssssss ! अब के गर्ने के गर्ने भो। म त्यहिँ झाडि तिर पसेँ। मैले झाडिमा लुकेर बुबालाई हेर्दै थेँ। मस्राङगी दुगुर्दै गयो र बाख्रा फर्कायो। बुबा गैसके पछि बल्ल निस्केँ म।
"सान्बाबु, कता हरा'को?"
"** आयो र के" फेरि कुरा बनाएँ। ?धेरै नै खाएछ कि क्याहो मकै?"
"सुर्का को अलि अलि खाएछ। आफ्नो मकै आफ्नै बाख्राले खाए, के भो त!" मस्राङगीले चित्त बुझायो।
झ्याङलीले चैँ बाँकि निबुवा र बोक्रा खाएछ। नुन पनि खाएछ क्यारे। थुतुनो माटोमा घोसर्दै थ्यो, पिरो भएर होला।
*** *** *** *** ***
४ बजे तिर घर फर्केँ।
"आज त छिट्टै आइछस्, अनि दाई खोइ त?" आमा दङ्ग पर्दै सोध्नु भो।
"म छुट्टी हुने बित्तिकै दुगुर्दै आ'को। दाइ त बाटो मा साथेरुसँग डण्डी बियो खेल्दै थ्यो के रे" उल्टै दाइको कुरा लाइदिएँ।
" स्याबास्!, बाटोमा खेलेर बस्न हुदैन। अनि दुगुर्न नि हुन्न नि, लड्लास फेरि" आमा फेरि त्यसै दङ्ग। मेरा मनमा भने कता दाइले था' पा'र घरमा भन्दिने हो भनेर ढ्याङ्रो बज्याथ्यो।
आमाले मकैको फुलामा घिउ राखेर खाजा बनाइदिनु भा'रेछ।
आमा बाहिर निस्केको बेलामा दाइको कचौरा बाट नि अलिकति निकालेँ।
मन सन्तुष्ट भो, आफ्नो धेरै देखेर भन्दा पनि दाईको थोरै देखेर।
*** *** *** *** ***
.... क्रमश