Bhaute
Replies to this thread:

More by Bhaute
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

uptowngal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 SaruBhakta----"Bhaute"

[Please view other pages to see the rest of the postings. Total posts: 167]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 58369 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 07-03-05 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरुभक्त-१ (साझा बसिबियाँलो)

सरला पल्लो कोठामा अझै सुँक्क सुँक्क गर्दैथी। कोठा त खै के भन्नु, एक रातको लागि मात्र बना'को पराले छाप्रो नि अब। एउटा परालको भारिले मात्र लोग्ने मान्छे र स्वास्नी मान्छे सुत्ने ठाम छुट्ट्या'को थियो। ओढ्ने ओछ्छ्याम्ने सबै परालै पराल।
"ल ल अब नडरा, भोलि छेउघरे लामाकाँ लैजाम्ला तँलाई। अनि ठिक भैहाल्छ" सारुनी दिदीले सम्झाइन् तेसलाई। त्यो भने लगातार ह्वाँक्क ह्ववाँक् गरेको गरेइ।
"कस्ति केटी होली, जे हुनु भै'गो। कत्ति डराकि होली। यसको त सातै गएछ कि क्या हो!" मन मनै भुटभुटाएँ। तेस्का ह्वाँक्क ह्ववाँक् धेरै सुनेर कन्सिरि नै तात्न थालिसक्याथे के मेरा। मैले त राति हुँदो तेता नजाम् त भन्याँथेँ नि पहिले। त्यसैले कर गरेर जाम कि जाम गरी। फेरि जुन पनि आजै कस्तो टह टह लागेका नि । त्यसै घुम्न जाम् जाम् जस्तो के।
"गोबिन्दे आ'को भे यस्तो हुदैनथ्यो कि। "सरले र मेरो बिचमा गोबिन्देको आबश्यकता खट्केको आजै हो ल मलाई। नत्र त सँधै यो केटो किन हाम्रा पछि लाग्दोहोला भन्ने लाग्थ्यो। कहिले काहीँ त झनन्न रिस पनि उठ्थ्यो।

*** *** *** *** ***

"अहम्???.." सतम्कोटे माईला दाई घाँटि बजाउदै कोल्टो फेरे। सबैजना निद्रामा मस्त छन्, दिनभरिको थकाइले होला। मलाई मात्र छटपटी भै'रेछ। मेरा मनाँ फेरि कुरा खेल्न थाले। "यो केटी किन त्यसरि डराकी होली। खै मलाई त केहि डर लाग्याछैन, वा म केटा-केटी नै भे'र हो। म बल्ल आउने पुषमा १२ बर्ष। सरले चै ३ बर्ष ५ महिनाले जेठी" ।
मेरा आँखा जोडिएलान् भन्यो झन ठुला ठुला भे' जस्तो लाग्यो।

*** *** *** *** ***

म एकैचोटी खङ्रङ्ग तर्से। केको छायाँ परेजस्तो भो। यसो हेर्या त जुनलाई सानो बादलको भुल्कोले छोप्यारैछ। फेरि उज्यालो भो। यो बादलको पनि क्यै भर छैन के। कतिबेला आउँछ, पवित्र चन्द्रमाको सतित्वमा धावा बोल्छ र फेरि एकैछिनमा पानीको फोका जस्तै बिलाएर जान्छ।
यसो ठनासेको, सरले चैँ चुप लागिछे। घरि घरि नाक मात्र बजेको सुनेँ। केटीले बल्ल मन दह्रो पारिछे भन्ने लाग्यो, मन मनै खुशि भएँ, अब सुत्न पाइने भो भनेर।
उता फेरि मस्राङ्गी घुर्न थाल्यो, बाघै गर्जे जसरि। मेरो मन भने फेरि सरले तिरै। निन्द्रा भनेको पटक्कै छैन बा, के भा' हो कुन्नि।

*** *** *** *** ***

मस्राङ्गीले जोडले खोक्यो। अगि घुर्दा परालको झुर्का मुख भित्र पसेछ के त्यसको त। खोक्दै उठ्यो र "खाक्" गरेर बाहिर तिर "थुउउउ" गर्यो।
मैले आँखा चिम्ले जस्तो गरेर तेसलाई हेर्दै थेँ। त्यसले त सबैको कपडा झुण्ड्या'को ठाम्मा छाम-छुम गर्छ बा।
"होइन,यो त चोर हो कि क्या हो? हो रे'छ भने त आज चै फेला पर्यो है यो। न निधा'को ठिकै भे'छ। सरलेले अहिले सम्म ह्वाँक्क ह्ववाँक् गरेको पनि काम लाग्यो जस्तो छ" मन-मनै सरलेलाई पनि धन्यबाद दिएँ।
त्यसले त बिजुली खैनि पो निकाल्यो र मुखमा हाल्यो, अनि आफ्नै ठाममा गएर सुत्यो।
"यसले कसैको केहि चोर्दे त मैले पक्रेर पौरख देखाउँछु" भन्ने सोँचेको। मेरो मन खिस्रिक्क भो।

*** *** *** *** ***
-भउते
 
Posted on 08-01-05 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute gura kuro garya ni maile kasto nabujhya holan.
hamra gama bhauto bhauto kaam garne lai bhauture vanthe, mera guru pani testai thie kya. ani yesso sajhaa basi biyalo garda euta bhaute vanne vetio ani maile guru bana ni.
arko kuro guru ji le campa gaa kuro garer madi mudi gariyo vaner patatho feri arko bhauto gare ki guru ji le vaner shanka lager k k garim malai matrai ve ni khusukka vaman bhanya ni
 
Posted on 08-02-05 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हतार हतारै भाs नि अर्को भाग पस्किदै छु है त।

सरुभक्त-७ (साझा बसिबियाँलो)



"हाम्ले पकाम्न सक्छम् के काकी !" सरलेले हाम्रो आमालाई फकाउदै थी।

"लौ त लौ, त्यो टारिका खेताँs पुग्ने हैन, त्यहाँ रिपतिरको बारीमा गएर पकाओ"
हामी त खुशिले फुरुक्क भैहालेम नि अब।

"यिनेरुले आगो खेलाउलान्, राम्रो सँग हेर है सरे" त्यो म भन्दा ३ बर्ष ५ महिनाले जेठी नि। त्यसैले आमाले त्यसलाई सम्झाउनु भो। त्यो चैँ के के नै ठुली मान्छे भएँ भनेर नाक साक फुलाउदै "हस्" भनी।

त्यसले भनेको हाम्ले के को टेर्थेम् र। घर छाडेपछि त हाम्रै हुकुम चलिहाल्छ नि भनेर हामेरु नि चुप लागेम।

आमाले "ए सरला, ल दिउरीमा आगो लेsर जाओ" भन्दै हुनुन्थ्यो, " पर्दैन काकी, मैले सलाई ल्याsकीछु के" भन्दै अघि लागी।

*** *** *** *** ***

हामेरु यसो तगेराबाट निस्केको त रित्तो ग्यालेन हल्लाउदै ठगे पो आउँछ बा। पानी लिन आsको रेsछ के त्यो त। मलाई भने कता यो पनि ओहोरा खान हिड्यो भनेर पीर नि, फेरि।

"ओइ, तिमेरु काँs जान लाsका, भनोs त?" ठगेले सरलेलाई हेर्दै सोध्यो।

"हामी जाँs गेs नि तँ झुसेलाई के खाँचो ?" सरलेले नाकका पोरा फुलाउँदै ओठे जवाफ दिई। यो सरले त मौरी नै जस्ति छे भन्या ल। मन परेको मुन्छेलाई चाटुँला चाटुँला जस्तो गर्छे। मन परेन भने दश हात पर पनि देख्न सक्दिन।

"ओहोरा खान" गोबिन्देले फेरि साख्खै पल्टेर जवाफ दियो। म चैँ अर्कोतिर मुन्टो बटारेर हिडेँ।

"मलाई नभनेका, ठिकै छ" के के नै लछार्छु जस्तो गरेर घुर्कि लायो तेसले फेरि।

सुनेको नसुनेइ गरेर रिप तिर हानिएम् हामेरु।

*** *** *** *** ***

"उता त जाडो छ यार, यहिँ पकाम्" मैले साईँली माङको गोठैनेरको बाङ्गे गर्हो देखाउदै भने। गोठ ठ्याक्कै डाँडामा थियो, घाम पनि परिराsको थियो। हाम्ले पकाम्ने भनेको ठाम चैँ अलि कोल्टो तिर पर्थ्यो। कहिले घाम नपर्नेतिर। बिहान भरि कुइरो लाग्याथ्यो, घाम लाग्दाखेरि ओझेल परिसक्याथ्यो के त्यता।

"हुन्न यहाँ त। अहिले हावा चल्यो भने आगो उडाम्छ, फेरि त्यहिँ नजिकै गोठ छ।" सरलेले मानिन। पोहोर बिरेहरु ओहोरा खान जाँदा मस्राङ्गीको गोठ डढेको सम्झेँ मैले। अनि सरलेकै पछि लागेम्।

*** *** *** *** ***

क्रमश...

 
Posted on 08-02-05 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आच्छुss कस्तो जाडो रैsछ यार यता त" गोबिन्देले दाँत नै किट किट गर्न थाल्यो।

तेसले गन्जि मात्र लाsथ्यो के। मैले चैँ दाइको सुईटर लाsको थिएँ। दाइ मामाकाँs गाथ्यो, त्यहि मौका पारेर लाs नि। नत्र त दाइले भकुरिहाल्छ, स्कुल जाँदा लाम्ने सुईटर लाइदेको भनेर।

"अहिले आगो बाले पछि ठिक हुन्छ" सरलेले सम्झाई हामेरुलाई।

"ल, सामान चैँ यहिँ राखम्। ल हिँड् गोबिन्दे, तँ र म पानी लिन जाम्। भउते, तिमीले चैँ दाउरा साउरा खोजेर राख है, अनि कुकुर आएर यो घ्यु खाइदेला, राम्रो सँग हेर है।" सरलेले ठोट्नेको फेदैनेरको ओशिलो ठाम देखाम्दै भनी।

खाशमा मलाई चैँ सरले सँग पानी लिन जान मुन लाथ्यो। खोइ किन हो कुन्नि सरले सँग हिड्न, बोल्न पायो भने कस्तो आनन्द लाग्थ्यो के मलाई। साच्चि भुन्या ल। त्यो भुरा भुरि उमेरमा पनि के ले के ले त्यस्तो लाग्ने रेsछ। फेरि सरले आफ्नै मान्छे जस्तो लाग्ने क्या। पीर पर्दा काखमै गएर रोइदिम् जस्तो लाग्थ्यो। फेरि त्यसले नि मलाई कस्तो मायाँ गर्ने नि । कहिले काहीँ वालिङ गाsको बेलाँs मलाई भनेर डुनट किनेर ल्याइदिन्थी।

"नाई जान्न म त पानी सानी लिन। तिमेरु जाओ। म बरु दाउरा बट्याम्ला" कस्तो मेरो मनको कुरो गर्यो भने गोबिन्देले। मलाई मायाँ गरेर भन्या चैँ होइन है तेसले। पानी बोकेर उकालो आम्न गाह्रो हुन्छ भनेर भन्याहोला। सरले सँग हिड्नु, बोल्नुको मज्जा के थाहा नि तेसलाई। बाहुनले च्याउ खावस न स्वाद पावस, रे क्या। हुन त त्यो अलि उल्टे उल्टे खालको छ । गार्हो र सजिलो काम भयो भने हाम्ले तेस्लाई सजिलो काम अर्हाम्थेम। त्यो चैँ उल्किदै गार्हो काम तिर लाग्थ्यो। सरलेले मलाई आफुसँग लानको लागि पलान बनाकी होकि कुन्नि, दैव जाने ल।

"लु त लु, आऊ भउते जाम्" मलाई के खोज्छस् काना आँखो भैहाल्यो। सरलेले डोकोमा सानो पित्तलको गाग्री बोकी, मैले २टा ग्यालिन लिएँ। म खुशीले भँगेरा जस्तै फुत्रुक्क फुत्रुक्क उफ्रदै अघिलागेँ। अनि हामेरु झरेम्, मिनाम्दीको खाल्टो तिर।

*** *** *** *** *** *** ***

"आठ्ठोss!" मेरो पैतालाँ के बिझेछ। यसो हेर्या त कटुसको काँडाको झुत्तै छ बा।

"खोइ तिम्रो चप्पल? हेर त यिनी त चप्पलै नलाइकन आएछन बाइ।"
बल्ल पो चप्पल सम्झेँ मैले। अघि सरले सँग जान पाsकोमा खुशिले मच्चिदै हिडेको त चप्पल बारीमै छुटेछ के। ससुराली जाँदा जस्तो, चप्पल खोलेर बस्न परेको नि मलाई बारीमा पनि।

"एकछिन पर्ख है" भन्दै सरलेले डोको बिसाइ त्यहिँ कान्लोमा। अनि मेरो खुट्टाको काँढा निकालिदिई।

"ओइ, ओइ उता समात्, उता समात्" भन्दा भन्दै त त्यसको डोको पल्टिइहाल्यो। गाग्री त ढन्ट्याङ र ढुन्टुङ गर्दै गुल्टिन थाल्यो। डोको चैँ छेउमै अड्क्यो। हामी त गाग्री गुल्टेको हेरेर बसेम् नि अब। के गर्नु, छोप्न जाम् भने भेट्टाउन सकिन्न।

"चप्पल भाsभे त म छोप्न जान्थेँ नि" रोक्दा रोक्दै मेरो मुखाsट फुत्किइहालेछ।

"ईस् जान्थ्यौ" सरलेले मेरो नाकै च्याप्पिने गरि लोप्पा ख्वाइ। म पनि चुप लागेँ, गफ देsको भनेर थाs थियो आफुलाई, के गर्नि।

*** *** *** *** ***

:)
-भउते
 
Posted on 08-02-05 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hahahah
..."ईस् जान्थ्यौ" सरलेले मेरो नाकै च्याप्पिने गरि लोप्पा ख्वाइ। म पनि चुप लागेँ, गफ देsको भनेर थाs थियो आफुलाई, के गर्नि। ....
Hilarious!
Keep writing Bhaute Dai!
Foe
 
Posted on 08-02-05 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल भौते,
जक्खड छ, लम्बरी छ ।

भौते, दादा, मेसो परे कैले कैले हाम्रा मेलाँ नी आ ' र एउ दुई आखर केरम् ।

दाईं गरम्,पुल्टुन्पाली गरम् ,गुल्ट्याम् , माडम् (Lets keep on rolling...)
- http://sajha.com/sajha/html/openthread.cfm?forum=2&ThreadID=22921&show=all
 
Posted on 08-03-05 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हे हे हे हे, फोए बुरो, यस्तै हो, के गर्नी र ! कुरो लुकाम्न नहुनी।


सिरीपाँच क्याल्गरी तिर हो?

अहिलेको शिबरात्रीमा नखोजि नहुने भो ल, हजुरलाई। :)

:)
-भउते
 
Posted on 08-03-05 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबुई नी

भौते, तपईं त मयाँटारी का पाती मन्टे जैसी भन्दा नी जान्नी हुनुहुँदो र 'च ।

क्यारी जान्नी हुनु भओ तेती माधी ? दोखले लएर दीक्षे दे' सी बौराइयो कि जन्मौटे नै हो ? दादा लाई था होला ।

येसो कन्टशन् (contact + connection) मिलाम्दै गरम् के रे । आखत लिएर हेराम्न नै आम्न पर्ला जस्तो छ । शिब रात्री त मान्नी हो पक्कै ।


जय शम्भो कैलाशपतिकी

दाईं गरम्,पुल्टुन्पाली गरम् ,गुल्ट्याम् , माडम् (Lets keep on rolling...)
 
Posted on 08-04-05 12:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-04-05 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाग्रि गै गो !!
 
Posted on 08-06-05 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो माडम माडम माड्दै गरम् भन्दा हामीतिर फिरी ळाउन आउने जोगीको याद आयो हौ!
त्यही क्या, मान्छेको डुँडीखुट्टो हो कि के हो फुक्ने जोगी। राति राति करा'र हैरान गर्थ्यो।

पूर्वै बाँधम् पस्सिमै बाँधम्, उत्तरै बाँधम् दख्खिनै बाँधम्
घरै बाँधम् चोकै बाँधम्

अनि अरु त केके जोगी भाषामा भन्थ्यो केही बुझ्झिन्थेन।
के बाँधम् भन्छ यो मोरोले भनेको त, भूत प्रेत पिचाशबाट घर जोगाउनलाई लक्ष्मणरेखा कोर्ने पो रैछ, त्यै पनि काल्पनिक रेखा।

ह्याँ चैँ के माडम् भन्या हो भउतेजी?
 
Posted on 08-06-05 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ भउते दाइ कता हराएको भुन्या, की सरले भेट भो फेरि त्यहि खोलाको किनारां, हँ हँ!!!......:p
~निर्माण~
 
Posted on 08-06-05 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेजी, माफ पाऊँ है, अलिकति offroad जान्छु।
गालेश्वर(gaalab)जी,
नलीखुट्टाको हड्डीको प्रभाव विशेष त जानकारी भएन, तर शंख (conch shell) वा त्यस्तै घुम्रिदै बटारिएको (spiral, helical)को pressure conduit बाट accelerating pressure (that is, application of pressure of increasing intensity thro a spiral conduit will create elastic waves of increasing frequency and ultimately high-frequency waves due to wall echo and wave interference, its like creating LASER from light) प्रवाह गर्दा elastic sound waves का साथै elastic ultra-sound (frequency > 20 kHz) waves पनि पैदा हुन्छन र यस्ता तरंगहरुले सक्षम किटनाशकको काम गर्दछन् (you should have noted the use of ultrasonic waves in disinfection in hospitals and water-purifiers, नेपालाँ हुन्छ नी धाराँ लाउनी Euroguard भन्नी, हो तेस्तै) ।मैले सुनेको त शंख विशेष बाट निस्कने तरँगले त खाली pathogens मात्रै नष्ट गर्दछ, हाम्रा मित्रवत अरु bacteria लाई छुदैन ।हाम्रा परम्परामा धेरै चलनहरु छन् जसलाई आधुनिकता र अम्रिका गाको नाममा खिसीट्यूरी (ridicule) गर्न भन्दा अपनाउनु नै बुद्धिमानी भा ' होला, फेरि gaalab जीलाई point out गरेको होईन नी, मौकाँ चानस ले को के भन्नलाई ।
 
Posted on 08-08-05 6:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता गए, भउती ह्याँ बिस्कुन सुकाएर।

माडम् माडम्।

 
Posted on 08-08-05 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ध्यान जति शिरिष गुरुका गजल तिर गै गोs, दादा। :)
 
Posted on 08-08-05 7:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्म त लाउनू तर आफ्नो मेलो बासि राखेर हो त नि।
बिहान हाम्रा मेलाँ जाम्, दिउसो आम्ला सबै भन्न पर्दैन त नि। हजुर त सोझो के म जस्तै।
 
Posted on 08-08-05 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले नि मलाई एक पर्म तिर्नु छ के रे ! " सञ्जुको याद आयो" को पञ्चम अध्यायको। :)

यै बेलाँ तिर्नि भाs तिरम् क्यारे। नत्र बिसौँदी ब्याज कबुलेर पल्ला चैते हुन्छ कि श्रीपञ्चमी हुन्छ, एउटा भाका राखेर तम्सुक ळेख्न पर्यो :P

पण्दिटलाई लेख्न लगाम्, म चैँ तेलमा ध्वाँसो मिसाउँदै गर्छु। हजुर चैँ बुढी उम्ला ठीक पार्दैगर्नुस। :)
 
Posted on 08-09-05 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ भउते दाई कथा नपस्किने भुन्या, कालि गफ मात्र भुत्छ भने यो दाई भुनाउंदो!!...:p....:p
निर्माण
 
Posted on 08-09-05 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को भाग बेल्जियम गएर पढौला है निर्माण भाइ। :)

कथा लेख्न मन त लाग्छ,
लेख्थेँ तर सरुको डर लाग्छ
बल्ल पर्यो माकुरी जालैमा....
बल्ल पर्यो निर्मायाँ माकुरी जालैमा
 
Posted on 08-09-05 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति वटा शुन्य राख्नि हो सुटुक्क भनुम् है !! आफ्नो त आँखै धरमर हुन्छ फेरि, कलम चिप्लेला !!
 
Posted on 08-10-05 6:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाछ्छ्युँ। हाछ्छ्युँ।
गर्मिको रुघाले ... ... ...

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters