Posted by: Bhaute August 2, 2005
Login in to Rate this Post:
0
?
हतार हतारै भाs नि अर्को भाग पस्किदै छु है त।
सरुभक्त-७ (साझा बसिबियाँलो)
"हाम्ले पकाम्न सक्छम् के काकी !" सरलेले हाम्रो आमालाई फकाउदै थी।
"लौ त लौ, त्यो टारिका खेताँs पुग्ने हैन, त्यहाँ रिपतिरको बारीमा गएर पकाओ"
हामी त खुशिले फुरुक्क भैहालेम नि अब।
"यिनेरुले आगो खेलाउलान्, राम्रो सँग हेर है सरे" त्यो म भन्दा ३ बर्ष ५ महिनाले जेठी नि। त्यसैले आमाले त्यसलाई सम्झाउनु भो। त्यो चैँ के के नै ठुली मान्छे भएँ भनेर नाक साक फुलाउदै "हस्" भनी।
त्यसले भनेको हाम्ले के को टेर्थेम् र। घर छाडेपछि त हाम्रै हुकुम चलिहाल्छ नि भनेर हामेरु नि चुप लागेम।
आमाले "ए सरला, ल दिउरीमा आगो लेsर जाओ" भन्दै हुनुन्थ्यो, " पर्दैन काकी, मैले सलाई ल्याsकीछु के" भन्दै अघि लागी।
*** *** *** *** ***
हामेरु यसो तगेराबाट निस्केको त रित्तो ग्यालेन हल्लाउदै ठगे पो आउँछ बा। पानी लिन आsको रेsछ के त्यो त। मलाई भने कता यो पनि ओहोरा खान हिड्यो भनेर पीर नि, फेरि।
"ओइ, तिमेरु काँs जान लाsका, भनोs त?" ठगेले सरलेलाई हेर्दै सोध्यो।
"हामी जाँs गेs नि तँ झुसेलाई के खाँचो ?" सरलेले नाकका पोरा फुलाउँदै ओठे जवाफ दिई। यो सरले त मौरी नै जस्ति छे भन्या ल। मन परेको मुन्छेलाई चाटुँला चाटुँला जस्तो गर्छे। मन परेन भने दश हात पर पनि देख्न सक्दिन।
"ओहोरा खान" गोबिन्देले फेरि साख्खै पल्टेर जवाफ दियो। म चैँ अर्कोतिर मुन्टो बटारेर हिडेँ।
"मलाई नभनेका, ठिकै छ" के के नै लछार्छु जस्तो गरेर घुर्कि लायो तेसले फेरि।
सुनेको नसुनेइ गरेर रिप तिर हानिएम् हामेरु।
*** *** *** *** ***
"उता त जाडो छ यार, यहिँ पकाम्" मैले साईँली माङको गोठैनेरको बाङ्गे गर्हो देखाउदै भने। गोठ ठ्याक्कै डाँडामा थियो, घाम पनि परिराsको थियो। हाम्ले पकाम्ने भनेको ठाम चैँ अलि कोल्टो तिर पर्थ्यो। कहिले घाम नपर्नेतिर। बिहान भरि कुइरो लाग्याथ्यो, घाम लाग्दाखेरि ओझेल परिसक्याथ्यो के त्यता।
"हुन्न यहाँ त। अहिले हावा चल्यो भने आगो उडाम्छ, फेरि त्यहिँ नजिकै गोठ छ।" सरलेले मानिन। पोहोर बिरेहरु ओहोरा खान जाँदा मस्राङ्गीको गोठ डढेको सम्झेँ मैले। अनि सरलेकै पछि लागेम्।
*** *** *** *** ***
क्रमश...