Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Swasthani Brata Kathaa: Part I

[Please view other pages to see the rest of the postings. Total posts: 53]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 37855 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 01-28-05 7:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्रीस्वस्थानी ब्रतकथा
प्रथम अध्याय

कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगत्स्यमुनी, त्यहाँ उप्रान्त चन्द्रकान्त बजार लाग्दा भए।
साइत गर्नु अगाडि आफ्ना दुई पुत्र तिर्थ र मंगललाई राम्रोसित बस्नु! घरको काम नबिताउनु! म बजार गएर आऊँछु, भनी आग्ज्ञा गर्दा भए।

बजार पुगेपछि चन्द्रकान्तले एक टुक्रा नरिवल, अष्टोत्तर सय कुड्का पान, अष्तोत्तर सय कुड्का सुपारी, अष्टोत्र सय ल्वागं किन्दा भए। त्यहाँ उप्रान्त सबै किनमेल गरेको सामानहरु एउटा रुमालमा पोको पारी फर्किन लाग्दा एक जना विध्यार्थिले बाटोमा एड्स दिवसको उपलक्षमा जनजागरण बढाउने हेतुले पर्चा बाँड्दै गरेको देखे। ती बिध्यार्थिले चन्द्रकान्तको हातमा एउटा पर्चा राखिदिए। चन्द्रकान्तले त्यो पर्चा हात परेपछि, यो के होला? यी युवकले के दिएका होलान् भनेर जिज्ञासा राख्दै पोल्टोबाट आफ्नो चस्मा झिकी चस्मा लागाउँदा भए। चस्मा पुरानो थियो, चस्माको एउटा खुट्टा भाँचिएको थियो। जसको सट्टामा धागोले काम चालाइएको थियो। त्यो धागो लगेर कानमा बाँधेर मात्र चस्मा लगाउन मिल्थ्यो।
 
Posted on 01-28-05 7:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुपुत्र तिर्थ! हेर तिमी अनपढ छौ, अहिले बजारमा रोगको माहामारी फैलिएको छ, यो रोगबाट सबै बँच्नुपर्छ, यो रोगको औषधी मुलो कहीँका देवताहरुले पनि पत्ता लगाउन सकिरहेका छैनन्। देवताका मात्र के कुरा गर्नु देवताहरुका देवताले पनि पत्ता लगाउन सकिरहेका छैनन्। यो ठुलो सरुवा रोग रहेछ। यसबाट बँच्न देवताहरुलाई पनि कठिन रहेछ। घनाजंगलमा लागेको अग्निजस्तो डर लाग्दो सित सर्ने रहेछ।

अब जस्तो हेर न यदि तिमीलाई एडस भन्ने यो ज्यानमारा रोग लाग्यो भने स्वत: तिम्री उनी सकुन्तलीलाई पनि सर्ने रहेछ।
अनि सकुन्तलीलाई सर्यो भने त तल्लो घरको कालेलाई पनि सर्ने भइहाल्यो। तल्लो घरको कालेलाई सर्यो भने कालेको स्वास्नीलाई सर्ने र कालेको स्वास्नीबाट तिम्रो भाइ मंगललाई पनि सर्ने भो।
अनि तिम्रो भाइ मंगलबाट सवत: मंगलकी उनी सावित्रिलाई सर्ने भो।
सावित्रीलाई सर्यो भने माथ्ला घरे डमरलाई पनि सर्ने भो। डमरबाट स्वत: डमरकी प्यारी उनी मकुल्लीलाई सर्ने भो। मकुल्लीलाई सरेपछि त सारा गाँवै स्वाहा हुने भो।
 
Posted on 01-28-05 7:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बजार भ्रमण गर्दा गर्दा थकित भएकोले चन्द्रकान्तले एकछिन विश्राम लिन खोजे। अगाडि एउटा नदिमाथि पुल आइपुग्यो, पुल कटेपछि सानो छाहारी आयो, त्यँही छहारिको एउटा चट्टानको धुलो हटाएर चन्द्रकान्त बसे। अनि अघि ती युवकले दिएको पर्चा पढ्न थाले।

हे अगत्समुनी! ती युवकले दिएको त्यो पर्चामा त्यस्तो के लेखेको रहेछ, चन्द्रकान्तले घत परे जस्तो गरी मुन्टो हल्लाउँदै फेरि फेरि दोहोर्याएर पढ्दा भए।

साँझ घर फर्केपछि चन्द्रकान्तले जेष्ठ सुपुत्रलाई बोलाउँदा भए ।
 
Posted on 01-28-05 7:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जेष्ठ सुपुत्र तिर्थ चन्द्रकान्तका यी उपदेश सुनेर किंकर्त्वयबिमुढ हुँदा भयो र धर्मसंकटमा परी हतासमा पिताजीलाई सोध्दा भए,

"पिताजीले यो सबै हाम्रा गामको जालो कहाँबाट था पाइबक्स्या नि?"

इतिशी केदार खण्डे माघ महात्म्य
कुमार अगत्स्य सम्बादे!
प्रथम अध्याय समाप्त!

ल अब प्रसाद खाने सबैले!
 
Posted on 01-28-05 7:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wahhhhhhhhhhhhhhhhhhhhhh
Pranam dada giri bro,

Swasthani ko katha..hmmm sano ma chanda padeko ho..
But would very much appreciate if you could ACTUALLY write all the Adhyayes.:) Print out garera rakhchu.

I don't know why, along with the tremendous respect i have for the holy book,these kind of (mythological) tales, along with Mahabharat and Ramayan and few others facinates me.:)

I HOPE you can actually post ALL of it :).

indisGuise:)
 
Posted on 01-28-05 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LAU sabai jana aksyata phool liyera haat jodne:

YAM BRAMHA BARUDENDRA RUDRA MARUTHA,
STUNWANTI DIBYAISTAVAI
VEDAI SANGA PADO KRAMA PANI SADAI
GHAYANTI YAM SAAMAGHA
DHYANA VASTAGATANATE NA MANASHAA
PASHCHYANTI YAM YOGINU
YASSANTANA VIDU SUR AASURA GANA
DEVAYA TASHMAI NAMAHA
SRIMACHHANDANA CHARCHITO JWALAPU
SHUKLAMBALA MALLIKA
MALA LANKRITA KUNDALAM PRAVILASHAM
MUKTAVALI SOVITAM
...........................
...........................
ashadyai lamo cha
..............................
...............................
TATHO JAYA MUDEE RAYETAHA:


prathamodyaya:

Kumarjee aagya garnuhuncha,
He Aghastya Muni,
Taha Upranta Sree Visnu le Madhu Ra Kaitav Daanav lai Afno Kaakh ma leeyee afno saktisaali bajra prahar gari prithivi lok bata mukri pradan garnu bhayo. Tyas artha ma, Madhu ra kaitav lai Na ta Jal ma, Na Thal ma na Akash ma mrityo deene baacha pura garnu bho.

Yasta Shree Vishu lai Koti Koti pranam chha, Shree Bramha lai koti koti pranaam chha, .....


EETI SHREE EESKHANDE PURANE KEDARKHANDE MHAGMATHME
............................................ PRATHAMAM ADHYAYA...



BALLA BALLA SAKIYO YAAR...JE PAYO TYAHI LEKHIYO..BHAGWAN MAAF PAU HAI
 
Posted on 01-28-05 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

IndisGuise ,
प्रणाम ल!
ACTUAL SWASTHANI त छैन नि मसित, क्यारम त नि? भा भे देखि म जम्मै पालै पालो हार्ड कपि टाँस्नि बिचारमा थिएँ। छैन क्यारम अब नभएसी...

स्वस्थानीको पुस्तक बिना पनि यो कार्य सम्भव छ नि सुन्नुस्:

कुमार जी आज्ञा गर्नुहुन्छ, हे अगत्स्यमुनी! स्वस्थानिको पुस्तक बिना नै यसको ब्रत लिन पनि सम्भव छ। यसका लागि शाली नदिको किनारमा गएर त्यहाँका योगीहरुको संगत गर्नुहोस्। योगीहरुले तपाईँलाई यो पवित्र कार्यमा समाबेश गर्ने छन्।
यती सुनी IndisGuise योगी शाली नदीको तटमा पुग्दा भए। कलकल गर्दै बगेकी शाली नदीको तटमा ऋषिमुनिहरुका संगिनीहरुले IndisGuiseको स्वागत गर्दा भए। बेलपत्र, तरुल, सक्करखण्ड आदि पुजा सामाग्रीहरु सगिंनीहरुबाट पाएपछि लालायित हुँदै IndisGuise योगी मन्दिरको भित्र पुगे।

 
Posted on 01-28-05 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे अगत्स्यमुनी! त्यहाँ त यस्तो अनौठो दृश्य उनले देखे कि, ऋषिमुनिहरुका नाइके गुरु भन्दा रहेछन्, ती गुरु त दाँया हातमा त्रिशुल, मुखमा शंख, बायाँ हातमा पुष्प गुच्छा लिएर कथा वाचन गरिरहेका, तर उनको काखमा भने भर्खर १६ वर्षकी कन्या नग्न अबस्थामा मस्त निद्रामा समर्पित थिइन्।
यो दृश्य देखेर IndisGuiseयोगिळे मन थाम्न सकेनन् र ऋषिआशनमा हाम्फाल्दा भए। त्यतीबेलै कथा सुनेपछि ग्रहण गर्ने भनेर राखिएको प्रसाद पोखियो र शाली नदीमा बग्यो। शाली नदीमा एउटा बच्चा पैदा भयो। कन्याको नाम सलीना राखियो। यो बच्चा प्सादबाट पैदा भएको। (ऋषिले के के गर्यो, गर्ने बेलामा अहिले प्रसादबाट भन्छ।)
आकाशबाट मेघ गर्जन भयो, र वाणी भयो!

 
Posted on 01-28-05 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हे IndisGuiseयोगी कन्याले तिम्रो तपस्या भगं गर्न सक्छन्।
यो मानबजातीको गुण हो। यसलाई कसैले त्याग्न सक्दैन न त तिमीले न त तिम्रा गुरुले।

यति सुनेपछि IndisGuiseयोगीले भने ! तिमी को हौ आकाशबाटबाणी गर्ने मेरा आँखा खुलाइदियेऊ त्यस्ता तपाईँलाई कोटी कोटी नमस्कार छ ।

*** *** ***
GP Bro,
Thanks for the suggestion!

mysteryman2055 ,
If you have Swasthani you may psot the hard copy.
Chhaina ra?
 
Posted on 01-28-05 8:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha ha......dada giri lai mannu parcha..

Bolo katha bachak dada giri ko.......jaaaayyyyyy
 
Posted on 01-28-05 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Alook niranjan , ahaam swasthani padhanti and dhanya bhanti..
excuse my sanskrit guys .........k garne sanskrit padne bela dulna hidiyo

dada giri bro great job manee maile tapai lai keep it up
aba aru pani sunna paya dhanya bhainthyo ki
 
Posted on 01-28-05 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Omm Namah Sivaya

 
Posted on 01-29-05 1:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks friends!
त्यसो भे एउटा सानो "जात्रा सस्मरण" छ सुनम् है त।
*** *** ***
८:३० भइसक्या थियो, म तैपनि गाडि पाइन्छ कि भन्ने झिनो आशा लिएर बसपार्क पुगेर यसो रुमल्लिँदै थिएँ । पऽर खालाँसीले भन्यो,
?ल काठमाण्डु! काठमाण्डु! साढे ७ को गाडि छुट्नै लाग्यो।?
म हस्याङ् फस्याङ् गर्दै दौडेर गाडिमा हाम्फालेँ। १ घण्टा भे पनि नाफा हुने भो भन्दै म त मख्क परेँ। गाडिभित्र छिरेर यसो यताउता हेरेँ, सिट खालि छ कि भनेर। पाङ्ग्रांमाथिको एउटा सिट खाली देखेँ। म त्यहीँ गएर बसेँ मजाऽले।झ्यालतिर बस्ने मन थियो, ढिलो आउने माझमा सुत्ने भन्या जस्तो के पाइन्थ्यो छेउको सिट त, खासै राम्रि त हैन तर एउटी दिदी बसिसकेकी रहिछन्, के गर्नु साइत पर्या भन्ने कि बिग्र्या भन्ने।
गाडि हुईकिदै गयो, म पनि हुइँकिदे गएँ। के गरौँ, के गरौँ लाग्यो, अनि यसो सम्झ्या त युवाहरुको मासिक खुराक मेरो झोलामा थियो। अघि भर्खर बस पार्कमा बलबान छाप खैनी किन्न जाँदा किनिहाल्या थिएँ। बल्ल पो सम्झना आयो।

 
Posted on 01-29-05 1:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झोलामा यसो छाम्छु त मेरो चस्मा नै छैन। पाकेट मारियो भनम् भने पर्स छ खल्तिमै। के भन्ने उमेर छँदै यी आँखा कमजोर भएर चस्मा लाउन पर्ने मलाई। झोलामा छामेँ, चस्मा सस्मा हात पर्दैन। काईँयो लागाएर भएन।अघि गाडि भेट्न हस्याङ् फस्याङ्ग गर्दै दौडिँदाखेरि खसेछ क्यार!, भनेर मन खिन्न भो। तेइ नी हेरम् अलि अलि ठुल्ठुला अक्षर त देख्छु नि भनेर यसो पठ्दै गर्या त छेउकी दिदीले, "यो चस्मा भाइको हो?" भनेर टिपेर दिइन्। तल झर्या रैछ सिटमुनि झोला छाम्दा छाम्दै।
"धन्यबाद!" भनेर भने, अनि चस्मा लगार युवामञ्चतिर आँखा गाडेँ।
एउटा दुइटा मुक्तकमात्र हरिसक्या के थिएँ
पऽर डाँडाको नाक पुगिएछ, गाडि त रोक्यो। किन रोक्यो डिजेल सिजेल हाल्न खोज्या होला नि भन्या त एक हुल चढे।
एउटी बुढी आमा टिकट हेर्दै हेर्दे मेरो नजिकै आएर,
"२२ लम्बर भन्या थ्यो, बाबु यो लिस्टो हेर्देऊ त कति लम्बर हो मेरो सिठ।" भनिन्। यसो हेर्या त यो त मै बस्या सिट पो परेछ। क्यारम त नि उठ्नै पर्यो, अनि बिस्तारै उठेँ।

 
Posted on 01-29-05 1:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि खलासीलाई बोलाएँ,
"ऐ! दाइ म त टाढा जाने मान्छे सिटै, चाहिन्छ नत्र जान्न है भन्दिया छु।" भन्दिएँ घुर्की लाउनलाई।
"पख्नुस् न भाइ! सिट मिलिहाल्छ नि एकछिन पछि!" भन्यो। अनि झिनो आशा लिएर त्यँही त्यो डण्डीमा अडेस लगार फेरि पढ्दै गरेँ। गाडि फेरि रोक्यो त्यो विजयपुलमा आएर, किन रोक्यो यो खोलाको छेउमा गाडिलाई पानी ख्वाउन लाग्या त हैन भन्या त, हो रे छ। पानीले यता छ्याप्यो, उता छ्याप्यो, धुलो सुलो सप्पै पखालेर अनि हिँडायो। झ्यालको चरबाट तिनै झ्यालतिरकी दिदीलाई पनि पर्यो एक दुई थोपा। बल्ल ठिक भो भने मनमनै।
अनि यसो त्यसो गर्दा गर्दै खैरेनी आयो, है। अघिकी बुढी माऊ त झरिन्। लिस्टो हेर्दाखेरि नै मलाई था लाग्या थियो, त्यसैले त त्यही सिट रुँगेर बस्या नि।
त्यहाँ पनि एक हुल चढे। म बस्न एक मिनेट मात्र ढिला भा भे त सिटै खत्तम हुने नि। म मनमनै रमाउँदै फेरि तेई किताब खोलेर हेर्न थालेँ।
नयाँ हुलमा एउटी बुइनी थीन्, अघि मैले अडेस लगाको डण्डीमा आएर अडेस लगाइन्। लाहुरे अनि एउटी दिदी र बच्चा पनि थिए। सिट बच्चावाला दिदीलाई दिम् कि जस्तो पनि लाग्यो। मनमनै के गर्नु बस्न नलेखेको भनेर उठेँ,
"दिदी यता बस्नुस्!" भन्या त उता पट्टी खलाँसीले सिट मिलाइसकेछ। ठिकै भो भन्दै फेरि बसेँ।

 
Posted on 01-29-05 1:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो बुइनी साह्रै राम्री यार! के भन्ने। सलक्क परेकी, बाटुलो अनूहार, थेप्चि पर्या नाक।। खै के को हो कुन्नि मगमग वासना आयो उसको शरिरबाट।

त्यो लाहुरे दाइले भने कुखुरा हातमा च्याप्या थियो, कहाँ जान लाग्या हो, कुन्नि। गाडि दौडीँदै जाँदा एउटा गहुँ गहुँले भरिएको फाँट हुँदै अगाडि बढ्दै थियो। बाँदरले गहुँ सहुँ मज्जाले खाइराहा भन्या, कस्तो मजासित। अनि त्यो लाहुरे दाइले हेर्दे भन्यो,
?ओ हो! बाँदर रे छ ल! कस्तो ठाऽऽरो भइर उब्बेको २ खुट्टाले", भनेर झ्यालबाट हेर्दै थियो। त्यो बुइनीले पनि हेर्छु भनेर यसो तल निहुरिएर झ्यालतिर हेर्न आँट्या त मेरो टाउकोमा पो स्पर्स दिन्छ बा, उनको वक्षस्थलले।
बुइनी त लाजले भुतुक्कै, म भने खुसिले गदगद! पहिलो अनूभव नि जिन्दगीको अब यस्तो मीठो।

 
Posted on 01-29-05 1:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि एकछिन पछि भिनाजूले पनि सिट पाएछ। बुइनीमात्र उभिराऽऽ र मेरो किताबतिर हेर्दै थी।
मैले पाना फर्काउन लाग्या त "पख्नुस् न!" पो भन्छे।
मैले "हेर्नुहुन्छ? मैले त हेरिसकेँ।" भनेर दी हालेँ त्यो युवामञ्च! बसम् न मिलेर भनेर मैले २ जनाको सिटमा ३ जना बस्न खोजेँ, छेऊकी दिदीले यसो आँखा तर्दै थिइन् तैपनि जसो तसो ३ जना अटियो।
भर्खरको बुइनि नि १६,१७ को काउकुती लाग्दो उमेरकी। हुन त म पनि १८,१९ मात्रै थिऐँ। काठमाण्डुमा यसो क्याम्पस जाने बेलाको कुरा नि।
"बुइनीहरुपनि काठमाण्डु पुग्ने?" भनेर सोध्दिएँ,
"हैन पल्लो खैरेनीमा झर्ने, मनकामना जान हिँड्या के।भिनाजु र दिदीहरु सबै मिलेर।"

मगरको छोरी कस्तो मिठो बोली। अनि सप्पै कुरा गर्दे गर्दै अगाडि बढियो।
अनि गफगाफ हुँदै गयो। उनले कहाँ पढ्नेदेखि लिएर उनको दाइ भाउजू सिन्गापुर दिदी भिनाजु हंगकगंको लाहुरे रे छन् भन्ने कुरासम्म सप्पै था भो।
तर के गर्नु तिनीहरु झर्ने ठाँऊ आइहालेछ पत्तै नपाइकन। म नि काठमाण्डु साठमाण्डु नगइकन मनकामानतिरै पछि लागम् जस्तो भा थ्यो तर क्यार्नु भिनाजु पनि सँगै रेछ र मात्रै हो नत्र जान्या थिएँ पछि लागेर जान्थिएँ मनकामान सम्मै। फर्केर जाम् कि जस्तो पनि लाग्या थ्यो गजुरी आउने बेलासम्म त।

कोठाँ पुगेसी राती पनि रमिताकै यादले सताइरह्यो।

 
Posted on 01-29-05 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dadagiri dai,
tapai ta katha halna khupai sipalu raichha . ajhai katha haldai jaanuhola. hamle pani sundai padhdai jamlini kyare. bhanera bhanda udi
 
Posted on 01-29-05 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kumar jee aagya garnu hunchha...he agasthe muni,
hajar jibra bhayeka sesh naaga le pani narage ko swasthani ko barnan garna baseka dada giri le aafnai magarni ladki ko barnan garna lage....yo ke anartha bhayo....

 
Posted on 01-29-05 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

BIRSYO HAU GHATHE
Last ma Swastani Siddhe pachi bhanne SLOK PLease complete garidinush ta

Upanayatu Mangalam sakala jagat Mangalalayaa,
Shri man din karana blah blah....................
Krishna kale .................. Prithvi sasya salini,
...........................................................
......................................................
Aputra putrina santu................................

Nirdhana ...............................................

Tatraiba Ganga yamuna ........................

 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters