Posted by: Dada_Giri January 29, 2005
Swasthani Brata Kathaa: Part I
Login in to Rate this Post:     0       ?        
अनि खलासीलाई बोलाएँ, "ऐ! दाइ म त टाढा जाने मान्छे सिटै, चाहिन्छ नत्र जान्न है भन्दिया छु।" भन्दिएँ घुर्की लाउनलाई। "पख्नुस् न भाइ! सिट मिलिहाल्छ नि एकछिन पछि!" भन्यो। अनि झिनो आशा लिएर त्यँही त्यो डण्डीमा अडेस लगार फेरि पढ्दै गरेँ। गाडि फेरि रोक्यो त्यो विजयपुलमा आएर, किन रोक्यो यो खोलाको छेउमा गाडिलाई पानी ख्वाउन लाग्या त हैन भन्या त, हो रे छ। पानीले यता छ्याप्यो, उता छ्याप्यो, धुलो सुलो सप्पै पखालेर अनि हिँडायो। झ्यालको चरबाट तिनै झ्यालतिरकी दिदीलाई पनि पर्यो एक दुई थोपा। बल्ल ठिक भो भने मनमनै। अनि यसो त्यसो गर्दा गर्दै खैरेनी आयो, है। अघिकी बुढी माऊ त झरिन्। लिस्टो हेर्दाखेरि नै मलाई था लाग्या थियो, त्यसैले त त्यही सिट रुँगेर बस्या नि। त्यहाँ पनि एक हुल चढे। म बस्न एक मिनेट मात्र ढिला भा भे त सिटै खत्तम हुने नि। म मनमनै रमाउँदै फेरि तेई किताब खोलेर हेर्न थालेँ। नयाँ हुलमा एउटी बुइनी थीन्, अघि मैले अडेस लगाको डण्डीमा आएर अडेस लगाइन्। लाहुरे अनि एउटी दिदी र बच्चा पनि थिए। सिट बच्चावाला दिदीलाई दिम् कि जस्तो पनि लाग्यो। मनमनै के गर्नु बस्न नलेखेको भनेर उठेँ, "दिदी यता बस्नुस्!" भन्या त उता पट्टी खलाँसीले सिट मिलाइसकेछ। ठिकै भो भन्दै फेरि बसेँ।
Read Full Discussion Thread for this article