Posted by: Dada_Giri January 29, 2005
Swasthani Brata Kathaa: Part I
Login in to Rate this Post:     0       ?        
झोलामा यसो छाम्छु त मेरो चस्मा नै छैन। पाकेट मारियो भनम् भने पर्स छ खल्तिमै। के भन्ने उमेर छँदै यी आँखा कमजोर भएर चस्मा लाउन पर्ने मलाई। झोलामा छामेँ, चस्मा सस्मा हात पर्दैन। काईँयो लागाएर भएन।अघि गाडि भेट्न हस्याङ् फस्याङ्ग गर्दै दौडिँदाखेरि खसेछ क्यार!, भनेर मन खिन्न भो। तेइ नी हेरम् अलि अलि ठुल्ठुला अक्षर त देख्छु नि भनेर यसो पठ्दै गर्या त छेउकी दिदीले, "यो चस्मा भाइको हो?" भनेर टिपेर दिइन्। तल झर्या रैछ सिटमुनि झोला छाम्दा छाम्दै। "धन्यबाद!" भनेर भने, अनि चस्मा लगार युवामञ्चतिर आँखा गाडेँ। एउटा दुइटा मुक्तकमात्र हरिसक्या के थिएँ पऽर डाँडाको नाक पुगिएछ, गाडि त रोक्यो। किन रोक्यो डिजेल सिजेल हाल्न खोज्या होला नि भन्या त एक हुल चढे। एउटी बुढी आमा टिकट हेर्दै हेर्दे मेरो नजिकै आएर, "२२ लम्बर भन्या थ्यो, बाबु यो लिस्टो हेर्देऊ त कति लम्बर हो मेरो सिठ।" भनिन्। यसो हेर्या त यो त मै बस्या सिट पो परेछ। क्यारम त नि उठ्नै पर्यो, अनि बिस्तारै उठेँ।
Read Full Discussion Thread for this article