Posted by: Dada_Giri January 29, 2005
Login in to Rate this Post:
0
?
Thanks friends!
त्यसो भे एउटा सानो "जात्रा सस्मरण" छ सुनम् है त।
*** *** ***
८:३० भइसक्या थियो, म तैपनि गाडि पाइन्छ कि भन्ने झिनो आशा लिएर बसपार्क पुगेर यसो रुमल्लिँदै थिएँ । पऽर खालाँसीले भन्यो,
?ल काठमाण्डु! काठमाण्डु! साढे ७ को गाडि छुट्नै लाग्यो।?
म हस्याङ् फस्याङ् गर्दै दौडेर गाडिमा हाम्फालेँ। १ घण्टा भे पनि नाफा हुने भो भन्दै म त मख्क परेँ। गाडिभित्र छिरेर यसो यताउता हेरेँ, सिट खालि छ कि भनेर। पाङ्ग्रांमाथिको एउटा सिट खाली देखेँ। म त्यहीँ गएर बसेँ मजाऽले।झ्यालतिर बस्ने मन थियो, ढिलो आउने माझमा सुत्ने भन्या जस्तो के पाइन्थ्यो छेउको सिट त, खासै राम्रि त हैन तर एउटी दिदी बसिसकेकी रहिछन्, के गर्नु साइत पर्या भन्ने कि बिग्र्या भन्ने।
गाडि हुईकिदै गयो, म पनि हुइँकिदे गएँ। के गरौँ, के गरौँ लाग्यो, अनि यसो सम्झ्या त युवाहरुको मासिक खुराक मेरो झोलामा थियो। अघि भर्खर बस पार्कमा बलबान छाप खैनी किन्न जाँदा किनिहाल्या थिएँ। बल्ल पो सम्झना आयो।