Posted by: Dada_Giri January 29, 2005
Login in to Rate this Post:
0
?
अनि एकछिन पछि भिनाजूले पनि सिट पाएछ। बुइनीमात्र उभिराऽऽ र मेरो किताबतिर हेर्दै थी।
मैले पाना फर्काउन लाग्या त "पख्नुस् न!" पो भन्छे।
मैले "हेर्नुहुन्छ? मैले त हेरिसकेँ।" भनेर दी हालेँ त्यो युवामञ्च! बसम् न मिलेर भनेर मैले २ जनाको सिटमा ३ जना बस्न खोजेँ, छेऊकी दिदीले यसो आँखा तर्दै थिइन् तैपनि जसो तसो ३ जना अटियो।
भर्खरको बुइनि नि १६,१७ को काउकुती लाग्दो उमेरकी। हुन त म पनि १८,१९ मात्रै थिऐँ। काठमाण्डुमा यसो क्याम्पस जाने बेलाको कुरा नि।
"बुइनीहरुपनि काठमाण्डु पुग्ने?" भनेर सोध्दिएँ,
"हैन पल्लो खैरेनीमा झर्ने, मनकामना जान हिँड्या के।भिनाजु र दिदीहरु सबै मिलेर।"
मगरको छोरी कस्तो मिठो बोली। अनि सप्पै कुरा गर्दे गर्दै अगाडि बढियो।
अनि गफगाफ हुँदै गयो। उनले कहाँ पढ्नेदेखि लिएर उनको दाइ भाउजू सिन्गापुर दिदी भिनाजु हंगकगंको लाहुरे रे छन् भन्ने कुरासम्म सप्पै था भो।
तर के गर्नु तिनीहरु झर्ने ठाँऊ आइहालेछ पत्तै नपाइकन। म नि काठमाण्डु साठमाण्डु नगइकन मनकामानतिरै पछि लागम् जस्तो भा थ्यो तर क्यार्नु भिनाजु पनि सँगै रेछ र मात्रै हो नत्र जान्या थिएँ पछि लागेर जान्थिएँ मनकामान सम्मै। फर्केर जाम् कि जस्तो पनि लाग्या थ्यो गजुरी आउने बेलासम्म त।
कोठाँ पुगेसी राती पनि रमिताकै यादले सताइरह्यो।