Posted by: Dada_Giri January 28, 2005
Swasthani Brata Kathaa: Part I
Login in to Rate this Post:     0       ?        
सुपुत्र तिर्थ! हेर तिमी अनपढ छौ, अहिले बजारमा रोगको माहामारी फैलिएको छ, यो रोगबाट सबै बँच्नुपर्छ, यो रोगको औषधी मुलो कहीँका देवताहरुले पनि पत्ता लगाउन सकिरहेका छैनन्। देवताका मात्र के कुरा गर्नु देवताहरुका देवताले पनि पत्ता लगाउन सकिरहेका छैनन्। यो ठुलो सरुवा रोग रहेछ। यसबाट बँच्न देवताहरुलाई पनि कठिन रहेछ। घनाजंगलमा लागेको अग्निजस्तो डर लाग्दो सित सर्ने रहेछ। अब जस्तो हेर न यदि तिमीलाई एडस भन्ने यो ज्यानमारा रोग लाग्यो भने स्वत: तिम्री उनी सकुन्तलीलाई पनि सर्ने रहेछ। अनि सकुन्तलीलाई सर्यो भने त तल्लो घरको कालेलाई पनि सर्ने भइहाल्यो। तल्लो घरको कालेलाई सर्यो भने कालेको स्वास्नीलाई सर्ने र कालेको स्वास्नीबाट तिम्रो भाइ मंगललाई पनि सर्ने भो। अनि तिम्रो भाइ मंगलबाट सवत: मंगलकी उनी सावित्रिलाई सर्ने भो। सावित्रीलाई सर्यो भने माथ्ला घरे डमरलाई पनि सर्ने भो। डमरबाट स्वत: डमरकी प्यारी उनी मकुल्लीलाई सर्ने भो। मकुल्लीलाई सरेपछि त सारा गाँवै स्वाहा हुने भो।
Read Full Discussion Thread for this article