[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५० "स्वर्ण बिशेष" ~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 235677 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-27-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी स्वर्ण महोत्शब~





सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







((((Go chautari Go))))
((((Go chautari Go))))
((((Go chautari Go))))




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!

 
Posted on 04-01-07 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nat machhhhhhhh.......
 
Posted on 04-01-07 7:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुदैछ छ त एता तिर?
 
Posted on 04-01-07 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे ले क्रीकेट मा खोजे छ गोल, अनि भए छ भद्रगोल ।
उहिले हामी टुंडिखेलमा क्रीक्रेट खेल्दा दर्शकहरु स्लिप मा बसेर हेर्थे अनि नमे ले जस्तै सोध्थे, कति गोल भयो भनेर। प्याड् ब्याट् बोकेर घरबाट् निस्कदा "मर्स्या वल मर्स्या वल" भनेर टोलका बुज्रुक् हरुले जिस्काउंदथें। अहिले क्रीक्रेट हरेक् घरको धर्म् भै सकेको छ।
 
Posted on 04-01-07 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो घुम्दै जादा एउटा गित भेटे सारै राम्रो लाग्यो । यता उता परदेशमा छरपस्टिएर चौतारी मा जुट्ने सप्पैका आमा प्रती समर्पित गर्दै यो गित टासे है ?


 
Posted on 04-01-07 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाम्रो त बाजेको पालामा
बाजेले भन्थे नि हेर् केटा

बिहानी दिउसोमा बाख्रामा हेर्
बेलुकी भैँशीको कुँडोमा हेर्

एक्कोरी वर्षमा लागिमा सक्यो
अब त यस्सो घरबार हेर्

जुत्तामा हेर्दामा ठुलोमा हेर्
बुहारी हेर्दामा सानोमा हेर्
... ... ...


जदौ यो बिर्खै जिम्मालको
 
Posted on 04-01-07 11:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीले पचासौँ भागसम्मको यात्रा पार गरेकोमा 'आन्द्रै' देखि बधाइ छ। फलोस, फुलोस, मेरो शुभकामना।

यस विषेश अँकमा सबैले आफ्ना क्रिति राखेको देखेर मलाइ पनि केहि लेख्ने प्रयास गरेको छु।


मध्यरात

कुन्ठित मन बोकेर म सधै हिडिरहन्छु
के बिहान के दिन, सबै एकैनास
मलाइ गुलाबको सौन्दर्यले तान्दैन
गोधुलिको आकाशले सपना देखाउदैन
म त अमानविय मानव
ममा कुनै भावना छैन,
कुनै रोमान्चकता छैन
मेरो हासोमा कुनै अर्थ छैन
मेरो मनमा कुनै दर्द छैन
छ त खोक्रो शरिर मात्र
एकोहोरो आफ्नै तालमा
दमाहा जस्तै बज्रिरहन्छु
तर सहनाइ विनाको दमाहा
ताल न सुर
चर्चको घन्टि जस्तै
कर्कस ढ्याङ्ग्रो हु म त
मिठास बिनाको बोलि
यस्को कुनै अर्थ छैन
यस्को कुनै मर्म छैन
यदि हुँदो हो त ………
किन?
मलाइ कुनै सँगितले छुदैन
मेरा शब्द कुनै कविले लेख्दैन
मेरो भावनाको कुनै छाया हुदैन
मेरो कार्यको कतै कदर हुदैन
हरेक पाइलामा शंका गरिन्छ
मेरो हाँसो बनावटि देखिन्छ

हैन भने कलिलो तामालाई, सोध राम लाई
 
Posted on 04-01-07 11:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) :)
नमस्ते है मेरो हजुर हरुसबैलाई।
यो मर्याच्याँसेलै के भा'को ?!! त्यति राउरो कबिताको इन्डिङ गर्ने तरिका हेरन :)
... माथि पढ्दा कस्तो चित्त दुखाउने जस्तो गरिराथ्यो अन्तिममा पढ्दा त हाँसो पो उठ्यो :D:D :D :D ( चुपोलागेर बस्नै सकिन के )
शुभ-रात्री!!
 
Posted on 04-02-07 12:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो सोमबार बिहान बिहान सबैलाई अभिवादन है । नदेखेकोनि जुगौंभएछ, सपैलाई सन्चै त होला नि
 
Posted on 04-02-07 12:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को धागोमा फरमाइस आको देखेर त्यहाँ यो गीत टाँसेको थिएँ, मनले मान्दै मानेन । लु जा त, याँनि टाँस्देँ ।




झार्नेचैं याँट
 
Posted on 04-02-07 1:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ramchandre bro, ma Jwai! Kaso nachineko
peace minister ramchandre vaeko tapai ta haina hai! euta kura kya!
Good song.

Jai Nepal
 
Posted on 04-02-07 2:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रसँग मिल्ने एउटा गीत सम्झने प्रयास गरेको, फेला परेन। जस्तो सम्झ्यो, उस्तै राखिदिएँ । :-P

"मलाइ कुनै सँगितले छुदैन"
 
Posted on 04-02-07 6:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
good morning bhane hai !
(manmanai-- yo मर्यान्च्यासे ji ta risayidiyeko jasto po lagyo)
 
Posted on 04-02-07 6:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

by the way मर्यान्च्यासे jee hajurko kabita sanga milne yeuta geet chha ni ta

'आगो पिएर बाच्ने विवस मेरो कथा छ
जलेछु भित्र भित्रै मुटुभरि ब्यथा छ ' :P :D ( khai kasle po gayeko ho naamai birse Narendra pyasi(?)..... tha chaina malai ni )
 
Posted on 04-02-07 6:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो सोमबार बिहान बिहान सबैलाई अभिवादन है ।
 
Posted on 04-02-07 7:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु ताआआआआआआआआआआआआ
 
Posted on 04-02-07 7:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु ताआआआआआआआआआआआआ
:-)
 
Posted on 04-02-07 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, सोम बारे जदौ ।

हिजो र अस्ती
खूब गरे छौ मस्ती
आज अड्डा धाउन सास्ती
हो कि होइन ? हो हो । होइन भन्ने को ?
 
Posted on 04-02-07 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन कत्तिका कोशेलीहरु आइसक्या रहेछन्।
चित्रेको प्रेरणाको प्रेरणा र ठुलीको दाजुको सम्झना मात्र पढिसिध्याएँ। चित्रे त good writer भन्ने prove भैसक्या हो तर ठुलीको पहिलो प्रयास पनि बेजोड् छ ठुली। यसरी लेख्दै गर है।

बाँकी झिल्के, रामे, चने, मिस अनि मरन्च्याँसेको रचनाहरु बिस्तारै पढ्नुछ।

मैले पनि एउटा सानो टुक्रा राख्दैछु है त।

--------------------------------------------------

"म जान्छु बैनीलाई स्कुलबाट लिन।" राजु मेरो छिमेकी, मभन्दा ९ महिना मात्र जेठो अनि कदमा मभन्दा होचो भएता पनि आफुलाई निकै ठुलो दाई जस्तो सोच्ने। म २ क्लास मा हुँदा उ ३ मा थियो र उस्को स्कुल र मेरो स्कुल नजिकै हुनाले आफ्नो छुट्टि भएपछि मलाइ लिन आउँथ्यो र हामी सङ्गै घर जान्थेम्।

मैले सानोमा देउता बनाएर पुजा गरेर खेल्दा जम्मा गरेर राखेको एक रुपियाँको नजिकैको हलुवाइको पसलबाट पेडा किनेर देउतालाई चडाउँथे अनि राजुले बैनी पेडा मलाई दिए मात्र भगवान् खुशी हुन्छन् भनेर त्यो पेडा खाइदिन्थ्यो, मलाई राम्रो लाग्थ्यो। सानैदेखि उ अलि बदमाश खाल्को थियो। साइकल सिक्न भनेर अन्कलको पकेटबाट पैसा नथापाउने गरी निकाल्थ्यो। अनि मलाई पनि पालो दिन्थ्यो साइकलमा। स्कुलबाट भागेर कहिले सिनेमा त कहिले यताउति बरालिनु उस्को दिनचर्यामा पर्थे। उ कतिपटक क्लास् पनि चढ्न सकेन र म उ भन्दा माथिल्लो क्लासमा पुगेँ। उ टोलमा बिग्रेको भनेर कहलिएता पनि मेरो घरमा उसलाई कसैले नराम्रो गर्थेनन् र मलाई पनि उसँग खेल्न कसैले रोकेनन्, उसको घरमा मलाई पनि सबैले मन पराउँथे।

मसँग भाँडा-कुटि, गुच्चादेखि लिएर पुतलिको बिहे खेल्दा खेल्दै पछि चुङ्गी, साइकल, भलिबल, ब्याडमिन्टन्, टेबल टेनिस् र हुँदा हुँदा क्रीकेट सम्म खेल्दै हामी सँग सँगै हुर्केका थिएम्।

मैले काठमान्डुमा राजुको घरमा फोन लगाएँ। आन्टिले फोन उठाउनु भयो --

फोन राखेर ममिलाई के भो राजुलाई ममि भनेर सोध्दा ओह् कस्तो भुसुक्कै बिर्सेछु तिमीलाई भन्न ... खै असाध्यै रक्सी खान थाल्या थ्यो के भो के भो ... बिहे गरेर छोरा पनि छ १ बर्षको .. ममिले के के अरु नि भन्दै हुनुहुन्थ्यो मैले थाम्नै सकिन र कोठामा गएर टोलाउन थाले।

"राजु त गयो नि।" मनमा आन्टिका शब्दहरु गुन्जी रहे गुन्जी रहे ..

-------------------------------------------

May raju dai's soul rest in peace.
 
Posted on 04-02-07 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sannani thanks for ur comment. and Sannani sorry to heard about ur raju dai
May raju dai's soul rest in peace.
 
Posted on 04-02-07 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि, सुड्डा, मरनच्यासे, मास्टर्नि नानि, चित्रे, ठुलि, नेप्चे, नमे, रामे, दादा, जमाइ राजा, मानवि सबैलाइ टाढैबाट लम्पसार परेर प्रणाम

---
बिशेस सुत्रबाट थाया पाए अनुसार हाम्री ठुल्नानिलाइ गाना बजानामा ठुलो सोख छ रे त्यहि भयर मैले ठुलिलाइ अतिनै मन पर्ने गित डेडिकेट गर्न मन लाग्यो, मालति कुमारि (Mariha Carey) ले गायको दुइ ज्यान एउटै प्राण (We belong together) मलाइ पनि अतिनै मन पर्छ यो गित--- how is this THULI?

-----------

यो चाहि हाम्रो दादा Buro को लागि


दुइ दिन भेट नहुदा
दुइ दिन भेट नहुदा
डाडा काडा रसायो म रुदा
तोरि हरियो
माया लाउनाले बिच परियो

-------
यामे तिमि पनि जेल पर्न जान लाग्या हो कि क्या हो? ल त यार् तिमि सङ भेट नहुने भो क्या स्याड यार्
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters