nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५० "स्वर्ण बिशेष" ~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 235625 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-27-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी स्वर्ण महोत्शब~





सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







((((Go chautari Go))))
((((Go chautari Go))))
((((Go chautari Go))))




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!

 
Posted on 03-29-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सप्पै गाम्ले हो माथी ग्वाँचैभाइले टाँसेको सप्पै कुरो पढ्न पर्छ है ..:) :)

लौन प्रितिले भुनेओ कुरो मिले जस्तो छ । यतिका हाम्लाइ नदेकेर का'ट त्यो आम्दै नआको यामे लै संझेको होला फिरि ग्वाचेभाइ ले :)
 
Posted on 03-29-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए के हुँदैछ यहाँ? मिस दिदी, सिस्नो टिपेर ल्याउने रे? कहाँ पाइन्छ सिस्नो? :P

ग्वाँचेलाइ आज रौसी लागेछ कि क्या हो? यौटै कुरा तीन तीन पल्ट टाँसेछ। :D

ल तिरू जाम् आज कम्मर मर्काउने ठाममा, सबै गाम्लेहरू जाम् न, स्वर्ण मउसबको उपलक्षमा, अनि कम्मर, हात, खुट्टा, सबै मर्काई मर्काई नाचम्ला, गाउँला, रमाइलो गरम्ला। :)
 
Posted on 03-29-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(मनमनै: लाग्यो जस्तो छ आज त खतरा कडा रैछ।)

सान्ननि लाइ हेलो, थुलिलाइ भैसक्यो, तैपनि फेरि एकचोटि के खायो रे आज?
हरि सोमलाइ ह्यान्ड सेक, मिस दिदिलाइ नमस्ते।
 
Posted on 03-29-07 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाचुराम् के गर्या? उठ्बस् गरेर मात्र हुदैन फेरि अर्को कथा लेख्नु पर्छ जति पल्ट पेस्ट् गर्या छ तेत्ति वटा :D
ओइए सान्नानि तिमि पनि औटा पिल्सिङ् हिल ला'र बिहेभोज खान गएको कथा लेख त :D

लौ लौ चित्रे जाम जाम कम्मर मर्काउन :P
 
Posted on 03-29-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेलाइ नि ह्यान्ड सेक!!
 
Posted on 03-29-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्रोताबृन्द, अब प्रस्तुत छ एउटा गीत, रबिन श्रेष्ठ र शरमीला बर्देवाको स्वरमा। यस गीतका फर्माईस कर्ता चौतारी स्कूल बाट मास्टर्नी दिदी! :-)



कम्पुटराँ झार्ने भए ह्याँटी

अब म चैं ग्वाँचेका कथाहरु पढ्न तिर लाएँ!
 
Posted on 03-29-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

o gwaache malaai chai chhaina :(
 
Posted on 03-29-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अप्रीलको १ गते आउन त अझ दुइ तीन दिन बाँकी छ, ग्वाँचे मोराले म सोझोलाई पाएर आजैदेखी मनाउन थाल्या हो क्या हो जस्तो लायो पहिले त तीनटा कथा देखेर। पछी यसो सोच्या, किरकेटाँ छक्का हान्दा देखा रिप्ले जस्तो होला जस्तो लायो, अनि मैले दोस्रो र तेस्रो त बिस्ताऽऽऽऽरै पढेँ। कथाको त छक्कै हान्या रै'छ। ल सप्पैलाइ ह्याण्डसेक, नमस्ते, जदौ, तारेमाम है आ-आफ्नो ईच्छा र गच्छे अनुसारको!
 
Posted on 03-29-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

titauree timlaai ni HELLO, HOW DO YO DO?
 
Posted on 03-29-07 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यु मा U छुटेछ। हरि आज हालत खराब छ यार, पृथिबि साँचिकै घुमिराछ ।
 
Posted on 03-29-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याम् फ्यान् थ्याङ् कु हाउ डु डु डु ग्वाचु ?
 
Posted on 03-29-07 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है, म त कृक्रेट सँग टास्सिएर बसेको छु । कृक्रेट सकेसी कथा हाल्ने सोच मा छु ।
 
Posted on 03-29-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओर्जिनल देशी माल पर्या जस्तो छ नि ग्वाँचे, तेल्ले त मजाले घुमाउछ पृथिबि। म नि पृथिबि घुमाउन रेडी भ र बस्या छु। साले साउले गुरुको ठाममा राखेर आफैलाई राखेर जोत्या त था पाईहालेउ क्या रे!

यु मा U छुटेछ रे, हँसायो!
 
Posted on 03-29-07 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए इ इ इ इ इ इ इ इ या या ।
बल्ल फुर्सद पाइयो ।
हैन मास्टर्नी दिदीले किन रिस गर्या हो? हामीलाइ त सम्झनै नहुने जस्तो ।
ग्वाचु रामले आजै फ्राइडेमनाको हो कि क्या हो?
जे होस् माल चै असली पर्या जस्तो मनिचु मैले त ।

हिजो अस्ट्रेलियाले जित्यो त । तेसैको झोक चल्या हो कि ग्वाचुरामलाइ ।
आज पनि रमाइलो भै रा राछ किरिकेत त । बल्ल खोल्न पाइयो ।

उपस्थित सबैलाइ गच्छे अनुसारको अभिबादन है ।
 
Posted on 03-29-07 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैको कोसेली देखेर मैले नि मेरो बाल्यकालको अलिक उत्ताउलो उत्ताउलो सम्झना १ घन्टा लाएर सिधै टाइप गरेको, पोस्ट गर्छु भनेको कता गयो कता। :( :( :( :(
वर्डमा टाइप गरेर राख्नु पर्ने रेछ, थुक्क मेरो बुद्दी :-( :-(

ह्वाँ ह्वाँ
 
Posted on 03-29-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मामा फेरि टाईप गर्नु त, पहिलोचोटि एक घन्टा लाग्या भे दोस्रो चोटि आधा घन्टा मात्र लाग्छ रे, मिसले भन्नुभा।
 
Posted on 03-29-07 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasle po patyaauchha :( bhaute taute daa ...khurukka raakhne bhe raakhnu natraaaa........
 
Posted on 03-29-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

या हुईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईइइइइइइइइइ, ब्याक अर्दै गा'को त भेट्टाएँ । :-)
बढी बोलेको भे माफ पाम है, जे सम्झेँ त्यै लेखेँ। :D :D

सप्पैले टाँसेको देखेर मलाई नि मेरो बाल्यकाल याद आयो। अलिक पहिले साझामा के काम पाम , कनिका बुक्याम जस्तो हुँदा खेरि जेपिटी लेखेर टाँसेको, पात्रहरु तिनिहरुनै छन। अलिक उत्ताउलो उत्ताउलो छ, माफ गर्नुहोला।



"बनको बाटो जाम न यार। फडियार (जामुन जस्तै बनमा पाइने फल) पाक्याछ होला, खाँदै जाम्।" भोकले लखटट्टु परेपछि मैले भनेँ। पैले त गोबिन्दे मान्याथेन। सरलेले पनि जाम आज त चाँडै नै छ क्या रे भन्दै मेरो पछि लागी। अनि गोबिन्दे पनि हाम्रै पछि लाग्यो। हामेरु ज्याग्दीखोलाबाट पौडेर फर्किदैथेँम्। अलि माथि पुगे पछि "तिमेरु यै बस है, म एकैछिनमा आम्छु" भन्दै सरले बनतिर पसी। "म पनि आम्छु नि" भन्दै म पनि त्यसको पछि लाग्न खोजेँ।

"कस्तो कुरो नबुझ्ने हो बाई, यो भउतेले त।" सरले अलि सर्माई, मैले नि कुरो बुझेँ, त्यति सारो लाटो त कहाँ हो र म पनि। अनि गोबिन्दे र म त्यसलाई कुरेर बसेम त्यहिँ।

"आब्बुई sss !!! " सरलेले कराsको सुनेम हामेरुले। त्यो बनमा फेरि बाघ हो कि के हो के हो, मेरो मुटुमा ढ्याङ्रो ठोक्न थाल्यो। "के भो सरले?" गोबिन्दे कराम्दै खोल्सा तिर दुगुर्यो। त्यो गोबिन्दे फेरि अलि शूरो छ के, मुर्ख न हो, कहीँ को। अब त्याँ बस्यो भने झन एक्लै भइने, म पनि त्यसकै पछि दुगुरेँ। पारी बन भरी त बाँदरै बादर रेsछ। बाँदर भाsको ठाममा बाघ हुन्न भन्ने थाs थ्यो के मलाई। त्यसैले अलि ढुक्क भो।

*** *** *** *** ***

हामी पुगे पछि त एउटा बाँदर फुत्त माथितिर निस्क्यो। सरले त कपडा समार बसिराsकी, के भुन्नी अब। त्यसलाई त बाँदरले कपाल सपाल भुत्ल्याएछ। अनि गाला तिर नि चाटेछ जस्तो थ्यो, चिसै थ्यो के रे।
"टोक्यो कि के हो सरले तँलाई।" गोबिन्देले सोध्यो।
"टोक्न त टोकेन। हेर्न, मेरो कपाल पनि भुत्ल्यायो। गाला गालामा चाट्दियो। कपडा नि तानेको बाई त्यसले त। तिमेरु नआको भाs त टोक्थ्यो होला बाई।" सरलेले कपडा मिलाम्दै एकैसासमा सबै कुरा सक्काई।
“हे हे हे हे यस्लाई त लाखुले म्वाई खाएछ” गोबिन्देले आँखा खुम्च्याम्दै जिस्क्याको पारामा हाँस्यो। "बढी बढी नबोल है ध्वाँसे" भन्दै नजिकैको दाउरो टिपेर लघार्न थाली। गोबिन्देले सरलेलाई जिस्क्याको मलाई नि कत्ति मन परेको थेsन। मपनि तिनेरु कै पछि पछि दुगुर्न थालेँ। पछाडि फेरि बाँदर थ्यो, के गर्नु अब, फेरि आम्छ कि भुन्ने डर।

*** *** *** *** ***

हामेरु गफ गर्दै हिड्दै थेम। सरलेले बाटोमा झ्याङभित्र पस्दै सालको पात पनि टिप्दै थी। फेरि त्यसका कपडा घरी काँडाले तान्नी, घरी छेस्काले अल्झाउनी। हाम्लाई चैँ त्यसका कपडा फुत्काउँदैको हैरान। फडियारको रुख पनि आयो। ऐले त हामी नै पैला भइएछ जस्तो छ फडियार खान। पाकेर कालै भाsको। तलतिर बाक्लो उनियोको झ्याङ थियो। खोल्सामा भाsको भेsर अँध्यारो अँध्यारो पनि थ्यो।
"म त चढ्न मिल्दैन रुखमा, मलाई पनि टिपेर फाल्दे है भउते।" गोबिन्देले आफ्नो बाध्यता देखायो। त्यसको हातको औँला अगि ढुङ्गाको बीचबीँ‍चमा छिराएर माछा खोज्ने हुँदा खेरि अड्केर छालै गाsको थ्यो के।
"फेदमा त कस्तो सुरिलो रेsछ बाई। म पनि सक्दिन चढ्न। मलाई पनि है।" सरले पनि गोबिन्दे सँगै स्याले-भाका मिलाई।
"ल ल, पैले मलाई चढ्न त देओ।" म त्यहाँ हिरो पल्टिहालेँ। तिनेरुले धकेलेर मलाई चढ्न सहयोग गरे। बल्ल बल्ल चढेँ। फेदमा हो अलि दु:ख। माथि तिर त हाँगै हाँगा छ, क्यै छैन।

*** *** *** *** ***

म त्यहाँ सर्वे सर्वा भैसक्याथेँ। मेरो घमण्डको पारो पनि चढ्न थालिहाल्यो। मैले पाकेका पाकेका खाँदै तिनेरु लाई जिस्काम्दै गर्न थालेँ। तिनेरु घुटु घुटु थुक निल्दै बस्न थाले।
"ओई ! भउते, हाम्लाई पनि दे न यार।" गोबिन्दे अलि रिसाको रिसाको पारामा भन्यो। म झन मच्चिदै तिनेरुलाई जिस्क्याउँदै खान थालेँ। गोबिन्देले त मलाई झटारोले हान्ला झैँ गर्न थाल्यो।
"खोइ, छाड् गोबिन्दे, म पनि चड्छु, मलाई धकेल्दे त।" सरले पनि कस्सिन थाली।
"सक्दिन..........। माथि गेsसि तँ पनि त्यै भउते जस्तै त होला नि। कम्तिकि छस् तँ पनि!" गोबिन्देले हात पट्याएर बस्यो।
"राम राम् ल, तँलाई पनि दिन्छु। आधा आधा ल।" त्यसो भने पछि त्यसले मान्यो र सरलेलाई पनि धकेल्दियो। "ए राम !, ही ही ही !" गोबिन्दे एक्कासी मुर्छा परि परि हाँस्न थाल्यो, के भेs छ, कुन्नि।
"ए बाई! यो गोबिन्दे त, कस्तो हो।" भन्दै सरलेले फराक समाउनि भाsकि त चिप्लेर झ्वाम्मै उन्यो को झ्याङमा खसी नि केटी त।
बल्ल बल्ल तानेर निकालेम त्यसलाई।

***** ***** ***** ***** *****

पानी पर्न लागेर उता फेरि अँध्यारो भैसक्याथ्यो। दिन त त्यति सारो गाsको थेsन। "जाम् यार अब, असिना-पानी पर्ला जस्तो छ।" सरलेले भन्दा नभन्दै ह्वार्र पानी पर्न थालिहाल्यो।
"ए छिटो हिनोs बाई।" उ त्याँ माथि एउटा ओडार छ त्यै ओत्तिम, जाम्।" सरले अगि अगि लागी।
हामेरु ओडार सम्म पुग्दा पानीले निथ्रुक्क भैसक्याथेम। धन्न असिना भने परेन, पैले अलि अलि पर्ला जस्तो गर्याथ्यो। बरु हावा चलेर हिड्नै नसकिने नि। फेरि त्यो सरलेको फराक उडाम्दो रेsछ, समाम्दैको हैरान त्यसलाई।

*** *** *** *** ***

सरले अघि अघि थी, त्यसैले त्यो पैला ओडारमा पसी, अनि म, त्यस पछि गोबिन्दे। ओडार सानो थ्यो। घरि घरि बाछिटा गोबिन्देको खुट्टामा पर्दोरेsछ। त्यसले हामेरुलाई झन थिच्नी, भित्र तिर। "नमिच न भउते, मलाई त सासै फेर्न गारो भो।" भन्दै कराम्ने त्यो सरले फेरि। त्यसले फेरेको सास मलाई, मैले फेरेको सास त्यसलाई, के भन्नी अब। त्यसको मुटु त फट फट गरेको सजिलै थाहा हुनी नि मलाई।
"उफ्, मलाई त गर्मी भो यार।" मैले यसो घुम्न खोजेँ। फेरि म घुम्दा उता गोबिन्दे बाहिर धकेलिँदो रेsछ, मलाई घुम्नै देsन त्यसले।
"कति चलेको भउते, तिमी त।" सरले उल्टै गाली गर्छे। आफ्नो समस्या कसले बुझ्नी !

:-)
-भउते
 
Posted on 03-29-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते गुरु को कथा बुझेको भए मरिजाम । अलि खुलस्त भन्, के भन्न खोज्या हो ।
 
Posted on 03-29-07 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D:D:D ...aiyaa aiyaa hasdaa haasdaa mukhai chyaatiyo ...
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters