[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५० "स्वर्ण बिशेष" ~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 234583 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-27-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी स्वर्ण महोत्शब~





सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







((((Go chautari Go))))
((((Go chautari Go))))
((((Go chautari Go))))




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!

 
Posted on 04-05-07 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

raahul daai mero aakhaa rasaaera aayo. rahul dai ma mech maa paleti kasera baseraa chu pls aru ke ke bho lekhnus na. hajur ko balyaakaal je bhaena tapaai le sahaas garer yo thaam samma aaepugnu bho. rahul dai i m so proud of u daai.
 
Posted on 04-05-07 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुँक्क सुँक्क

लौ सुन म भन्छु, मेरो दु:ख को कहाँनी ।
Dui din ko ghaam sayau din ko pani

थप कहानिको आशमा ।
Jai Nepal
 
Posted on 04-05-07 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो स्वर्ण जयन्तिले त सबैका अतित् बल्झाइदिए। सबलाई फेरी एकपल्ट भुरा-भुरी बनाईदिए।

सबले एक से एक लेखेका छन्। कोई भन्दा कोई कम छैनन्। धन्य चौतारी गाम्लेहरु !!!

सबै पढिसकेपछि त मलाई अनौठो "फीलिङ्" पो आयो। लाग्छ सबै गाम्लेहरुसङं मेरो धेरै अगाडि देखिन्, भन्नाले बाल्यकाल देखिन् को चिनापर्छि छ, सबैलाई म राम्ररि चिन्दछु।

लौ जावस् अरु अरु पनि सुनौला अतितका कथा ब्यथाहरु।
 
Posted on 04-05-07 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते छ है सप्पैलाई। कथा पढ्न मज्जा आइरा'को छ। लेख्ने सप्पैलाई धन्यबाद।
चनाको दाउ सुस्त सुस्त प्रतिमा तिरै छ जस्तो छ। :P गजब छ लेख्दै जाम।

तितौरीको चटपटे अनुभवले म खुतुतुतुतुतु हासेँ। मुन्छे त सानै देखि बिछट्टै की रै'छौ नि नानी तिमी। :-)

..........म चाइ ummmm... म चाइ खै के भनुम्..... त्यति बेला त समिधा लाइ मार्दिम् जस्तो भा थियो..........

झन्डै मारिनछौ, नत्र अहिले जेलमा परेकी हुन्थ्यौ। अनि मुइले कस्लाई नक्कली-बुइनी भनेर बोलाउने नि। कस्तो मीठो गरेर लेखेकी कालीले। प्याट्ट गालामा पिट्दिम जस्तो भो। :-)

राहुल-दा, कस्तो रुन मन लाग्ने गरी लेखेको। :-( :-( यस्तै हो दा' त्यसै भनिएको हैन,

दु:खीको घरमा मात्र तेरो बास हुने भए
हे ईश्वर दया राखी मलाई अझ दु:ख दे।


:-)
भउते
 
Posted on 04-05-07 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Omg it's Bhaute!! Howdy howdy!! How's life guru? :D
 
Posted on 04-05-07 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

whats up everybody
नमस्ते छ है सप्पैलाई।
 
Posted on 04-05-07 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भउते गुरु,
दु:खीको घरमा मात्र तेरो बास हुने भए
हे ईश्वर दया राखी मलाई अझ दु:ख दे।

त्यहि भएर होला अझै दु:खका दिन् अनि रातहरु साथै छन्। अब त दु:खनै साथि, दु:ख नै आफन्त, दुख नै नियति भैसक्यो।

ठुली, दु:ख त बल्ल सुरु भयो, यो भन्दा गहिरो दुख को पहिरो जान बाकि नै छ, सम्भवत भोलि बिहानसम्ममा अर्को भाग राख्ने छु। हिजो का दिनहरु संझिदा अहिले पनि आँखा सजल छन्। लेख्ने हिम्मत जुटाउन पनि गाह्रो छ। कसरि सहें होला ती पीडाहरु जस्तो लाग्छ र त्यहि दुखै दुख सहेर होला, आज का दुखहरु सहज हुन थालेको छ। सहने बानी बसिसकेको छ। नारायण् दाइ को गीत याद् आउंछ।

केहि चोट् ले ज्ञानी हुन्छ,
धेरै चोट् ले बानी हुन्छ।

ज्वाई साप, सहि कुरो हो।
लौ सुन म भन्छु, मेरो दु:ख को कहाँनी
त्यो एक दिन को घाम सयौं दिन को पानी।

चना जी, दु:ख हरु सबै का हुन्छन । तर खेल्ने हास्ने दिन हरु रोएर बिताएं ।साँच्चै भनुं भने बाल्यकाल भनेको मैले देख्नै पाइन । होस् सम्हाले देखि भात जोरेर बसेको छु, अहिले पनि भात जोडन ब्यस्त छु । त्यो कथा पनि लेख्ने नै छु ।
 
Posted on 04-05-07 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफूले त डरम नि ल्याईन, ठुल्बुईनीसंगै सेर गरम कि के हो? वास्तविक घटना मै आधारित हो त, राहुले माथीको कथा?

बिरामी बिदा नि मनाईयो ऐया र आथु गर्दै तीन दिन। भउतेलाई मुरी मुरी धन्नेवाद के रे नयाँ कुरो सिकाईदेकोमा -- बेलुकी भरी पुराना नेपाली गीतहरु कमपुट्राँ सार्दै बसेम्।

भोली नि कामाँ गईन भुने त पर्सि हात मुख जोड्नै मुस्किल होला, पेट पाल्नै परो, जहानलाई हेर्नै परो। कन्चेटाँ चिसो पट्टि बाँधेर भए नि काम जाने सुर छ के रे भोली त।

सबैलाई परणाम्!
 
Posted on 04-06-07 2:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आधाराताँ ठुल्दाइको कथा पढन थालियो, सारै रुनै मनलाग्ने गरी लेख्नुभा रै'छ। अब सक्दो चाँडो अर्को भाग राखनु होला। नारायण दाइको मलाई मन पर्ने गीतको कुरो नि निस्क्या रच(हुन त सप्पै गीत मन पर्छ), तेई गीत ह्याँ टाँस्दैछु।

केही चोटले ज्ञानी हुन्छ, धेरै चोटले बानी हुन्छ,
मेरो मन भाँच या साँच, मलाई अब जे गरे हुन्छ,



कम्पुटराँ झार्नेभा ह्याँटी
 
Posted on 04-06-07 5:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाला त एस्उल्सी लाएछ क्यारे ।

 
Posted on 04-06-07 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु ताआआआआआआआआआआअ
 
Posted on 04-06-07 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, ठुली, नमे, हरि आदी इत्यादी ।
ठुली कति वटा हाल्टीन भरियो ? मेरो त आँखा बाट जमुना र गंगा नै बग्छ, नरायण दाइ को गीत जस्तै ।
 
Posted on 04-06-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सप्पैलाइ ! मन्तयेक ला?

आज त सुउरवार लाओ जस्स छ । सुनसान छ । पुरानो जिगरीदोस्त हाउँरो गामतिर घुम्न आम्नि रे, तेसैले भरे भ्याउन्न होला, मेरो भागको कथा टाँसेर गइहाल्न परो भनेर आएँ है म हतार हतार ।

अँ साँच्चि देसिगाम्तिरका गाम्लेहरु को को हुन रे? एउपल्ट थुलिले "म त दिसिगाम्तिर बस्छु " भनेजस्स लाओथो के रे । हाउँरो दोस्त नि त्यतैतिर आम्नि रे, खोज्न जान पर्या छ बयलगाडा लेर । बाटाआ मै हराम्ने पो हो कि ?

लु आजआ भागको कथा ह्याँटि मुन्तिर । गाम्लेहरको प्रतिक्रिया के हुने हो कुन्नि ?


भाग - ५
---------------

ए-सेक्सनको फर्स्टगर्ल चमेलि साह्रै मिलनसार, सेकेन्डब्वाइ कमल सँधै हास्ने, थर्डब्वाइ अमर चटपटे चञ्चल, फोर्थब्वाइ गगन साह्रै नरम लगायत प्रदिप, रमेश, उत्तम, चरण, सबिन, ज्ञानु आदि सित चनाको राम्रो दोस्ति बन्यो । प्रतिमा सितको पुरानो दोस्ति राम्रो नै थियो अनिता, सुजना, चन्द्रदेवि, गायत्रि पनि राम्रा साथि नै बने । यो समयमा शायद चनाले सबभन्दा सिर्जनशील साथिहरु पाए । बिद्यार्थिहरु आफै मिलेर स्कुलमा फूलबारी बनाउने, सरसफाइको समान, पानीखाने गाग्री-आंखोरा, नक्साहरु र अन्य प्रयोगात्मक सामानहरुको ब्यबस्था गर्ने, ब्याबसायिक कक्षामा सिकेर बनाएको सामानहरुको प्रदर्शन गर्ने, पालो पालो गर्दै फूलबारीमा गोडमेल, पानीहाल्ने र बोटबिरुवा सुरक्षा गर्ने, कोठामा पानील्याउने, कक्षाकोठा हरेक दिन सफा गर्ने, जानेको बिषयमा आफ्नै कक्षाका साथिहरुलाइ पढाउने, हाते पत्रिका, भित्ते पत्रिकाहरु चलाउने आदि यावत कार्यहरु गरे । चन्दा उठाउने मात्र होइन, कहिलेकाहि साथिहरु मिलेर टिफिन ब्रेकमा बरफ, सोडा बेचेर पैसाकमाउने र त्यो पैसाले कक्षा सजाउन नक्शाहरु, बढार्ने कुचोहरु, बेञ्च पुछ्ने टालोहरु, पानी राख्ने माटाको गाग्री, इनारबाट पानी तान्ने लाखी (लामो डोरी), चोटपटक लागेमा चाहिने प्राथमिक उपचारको सामानहरु आदिको ब्यवस्था गर्ने गरिन्थ्यो । जात्रा मेलाहरुमा रेडक्रस क्याम्प हालेर परोपकार गर्ने काममा पनि सक्रिय रह्यो । काम गर्न पालो छुट्याउने, अल्छि गर्नेलाइ जरिवाना तिराउने जस्ता नियमहरु बनाउन चना सक्रिय हुन्थ्यो । यस्ता कामहरुमा विवाद मनमुटाव हुन्थे नै, तर पनि सवै समस्याहरु मिलेर समाधान गर्थे चना र उनका साथिहरु । चना अघि सरेपछि "नाई" कसैले नभन्ने र जे काममा पनि सबैको सहयोग पाउँथ्यो । स्कुलको वातावरण नै धेरै फरक बनेको थियो यस्ता कार्यहरुले गर्दा । सम्पूर्ण स्कुलभरी चना उदाहरणीय बन्न थालेको थियो । यस्तो कार्यको देखासिकि गर्दै अन्य कक्षाहरुमा पनि बिभिन्नक्रियाकलापहरु हुनथालेको थियो ।

अर्धवार्षिक परिक्षासम्ममा चनाले निकै प्रगति गर्यो, सबैसित मित्रता, जाँचमा सबै बिषयमा कि पहिला कि दोस्रा, सबै क्रियाकलापमा सक्रिय तथा अहम नेतृत्त्व । बोलिचालीमा कमजोरी भए नि नेवारी राम्रै बुझ्ने भैसकेको थियो । स्कुलमा हुने धेरै अतिरिक्त क्रियाकलापहरुका कारण लभर सभर का कुराहरु पनि गौण बन्दै गएको थियो । परपरपरपर बोलिरहने सुजनालाइ कहिलेकाहि कसैकसैले जिस्काउथे "तेरो र चनाको जोडि मिल्छ" भनेर । "नकरा है तिमारु, मार्दिन्छु म" भनेर जंङ्गिन्थि सुजना तर अनुहार भने खुशीले चम्किन्थ्यो उनको त्यो बेला । यसरी जिस्काउनुको कारण भने गोलाप्रथा थियो । कक्षामा सरसफाइ गर्ने काम बिभाजन गर्दा दुइ जना केटा दुइ जना केटी मिलेर (४ - ४ जनाको ग्रुप) गर्ने भनेर नियम बनाइएको थियो । एउटा गोप (सानोखालको माटोको भाँडो)मा केटाहरुको नाम, अर्कोमा केटीहरुको नाम लेखेको कागजको टुक्रा हाल्ने र पालैपालो थुत्ने - यसो गरेर ग्रुप ग्रुप बनाउँदै कामको जिम्मा दिने गरिन्थ्यो । हरेक दुइहप्तामा एकपल्ट गोलाप्रथाले ग्रुप छान्ने गर्दाखेरी लगातार झण्डै ३ महिनासम्म सुजना र चना एउटै ग्रुपमा परे । एउटै ग्रुपमा परेको परेइ हुँदा नजीक हुने र बढी आत्मीय हुनु स्वभाविक नै थियो, र जिस्किन चाहनेहरुको लागी मसला पनि । तर त्यस्तो जिस्काइको खासै महत्त्व हुन छाडेको थियो । के केटा, के केटी सबैसित मित्रता र घरसम्मैको आवतजावत, र बसिबसाउले "फलानाको फलाना लभर" भन्ने जस्ता कुराहरु नै हरायो । लभको कुरा सिरियस भएर गर्ने र अप्ठ्यारो पर्ने गरी जिस्किने जिस्काउन अघि सर्नेहरु हाँसको बीचमा बकुल्ला जस्ता हुन्थे ।

यसै बीचमा स्कुलले २५०% फी बढाउने निर्णय गर्यो । त्यहि बर्ष स्वबियु पनि खारेजिमा पर्यो । जसको प्रतिक्रियास्वरुप स्कुलमा हडताल भयो । हडतालको शुरुवाति दिनमा त्यत्रो मेहनत गरी हुर्काएको फूलबारीका फूलहरु मुर्झाउन थाले । जुलुस हुँदा त झन बिरुवा नै सपै कुल्चेर नाश भए । बरिपरी तीनकुने इट्टा गाडेर बडो मेहनतसाथ चनाको नेतृत्त्वमा बनाइएको त्यो सुन्दर बगैचाका इट्टाहरु पुलिस हस्तक्षेपको प्रतिकार गर्दा उखेलिए । त्यहाँको इट्टा उखेल्दै फोड्दै पुलिसलाइ हान्दै । त्यसमाथि "थ्व जान्न्य मचा चना" ले गर्दा स्कुलभित्र इट्टा थुप्रिएको र पुलिसलाइ इटाले हानेकोले तोडफोड धेरै भएको जस्ता कुरा गरेर हेडसरले चनालाइ "भिलेन" झै पो चित्रित गरे । प्रशासनका चम्चा बिद्यार्थिहरु (मण्डले भन्थे तीनलाइ, तर किन मण्डले भनेको भनेर चनाले बुझेको थिएन) ले कक्षाकक्षामा गएर गाग्रो फुटाउने, नक्सा र पत्रिकाहरु च्यात्ने, कक्षाभित्र पोखिएको पानि बाहिर पठाउनलाइ बनाएको "धम्प्वा:" भत्काउने जस्तो काम गरे । सबै चीज नाश भएको देख्ता चनाको मन अमिलियो तर पनि राम्रा साथिहरुको साथ पाए त्यो कुरो केहि होइन भन्ने सोचेर हड्ताल सफल पार्न लाग्यो चना पनि ।

नारा जुलुस स-साना भाषण गर्ने ठाउँमा भाग लिनु, श्रोता बन्नु, ताली ठोक्नु, पर्चा पम्प्लेट लेख्नु र टाँस्नको लागि माड पकाउनु, स्कुलको भित्तामा पम्पलेट टाँस्न जानु - यस्तै थियो चनाले सहयोग गरेको कामहरु । प्रशासन, पुलिस र हेडसरको कार्टुन पनि बनायो त्यो बेला । पुलिस दमन भएपछि हड्तालको मागहरु थपिदै थपिदै गएर लिस्ट पनि लामो हुदै गयो । हडतालमा लागेका सबै बिद्यार्थिलाइ रेस्टिकेट गर्ने भनेर धम्कायो पनि । तर कसैलाइ रेस्टिकेट गर्यो भने ४ देखि १० कक्षासम्मकै रोलनं १ देखि ५० सम्मको सपैलाइ रेस्टिकेट गर नभए सपैले स्कुल छोड्ने धम्कि दियो । झण्डै एकमहिना पछि बल्लबल्ल जिल्ला शिक्षा अधिकारी, अभिभावकहरु, संचालक समिति र अन्य गन्यमान्यहरुको सक्रियतामा बिद्यार्थिहरुसित वार्ता हुने भयो । स्वबियु खारेज भएकोले नेता को हो भन्ने थिएन पोहोरको स्वबियु प्रतिनिधि गगन साह्रै नरम बोल्ने हुनाले वार्तामा बस्नलाइ हुँदैन भन्यो । वार्ता कमिटिमा आफ्नो कक्षाको प्रतिनिधि बन्न सबैले चनालाइ नै अगाडि सार्यो । वार्तामा के कुरा गर्ने, कसरी गर्ने, प्रशासनका तर्कको प्रतिकार कसरी गर्ने, हाम्रा मागहरुलाइ कसरी सशक्त रुपमा राख्ने जस्ता सवालहरुमा करीब ३ दिन प्रशिक्षण पायो चना समेत रहेको वार्ता कमिटिले - प्रशिक्षण दिने सिनियरहरु को को थिए चनाले चिनेन, चनाले कहिल्यै नदेखेका मान्छेहरु प्रशिक्षण दिन आएका थिए । तर त्यो प्रशिक्षणबाट चनाले "शिक्षा हाम्रो अधिकार हो ।" लगायतका थुप्रै कुराहरु सिक्यो । प्रशिक्षणहलबाट धारिलो तरवार झै बनेर आयो चना पनि वार्ता गर्न तम्तयार हुँदै ।


*******************************************************************************************
 
Posted on 04-06-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सुन म भन्छु, मेरो दु:ख को कहाँनी ।

"पिताजी को सुनको तक्मा" -भाग २

अब एउटै मात्र उपाय बाकि रह्यो, भोकै मर्ने वा पिताजी गौरब त्यो "सुनको तक्मा" बेच्ने। तक्मा बेच्ने निर्णयमा पुग्यौं। पिताजीलाई एक बचन् त सोध्नै पर्‍यो। त्यो दिन् म र दाइ दुबै जना अस्पताल् पुग्यौं र तक्मा बेच्ने अनुमती माग्यौं। बोल्न न सक्ने पिताजी ले आँखाले इशारा गरेर बेच के भन्नु भयो, पिताजी को आँखा बाट् बलिन्द्र अश्रुधारा बगेको बगेइ भए।




पिताजी को आँखाले अब्यक्त बाध्यता र पीडा छछल्किरहेको स्पष्ट देखिन्थ्यो । अस्पताल मा सङै रहेका हामी सबै पिताजी सँग सँगै रोयौं । मानौं कि कलेजी कि टुक्रा काटेर बेच्न लग्दै छुं । स्तब्ध रह्यो केहि क्षण । किंकर्तब्यबिमूढ् भयौं।
दाइ ले त्यो "सुनको तक्मा" बेच्ने जिम्मा मलाइ लगाउनु भयो। अब १०- ११ बर्षको केटोले बेच्ने गए चोरेर ल्याएको भन्दै प्रहरि को जिम्मा लगाउन बेर् थिएन। बडा अप्ठ्यारो भयो के गरम् , कसो गरम् भो। एक् त बेच्ने मन पनि थिएन।
सांझ पख भिनाजु पर्ने भलादमि लाई अनुरोध गरें, साथ आइ दिनु पर्यो भनेर। अनि दोसल्ला र तक्मा दुबै बोकेर भारि मन ले दैलो काँटे। लाग्यो, म एउटा अक्षम्य अपराध गर्न गै रहेछु। अरु कुनै उपाय हुन्छ कि भनेर मथिंगल्
घुमाएं, के निस्कनु ५-६ किलास् को दिमाग मा ।

दोसल्ला लाई झोछें स्थित एउटा कश्मिरी को पसल मा बेचियो, रु२०० मा । अनि तक्मा लिएर सुनचाँदी पसल धांउदै गएं । त्यती बेला अहिले जस्तो गल्ली सडक पिच्छे कहाँ सुन चाँदी को पसल हुन्थ्यो र? न्यू रोड गेट निर २-४ पसल थिए । एउटा पसल् मा सोधियो, चाँदि को मोल् मा किन्छु भन्यो, बेचिएन। अर्को पसल् मा पनि त्यस्तै जवाफ् आयो। अन्त मा न्यू रोड् गेट् को गुंदपाक् पसल् निर् को बाँडा को पसल्( जो अद्यापि छंदै छ।) ले सुन को केहि मुल्य थप्ने गरि मुल्य दियो। हुन त त्यो अमुल्य वस्तुको जति मोल थपे नि के हुन्थ्यो र? जम्मा जम्मि रु ४५० जति हात लाग्यो। आँसु लाई लुकाएर पैसा गनें, पैसा पाएर रोएका दुर्लभ् घट्ना थिए। एक् मन लाग्यो, बुबाको केहि ओखति र हामी ४-५ जना को पेटमा माड् लाग्ने भो।

घर पुगी, पाएको रुपैया दाइ को हात् मा राखिदिएं। दाइ ले केहि भन्नु भएन तर उनको अनुहारमा पीडा र ग्लानी टल्किरहेको थ्यो। बेलुकि को खाना खाइ सुत्न पल्टें। निद्रा लागेन। मन मा अनेक् तर्कना खेल्न थाले। कस्तो दिन देख्न् पर्यो हामी ले। भगवान संझे। यस्तो लाग्यो, भगवान् नै छैन कि, सब मिथ्या हो। मेरो बाबा ले कहिलेइ कसैको कुभलि चिताएको थिएन। भाइ बहिनिहरुलाइ दु:ख हुन्छ भनेर अथाह सम्पति भएको अंश त्याग्नु भयो। जब पसिना बगाउन थाल्नु भयो तब हात खुट्टा न चल्ने बनाइ दियो। भगवान् ले यस्तो काम गर्दै गर्दैन, यो त शैतान क् काम हो। अनि यस्तो इज्जतका साथ, जिन्दगि भरि समाज को सेवा गरेर अर्जेको "तक्मा" यहि अपजसि हातले बेच्नु पर्यो। आफैलाई धिकारि रहें धेरै बेर।
सोचिरहें धेरै बेर। र कसम् खाएं"पिताजी को १ सुनको तक्मा को बद्लामा १० ओटा सुन को तक्मा म फर्काउंछु"।


दिन हरु बित्दै गए। बुबा को स्वास्थमा केहि त सुधार् हुंदै आए तर उल्लेख्य केहि प्रगति देखिएको थिएन। हाल का प्रसिद्ध सर्जन डा दिनेश् नाथ् गंगोल त्यति बेला बीरस्पतालका हर्ता कर्ता थिए। साह्रै छुच्चो मिजासका डाक्टर् साहेबले मेडिकल साइन्स् को सिध्दान्त बिपरीत " तपाई हरुलाई धर्म र तान्त्रीक को बिस्वास् छ भने, त्यस्को उपचार् पनि गरे हुन्छ, तान्त्रीकलाई यहि बोलाए मेरो आपत्ति छैन" भनेर भने। त्यस पछि औषधि बिज्ञान का साथ साथै एक जना तान्त्रीक गुरुजु लाई पनि हात जोरियो। उपचार् चल्दैथ्यो, प्रगति कछुवा चालमा सकरात्मक नै थ्यो। अब आयो फेरि चुल्हो बाल्ने कुरो मा बाधा ब्यबधान। खर्च रित्ति सक्यो। दाल् चामल् सकियो। स्वाभिमानी पिताका सन्तान् न ठहरियौं, कसै सित हात फैलाउने कुरा सोचेनौ। बडो कठिन मोड् मा फेरि एक् पटक् अड्कियौं, कर्णको रथ झैं , बीच् मैदानमा। एक मन लागेको थियो, अब स्कूल जान छोडेर कतै घरेलु नोकर को काम् भए नि गर्नु पर्ला। गुथीका काजी का सन्तानहरुलाइ कस्ले देला काम्? काठ्माडौं का रैथाने परिवार् का सन्ततिलाई परेको यो दु:खको कहानी पत्याउने कस्ले? समस्या ज्युंकात्युं रह्यो।
दाजु भाइ को सल्लाह् भो। अब आफ्नो हातमा जे सीप छ् त्यहि गर्ने, भात त खानै पर्यो। अलि अलि सानै मा बुबा र काकाहरु को घरेलु काम ( सुनचाँदिको गरगहना तथा भाँडा वर्तन् बनाउने) मा सघाएकै हुनाले। चांदिका औंठी र लकेट बनाउने र बेच्ने निधोमा पुग्यौं।
स्कूल अब जान्न भनेर काम् गर्न थालें। २-३ दिन पछि दाइ ले तं स्कूल् जा, दिन भरि काम् पनि छैन, फेरि मलाई अस्पताल जानु नै छ भनेर भन्नु भयो। ३ दिन पछि फेरि स्कूल् गएं।

केहि औंठी तयार् भो जसो तसो। बेच्ने समस्या पर्यो। मैले हिम्मत गरें। त्यतिबेला, मरुहिटि हिप्पी ट्युरिष्टहरु को केन्द्र थियो। झोंछें पनि झिलिमिलि हुंदैथ्यो। एउटा कट्टु र मैलो गंजी लगाएर औंठि बेच्न निस्कें। ६ किलास् पढ्ने फुच्चे राहुलेलाई कस्ले बिश्वास गर्ने? चोरेर बेच्न आएको भनेर् धेरैले गाली गरे, खेदे। तै पनि हरेश खाइन। बाध्यता थियो, मैले बेचेर पैसा लगिन भने चुलो बल्दैन। जसरि नि बेच्नु छ। धेरै क्युरियो पसल चहारे पछि एउटा पसले ले किने र अझ राम्रो राम्रो डिजाइन को बनाउने सुझव दिए। ढुँगा खोज्दा देउटा भेटिइयो। निकै हर्षल् बोभोर् हुंदै चामल दाल् तरकारि किनेर घर् गएं। क्रमश:

 
Posted on 04-06-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरीको अनुभव पनि पढियो, ग्वाँचेको कथा नि पढियो, सान्नानीको दोस्तको बारेमा नि पढियो, मिसको दोस्तको बारेमा पनि पढियो। धन्य भइयो। थुलीको बाल्यकालको कहानी पनि पढियो। राहुलदाइको कथा चैं आधा मात्तै पढियो।

सप्प्प्पैलाई सधन्यवाद!

खै अरु त केही गफ सुन्न पा' पनि छैन। कोही गफ त सुनेर पनि बुझ्या कै छैन। कोही छ कि मलाई बुझाउने?

थुली, तिमीहरुको याद बल्ल आएको हैन, पहिले देखि नै हो। यतिन्जेल चुप बसेको आउन नपा'र नि हो; गफ नबुझेर के बोलौं के भ'र नि हो।

बरु पुन्टेदाइलाई आजकाल आक्कल झुक्कल देखिराखिन्छ। नयाँ मन्त्रीमण्डल बन्या भ'र फुर्सद मिल्या (मिला) हो कि? :) चित्रे बज्जिया कता लागो ?

अन्त्यमा, गितार छ भने आज यो गीत गाउनुहोस्

G------------------Am---C----------D---------------G
कान्छीको अल्लारे जोवन जोवन मखमली फूल फुले झैं
G-----------------Am--D------------------G
म त यहाँ पागल भएछु म त यहाँ पागल भएछु
G------------------Am---C----------D---------------G
कान्छीको अल्लारे जोवन जोवन मखमली फूल फुले झैं

G---------D----------G------------------
उकालीमा जाँदा जाँदा खुट्टा मेरो काट्यो - २
G-----------Am-------D-----------------G
यति राम्री पातलीलाई लैजाऊँ लैजाऊँ लाग्यो
G----------------------Am-----C------D----------------G
तिमिसित रुमाल भए कान्छी कान्छी बाँधिदेऊ न मेरो घाउमा - २
G------------------Am---C----------D---------------G
कान्छीको अल्लारे जोवन जोवन मखमली फूल फुले झैं

G---------D-----------G------------------
देउरालीमा जाँदा जाँदा जुत्ता मेरो फाट्यो - २
G-----------Am-------D-----------------G
यति राम्री तरुनीलाई लैजाऊँ लैजाऊँ लाग्यो
G------------------Am-----C----D----------------G
मसित जाने भए कान्छी कान्छी डाँडापारी मेरो घर छ - २
G------------------Am---C----------D---------------G
कान्छीको अल्लारे जोवन जोवन मखमली फूल फुले झैं

अस्तु:॥
 
Posted on 04-06-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा सीपका नमुनाहरु-

 
Posted on 04-06-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चतुरे (त्यो मोरो चना तरकारीको मैले जानेको नाम यहि हो ल जा!), रामे र राहु बूडाका कथा साह्रै राम्रा लागे। पिरति, तिरु र मिसका कथा (राम जाने साँच्चिकै पो हुन् कि!) पनि साह्रै राम्रा लागे। राहू बूडाका कथा साह्रै मार्मिक रहेछन्, यी बूडाले पूरै चौतारीलाई रुवाउने भए!
मेरी नेप्ची दिदीले भनेजस्तै सप्पै आफ्नै चिनारुजस्तै, नजिककै मान्छे जस्ता लाग्दा रहेछन् यस्ता कथाहरु सुनेपछि!
 
Posted on 04-06-07 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालु के भनेको बुझिन ।
राहुल दाइ यो एउटा औथि मलाई दिनुस् न । मैले अस्ती नै भनेका होइन मलाई औथि लगाउन साह्रै मन पर्छ । हजुरले बनाको औथि त कस्तो सुन्दर लाग्यो ।

चनाको कथा त पद्नै भयाचैन। रहुल दाइ को त काम बता फुर्सद् निकालेर पधे। अनि चनाको पधुला पचि।
 
Posted on 04-06-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul dai r u shakya?
 
Posted on 04-06-07 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तिमीलाई थाहा छ!"

तिमीलाई था' छ
तिमीलाई पूरै कहानी था' छ
तिमीलाई भेटेपछि-
मैले पिउन छोडेको हुँ
तिमीविना जीउन छोडेको हुँ,
आज धेरैपछि
आज एकजुगपछि-
जुगौं पुराना साथीहरु भेट भए
र पिउने कुरा गरे
अनि मैले पिईदिएं!
धरोधर्म थोरै मात्र पिएको हुँ
धरोधर्म तिम्रै नाममा मात्र पिएको हुँ!
मात्र के भने
म थोरैलेनै लाग्ने भैसकेछु!
हो बानी छुटिसकेको रहेछ पिउने
पहिलो प्यालामै बर्बराउने भैसकेछु!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
Travelling to Nepal - TPS AP- PASSPORT
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Does the 180 day auto extension apply for TPS?
TPS Renewal Reregistration
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Send Parcels from USA to Nepal & Worldwide.
Another Song Playing In My Mind
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters