[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५० "स्वर्ण बिशेष" ~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 235286 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-27-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी स्वर्ण महोत्शब~





सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







((((Go chautari Go))))
((((Go chautari Go))))
((((Go chautari Go))))




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!

 
Posted on 04-02-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मालति कुमारि mero mom ko naam मालति hehhhe . u r so funny jhilke. मलाइ पनि अतिनै मन पर्छ यो गित. yes jhilke we belong together. no douth :P
 
Posted on 04-02-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होसमा आउँदा आदी हस्पिटलको बेडमा हुन्छ । हातको नसा छेडेर स्लाइन चडाइएको छ, टाउकोमा पट्टी बाँधिएको छ ।
'म कसरी यहाँ आइपुगे ?' आदी डक्टरलाइ सोध्छ ।
'हिजो तिम्रो एक्सिडेन्ट भएको थियो, तिम्रो कालेजको स्टाफहरुले तिमीलाइ यहाँ लिएर आएका हुन । टाउकोमा चोट लागेर रगत धेरै बगेको रहेछ, हामीले तुरन्तै सानो अपरेसन गर्नु पर्‍यो, तर चिन्ता मान्नु पर्दैन, now everything is normal. तिम्रो अनुहारमा पनि धेरै ठाउँमा चोट लागेको थियो। Jaw bone र नाकको कार्टिलेज ड्यामेज भयो भने जोडनै नमिल्ने हुनाले कतै jaw bone त भाँचिएन भनेर डर लागेको थियो तर खाली muscle मा मात्रै चोट लागेको रहेछ। एक दुई दिन पछि तिमी घर जान सक्छौ । हिजो रातभरि तिम्रो एक जना टिचर कुरुवा बस्नुभएको थियो, तिम्रो गार्जियनहरु हुनुहुन्न र यहाँ ?' डक्टरले सोध्छन ।
'सबैजना नेपालगन्ज जानुभएको छ, मेरो कजनको बिहे थियो । म पनि अस्ती मात्रै आएको हो । बाबा मामुहरु शनिबार आउनु हुन्छ ।' आदी जवाफ दिन्छ ।
'बाइ द वे, यो एक्सिडेन्ट कसरी भयो ?' डक्टर फेरी सोध्छन ।
'Right now, I don't want to talk about it, doctor!'
' अल राइट, तिम्रो अरु कोही relative हरुलाइ खबर गर्नु पर्ने भए म फोन गरिदिन्छु । डक्टर सोध्छन ।
' या, मेरो मामालाइ फोन गरिदिनुस न है, बानेश्वरमा, four four seven.....' आदी आफ्नो मामाघरको फोन नम्बर बताउँछ ।
'ओके म तिम्रो मामालाइ खबर गरिदिन्छु, टाउकोमा चोट लागेको भएर बढी स्ट्रेस लिनु हुँदैन त्यसैले मनमा धेरै कुरा खेलाएर नबस है, you are absolutely fine' डक्टर धेरै कुरा मनमा नखेलाउन भन्छन ।

अस्ती बेलुका मात्रै त हो नि आदी नेपालगन्जबाट आएको । राकेस दादाको बिहेमा खुब रमाइलो भएको थियो । अझै एक दुई दिन इन्डिया पनि घुमेर आउने प्रोग्राम थियो तर आदीको कलेजको annual day पनि यही बिचमा परेको हुनाले आदिले बाबा मामुसँग को प्रोग्राम क्यान्सिल गरेर एक्लई फर्किनु परेको थियो । पोहोर सालको annual day भन्दा पहिला हुने स्पोर्टस वीक्मा आदिले धेरै events मा भाग लिएको भए पनि यसपाली भने म्याराथुनमा मात्रै भाग लिन पायो, त्यो पनि annual day सेलिब्रेसनको बिहान भएको हुनाले । म्याराथुनको लागि रुट थियो, त्रीपुरेश्वर स्टेडियमबाट सुरु भएर, रत्नपार्क, जमल, केशरमहल्, लैनचौर, सोर्हखुट्टे, बालाजु रिङ्ग रोड, बनस्थली, स्वयमभू, सितपाईंला, कलंकी, कुलेस्वर, सोल्टी मोड, कालिमाटी, टेकु हुँदै फेरी स्टेडियम फिर्ता । हरेक बर्ष यही रुटमा आदिको कलेजको स्पोर्टस वीकको अन्तिम दिन म्याराथुन रेस हुन्छ । आदिले पनि बिहानै रेसमा भाग लियो । आफ्नै तालमा बिस्तारै दौडी रहेको हुन्छ, केशर महल पुग्न लाग्दा पछाडिबाट कसैले तानेको जस्तो हुन्छ र एकैछिनमा भुँइमा पछारिन्छ । केही बुझ्न र बोल्न नपाउँदै, रड, जुत्ता र लठ्ठीको प्रहार हुन्छ, अनुहारमा, जिउमा टाउकोमा, पुरै सरीरमा । आठ नौ जनाले आक्रमण गरेको हुनुपर्छ। टाउको बचाउन हातले टाउको कभर गरेको हुनाले आदिले कसैलाइ पनि चिन्ने मौका नै पाउँदैन तर बेहोस हुनुभन्दा पहिला एक जोडी जुत्ता भने राम्ररी देख्छ, अनुहार मै बज्रेको हुनाले । केही दिन पहिला मात्रै सेक्सन डि को अभयले पनि आदिको जस्तै क्याटापिलर steel toe, जुत्ता किनेको थियो ।

'ओए कस्तो छ तलाइ अहिले ?' आदिको साथी सुरज ले ध्यान भङ्ग गरिदिन्छ ।
'ठीक छ यार, अनि तेरो के छ नि, हिजो त किन नआएको नि म्याराथुनमा?' आदी सोध्छ ।
'खासमा कुरा के हो भने अस्ती भलीबलको दिन हाम्रो क्लासको राजन, नरेन्द्रहरु र डि को अभयहरुको बिचमा भनाभन भयो। म्याराथुनको दिनमा ग्याङ ल्याएर सबैलाइ ठिक पार्दिन्छु भनेर उनिहरुले धम्कि दिएको हुनाले हामिहरु कोहि पनि म्याराथुनमा नआएको। त आउँछस् भन्ने थाहै थिएन, तँ त नेपलगन्ज गएको थियिस हैन र?' सुरज अगाडि भन्छ 'प्रीन्सिपल सरले त्यो सबै केटाहरुलाइ रेस्ट्रीकेट गर्दिन्छु भन्नु भएको छ। को को थिए चिन्छस तैले?
'अँह, कसैलाइ चिन्नुभन्दा पहिला ढली हाले फेरी चस्मा पनि खसीहाल्यो, कसैलाइ पनि चिन्न पाइएन ।'
'तैपनि त्यो अभय त मेन हो नि त्यसपछि, नोर्बु, सुजन........' सुरज भन्छ ।
'खै थाहा छैन यार, कसैलाइ पनि चिनिन मैले' आदी भन्छ ।
'अँ हिजो तलाइ हस्पिटल ल्याए पछि तेरो घरमा फोन गरेको कोही छैन रहेछ त्यसैले हिजो रातभरि केमेस्ट्री सरले तलाइ कुरेर बस्नु भएको थियो । अघीसम्म यही थिए, मलाई अहिले फोन गरेर बोलाउनु भएको हो, फ्रेश हुन घर जानु पर्ने भएको हुनाले' सुरज भन्छ।
'को ए. टि. सर ?' आदी सोध्छ । कलेजको लेकचर प्लानमा टिचारहरुको नामको इनिसियल मात्रै हुने हुनाले सबैले इनिसियलले नै टिचरहरुलाइ चिन्छन । ए. टि. भनेको अर्जुन थापा सरको कलेजमा चिनिने नाम हो ।
'हैन एफ. बि. के., एकैछिनमा फेरी आउँछु भन्नु भएको छ' सुरज जवाफ दिन्छ ।
'हिजो तेरो अपरेसन गर्न रगत चाहीएको थियो, तेरो ब्लड ग्रुप त्यती rare नभए पनि भन्ने बित्तीकै रगत खोज्न सकिएन । एफ. बि. के. सरको पनि तेरै ब्लड ग्रुप हुनाले उनैले तलाइ रगत पनि दिएका थिए ।'
'हो र ?'

'कस्तो छ आदी तिमीलाइ अहिले ?' एकैछिनमा एफ. बि. के. सर आउँछन ।
'मलाई ठीक छ सर । तपाईंले मेरो लागि यती धेरै गर्नु भएकोमा थ्यान्क्स् ।' आदी एफ. बि. के. सरलाइ धन्यवाद दिन्छ ।
'मैले के गरे र तिम्रो लागि, नसक्ने काम केही गरेको हैन, मैले सक्ने जती न गरेको हुँ । एफ. बि. के. सर भन्छन ।
'तिम्रो भाउजु पनि आउँछु भन्थिन्, छोरीलाइ स्कुल पुर्‍याउनु पर्ने भएको हुनाले एकछिन पछि आउँछिन' एफ. बि. के. सर आफ्नी मिसेज पनि आउँदैछिन भन्ने कुरा बताउँछन ।
'हैन किन दु ख गर्नु पर्‍यो र सर, म ठीक भैहाले नि अब त ।' आदी भन्छ ।
' यसमा के को दु ख भयो र, छोरीलाइ स्कुल पुर्‍याएर फर्किने बाटो यही त हो नि । ' एफ. बि. के. सर अगाडी भन्छन ' अँ साच्ची तिम्रो घरमा हिजो फोन गरेको कसैले उठाएन । आज बल्ल बल्ल तिम्रो मामा घरको फोन नम्बर पत्ता लगाएर तिम्रो मामालाइ फोन गरेको थिए, एकैछिनमा तिम्रो मामा र माइजु आउँदै हुनुहुन्छ ।'
'थ्यान्क्स् सर' आदी फेरी धन्यवाद दिन्छ ।
'अँ आदी, म त पर्सी शुक्रबार नर्बे जाँदैछु दुई बर्षको लागि, आज धेरै काम सिद्द्याउनु छ त्यही भएर म आज पछि आउन सक्दिन होला, मिल्यो भने भोली आउँछु, नभए इमेलबाट त हामी इन टच रहन्छौ नै' एफ. बि. के. सर आफु आज पछि हस्पिटलामा आउन नसक्ने कुरा गर्छन ।

केहीछिन पछि एफ. बि. के. सरको मिसेज कोठाको ढोका खोल्दै भित्र पस्छिन, 'म त हेर न छोरीलाइ स्कुल पुर्‍याएर आउँदा आउँदै ढिलो भयो, अहिले आदिलाइ कस्तो छ, फनिन्द्र ?'

जदौ!!!!!
 
Posted on 04-02-07 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्ले हरु कता लागे आज । चौतारी त सम्सान जस्तो सुन्ने पो छ ।
 
Posted on 04-02-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम , गाम्लेहरु!मन्तयक ला ?
म: म: को बिशाल याद आयो ।गौशाला म: म:!

 
Posted on 04-02-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

आज ढिलो भयो चौतारीमा आउन। फुटबल म्याच खेलेर खुट्टा नि दुखिरा'छ।ऐयाऽऽऽ! हारियो पनि। नयाँ कथाहरू आएका रहेछन्, अब पढ्नु पर्ला बिस्तारै।
 
Posted on 04-02-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Chautari ka sabai gaule haru lai namaste!!

Thulnani: Kasto ramro lekheko timile. Yasto chancal manche ko mann kasto kamalo!! Loved it.

Sannani: Aww!! Timro lekh le mann chhoyo!! maile ni saathi gumaako chhu yasari nai.

Gwanche: Fanindra Sir pani Norway aayeko chha ra?? oh ho!!

Laamo laamo katha chaahi fursad milaayera padhnai baaki chha ke!! :-)

rahul dai: MO MO...mukhai rasaayo!!

Jadau!!
 
Posted on 04-02-07 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले के छ? अनि कुम्लेनी भाउजु लाइ सञ्चै छ? धन्याबाद् मेरो सानो तुक्रो लेखाइ मन् पराइदिनु भाकोमा।

चित्रे यो बुदेसकालमा नि किन् भकुन्दो खेल्नु परेको हो कुन्नि।:P अनि तिम्लाइ सन्चै च?:

rahul dai: MO MO...mukhai rasaayo
 
Posted on 04-02-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, मलाइ सन्चै छ, तिमीलाइ नि? प्याकिङ् गर्दैछु।अब ठीक १ हप्ता बाँकि छ।
हा हा! बुढेसकालमा रमाइलोको लागि फुटबल खेल्न गा'को, आफैं फुटबल जस्तो पो भइयो। नयाँ वर्षको उपलक्षमा आयोजना गरेको रे, त्यसैले सबैलाइ भेटुम् पनि बिदा पनि मागुम् भनेर गएको, जे होस् रमाइलो चैं भयो। तर नयाँ वर्ष चैं यहाँ मनाउन नपाउने भएँ।

मास्टर्नी दिदी, नेप्चे, राहुलदाइ, ज्वाइसाप, कुम्ले, ग्वाँचे, सान्नानी, झिल्के के छ हालखबर?
 
Posted on 04-02-07 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

TO WHOM IT MAY CONCERN
--------------------------------------

चौतारी का दौतरिहरुले निगरानिको लागि सारा सन्सार भरि बिशेस जासुसहरु लगाइयको कुरा यहा गोप्य रुपले भन्न पाउदा अतिनै नरमाइलो मानिबक्सेका छौ। जापन देखि आयरल्याण्ड, अनि औरिकाका सबै थुम्कादेखि केन्डाडाका १० वटै गाम् अनि गेर्मनि देखि नर्वे त्यसैअरि बिलायतदेखि सिङापुर् हुदै हङ्कङ, अनि स्विड्न देखि अस्ट्रेलिया अनि काठ्माण्डुको एयर्पोर्टको आगमन कक्षमा अनि सबै ठाममा अतिनै गोप्य रुपमा जासुसहरु लगाइयकोले सबै दौतरिहरुलाइ आफ्नो प्राइवेट कुराहरु हदसम्म लुकाउन बिनम्र अनुरोध गरियको छ, अनि ति सबै कुराहरुलाइ सबै दौतरिहरुको सामुन्ने खुलाउने कुरा पनि भयको हुदा पछि पर्न जाने असरलाइ मध्यनजर गर्दै, बिशेस सम्यता अपनाउन बिनम्र अनुरोध गरिबक्सेका छौ

आफ्नो ब्यक्तिगत कुरा चौतारिमा आउदा कसैलाइ मर्माहत हुनेगरि हृदयगति बन्द हुन सक्ने डर भयकोले त्यस्तो केहि छ भने चौतारि मार्फत निवेदन दिन अनुरोध गरिबक्सेका छौ

सबैलाइ चेतन भया
 
Posted on 04-02-07 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ चेतनI भया
 
Posted on 04-02-07 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhanna khojya ke yo amazing le ? !
 
Posted on 04-02-07 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ, सुनको चौतारी रे, पित्तलको नबनाम है । तिम्लाइ कस्तो छ? मलाइ यस्तो छ, जस्तो गन्थन रुच्न छोड्यो हौ मोलाइ । लु म चै यो पस्किन्छु, मेरो आफ्नै सिर्जना होइन यो, कता कता सुनेको । यहाँ फुलबुट्टा भरेको ।
-----------------------------------------------------------------------------
फुच्चे: "आमा आमा मेरो बथडे आउन लायो, मलाइ के प्रेजेण्ट दिने?"
आमा: "तँलाइ प्रेजेण्ट चाइयो? के चाइयो?"
फुच्चे: "आमा मलाइ एउटा साइकिल प्रेजेण्ट दिनु न है ।"
आमा: "ल कोठामा गएर गणेश भगवानलाइ एउटा चिठी लेख, अनि गणेश भगवानले साइकिल दिन्छ । "

फुच्चे चिठि लेख्न आफ्नो कोठामा जान्छ र लेख्न थाल्छ।

"प्यारो गणेश, म एकदम ज्ञानि भएको छु । बथडेमा मलाइ एउटा साइकिल देउ न प्लीज
तिम्रो साथि
फुच्चे"

फुच्चेलाइ थाहा थियो त्यो साँचो होइन । उसले सोच्यो, "म एकदम ज्ञानि भएकै छैन, गणेश भगवानले त्यसैले मलाइ साइकिल दिदैन होला । भएन, अर्को चिठि लेख्छु ।" एकदम सिरियस बनेर फेरि लेख्छ ।

"प्यारो गणेश, म ज्ञानि भएर पढेको छु । बथडेमा मलाइ एउटा साइकिल देउ न प्लीज
तिम्रो माया गर्ने साथि
फुच्चे"

फुच्चेलाइ थाहा थियो त्यो पनि साँचो होइन । उसले फेरि सोच्यो, "मैले ज्ञानि भएर पढेकै छैन, गणेश भगवानले त्यसैले मलाइ साइकिल दिदैन होला । भएन, अर्को चिठि लेख्छु ।" फेरि अर्को चिठि लेख्छ ।

"प्यारो गणेश, मैले आमालाइ सरहरुलाइ साथिहरुलाइ कसैलाइ पनि दुख दिएको छैन । बथडेमा मलाइ एउटा साइकिल देउ न प्लीज
तिमीलाइ सम्झने साथि
फुच्चे"

फुच्चेलाइ थाहा थियो त्यो पनि बिलकुलै साँचो होइन । उसले मनमनै फेरि सोच्यो, "मैले सबैलाइ दुख दिएको छु, गणेश भगवानले त्यसैले मलाइ साइकिल दिदैन होला ।" अब भने फुच्चे हायलकायल भयो । "होस अब साँचो साँचो लेख्छु ।" उसले अठोट गर्यो र फेरि लेख्यो ।

"प्यारो गणेश, मलाइ थाहा छ म ज्ञानि भएको पनि छैन, मैले आमालाइ सरहरुलाइ साथिहरुलाइ सबैलाइ दुख दिएको छु । मलाइ यो सम्झिदा नराम्रो लागेको छ । म अबदेखि यस्तो गर्दिन । ज्ञानि बन्छु, कसैलाइ दुख दिन्न । बथडेमा मलाइ एउटा साइकिल देउ न प्लीज
तिम्रो साथि
फुच्चे"

फुच्चेले चिठि दोहोर्याएर पढ्यो र मनमनै सोच्यो । "मैले साँचो लेखे पनि गणेशले मलाइ साइकिल दिदैन होला । मैले राम्रो केहि गरेकै छैन ।" अब भने फुच्चे साह्रै दिक्क मान्यो । गणेशभगवानलाइ कसरी फकाउने भनेर सोच्नै सकेन र आफै प्रति निराश हुन थाल्यो । फुच्चेलाइ साह्रै निराश र चिन्तित देखेर आमा दङ्ग परिन । आमाले आफ्नो योजना सफल भएको सोचिन र फुच्चेको चर्तिकला फुच्चेले चाल नपाउने तरीकाले नियाल्न थालिन ।

केहि बेरमा फुच्चे आमाकहाँ आयो । "आमा आमा मलाइ पुजाकोठाको चावि दिनु न ।" आमा दङ्ग परिन । फुच्चेले पहिलोचोटि आफै भगवानको सामु पर्न खोजेको देखेर उनी मनमनै साह्रै खुशी भइन । चावि दिदै आमाले भनिन - "भगवानको प्रार्थना राम्ररी गर है बाबु ।"

फुच्चे पुजाकोठामा गयो । ढोकाबाट दायाँबायाँ बाहिर पल्याकपुलुक हेर्यो । कोहि छैन भनेर निर्धक्क भएपछि पार्वतिको तस्वीर जुरुक्क उचाल्यो र सर्टभित्र लुकायो । अनि ढोका लगाएर दौडेर आफ्नो कोठामा आएर फेरि चिठी लेख्न बस्यो ।

"हे भुँडिगणेश, तेरो आमा मेरो कब्जामा छ । यदि तँ तेरो आमालाइ सहिसलामत देख्न चाहन्छस भने मलाइ एउटा साइकिल पठाइदे !!!!! ।"
 
Posted on 04-02-07 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका सबै अंकहरु पठनीय र रम्य हुन्छन् भने यो स्वर्णाङ्क चाही-- सबैको कोसेलीहरु चाख्न भ्याईनसकेको भए पनि-- संकलनीय स्मारिका भयो भन्ने मानिचु ।

खास गरेर नीजी अनुभव र कथाहरुले चौतारीको परिभाषा नै भने हुने जुन अपनत्वको वातावरण छ त्यसलाई झनै सुदृढ र पुनर्पुष्टीत गर्छ भन्ने लाग्छ मलाई । हो, चौतारी बाहिरको भूमि आक्रामक, निर्मम र जिम्मेवारीबोधविहिन छ, त्यसैले वैयक्तिक रुपले सम्वेदनशिल सामाग्रीहरु अनुपयुक्त होलान् त्यहाँ । तर चौतारी भित्रको वातावरण-- भनौं मुल्य, मान्यता र सभ्यता-- अलग्गै छ । दौंतरीहरुको नीजी जीवनप्रति अक्षुण्ण सम्मान नै चौतारीको प्राण हो । जुन दिन त्यो अक्षुण्णता टुक्रिन्छ, त्यसदिन चौतारीको मृत्यु हुनेछ ।

तर त्यस्तो दिन कहिले आउने छैन र चौतारीले यसको आफ्नो पहिचान, परम्परा र मुल्यहरुलाई साझाको जीवनभर जगेर्ना गरिरहन सक्षम हुनेछ भन्नेमा मलाई शंका छैन ।

त्यसैले म पनि अरु दौंतरीहरुसंग कुम जुधाउदै मेरा आफ्नै गोडा दुएक अनुभव-कथा सुनाउन हाजिर छु ।

मेरो विस्तृत परिवारको मेरो पुस्तामा म खासै प्रभावशाली र जेठोबाठो नभए पनि एकाध पारिवारिक घटनामा counseling गर्ने काम पाएको छु । एउटा यस्तै असफल counseling र अनि मेरा केही साथीहरुको हकमा भने सफल counseling गर्न पाएको दुई घटना सुनाउने अनुमति पाम ।



१. असफल प्रेम भँडाई:

मेरो एकजना cousin को प्रेमले हाम्रो परिवारलाई धर्मसंकटमा पारिदिएको थियो । सबभन्दा ठुलो संकट चाही प्रेमीकाको परिवारले केही समय अघिमात्र मेरो बज्यै स्वर्गे हुँदा जुठो बारिदिएर अंगिकृत किसिमको नाता जोडेका थिए । थर एउटै भए पनि उपथर र गोत्र भने अलग्गै भएकोले हाम्रो नजिकको वंशाणुगत नाता त थिएन, तर जुठो बारेपछि भने भावनात्मक रुपले हामी एउटै परिवारका थियौं । र मैले जिम्मा पाएँ त्यो प्रेम भाँड्ने काम । योजना अनुसार मैले मेरो कजनसंग कुरा गरेर उसलाई त्यो प्रेम तोड्न मनाउनु थियो । त्यसैले कमै भेटघाट हुने त्यस कजनसंग केही समयको लागि appointment मिलाईयो । उसले सम्भवत: १०-१५ मिनेट कुरा गरेर उ उसको प्रेमप्रति दृढ छ भन्ने सुनाएर हिड्न भनेर बेलुका मकहाँ आएको थियो । तर हामीले रात निक्कै छिप्पिउन्जेल कुरा गरेम ।

कुराको अन्त्यमा उ त्यो प्रेमसम्बन्धलाई तोड्न राजी भयो ।

तर मैले नाताको आचारसंहिताको तर्कबाट भने उसलाई मनाएको होईन । मेरो लगभग पहिलो वाक्य नै थियो यदि उ साच्चै तयार छ भने परिवारका साराले विरोध गरे पनि म भने उसलाई बिहे गराईदिन तयार छु । तयार भनेर मैले उसको मानसिक तयारी होईन कि उसको आत्मनिर्भरताको कुरा गरेको थिएँ । एनिवे, कुरा मिल्यो । उसको तालिम र विदेश जाने समेत सम्पूर्ण योजना बन्यो ।

उसले तालिम शुरु गरेको र केटीलाई भेट्न छोडेको सुनेर खुशी र ग्लानी दुबै लागेको थियो । तर एक महिना जति पछि, प्रेमले नै जित्यो र अन्ततोगत्वा they married and lived happily ever after. पछिल्लो पटकको भेटमा बुहारीले चियाको सत्कार गर्दा म भँडुवा जेठाजु भएको कुनै भनक पाईनँ ।

२. जादुगरी असर:

यो पनि प्रेम छुटाउने मामलासंग सम्बन्धित छ तर मामला अलिक पेचिलो र प्रशस्त subtleties भएको वाला थियो । मामला थियो एक जना abusive प्रेमीप्रति एकजना परित्यक्ता तर सुपठित केटीको obsessive love र अर्को योग्य केटाको विवाहप्रस्तावप्रति अनुत्तेजना । केटीको समस्या थियो त्यस योग्य केटा (सुदर्शित, भलादमी, पठित, र अमेरिकामा स्थापित) को प्रस्तावप्रति किन उ अनुत्तेजित छे भन्ने अनुत्तरित प्रश्न ।

मैले दुईतीन प्याराग्राफ जतिको एउटा चिठीमा उसको समस्या explain गर्ने एउटा theory सुनाएँ । जवाफमा केटीले लेखी, "दीपक, तेरो चिठीले जादूको काम गर्‍यो" । फलानो दिन मेरो बिहे हुँदैछ ।

उनीहरु भर्खरमात्र मेरिल्याण्डबाट टेक्सासमा सरे ।

मेरो आलोकाँचो थ्योरी के थियो भने उसको abusive भूतपूर्व प्रेमीले उसको मष्तिस्कमा जुन आकारको रिक्तता छोडिदिएको छ त्यो त्यही प्रेमीको फोटोकपीले मात्र ठ्याक्क भर्नसक्छ, अन्य कुरा त्यसमा fit हुँदै हुँदैन । र त्यसैले उसको मन त्यस्तै मान्छेको खोजीमा छ, त्यस्तै abuse र क्रुरताको छायाँको खोजीमा छ । थाहा छैन यो थ्योरी कतिको sensible छ, तर यसले राम्रै काम गर्‍यो ।

३. "मुभ अन": बल्ल बुझें:

यो चाही अचानक सम्बन्ध नराम्ररी बिग्रेका दुई साथीहरुको सम्बन्ध सामान्यिकरण गर्नसंग सम्बन्धित छ ।

मामला एक केटा साथी र केटी साथीको थियो र सम्बन्ध मरम्मत गर्न नसकिने गरी बिग्रेको थियो । मेरा दर्जनौं चिठीहरु र अनेक थ्योरी, प्रेरक प्रसंगहरु, व्यवहारशास्त्र, दर्शनशास्त्रले पनि केटीको victimhood लाई कम गर्न सकेको थिएन । तर एक पटक मैले "मुभ अन" भनेर ब्याख्या सहित सल्लाह दिएको रहेछु ।

एक पटक केटीसाथीले त्यो केटासाथिलाई सत्कार गर्नुपर्ने समय आईलाग्यो । यो मानसिक रुपले निकै कठीन काम थियो रे । तर पछि उसले लेखी, "मैले तिम्रो शब्द 'मुभ अन' को अर्थ बल्ल बुझें । अब म 'मुभ्ड अन' भएको छु"।

मेरो 'मुभ अन' सल्लाह जस्ताको तस्तै:

From: ..
To: ..
Date: Jul 29, 2005
Subject: ..

Dear ...

My best advice to you can be summarized in a single phrase: MOVE ON.

Moving on means not to get stuck in the old place, incident and account anymore.

When something is painful and there is not much or anything worth doing for it, you close the account and move on. That's the way of living a life for wise people. Not so wise people, on the other hand, keep the account of painful experiences open all the time and keep suffering from it in odd installments You have to choose between these two choices.

How to move on from a painful experience ?

There is no single formula that works for all cases and persons. Some people for some cases trash and empty the memory of the experience. It's not exactly erasing the memory but something like convincing yourself that you have successfully done it. Most people probably can not do that and also probably not a HEALTHY way unless it is for something that is devastating.

The healthy way is that of honesty, compassion and wisdom. Honesty involves things like re-examination, benefit of doubt and so on. Compassion is forgiveness. And wisdom would be knowing what is important, what is less important and what is unimportant. Knowing that humans are product of environment and their genes is also important part of wisdom.

After letting these goodness of yours own to work, you are generally already at the level where most of the painful things, at least the one you understand, can not inflict pain upon you anymore. And for the thing you do not understand or understand that it is not worth understanding, you dump them and move on, without them, not because you are afraid to carry them on, but because you are not afraid to dump them; not because you are afraid or incapable to deal with them, but because you have better, more important and nobler things to do; not because you hate somebody, but because you have self-respect, and so on.

Dear .., I want you to trust me that I am not saying these things to give you a false comfort or, worse, to stay neutral between you and [him]. I am saying this because I care for you and I know what is good for you.

If you think if have been abused and that only a sense of justice can bring peace to your mind, I can confront [him] and find out what had happened. (Trust me I do not know anything, because I myself did not want to know. I was not prepared to know the detail of a wonderful old friendship gone wrong).

I do hope that you will forgive me for not showing interest in this mishap before. I was not insensitive, just a coward- afraid of pain.

... ...
Deepak



ल त दम्तरी हो, यसपाला यत्ति नै ।

नेपे
 
Posted on 04-02-07 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hi chautari ppl.
सबैको राम्रो राम्रो गइरारहेछ। सबैपढ्न नपाएपनि यो पेजको पढे pretty. gwanche ,chana ,Nepe को राम्रो लाग्यो।
तर amazing को बक्तब्य चै क को उपलक्षमा हो नि । बुझे मार्दिनु ।miss_meकुरो मात्रै ग्र्ने रहेछ जस्तो लाग्यो कहि कतै देखेन त लेखेको?
 
Posted on 04-02-07 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है ज्योत्सना बुइनी अनि नेपे दाजै । रात्रीकालीन अभिबादन ।
 
Posted on 04-03-07 1:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा गेरमनी पर्तीनीधीले पठायको गोप्य समाचार अनुसार चौतारीको सारै राम्रो साहित्यकार ग्वाचे बुरो दुइ चारदीन अगाडी यो नेपाल भन्ने दोकानमा (हे तस्विर) टहल्दै गरेको पाइयो, टाढाबाट ग्वाचे बुरो ग्वाचे बुरेओ भन्दा पनी नसुनेझै गरेको हुनाले नजिकै गयर येसो बोल्न खोज्दा ह्वास् ह्वास गन्ध आइरहेको र नबुझिने भासामा "साइसे, साइएसे " भन्दै कराइरहेको पाइयो

हाम्रा गुप्तचर बीभागका जासुसले पिछा गर्न खोज्दा यो बाटो हुदै भागेकोले सम्पुर्न बीबरन प्राप्त हुन बाकि नै छ, कृपया नीउज फलो गर्दै गर्नु होला

बीशेस सुत्रका अनुसार हाम्र आयरल्याण्ड का प्रतिन्धीले अनओउठो समाचार फेला पारेको सुन्न्नमा आयको छ

भुलचुक लीनेदीने :-)

miss_me, rahul Bro, nepe Daju, Chane, Jyotsana please continue our regular talk....THIS IS just a break........Not to interfer our LIVELY talk...

(((((( Go Chautari Go)))))))))

 
Posted on 04-03-07 1:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा गुप्तचर बीभागका जासुसले पिछा गर्न खोज्दा यो बाटो हुदै भागेकोले सम्पुर्न बीबरन प्राप्त हुन बाकि नै छ, कृपया नीउज फलो गर्दै गर्नु होला


भुलचुक लीनेदीने :-)

From Special Correspendant :

 
Posted on 04-03-07 1:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेपे दाइ! जदौ!
ज्योत्स्ना राना जदौ!

अब त जाऊँ कान्छी घर
भाले बास्यो डाँडैमा घाम लाग्यो
...


जदौ यो बिर्खे_जिम्मालको
ज्योत्स्ना कुरो मात्रै ग्र्ने रहेछ जस्तो लाग्यो कहि कतै देखेन त लेखेको?
 
Posted on 04-03-07 7:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते दाम्ले तातिहलु ताआआआआआआआ
 
Posted on 04-03-07 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमोच्ते गाम्लेहलु!

थुलु, के च? तिमीले च्या के सँग कायौ आज? ल तिमी र म बचेर मित्तो मित्तो गफ गलुम् अब. :)
मोलाइ गीत गाम्न मन लायो.

झम्के फुली नाकैमा बुलाकि
यसपाली त घरबार होलाकी..
:) :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters