[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५० "स्वर्ण बिशेष" ~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 235168 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-27-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी स्वर्ण महोत्शब~





सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







((((Go chautari Go))))
((((Go chautari Go))))
((((Go chautari Go))))




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!

 
Posted on 03-29-07 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा आईयो मिर्मिरेमै -
अरु त आईसकेछन् पैलै
मनमा खुसी झै पुर्बमा उदाउदा किरण
आकाश स्वर्णिम भो छिनमै

हेर्छु त फेरी आकाश उस्तै छ स्वर्णिम
अल्झेछ कि लाग्यो घाम पूर्बैमा एकछिन
बल्झिन खोज्दो हो यो मन डुब्दो सूर्य मै
मेरो साँझ तर देख्छु कसैको बिहान बन्दै
स्वर्णिम आकाश अब उनीहरुको छिनमै

स्वर्णिम महोत्सब, जिन्दाबाद!
 
Posted on 03-29-07 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है सबैलाई!

मेरो तर्फबाट 'चौतारी स्वर्ण-महोत्सव विशेष' यो कथा राखें। हतारमा लेखेको। चौतारी स्वर्ण-महोत्सव सकिएपछि बल्खुतिरपनि टाँग्नु पर्ला।

“स्वदेश जाँदा”

काठमाण्डौँको विमानस्थलमा विमानबाट सबैभन्दा पछाडि निस्किइएछ। आफूभन्दा अगाडि धेरै लामो लहर देखेपछि ‘सबै सकिउन्, अनि जाउँला लाम लाग्न’ भन्ने सोच्दै शौचालयतिर पसें। लघुशंका निवारण गरेर हातमुख धुन खोजेको, चारवटा धारामध्ये कुनैबाट पनि पानी आएन। मनमनै भुत्भुताउँदै ऐना हेरेर कपाल मिलाउँदै थिएँ, ऐनामा रिमाल दाइ देखिए।
“दाइ नमस्ते! अझै यहीँ हो? के छ हालखबर?”
“ए! आउँदै हो कि क्या हो भाइ? म त यतै छु। अनि भाइको के छ? पढाइ सकियो हैन अब? के गर्छौ अब?”
“अब एक-दुई वर्ष काम गरेर नेपाल फर्किनुपर्ला दाइ। देशको सेवा पनि गर्नै प-यो नि!” पछिल्लो कुरा बोल्दा मेरो स्वरमा अलिक वनावटीपना थपेको थिएँ मैले। अनुभवले मलाई के सिकाएको छ भने नेपालमा आदर्शको कुरालाई अलिक ढाकछोप गरेर बोलेन भने अनौठो जन्तु भईन्छ।
“छोड्देउ भाइ देशको सेवा-सेवा!, यता फर्केर किन दु:ख पाउँछौ?! अब उतै ‘सेटल’ होउ!” रिमाल दाइले मलाई सल्लाह दिए। “ल भरे-भोलि घरतिरै भेटौंला।“ रिमाल दाइ उनको ‘ड्यूटी’ तिर लागे होलान्।

रिमाल दाइ मेरो छिमेकी गाउँका हुन्, म भन्दा आठ-दश वर्ष जेठा होलान्। गुप्तचरपट्टि स. ई. थिए चार वर्ष पहिले मैले नेपाल छाड्दा, अहिले त माथि पुगे होलान्। त्यतिखेर पनि यसैगरी ट्वाइलेटभित्र जम्काभेट भएको थियो यीनीसंग, यस्तै कुरा भएका थिए र यिनले मलाई ठ्याक्कै यस्तै सल्लाह दिएका थिए। बीचमा एकपटक नेपाल आउँदा यिनीसंग भेट भएको थिएन तर एअरपोर्टमै छन् भन्ने सुनेको थिएँ। अहिले पनि यतै रहेछन् भनेपछि यीनले गतिलै ‘छाता’ ओढेका रहेछन् भन्ने मान्नुप-यो!

बाहिर मान्छे पातलिईसकेछन्। नीता छोरी बोकेर मलाई कुरिरहेकी थिईन्, रिसाउन थालीसकेकि रहिछन्।
***
भोलिपल्ट साँझ सर्वेन्द्र दाइ आए घरमा, मेरो ठूलो बाका छोरा उनी, छुट्टिएपछि अलि टाढा घर बनाएर बसेका छन्। घरमा भाइको बिहेको भिडभाड जम्मा थियो।
“के छ केटा, पढाइ सकिस् हैन? छोरी पनि डेढ वर्षकी भईसकिछे। अब के गर्छस् त?” सर्वेन्द्र दाइले हल्लाखल्लालाई नाघ्ने आवाजले सोधे।
“म अब दुइ वर्ष जति जापानमै काम गर्छु दाइ।“
“अनि नीता?”
“उचैं अब माष्टर्स शुरु गर्ने---“
“धत्---! किन पढ्नु प-यो नीताले?!” मलाई बीचैमा रोकेर दाइ बोले। “काम गरेर पैसा पो कमाउनु पर्छ! पढेर के हुन्छ? तैंले पढिस्, भैहाल्यो नि! बरु------“
दाइ बोल्दाबोल्दै रोकिए पनि दाइले ‘बरु’ भन्दा पछि ‘तैंले पनि नपढेर दाम कमाउनतिर लाग्या भे’ हुन्थ्यो!’ भन्न खोजेका हुन् भन्ने अडकल गर्न गाह्रो थिएन मलाई।
यस्ता भएछन् सर्वेन्द्र दाइ, मेरो बाल्यकालका आदर्श! भर्खरै कुनै मन्त्रालयमा उपसचिव भएका हुन् यिनी।
****
“ओहो ज्वाईँसाप, दर्शन!” बिहेमा एकजना जेठान पर्नेले च्याप्प समाते। साथमा झकिझकाउ सुनले ढाकिएकी उनकी श्रीमती पनि थिईन्। मैले ‘दर्शन’ फर्काएँ।
“पि.एच.डी सकि’स्यो है! साह्रै राम्रो भो! अब उतै ‘एकस्पर्ट’ भएर बसिस्योस्! किन बेकारमा यता आएर दु:ख गरिसिन्छ?” जेठान सापले एकसासमै सल्लाह दिईभ्याए। “यता आएर पनि के काम छ र? हजुरको ‘सब्जेक्टै’ नयाँ, कसैले पनि बुझ्दैन याँ!” उनले यसो भनिरहदाँ उनको अनुहारमा ‘मैले भने बुझ्छु!” भन्ने भाव थियो। यीनले त झन् बुझ्याबुझ्यै हो! चाचाचूमा उत्कृष्ट छन् यिनी, बाँकी सबैतिर ल्वाँठ!
“अब आईयो भने क्याम्पसमा पढाउने काममात्रै भेटिएला यहाँ त।“ मैले भनें।
“त्यस्तो विषय पढाउने ठाउँ के होला र ज्वाईँसाप यहाँ? अझ पचास वर्ष पनि हुँदैन।“ अनुसन्धानै त शुरु नभएपनि नेपालपुर क्याम्पसमा एडभान्स्ड बायोटेकका केहि कोर्षहरु पढाउन थालिएको थाहा थियो मलाई, तर मैले उनलाई भनिन।
“ज्वाईँसाप जागिरमा थाइ भएरमात्रै गईसिनुपर्ने बाहिर। अनि फर्केर आउँदा अल्झिसिने बाटो बाँकी हुन्थ्यो।“ जेठानी दिदीले फेरि पुरानै कुरा दोहोराईन्। कृषि विभागको करारको जागिरलाई स्थाइ गराउनतिर नलागी जागिरै छोडेर म बिदेश पसेको त्यति राम्रो नमान्ने केहि मान्छेहरु मध्ये यिनीपनि हुन्।

अरु पनि धेरै नातागोताहरु भेटिए र सबैसंग यस्तै कुराकानीमात्रै भए। सबैले मलाई नेपाल नफर्किने, दाम धेरै कमाउने र ‘उतै’ ‘सेटल’ हुने सल्लाह दिए। मैले पनि दह्रो प्रतिवाद भने गरिन, शायद ममै पनि नेपाल अवश्य फर्किन्छु भन्ने कुरामा त्यति धेरै आत्मविश्वास छैन।
“जापानमा ‘सेटल’ भएर अरु कुरा त ठिकै थियो, छोरीको पढाइमा भने समस्या पर्छ। अँग्रेजीमा पढाई हुन्न त्यहाँ।“ के भनौं के भनौं भएर यो कुराचाहिँ म सबैसंग भन्थें।
“त्यसको लागि नेपालै फर्किनुपर्छ त? ‘वेष्टर्न कन्ट्री’ तिर लागे हुन्छ नि!” सबैले यस्तै तर्क दिए मेरो कुराको जवाफमा। मान्छेपिच्छे देश सिफारिश गरे, कसैले अमेरिका, कसैले क्यानाडा, कसैले अष्ट्रेलिया, कसैले यूरोप आदि।

बेलुका मनमा एकछिन यिनै कुराहरु आए। भोलिपल्ट एकघण्टा जति समय निकालेर डिन कार्यालयमा पुगें। डिनसंग ब्यक्तिगत चिनजान त छैन मेरो तर पछि फर्केर आएपछिको सम्भावनाहरुको बारेमा उनैसंग सल्लाह लिउँ, नराम्रो त के मान्लान् भनेर सोच्दै गएको थिएँ।
डिन कार्यालयमा अखिल-क्रान्तिकारीले तालाबन्दी गरेका रहेछन्। एक महिना भईसकेको रहेछ।

नेपालपुर क्याम्पसमा मेरा धेरै साथीहरु काम गर्छन्। ‘केटाहरुसंग भेट नभएको पनि धेरै भयो। अरु कुरा हरु पनि बुझ्न हुन्छ-----‘ भन्ने सोच्दै तीनदिनपछि म नेपालपुरतिर लागें। फेरि मलाई काठमाण्डौँको उकुसमुकुसबाट दुई दिन भएपनि भाग्नु थियो। त्यसका लागि घरमा देखाउन राम्रो बहाना मिलेको थियो। सडकमा आन्दोलन र बन्दको राप पनि अलि कम भएको बेला परेको थियो।
त्यहाँ फेरि क्याम्पस-प्रमुखको राजीनामा माग्दै विद्यार्थीहरुले तालाबन्दी गरेको दुई महिना भईसकेको रहेछ। पूरै क्याम्पस खण्डहरजस्तो सूनसान र फोहर देखिन्थ्यो। मेरा साथीहरु पनि कोहि पनि देखिएनन्। पढाइ नहुने भएपछि कोहि घर, कोहि काठमाण्डौँ लागेछन्। कुनै साथीहरु विदेशतिर लागिसकेछन्। सम्पर्क अटूट राख्न नसकेपछि यस्तै हुन्छ।
काठमाण्डौंबाट बिहान छ बजे हिँडेको थिएँ, दिउँसो २ बजे आफैंलाई ‘खुच्चिङ’ भन्दै काठमाण्डौँतिर फर्कन माईक्रो समातें। झ्यालपट्टि बसेको थिएँ र नउँघ्ने कोशिश गर्दै थिएँ जोडतोडले।
“खै बाबु, यस्सो उता सरम् त----“ एकजना बूढा बा आएर मसंगै ढेस्सिए। बूढीआमै पनि थिईन्।
बूढा अलि बढी राजनीतिक परेछन्, एकछिन चूप लागेर बसेका हैनन्। देशमा अशान्ति र अराजकता झन झन बढेकोमा चिन्ता ब्यक्त गर्थे उनी र नेताहरु सप्पैलाई सराप्थे। कुरो गराई हेर्दा केहि समय पहिलासम्म निकै सकृय राजनीतिक कार्यकर्ता भएको छाँट आउँथ्यो।
“के गर्नु त अब हाम्रा सबै नेताहरु तेस्तै भए। गतिलो, इमान्दार नेता कोहि जन्मेन क्या रे!” अहिलेसम्म उनकै कुरा मात्र सुनेर बसेको मैले मुख फोरें।
“त्यो त हो बाबु, तर मेरो आत्माले के भन्छ भने यो देश बनाउने मान्छे जन्मिसक्या छ। चाँडै त्यो मान्छे देखा पर्छ। तर मचैं त्यो मान्छेलाई नदेखी मर्छु कि जस्तो पनि लाग्छ।“ बूढा बा एकदम गम्भिर भए यति भनिसकेर। बूढी आमै नबोलीकन बाहिर हेरेर टोलाईरहेकी थिईन्।
“बाबुको जागिर कता छ नि?” एकछिनपछि बूढाले मलाई सोधे।
“जागिर त छैन, म पढ्दैछु, जापानमा।“
“बाबु पढाइ सकेर नफर्कने होला हैन? विदेश ग’का फर्केर आ’ देख्या छैन मैले। सबै यसरी भागेसी के हुन्छ देशको?”
“हेरौं के हुन्छ, देशको स्थिति सप्रियो भने आइएला पनि।“ मुखबाट बोली फुस्किन नपाउँदै मलाई पश्चाताप हुन शुरु भयो। कति अवसरवादी भईसकेको रहेछ मेरो अचेतन मन!
“बिग्रे नि सप्रे नि आफ्नो देश भन्या आफ्नै देश हो नि! नआएर कहाँ जानु नि!? यतिञ्जेलसम्म चूप लागेर बसेकी बूढी आमैले मलाई हप्काएझैं गरीन्।
“ठीक कुरा गरी बाबु यल्ले।“ बूढाले फेरि मतिर हेरेर भने। “यसरी कसरी-कसरी भेटघाट-चिनजान भो बाबुसंग। बाबुचाहिँ पढाइ सकेर नेपाल आउनुस्। गरे यहिँ पनि धेरै काम छन् नि, हैन र?”
*****
“ल खाजा खान झर्नुस् है!” खलासी कराएको आवाजले म ब्यूँझिएँ। बेनीघाट आईपुगेछ। मसंगका बूढा बा र बूढी आमै थिएनन्। मेरो छेउमा नवविवाहित एक जोडी, (शायद दुल्हन फर्काउन हिँडेका होलान्) मसिनो स्वरमा कुरा गरेर बसिरहेका थिए। सपना देखिरहेको रहेछु म!
तर यी बूढा-बूढीलाई मैले पहिला कतै विपनामै, यथार्थमै भेटको थिएँ। शायद केहि वर्ष पहिला इलामको एउटा परियोजनामा काम गर्दा ताकाको कुनै बस यात्रामा होला।

एक कप चिया आफ्नो अगाडि राखेर म सोचमग्न भएँ। आएपछि जति मान्छे भेट भए, कसैले पनि मलाई सधैंका लागि नेपाल फर्केर आउने सल्लाह दिएनन्। नेपाल आइज भनेर भन्ने मान्छे त सपनामै मात्र पो भेटिए!

तर ठिकै छ, सपनामै भएपनि किन नहोस्, मेरो देशले कतैबाट त मलाई बोलाईरहेको छ!
 
Posted on 03-29-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

ल मैले पनि यौटा कथा लेखिसिध्याएँ। दिप ज्योको कविता दामी लाग्यो, गोतामेज्यूले नि कथा लेख्नु भएको रहेछ, यो टाँसेपछि पढ्नेछु र प्रतिकृया दिनेछु।

यो मेरो बाल्यकालका कथाहरूको सँगालोको नवौं भाग हो। पुराना आठ भागहरू बल्खु गाममा (blog) पढ्नुहोला। यो कथा पनि पछि बल्खुमा राख्नेछु।

‘फाइट र फ्लाइट’

स्कूलको अन्तिम घण्टीको व्यग्र प्रतीक्षामा रहेका विद्यार्थीहरू ३:२० को घण्टीसँगै खुशी र मुक्ति मिस्रित आवाज निकाल्दै बस पार्कतिर दौडन्छन्। म पनि आफ्ना साथीहरूसँगै कक्षा ५ बाट निस्केर खैरो रंगको मिनीबस चढ्न पुग्छु ठेलमठेल गरेर। सानासाना विद्यार्थीहरूले भरिएको मिनीबसमा सिट नपाएकाहरू उभिन बाध्य हुन्छन्, र उभिनेहरूकै बाहुल्य हुन्छ। आफ्ना छोटा हातहरूले बसको दलिनमा रहेका डन्डी समाउन नभ्याउने हुनाले उनीहरू झ्यालका रेलिङ् या सिटमा अप्ठ्यारो गरी समाइरहेका हुन्छन्। म पनि साथीहरूसँग गफ गर्दै यौटा कुनामा च्यापिएर उभिरहेको थिएँ, भीड झन्झन् बढिरहेको थियो। चलिरहेको बसमा एक्कासी ब्रेक लाउँदा विद्यार्थीहरू लड्न पुग्थे, कहिले त एकमाथि अर्को लडेर मुनि पर्ने थिच्चिन पुग्थ्यो। त्यस्तो हुनबाट बच्न म कुनातिर टाँसिरहेको थिएँ।

त्यही बखत बिनीत पनि म भएको ठाउँतिर आयो र भन्यो ,’ए चित्रे, अलि उता जा त!’ बिनीत अलि बदमाश खालको विद्यार्थी थियो, त्यसैले मेरै क्लासको भए पनि म उबाट अलि टाढा नै बस्न रूचाउँथें। तर बसको भीडमा तील राख्ने ठाउँ त थिएन, कतै जानु त परै जाओस्। ‘यहाँ ठाउँ नै छैन कहाँ जानु?’ मैले जवाफ फर्काएँ। उसले केही भनेन तर केही छिनमै लुकेर टाउकोमा प्याट्ट पिट्ने, कान तान्ने गरेर दु:ख दिन थाल्यो। म केही बेर सहेर बसें तर बसको भीड, गर्मी अनि बिनीतको निरन्तरको चकचकले मलाइ रिस उठ्न थालिसकेको थियो। कतै जाऊँ त जताततै भीड छ, त्यहीं बसिरहूँ त बदमाशले कान तानेर बस्न दिएकै हैन। एकपल्ट त यस्तो दुख्ने गरि टाउकोमा हिर्कायो कि मलाइ साह्रै रिस उठ्यो अनि जे पर्ला पर्ला भनेर म पनि झम्टिएँ उतिर, अनि उसको कान समाई तान्न थालें, एक झापड दिन खोजेको थिएँ तर भीडले गर्दा हात चलाउनै अप्ठ्यारो भयो। उसले पनि मेरा दुबै कान समात्यो, मैले पनि उसका दुबै कान, अनि दुबै जना ‘ऐयाऽऽ! ऐयाऽऽ!’ भन्दै एक अर्कालाइ पछार्न खोज्थ्यौं। तर बसभित्रको भीडले हामी दुबैलाइ भुईंमा लड्नबाट बचाइरहेको थियो।

हामी वरिपरिका साथीहरू हामीलाइ रोक्न खोजिरहेका थिए तर सकिरहेका थिएनन्। बस चलिरहेको थियो। एक्कासी कोही कराएको आवाज सुनियो, ‘मीस, फाइट भयो फाइट!!!’। त्यो सुन्ने बित्तिकै बसको पछिल्लो भागमा बसिरहेकी सुष्मा मिसको गर्जन सुनियो, ‘ए! को हो त्यो फाइट गर्ने? ल दुबै जना यता आउ चाँडो!’। मिसको आदेश टाल्ने हाम्रो हिम्मत कहाँ हुन्थ्यो र? अनि ठेलमठेल गर्दै पुग्यौं पछाडि। ‘किन झगडा गरेको हँ तिमीहरू?’ भन्दै मिसले पनि हाम्रो कान समाउनु भयो। त्यतिकैमा त हाम्रो उत्रिने स्थान पनि आइपुगिसकेको रहेछ।

**********************************************************************

घरमा साँझ टीभीमा बाल कार्यक्रम आइरहेको थियो, जापानी टीभी एन.एच.के. ले बनाएको ‘नप्पू र गोन्टा’ भन्ने प्रोग्राममा यौटा अजंगको भालु जस्तो जीव र यौटी जापानी युवतीले थरिथरिका खेलौना बनाउन सिकाउँथे र रमाइलो गर्थे। त्यो देखेर म पनि उनीहरूको सिको गर्ने प्रयत्न गर्थें। उक्त साँझ उनीहरूले दुइटा कागजका हवाइजहाज बनाए, तिनलाइ बाँधेर यौटा ‘टी’ आकारको लट्ठीको हरेक छेउमा एकलाइ झुण्ड्याए र लट्ठीलाइ घुमाए। ती दुबै प्लेन धागोमा झुन्डिएर घेरामा उड्न थाले। कार्यक्रम सकिएपछि मैले दुइटा काठको लट्ठी लिएँ। यौटा लट्ठीको बीचको भागलाइ अर्को लट्ठीको टुप्पोमा लगेर किल्लाले ठोकें, गाह्रो भयो, तैपनि बल्ल बल्ल मिलाएँ। कागजका दुइटा हवाइजहाज बनाएर धागोले बाँधी ‘टी’ को एक एक छेउमा बाँधें। अनि दिदीहरूलाइ बोलाएँ। ‘म यी प्लेनहरू कौसीमा लगेर उडाउँछु, हेर्न आऊ न माथि!’

अनि कौसीमा लगेर लठ्टीको तल्लो भाग पक्रँदै बिस्तारै घुमाउन थालें। प्लेनहरू बिस्तारै घेरा बनाएर उड्न थाले। मेरो खुशीको सीमा रहेन। ‘देख्यौ त मेरा प्लेनहरू उडे?’ मैले खुशी हुँदै भनें। ‘ह्या! त्यो त अघि टिभीमै देखाको हैन र? के नयाँ कुरा गरिस् र?’ सानो दिदीले भनिन्। अब मैले लट्ठीलाइ उल्टो दिशामा घुमाएँ। कागजका हवाइजहाजहरू सरक्क फर्केर टाउको अगाडी पारेर उड्न थाले। यो देखेर मेरो कलिलो दिमागमा बत्ती बल्यो, म एकछिन घोरिएँ, अनि उफ्रिन थालें, मानौं मैले ठूलै आविष्कार गरेको थिएँ। मैले दिदीलाइ भनें ‘तिमीलाइ थाहा छ मैले हरेक पल्ट उल्टो दिशातिर लट्ठी घुमाउँदा प्लेनहरूले पनि दिशा बदलेर सँधै टाउको अगाडी अघि गरेर उड्छन्?’ दिदीले सोधिन् ‘किन?’

मैले भनें ‘हामीले साइन्समा पढेको, एरिया कम भो भनेर प्रेसर बढी हुन्छ रे। यहाँ प्लेनको अगाडिको भाग चुच्चो पर्या भएर एरिया कम छ, त्यसैले यसको प्रेसर बढी हुन्छ र सँधैं घुम्दा अगाडी जान्छ।‘ म आफूले आफैंलाइ ठूलो आविष्कारक ठान्न थालें, के के न पत्ता लगाएँ भनेर मेरो नाक घिरौंला जत्रो भयो। दिदी चाहीं ‘खूब भइस् नि महान वैज्ञानिक!’ भन्दै तलतिर झरिन्।

*********************************************************************

स्कूलमा हरेक बिहान राष्ट्रिय गान, प्रार्थना र मार्च पास गर्नु पर्थ्यो। मार्च पास गर्दै विद्यार्थीहरू एक एक लाइन गर्दै आ-आफ्ना कक्षाभित्र पस्थे। यसरी मार्च पास गर्दै गइरहेको सेक्सन ‘ए’ का केटीहरूको लाईनमा गएर मेरा टक्क अडिए। एक गोरी, फूर्तिली, थाइ कट कपाल काटेकी, अलि होचो कदकी सुन्दर केटी देखेर म हेरेको हेर्यै भएँ। हरेक दिन हुने मार्च पासमा मेरो आँखा उनैमा गएर रोकिन्थ्यो। मलाइ उनको नाम के होला भन्ने कौतुहलता जाग्न थाल्यो।
 
Posted on 03-29-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी बेच्ने बजार खोज्दै हिंडेछु
लाख गुमाएर हजार गन्दै हिंडेछु ।
 
Posted on 03-29-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी बेच्ने बजार खोज्दै हिंडेछु
लाख गुमाएर हजार गन्दै हिंडेछु ।
 
Posted on 03-29-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेको मन्थन, मिस दिदीको कविता र यामेको गन्थन निकै रमाइला रहेछन्।

गोतामेज्यूको देशप्रेमले ओतप्रोत संस्मरणले देशलाई फेरी संझाइदियो।

ल गाम्लेहरू अरू पनि लेख्दै गरम्। म यसको बाँकि भाग चाँडै लेख्ने कोशिस गर्नेछु।
 
Posted on 03-29-07 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के दाइ, चित्रे, राहुल दाइ, यामे, गोतामे, ग्बचेँ, गालु , मिस्, सानानी, तितु, कस्तो छ ?

jhilke daai did u Add me.
 
Posted on 03-29-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली,

झिल्केले नै जोड्नु पर्ने? हाम्ले जोड्दा चै घटछ? मेरी बास्सै।
 
Posted on 03-29-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuli I added u but khai timi ta kahilayi pani TELEGRAM ma aaudinau ta :-(

Come now Im waiting hai

THULI, चित्रे, राहुल दाइ, यामे, गोतामे, ग्बचेँ, गालु , मिस्, सानानी, तितु, कस्तो छ ?
 
Posted on 03-29-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, तिमि आउछौ भन्ने आशै आशमा मा.............TELEGRAM maa
सारै बोर लाग्यो, ल म त गय भट्टितिर, राति फेरि ज्यान् मर्काउन जानु छ NIghtclub तिर
----------------

ल दीप यसो हाम्लाइ पनि जोडम् न त
 
Posted on 03-29-07 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) :)

लौ न के बिधि लस्कर लाएछ फिरि। त्यो के जाति पानी भर्न ग'किम के रे । लौ न के साह्रो खुट्टै गलेर आओ!
एउटो हातआँजर्किन आर्को हातआँ सानो पित्तलको अंखओरा पछाडि डोकाआँ गाग्रि के के मात्रै बोक्नु । गाग्री नि खोटो ला'र टाल्या त हो कसरी कसरी चुने भ'छ फिरि

अँ साच्चि मैले नी सप्पै जो कखरा पडेकिम के रे भर्खर जो ।
ग्वाँचेओकथाले मुटु जो कुटुक्क पार्न खोज्छ। त्यस्तो राउरो जोडि नि कसरी विछोड हुदो रे'छ के ?!। हैन ए चौतारीआँ केटकिटिहो तिमुर नी कसै सअ स्नेहा र आदि ले जस्तो गरेओ छऔ भने बेलैमा बुध्दि पुराउनु है । नत्र दिपको जस्तो कइता मात्रै लेकेर बस्नुपर्ला भन्छु र

फेरि '..त्यल्ले यसो गरि त्यल्ले उसो गरि ...मोरि रातिआँ आउछे बिहानी मा गैहाल्छे ..म त उइ रित्तो हात लेर बस्या बसेई' ( दिप दा भन्दिया नि नरिसम है :D) खै त बाङ्गेको को कथा ?

तेई बेला नमेले लेखेओ कुरो पढिकिम केइ बुझ्या भे मार्दिनु

अनिखेरि गौतम बाउ हउरको कथाले त रुन रुन मनलाउनि के फेरि । वास्तविक र मार्मिक कुरो । मान्छेले मन्दिर लै मसान देखे पछि ....सबैको हालत तेइ होला के रे .. गर्मिबेला आउछु है भन्दा 'क्यार्न आम्ने?' पो भन्छन मलाइ नि साच्चिकै ।

अनि याहू कम्तिको छुम के म ? त्यो के जातीले जिस्कायो भन्दैमा डराएर भागुम के ?:)
अरु अरु लै त ठीक पारेओ कुरो त साच्चै हो के ।तर यो बुढेसकाल को दिमागआँ कुरो पसेन के ।
हो के कता कता'ट डाइरेक्टि पारेछु कि इनडाइरेक्टि ..नेपेजी लै ठिक नि पारीसकेओ कुरो सुन्दा हाँसो उठ्यो र खुशी नि लाओ । तर कहा कुनबेला संझिन सकिन?!
कि ठिक हुने लै था होला कि ठिक पारेओ देख्ने लै था होला जे सुकै होस ... ( मनमनै जान्न चै मुन लाञो कहिले कहा रैछ त )

जे होस डबळि चै गज्जब को लेखेको हो है ..मन पर्यो

दिपदा हउरको को कबिता देख्दा मलै नि केहि लेखू लेखु लाग्ने चै हो के । फिरि डर लाग्छ धम्काउन बाहेक अर कुरो दिमागआँ आम्दैन

अनि चित्रेभाइ तिम्रो बालककाल कति मजाओ रे'छ भन्छु र । तिम्रो कथा हरु पढूपढू लाग्छ मलै त । अनि नि कहिले काही बाल्यकाल मै कल्पेर बसु बसु लाग्छ ।

जादाजादै राहुल्दा ,ठूली प्रिती , झिल्के सप्पै लाइ म यो जानकारि गराउछु कि ...'मलै सन्चै छ '
हरिशरणम!!
:)
 
Posted on 03-29-07 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-29-07 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के म अहिले काम मा छु क्या । भरे राती आउँला नि हुन्न र। काम् बता आज् भोलि ब्लोक्क् गर्देको च। अनि म तेस्तै कदा थाउमा काम् गर्चु क्या। ल एउता तार् पथाउनुस् त।
 
Posted on 03-29-07 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

युनिक चौतारीबासिहरु :

जिम्माल्बा: को को छौ? कहि कोहि देख्दिन बुढो एकलै आयो फत्फतायो गयो हरिशरणम्!बुढो भएछि सप्पै ले हेप्ने किन हेप्छौ हो पछि तिमिहरु नि म अस्तै होलाउ असत्ति हरु !

राहुल्दाइ: कबिता सबिता कता हरायो चिलिम् मात्र हात् मा आयो ,दुइ घन्टा मा २ हा पोस्ट् चौतारी मशान् घाट्!

भौते दाइ: ओ पुन्टे दाइ जुरेलि लाइ बाख्रा को खोर् मा थुनेर नराख त कत्ति भए नि नपुग्ने उनैलाइ !

पुन्टेदा: आउन भौते आउ बिहे नभएकि सालि भए तिमिनै लिएर जाउ ,धोबिनि कै खै के जाति को कस्सम्!

नेपेदा: यो चौतारि फलोस् फुलोस् सधै मेरो कामना ! म पनि आउदै गर्नेछु !

गोताएदाइ: गाम्ले पातकि हरु , जिम्दै छौ होला क्यारे!

दादा: " झरे ओरालि म त पात् बजाउदै " भन्ने मानिचु!

नमे: आओ बस गाम्ले हो यो ढुङाको छपनि हाले को चौतारी हाम्रै हो रमाइलो गरम्!

झिल्के: लाउ माया गाम्घर् को नलाम् टाढा को खै रौसि कता छ हँ?

निशान्त: आँच् आन्द्रै देखि नमस्ते ठोके ल सुड्डा सुड्डि हरु दाजु भाइ दिनि बहिनि र च्वाक् हरु लाइ आबो मो गए ल!

कुम्ले: सबै लाइ नमस्कार् छ ल यो सोझो कुम्ले को हिहिहि!

दीप: जिन्दगि आउछु भन्छे रात्भरि पर्खिन्छु ,ब्यान् ब्यान् तिर एक्लै निदाउछु अनि उठेर चौतारी चिहाउछु ,जदौ यो दीप् को!

मिस: नमस्कार् मेरा प्यारा भाइ बुइनि,तिमिहरु लाइ सिस्नो पानि लाम् कि खुरुक्क हल्ल नगरि पड्छौ हँ? मार्चन् होला भागे म उता गैरि बारि मा बोडि रोप्न जानु छ भन्ने सोचेकिम् !

प्रीति: मिस् नमस्ते, ठुलि तिरु के छ तिमिहौर्को खबर्? कुखुरा हराएर रात्भरि खोज्द खोज्दा हैरान् बिहान् पो थाभयो यो ग्वाचे र हरि को काम् रे छ ..पख तिमेरु लाइ मेरो हजुर्बा ले थिक् पार्नु हुन्छ।

ठुलि: गाम्ले हरु के छ ताआआआआ गालु तता दयो आज ? "तता दयो आज "त्यो भने को के हो?
तितौरी: रोट्फल् ओ सान्नाइ ठुल्नानि तिमारु को के छ खबर ,जिम्माल् हजुर्बा मेरो पुस्टकारि खै ।ऐया मरे हासेर रोट्फल्!!

चित्रे: के छ गाम्ले हो? ठुलि के छ भरे जुन्किरि लाइट् डिनर् जाम् है ;-) म सेतो सुट् लाएर आउछु ल त गाम्ले हो ल सुत्न गए गुड् नोइट्!

डल्लिफुपु: के हुदै छ चौतारी मा ल म पनि आए मेरो छोरो ठुलो भयो मिसको इस्कुला पठाउछु अब मिस् नकुट्नु है मेरो छोरो लाइ!

गालब् : गालब् कुमार् आग्या गर्नु हुन्छ गाम्ले हो मैले भने को जोक् मा पेट् मिचि मिचि हास :ल अब हास्नि बेला भयो" हिहिहिहिहिह्हिइ सप्पै हास!

ग्वाचे:ठुलि के छ चिया के के चोपेर खायौ आज वेदर अप्डेट् बाहिर " हिउँ पर्या छ मेरो कोठा मा झलमल्ल घाम् लागे को छ पल्लो कोठा को छिमेको मा चै पानि परि रा छ !

मिस्टे: को हो ह कोहो त्यो? ओइए दाट्साट् भत्काइ दिन्छु है जिस्काउछ हाम्रो चौतारीको दिदि बहिनि हरुलाइ! जिम्माल् बा टाइगर बाम पठाइदिम नलिखुट्टो दुखे को ठाम् मा लाउन !

हरि: खै त्यो चिलिम् यता ल्याउनुस् त ठुल्दाइ यो सान्नानि ठुल्नानि तितौरी ले नदेखि । तिनिहरु ले देखे भने हल्ल खल्ल मचाउछन् । के छ ग्वाचे सोल्टि , म त हलो जोट्दै छु एउटा गोरु हरायो कि अनि एकातिर गोरु एकातिर म भएर!

यामे: के छ हो गाम्ले हो खै को हो मेरो छिमेकि? लौ न एउटा बिजुलि पत्र पाम !

नेप्चे: जदौ गाम्ले हो कोहि छैन कि क्याहो ल मेरो एउटा आज फुरेको यो टुक्रो राक्दैछु " आप् आति तो मेरा ........ "

नेप्चि: चौतारी तल झरेछ उचाल्दे है मैले कोहि चैन रहेछ ल म लागे अब!

सान्कान्छा : ल गाम्ले हो यो गीत् सुन्दै सुत !

जग्गि: खै के भा हो के यो खरानि धसेर हिनेहो चारधाम् बाटो म मेरो लोटा (जोगिले बोक्ने के) नै हरा छ , गाजा नि भन्या जाति खान पाएन र फर्केर आए चौतारी मा फेरि जानु छ जय शम्भो!

राम्चन्द्रे: "यो चौतारी का मान्छे कम्तिका चैनन् सपै को आन्द्रो जोडेअको छ मेरो मात्रै छैन कोहि न आओ यहा कसैले वास्ता गर्दैन मेरो चित्त दुख्या छ " .......मलाइ लाज् लाग्यो त्यो हिजो मैले भने को कुरा मेटाए देओ

रिकुटे: सलुट् यो रिकुटे को जम्मु कास्मिर बाट ! सब्लाइ सम्जे को छु लेकिन् पछि आम्दा एउटा ठुलो क्यासेट् जो छ ल्याएर त्यो चौतारी को रुख मा झुन्ड्याउने बिचार् करेको छु!
:P

र अरु मैले नाम् छुटाए का सबै चौतारीयन् हरु युनिक् हुनुहुन्छ !

: ) लौ त म चाइ अब सप्पै हिजो देखिको चौतारी पोस्ट् हरु पढ्न गए है !
 
Posted on 03-29-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हो..
आज त भिड-भाड रैछ चौतारी। कथाहरु पढियो, रमाइलो लाग्यो।
मेरो २-४ दिन अगाडी फुरेको यो औरेजि टुक्रो राख्दैछु..

Solitude

Don’t you feel lonely once in a while?
Feeling down inside but still trying to smile;
But smiles don't work, misery gets worse,
Harsh and selfish world, you try to curse..

As things get so bad you can't think any more,
Yet remember the things that you truly adore;
Good times are brief, scarce in the life,
Memories with friends, husband or wife..

Aroused by hunting dreams and eyes drained,
Insomnia becomes your very good friend;
Depression is best ally and no companion,
World changes shape, everything becomes alien..

The fate is sealed and wounds never healed,
Those voids in life which can never be filled;
Feeling deeply confused and rotten to the core,
Waiting for the day, when the pain is no more...

:-)
 
Posted on 03-29-07 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के त्यो कम्मर मर्काउने थाम मा हामीलाई नि लैजानुस् न । हाम्ले नि जानेको च अरु कोकम्मर् अर्काइदिन।
 
Posted on 03-29-07 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-)
कस्तो रमैलो कथाहरु। ग्वाँचेको स्टायल नै हरिप। यामे को गन गन खितितितित। गोताएँले बास्तबिक कुरा गरे। नमे फेरि के को साइबर सोँचेर टाउको दुखाको, बरु साइ बधु सोँचेको भे जीन्दगी हरियो हुन्थ्यो। चितरेको कथा पढेर मलाई नि मेरो बालपन याद आयो। उही के उही, त्यसैको याद आयो फेरि। कम्ति रमाइलो थिएन ल !
तितौरीको उपसंहार पढेर ऐना हेरेजस्तो भो। नेप्चेले तितौरीको उपसंहार कति वास्तबिक छ भनेर तुरुन्दै प्रमाणित गरिदिएछ।
सप्पैलाई नमस्ते !

:-)
-भउते
 
Posted on 03-29-07 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरूले एकदम रमाइला टुक्राहरूको संकलन गरेकि रहेछन्, पढेर खूब हाँसो लाग्यो। :D

नेप्चे, गुड पोइम!

ठूली, कहाँ कम्मर मर्काउने ठाउँमा जाने भन्या? बरू आज राती केन्डल लाइट डिनर जाम न! म सेतो सुटमा आउँछु। :P ;)
 
Posted on 03-29-07 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित खित खित चित्रे आज् चै यो लाइत साइत् दिनर् नजाने क्या। बरु तिमि नि कम्मर मर्काउने थाम मा जाने भए हिन क्यारे ।
 
Posted on 03-29-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठूली, पहिले डिनर जाम् अनि त्यहाँबाट जाम्ला नि कम्मर मर्काउने ठाम, खुट्टा मर्काउने ठाम जे भन्छौ त्यहीं। त्यस्तो मर्काउने ठाउँ त राती ढिलो मात्र खुल्छन् क्यारे। फेरी नखाइ कम्मर मर्काउँदा साह्रो भोक लाग्छ क्या। :P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Alert: Turbo Cancers: A Rising Global Threat
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters