[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५० "स्वर्ण बिशेष" ~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 234564 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-27-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी स्वर्ण महोत्शब~





सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







((((Go chautari Go))))
((((Go chautari Go))))
((((Go chautari Go))))




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!

 
Posted on 03-30-07 7:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!! नमु!! धेरै धेरै धन्यवाद छ है तिमीलाई शुभकामनाको लागि। कस्तो राम्रो रातो फूल राखेछौ। नमु यु आर चोsss च्वीत! :पि

राम्रा राम्रा कथा-कविताहरु गइरहेको र'छ, ह्याँ फुर्सद मिलाएर सब पढ्छु यो वीकेन्डाँ!!

सबै गाउँले दाजुभाई तथा दिदीबहिनीहरुमा यो सोझो कुम्लेको प्रभातकालिन स्वर्णिम अभिवादन!!

जदौ!!

:-)
 
Posted on 03-30-07 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु ताआआआआआआआअ
सोझो कुम्ले रे खित खित खित
 
Posted on 03-30-07 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमोच्ते!

कति लाम्लो रेलिमाई
सुनगाभा फूल
त्यो भन्दा नि लाम्लो च
हाम्लो ईस्कूल


दादा, नमे, कुम्ले , थुली के च?

थुली, तिमी र म नाचूम सँगै। ;)
 
Posted on 03-30-07 7:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै भन्दा त "कुम्लेलाई" ह्याप्पी म्यारिड लाइफ्!
कुम्ले बाबु तिम्रा खुशीका दिन हरु गए!
अब बुढीले पिटे भन्दै रुदैं चौतारीमा आएको देख्न पाइने भयो कुम्लेलाइ:प
जदौ गाम्लेहरुलाई।
आफु त नेपाली बिषयमा जस् पास् भाको मान्छे,के लेख्न् जानिन्थ्यो र? तैपनि ५०औं अध्यायको नियम् अनुसार् लेख्ने प्रयास् गर्दै छु, चौतारिको सदस्यको नाता ले:प्
कनि कनि बल्ल ३ हरफ् लेखे अब के लेख्ने भनेर पो दङ पर्दै छु:प् हेहेहे

पिलेन् कुर्दा पढ्नु पर्ला अरु सप्पै गाम्लेहरुको कृयसन्स् हरु!
अस्तलाभिस्ता,
ओउरिओस्
 
Posted on 03-30-07 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते

मिस्टे नेपाल जान लागेको? जता जान लागेको भए पनि शुभयात्रा!!!
 
Posted on 03-30-07 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, मन्तयक ला ? शुक्रबारे जदौ!
 
Posted on 03-30-07 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! थुली, गुन्टु, मिस्टे, सान्नानी, राहुलदाई र पछि आउनुहुने सबै!!

थुली: म सोझो छुइन त? लौ भन त!
गुन्टु: प्यालो गुन्टु, चुन्टु के कान्चौ? चकलेत खानी?
लोल @ मिस्टे!!
सान्नानी सन्चै छौ? लङ ट्याम नो सी!! :पि
राहुलदाई: आज क्रिकेट छैन र भन्या?
:-)
 
Posted on 03-30-07 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले हो, एस्तो घाम लागेको दिन अड्ड बाहिरको चौरभरि नाङ्गाभुतुङ्गा जनताहरु लडेका छन, अब आँखो काममा लाउने हो कि बाहिरतिर घुमाउने हो, केहि काम सकाभए त भुत्रुक्क पारिदिनु ।

मिस्टे बढो घत्‌लाग्दो बात गर्‍यौ । मेरोनि हालत त्यस्तै हो, यहाँ गाँउलेहरुले पन्नामथि पन्ना लेखेको देख्दा ट्वाँ परेर रमाइलो मानिमानि पढ्नुभन्दाबढि केहि गर्नसक्ने अवस्था मेरोनि छैन । महेन्द्रमालाको अन्तिम भोज र टाउकोको मोल जाँचमा आउँछ भनेर त्यहि घोकेर पासमात्र भाको ज्यानलाई अहिले यस्तो चुकचुक लागिराछ भनेर साध्य छैन । हुन नि हो, नेपाली भनेको एउटा महेन्द्र माला अनि त्यसपछि इन्टरमा नेपाल परिचय त हो नि । तीपनि त्यतिखेर किन पढ्नेहोला जस्तो लाग्थ्यो, अहिले आएर बज्यो बाजा ।
 
Posted on 03-30-07 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढ्न भनी रेलिमै
नै बसी घर
आउँछ अब रेलिमै
मै झोला बोकेर

पानी प-यो रेलीमै
करेली झालैमा ...


सबेलाई जदौ यो दादा गिरीको।

शूभ जात्रा मिस्टे बुरो!
बदाइ छ कुमलवा!
 
Posted on 03-30-07 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मामाले नि गर्नु उत्पट्याङ् गर्या रैछ :D:D:D:D

ठुल्दाइको कथाको परिस्थिति उस्तै त हैन अलि अलि तेस्तै मलाइ नि पर्याछ। राम्रो छ ठुल्दाइ।

ओहो मिस :D:D:D ल चाडैँ पुरा गर्नु त कथा, कस्तो खुल्दुलि लागिसक्यो। Interesting.

कुम्ले खै त भोज? कुम्लिनि भाउजुलाई नमस्ते है. :)

रामे, दादा नमस्ते

ठुली तिम्रो कबिता नि राम्रो थ्यो, अरु नि लेख न। ए गुन्टे तिमि नि एउटा बाल कबिता भन त।
 
Posted on 03-30-07 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! थुली, गुन्टु, मिस्टे, सान्नानी, ठुल्दाई, कुम्ले, रामचन्द्रे, दादा र पछि आउनुहुने सबै!!

आजत किरकेट पनि गुन्ट्या देशको हो क्या हो, खै के हेराई होला र।
 
Posted on 03-30-07 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आधा घन्टा बाँकी अझै, त्यसपछि त रामे भट्टीमा
 
Posted on 03-30-07 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शूभ जात्रा मिस्टे बुरो

कुम्ले खै त भोज? कुम्लिनि भाउजुलाई नमस्ते है. :)

गुन्टु, मिस्टे, सान्नानी, ठुल्दाई, कुम्ले, रामचन्द्रे, दादा, हरि सबै लाइ तन्तै होला ।
लौ गुन्ते सँग तुरा गर्दा गर्दै मेरो नि बोली फेरी तोते भो ।
 
Posted on 03-30-07 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!!!

हुन त भनिन्छ Yesterday is history, tomorrow is mystery so concentrate on your present. तर कहिलेकाँही बर्तमान भन्दा पनि बितेको हिजो अथवा देख्दै नदेखेको भोली बढी प्यारो लाग्दो रहेछ, मान्छेको मन न हो, वहकिहाल्छ नि ।

जगजित सिंहको एउटा गजल छ, मलाई असाध्यै मन पर्ने:

यह दौलत भि ले लो, यह सोहरत भि ले लो
चाहे छिन लो मुझ से मेरी जवानी
मगर मुझको लौटा दो बचपन के वह दिन
वह कागज कि कस्ती वह बारीस का पानी
वह कागज कि कस्ती वह बारीस का पानी

साँच्चिकै, कसैले मेरो बिगतका ति फ्रीक आउट दिनहरु फिर्ता गरिदिने हो भने म अहिलेसम्म मैले एचिभ गरेको सबै कुरा दिन तयार छु । फेरी त्यो स्कुल ड्रेस लगाएर स्कुल जान चाहन्छु, फेरी साथीहरुसँग कहिले आरुबखडा, कैले भोगटे चोर्न जान चाहन्छु, कहिले भाइ बहिनीसँग रेस्लिङ खेल्न चाहन्छु, बागमतिमा पौडी खेल्न पनि जान चाहन्छु । त्यो अशोक हल अगाडीको दाइको स्टेसनरी पसलमा कमिक्स तथा बाल पत्रीकाहरु किन्न जान चाहन्छु, रिङ्ग रोडमा साइकल रेसिङ पनि गर्न चाहन्छु, त्यो क्रीकेट, हिले फुट्बल, बास्केट बल पनि खेल्न चाहन्छु । ठ्याक्कै त्यही गर्न चाहन्छु जे जे पहिला गर्थे । लोड सेडिङ भएको बेला ज्ञानोदय पुस्तकालयमा बसेर, रिडर्स डाइजेस्ट र टाइम पढ्न चाहन्छु, त्यो चोकको स्टेसनरी पसलमा गएर हिन्दी फिल्मी पत्रीका हेरेर साथीहरुसँग कमेन्टस सेयर गर्न चाहन्छु ।

यो चौतारी सोर्न मउसबमा आज म भौतिक रुपमा नभए पनि भर्चुयल्ली ति गुड ओल्' डेज'मा फर्किन चाहन्छु । आजकल किरिकेटीको बिस्व कप हो कि रिकापी भन्ने के जाती चलिरा'छ क्यारे, तेइभेर स्कुलमा हुँदा किरिकेटी खेल्न गएको एउटा नबिर्सिने दिन याद आयो ।

सुन्ने हो ?............. सुनाम है त, झर्को नमानी सुनम् !


'ग्वाँचे, ऐले दस मिनेटमा निस्की हाल त, चक्रेले फोन गर्‍याथ्यो, ग्रीन क्लबको केटाहरुले म्याच खेल्ने भन्या छन । मैले सन्तोस, श्याम, रविन्द्रहरु सबैलाइ फोन गरिसक्या छु, एघार एघार जना नै खेल्ने रे ।' रोहितले फोन गर्‍यो एक्दिन । रोहित र म एउटै क्लासमा पढ्छौ र घर पनि सँगै छ हामीहरुको ।

दिउसो भरि स्ट्रोक राम्रो बनाउनको लागि बनाएको सानो प्वालहरुमा तेल हालेर घाममा राखिराखेको मेरो नयाँ ब्याट, प्याड, एब गार्ड, ब्याटीङ र किपीङ ग्लोव्स ब्यागमा राखेर निस्के । रोहित पर्खिरहेको रहेछ उसको गेटसँगै ।

'कस्तो ढिलो गरेको यार, सबैजना पुगीसके होलान्, जैले नि लेट हुने हामीहरु मात्रै ! ' रोहित कराउन थाल्यो ।

'पैलइ फोन गर्नु पर्दैन त, दस मिनेट अगाडी फोन गरेर हुन्छ कि क्या हो ? यो त म छिटो आएको भन न झन, घरमा मामु पनि हुनुहुन्न, भाइ र म मात्रै । म पनि जान्छु भन्दैथ्यो, त्यो पुच्छरले, फुच्चेलाइ बल्ल बल्ल फकाएर आउँदैछु । मैले मेरो भिडिओ गेम दिएर आउनु पर्‍यो ।' मैले स्पस्टिकरण दिएँ ।

'ल ल ठीक छ, अब जाँउ यती ढिलो भइसक्यो, अझै ढिलो गर्‍यो भने त मार्छन केटा हरुले' रोहितले भन्यो ।

'जेन्टलम्यान पनि आउँछ आज, अस्ती त खतरा ब्याटीङ गर्‍याथ्यो ? आज म्याचमा पनि उ भयो भने हाम्रो लाइन अप तगडा हुन्छ ।' 'मैले रोहितलाइ सोधे ।

'खै थाहा छैन, अस्ती एकदिन भेट्या मात्रै त हो नि तेल्लाई त्यसपछि भेटेको छैन ।' रोहितले भन्यो ।
खासमा जेन्टलम्यान भनेको एकजना अपरिचित दाइ हुन, जो एकदिन हामीहरु क्रीकेट खेलिरहेको बेला भेटिएका थिए । आफ्नो किट लिएर हामीहरु खेलिराखेको एकतमासले हेरिरहेका थिए, शायद उनका साथीहरु त्यो दिन आएका थिएनन अथवा उनि खेलमा इन्ट्रेस्टेड भएर कोइ न कोइ खेल्ने मान्छे त भेटिहाल्ला नि भनेर, कोही साथी नभए पनि त्यत्तिकै आएका थिए । कसैसंग केही नबोली एकदम जेन्टलम्यान जस्तै भएर हामीहरुलाइ हेरिराखेका हुनाले हामीहरुले उनको नाम नै जेन्टलम्यान राखीदिएका थियौं, साँच्चिकै नाम त सोध्दै सोधिएन । पछि हामीहरुले हामीहरुसँग खेल्न अफर गरेपछि खेल्न आएका थिए, राम्रो ब्याटीङ गर्दा रहेछन, टाइमीङ र प्लेस्मेन्ट एकदम राम्रो!

'काँ खेल्ने हो आज, पाटन क्याम्पस कि पुल्चोक' मैले सोधे ।

'पाटनमा म्याच खेल्ने जस्तो नै छैन, पुल्चोकमा खेल्ने । ग्रीन क्लबको केटाहरुले पहिलेइ त्यहाँ पुगेर बिचको पिच रिजर्भ गरेर चक्रेलाइ फोन गरेका रहेछन। त्यही भएर त इमिडियट्ली प्रोग्राम बनेको नि तर खेल्न पाउने हो कि हैन पानी पर्ला जस्तो छ ।' रोहितले भन्यो ।

हामीहरु खेल्ने भने कै कि त पुल्चोक क्याम्पसमा हो नभए पाटन क्याम्पसमा, कहिले काँही टुँडिखेल पनि गयिन्छ तर एकदमै रेयर्ली । पाटन क्याम्पस पनि दुई ठाँउमा रहेछन, पछि मात्रै थाहा पाएको मैले, एउटा पाटन ढोकाको गेटभित्र एउटा गेट बाहिर। हामीहरु खेल्ने भनेको चाँही बाहिरको मा हो । ग्रीन क्लब भनेको मंगल बजारका केटाहरुको क्लब हो, यो क्लब को ठ्याक्कै नाम ग्रीन पछि समथिङ क्लब थियो, ग्रीन पछाडिको नाम ऐले बिर्सें । हामीहरुले पनि एकचोटि हाम्रो टिमको (टिमभन्दा पनि जमात भनुम न) नाम राख्ने सोचेका थियौं तर नाम जुराउन सकिएन । त्यतिबेला निउ किड्स अन द ब्लकको गीतहरु धेरै सुन्ने भएको हुनाले निउ किड्स अन कुपोन्डोल हाइट्स राख्ने कि भन्ने भा'थ्यो तर युनानीमस डिसिजन लिन सकिएन, त्यही भएर सधैं कुपोन्डोलको केटाहरु नै भनिएर खेलियो ।

'हेइ, गोइङ फर क्रीकेट, क्यान वि ज्वाइन यु?' बाटोमा हिंड्दै गरेका दुई जना गैर नेपाली (युरोपियन हुनुपर्छ) केटीहरुले जिस्क्याउँदै भने ।

'युप....यु क्यान फलो अस, वि आर गोइङ टु पुल्चोक क्याम्पस' रोहितले साइकल नरोकी जवाफ दियो ।

'रोहित लगौ न यिनिहरुलाइ पनि कोइ त हुन्छ दर्सक, हाम्रो सपोर्टमा ।' मैले भने ।

'यसै त ढिलो भइराछ, अझ यिनिहरुसँग अल्झिने कुरा गर्छ ! राख न त एउटालाइ पछाडि क्यारियरमा, एउटालाइ अगाडी डन्डिमा ।' रोहितले झर्किंदै भन्यो ।

'काँ मैले ट्रीपल लोड गर्नसक्छु र फेरी नयाँ साइकलमा ट्रीपल लोड के गरी भो र यार, एउटालाइ त लिफ्ट दे, एउटालाइ म अगाडी डन्डिमा राख्छु ।' मैले अझै रोहितको दिमाग चाट्न छोडिन । हुन त ति केटीहरु भएको ठाँउ भन्दा धेरै अगाडी पुगीसकेका थियौं हामीहरु ।

'हस् भइहाल्छ नि अरु नि केइ सेवा छ भने आग्या होस, सेवक तयार छ ।' रोहितले मैले जोक गरेको भन्ने बल्ल थाहा पाएछ ।

ग्राउन्डमा पुग्दा केटाहरुले पिच साफ गरी वरी, स्ट्म्प्स गाडेर टस पनि गरी सकेर हामी दुईलाइ नै कुरी रहेका रहेछन ।

'किन ढिलो नि, सधैं ढिलो आउने तिमीहरु नै हु न्छौ' चक्रे जँगियो ।

चक्रे हाम्रो जमातको क्याप्टेन हो । उसको साँच्चिकै नाम त बिक्रम हो, थर चाँही मेरो र उसको एउटै, तर वसिम अक्रम जस्तै बलीङ गर्ने हुनाले सुरुमा उसलाइ अक्रम भन्थ्यौ, पछि हुँदा हुँदा चक्रम भयो र फाइनली चक्रमबाट चक्रे । असाध्यै राम्रो बलीङ गर्छ, रन अप पनि खतरा छ, लगभग अहिले सोएब अख्तरले लिने जत्तीकै । पेस पनि बुलेट छ, अझ उसको पेस मलाई थाहा नहुने त कुरै भएन । उसको बलीङमा, रोहित र सन्तोषको मा भन्दा लिटरल्ली पाँच स्टेप पछाडि जानु पर्छ मैले नत्र बल कलेक्ट गर्न सकिन्न । चक्रेको बलीङमा मलाई डिप थर्ड म्यान पनि हुनै पर्छ, यस्तो अनइभन बाउन्स हुने पिचमा कहिले काँही चक्रेको पेस कलेक्ट गर्नै सकिन्न ।

'लौ ग्वाँचे प्याड अप भइहाल्, टस जितेर ब्याटीङ लिएको छु मैले ।' चक्रेले आदेस दियो । सागर अघी नै प्याड अप भइसकेको रहेछ ।

चेन्ज गरेर छिटो छिटो प्याड अप भएर सागर र म क्रीजमा गयौं, पानी पर्ला जस्तो थियो, कालो बादलले आकाश बिस्तारै ढाकिंदै थियो । सेकेन्ड ओभर मैं मेरो लेग स्टम्प उडाइदियो, उताको बलरले, खतरा लेट स्विङ भएछ, चार रन मात्रै बनाएको थिए । त्यसपछि रोहित आयो सागरलाइ साथ दिन । रोहित र सागर ले राम्रो खेल्दै थिए, बिस बाइस रन बनाइ सकेका थिए, पानी पर्न सुरु भयो । एकैछिनमा पानी त मुसलधारे बर्सामा बद्लियो, म्याच क्यान्सिल ! ग्रीन क्लबका केटाहरु अर्को दिन फेरी खेल्ने भन्दै आफ्नो बाटो लागे ।

'क्या बोर भो यार पानी परेर, के गर्ने अब यती चाँडै घर त के गै भो र!' श्यामले स्टम्प्स उखेल्दै भन्यो ।

'कम अन ब्याइज लेट्स ह्याब अ गेम अफ सकर' रविन्द्रले आफ्नो ब्यागबाट फुट्बल निकाल्दै भन्यो ।

क्रीकेट खेल्न जाँदा सँधै हामीहरु फुटबल र बास्केटबल पनि लिएर जान्छौं । पानी परेर क्रीकेट खेल्न मिलेन भने फुटबल खेल्छौं र कहिलेकाही बास्केट बल कोर्ट खाली भएको बेलामा खेल्ने मुड भयो भने बास्केट्बल ।

दस जनालाइ पाँच पाँचको दुई टिममा बाड्यौं, इन कि आउट गरेर । एउटा टिम टि सर्ट खोलेर बेएर चेस्ट र अर्को टिम टि सर्ट लगाएर नै खेल्नु पर्ने हुनाले, कुन टिम्ले कसरी खेल्ने भनेर पनि टस गर्यौं । हामीहरुले टि सर्ट लागाएर नै खेल्नु पर्ने भयो । पानीले निथ्रुक्क भिजियो, हिलोमा कपडा र जिउ मान्छे चिन्न नसकिने गरेर मैला भयो । तर सबैले एक्स्ट्रा एक एक जोर कपडा ल्याएका हुनाले केइ पिर थिएन्, खुब खेलियो हिलोमा । पानी रोकिए पछि चक्रमहरु घर गए । म, रोहित, श्याम र सन्तोस, पुल्चोक क्याम्पसको होस्टेल मुनी चेन्ज गर्दै थियौ, पाटनतिर को एउटा चिनेको भाइ, नाम अइले बिर्सें, साइकलमा आएर हामीहरुलाइ सोध्यो: 'दाइ आज क्रीकेट खेल्नु भएन?'

'हेर न भाइ पानी परेर खेल्नै पायिएन' स्यामले जवाफ दियो ।

'ऐले त पानी रोकीहालियो न अब खेलौं न है' त्यो भाइले फेरी भन्यो ।

'ग्राउन्डमा हिलई हिलो छ कसरी खेल्ने ?' मैले भने ।

'हामी पाँच जना त हो नि, एइ बास्केट बल कोर्टमा एक्छिन टुक टुक खेलौं न' सन्तोसलाइ क्रीकेट खेल्न नपाएकोमा छुक्छुक लागिरहेको रहेछ ।

'ल हुन्छ त, यता पट्टिको पोललाइ स्टम्प्स बनाउँ, यताबाट बलीङ गरौं' कोर्टको बिचमा इँटाको टुक्राले एउटा लाइन बनाउँदै श्यामले भन्यो ।

'हे...यत्रो मसिनो पनि स्टम्प्स हुन्छ कि क्या हो बोल्ड गर्नै गाह्रो हुन्छ' रोहितले बास्केट्बल रिङ्गको पोललाइ देखौँदै भन्यो ।

'यसो गरौ न त यो भाइको साइकलको अगाडीको चक्कालाइ स्टम्प्स् बनाऔं, चक्कामा जता लागे नि आउट' त्यो भाइको साइकललाइ पोलामा अड्याउँदै मैले भने ।

'हुन्छ, ल सिङगल सिङगल खेल्ने, म्याक्सिमम एक जनालाइ तीन ओभर' रोहितले फेरी भन्यो ।

'सानो ठाँउमा खेल्न खुब रमाइलो भयो, फेरी पिच पनि सिमेन्टेड (बास्केट बल कोर्ट) हुनाले बल पनि खतरा बाउन्स हुने । स्टम्प्स पनि ठुलो एरिया (साइकलको चक्का) हुनाले व्यासट्म्यानले बल मिस गर्‍यो कि बोल्ड ! भ्यड्याssssम .....भड्याssssम आवाज आउने, बोल्ड हुँदा त । साइकलको चक्क हुनाले बल पनि स्टम्प्समा लागेर टाढा नजाने, चक्काले रोकिहाल्ने । सबैले तीन तीन चोटि ब्याटीङ गर्‍यौं, सबैजना बोल्ड पनि दुई तीन चोटि नै भयौं

'ल अब राती पनि हुन लाग्यो, अब चाँही जानु पर्‍यो, पर्सी फेरी खेल्ने भनेको छ, पर्सी छिटो आउन है भाइ' रोहितले त्यो भाइलाइ भन्यो । हाम्रो साइकलहरु साइकल स्ट्याण्डमा राखेको हुनाले हामीहरु त्यततिर लाग्यौं । त्यो भाइ आफ्नो समानहरु ब्यागमा राख्न लाग्यो ।

घर पुगेको एकछिन भएको थियो, नुहाएर बाहिर आएको मात्रै थिए, रोहितले फोन गरेको रहेछ: 'ओइ, भरखरै चक्रेले फोन गरेको थियो, र्‍याग भएछ नि यार!'

'के भयो ?' मैले जिज्ञासा राखे ।

'त्यो भाइ छ नि, चक्रेको छिमेकी हो भन्ने तलाइ थाहा छ ?' रोहितले सोध्यो ।

'थाहा छ मलाई, चक्रेको त नाता पनि पर्छ, एकचोटि चक्रेको घरमा जाँदा भेटेको मैले ' मैले भने ।

'के भएछ भने, हामीले वालिङ गर्दा यादै गरेनछौं, हरेक पल्ट बोल्ड हुँदा त्यो भाइको साइकलको चक्काको रिमको डन्डीहरु भाँचिदो रहेछ । त्यत्रो पल्ट वलले लाग्दा त सबै डन्डीहरु पनि कामै नलाग्ने गरेर भाँचिएछ, चक्का पनि त्रीपट भएछ ।' रोहितले बतायो ।

'लाssss... त्यही भएर त त्यस्तो डल्बी डिजिटल साउन्डमा भड्याssssम भड्याssssम हुने रहेछ ।' मैले बल्ल रियलाइज गरें ।

'साइकल त चलाऊनै नमिल्ने भएछ, बल्ल बल्ल त्यो भाइले डोर्‍याएर लगेछ, साइकल बनाउने पसलसम्म ।' रोहित भन्दै गयो, ' दुई सय रुपैयाँ लाग्ने भयो रे सबै मर्मत गरेको । घरमा त्यो भाइले भनेको त उसको बुवा त बम रे, जो जस्ले बिगारेको उनिहरुसँगै पैसा माग रेँ'

'अनी ?'

'त्यो भाइ रुँदै चक्रेको घरमा आएको थियो रे हामीहरुसँग पैसा मागिदेउ भनेर ।' रोहितले भन्यो ।

'अब के गर्ने त ?' मैले फेरी सोधे ।

'के गर्ने नि, खेल्दा खेलियो, अब हामीहरु चार जना मिलेर पचास पचास रुपैयाँ तिरेर साइकल बनाइदिने नि' रोहितले बतायो ।

'हुन्छ त्यसै गरौं, कुन पसलमा बनाउन दिएको छ त्यो भाइले साइकल ? मैले सोधे ।

'पाटन ढोका भित्र छिर्ने बित्तीकै दाँया साइड्को तेस्रो पसल रे, त्यो भाइ र चक्रे अहिले त्यही हुन्छन रे!' रोहितले बतायो ।

'श्याम र सन्तोषलाइ पनि फोन गरेर पचास पचास रुपैयाँ लिएर त्यही आउनु भन न त है, एकछिन पछि हामी पनि त्यही पसल मैं भेटौं ।' मैले निरास हुँदै भने ।

थुssssक्क............यो हफ्ताको पकेट मनि त्यत्तिकै फोकटमा सकिने भयो !!
 
Posted on 03-30-07 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी गयो ग्वाँचे, अति दामी !!!!!!!!!! कुरा सुन्दैजाँदा सबैको हिजो उस्तै पो थियो जस्तो लाग्न थाल्यो मलाइ । कस्तो झल्झल्ती संझना आयो कुराहरुको नि । बाइ द वे ग्वाँच, तिमी भनिमन्डलतिर को त होइनौ ?
 
Posted on 03-30-07 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नमस्ते गरेहै मैले नि हजुरहुरलै ।
लौ हरिको गितले मलाइ त्यो टुक्रा लेख्न प्रेरित गरेको हो त्यसो त ।

सबै जो अनसन बस्ने रे।
ह्या घरको मान्छे नि ' कि छिटो लेख- कि भन त्यसपछि केभयो?नत्र म नि चौतारिमै गएर अनसन बस्छु' भन्न थाले बाबै । :P:P
जे होस मनपराएर पढिदिनुहुने हजुरहरुप्रति म आभारी भए

दादा, गौतमजी, गुन्टे, नमे, राहुलदा, मिस्टी, रामचन्द्रे, प्रिति सप्पैलाइ सन्चै रैछ के रे
मिस्टिलै शुभ-यात्रा है ।

आज कस्तो छ ग्वाँचे हजुरलाइ?:) हिजो बिसन्चो थियो नि त्यसैले सोधेकिम के ।
ग्वाँचेको कथा पढ्नु पर्ला एकै छिनपछि

अनि कुम्ले:D :D अब हाम्रो ग्यांगमा परेउ हैन त तिमी नि :P ---त्यसोत यो कुरो देवरजीले भन्या हो है :)
तिमी र तिम्रो 'उनी' (मेरी चै भाइभूहारी :P ) लाइ मेरो तर्फबाट नि धेरै धेरै शुभ-कामना है त-

 
Posted on 03-30-07 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, नमे, कुम्ले, ठुलि, गुन्टे बाबु, मिस्टे, सान्नानी, ठुल्दाइ, रामे, हरि तथा ऐले चौतारीमा नहनु भएका सम्पूर्ण गाम्लेहरुलाइ सामुहिक अभिबादन!

(वेदर अपडेट, हैन हैन मेरै कन्डिसन अपडेट आज चाहि:आज कन्डिसन एकदम ठीक छ, हिजोको ह्याङ पनि सिद्दियो । दुई तीन चोटि, मुसाको चुचोमा क्लिक पनि गरिएन ।
ठुलि आज च्या'मा उखु चोपेर खा'को रे हो ?)

सबैलाइ बेसै होला क्यारे!
 
Posted on 03-30-07 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसको पनि सवारी भएछ, मिस दर्शन गरे हैं । आजको मेरो कन्डिसन अपडेट माथि नै गर्द्याछु, तैपनि भनिहालुँ, आज सुअबार, अब दुई दिन खेतमा जानु छैन्, रमाइलो लागिराछ ।
 
Posted on 03-30-07 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

' ......आरुबखडा, कैले भोगटे चोर्न जान चाहन्छु, कहिले भाइ बहिनीसँग रेस्लिङ खेल्न चाहन्छु, बागमतिमा पौडी खेल्न पनि जान चाहन्छु । त्यो अशोक हल अगाडीको दाइको स्टेसनरी पसलमा कमिक्स तथा बाल पत्रीकाहरु किन्न जान चाहन्छु, रिङ्ग रोडमा साइकल रेसिङ पनि गर्न चाहन्छु, त्यो क्रीकेट, हिले फुट्बल, बास्केट बल पनि खेल्न चाहन्छु । ठ्याक्कै त्यही गर्न चाहन्छु जे जे पहिला गर्थे । लोड सेडिङ भएको बेला ज्ञानोदय पुस्तकालयमा ......'

कस्तो मार्मिक तरिकाले लेखिबक्सेको त नि हजुरले -'ज्ञानोदय बालबाटिका' मा पढेको हो र ग्वाँचेभाइ?

ल गालब खै?
ग्वाँचेको कथा पढेर पो याद आयो
यि केटाहरुलाई न पानी न घाम न जाडो क्रिकेट भने पछि कुनैको मतलबै नहुने चारै तिर त्यस्तै हुनेर'छ । काठको टुक्रा , बल पकडे जुत्ता लाए दौडे :)
 
Posted on 03-30-07 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचको कथाले याद दिलाको एउटा कुरा मलाई नि भन्न मनलाग्यो अब । हाम्रो क्रिकेट टीमाँपनि एकजना जेन्टलम्यान थिए । उनलाई हाम्ले पाटन क्याम्पस बाहिर भेटेको । एकदिन मान्छे नपुगेर खेल्छस् भनेर सोध्न नपाउँदै उनीनि तयार भइहाले । क्रिकेटको अति नै शौखिन मान्छे परेछन, अब भो उनीसँग त ६ वटा स्टम्प, २टा ब्याट, अनि हुँदा हुँदा त विकेट किपरको पन्जापनि रहेछ, हामीलाई के चाहियो, उन्लाई त हामीले क्याप्टेन नै बनाइदियौं । मुन्चाहाउसबाट हरेक हप्ता नयाँ बल किन्ने जिम्मा पनि उनले नै सम्हालेका थिए।

तर उनको एउटा सार्‍है नराम्रो बानी थियो । गाम्लेहरुलाई सम्झना छ कि छैन, तर अम्पायरिङ् गर्ने जिम्मा ब्याटिङ् गर्ने पार्टीलाई हुन्थ्यो । उनी सँधै के भन्थेभने " बुझ्यौ केटा हो, मलाई एल बी डब्ल्यू नदिनु, म यो गेम जिताइदिन्छु " । ल होला त नि भनेर हामीलेनि सोच्यौं, के खाएर हुन्थो, सोमको बानी त बल कि त प्याडले हान्ने, होइन भने सिधै बोल्ड हुने पो रहेछ। सँगै भएर झण्डै ३ महिना खेलियो, उनले रनको खाता खोलेको भए मार्दिनु । पहिलो बललाइ लात हान्यो, दोस्रो बलमा क्लिन बोल्ड । कति हाँस्नु
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters