nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५० "स्वर्ण बिशेष" ~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 235233 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-27-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी स्वर्ण महोत्शब~





सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







((((Go chautari Go))))
((((Go chautari Go))))
((((Go chautari Go))))




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!

 
Posted on 03-27-07 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिन भरि हामी( ग्वाँच्, हरि, झिल्के,भउते, यामे अनि महिला संघ का सबै जना) ले नमे अभियन्ता को खोजिमा थियौं ।
स्वर्ण चौतारीको प्रतिक्षा मा ।
यती सुन्दर चौतारीको निर्माण मा लागेको रहेछौ, मुरी मुरी धन्यवाद ।

गोतामे, तिरु,
गालब गुरु
भउते
नेप्चे र भट्टे
ह्यारि र तरकारि
जिम्माल् बा
अनि बाकि सबैलाई
पुन: एक पटक् स्वर्णिम् तारेमाम् ।
 
Posted on 03-28-07 12:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघि नदेखिएकालाई जदौ गरें है!
यस्तै हो हरि, हराएजस्तो देखियो, तर हराकै भने त हैन क्या! चौतारी जान्छु र दुनियाका कुरा काट्छु भनेर हिनो, एउथरी काम आईलाग्छ! अर्को दिन अर्को थरी काम आईलाग्छ! अब यो मउसबमाचैं जमौंला भनेको हो के रे।

जगजीत सिंले गा'को गजलको टुक्रो याद आउँछ अनि,

अपनी मर्जीसे कहाँ अपनी सफरके हम हैं
रुख हवाओंका जिधरका है, उधरके हम हैं-----
 
Posted on 03-28-07 1:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wah Wah , Gajab chha
Jai Nepal
 
Posted on 03-28-07 1:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वर्णिम तारेमाम्! पाटी भन्दा खेरि झुर्लुक्क सुम्झे.
हाम्रा गाममा पैञुँ फुलेर सेतारम्मै हुनी बेला भैच केरे अनि अब वनभात खान जानी
भनेर आम्नी शंसरबार लुवा सुवा धोओर टंगालोमा सुका'र हामी नि जानी भन्याहम्.
तिमेरुका गाममा पैञुँ फूल्दैन पैञुँको रहरै होला बरै आओ न्त उसो भे.
 
Posted on 03-28-07 2:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए... पुगेछ है पचास । हिजो जस्तो मात्रै लाग्थो चौतारीमा बामे सर्दै आएको आज त सोर्न मौसब मनाउने बेला आइसकेछ । नयाँ बर्ख, दसैं, तिहार, चैते दसैं जस्तै चौतारी मौसबहरु पनि हाम्रो लागि ठुलो चाड त हुन नि, केइ समय पैला रजत नि मनाथ्यौं, आज सोर्न मनाउँदै छौ, केइ दिनपछि हिरक अनि तेस पछि प्ल्याटीनम,तेस पछि.....अँ ........ (आएन, के भन्छ साँच्ची तेसपछिको मौसबलाइ?)!

नमेलाइ धनेबात, हामी सबै गाम्लेहरुलाइ बधाइ र शुभ कामना छ, यसरी नै हामीहरु बिच मित्रताको अटुट बन्धन सधैं रहिरहोस ।

अब म पनि लागे है मौसब मनाउन कम्मर कसेर!

((((Go chautari Go))))
((((Go chautari Go))))
((((Go chautari Go))))
 
Posted on 03-28-07 2:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोर्ण चौतारिमा मेरो पनि नाम हाल्न मन लाग्यो। हुन त मेरो नाम अर्ध स्वर्ण देखि पहिलो पोस्टमा छ, तर त्यो नाम मैले छाडिसकेँ के। नया नामले चौतारिमा लेख्न पनि मन लागेन। तेसैले पढेर मात्र बस्ने गरेको।

" नमेलाई धेरै धेरै धन्यबाद, अनि हामी सबैलाई धेरै धेरै बधाइ ! "

लु लु जाओस् जाओस् ।
 
Posted on 03-28-07 4:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते, बिर्खे,ज्वाइ, रामे दाइ,दादा, ग्वाचे, बिराले सपैलाइ धन्यबाद अनि स्वागत । यस पटक चै म त धन्यबाद तथा स्वागत समितिमा बसे जस्तो पो भयो । दिउसो भरी मेलामा थिए के राहुल दाइ अनि तपाइहरुले बोलाको सुन्न नै पाइन । सुनको चौतारी घच्चिको बनाउने सुर थियो यो मेलाको कामले मेसो देको होइन । ए कपि क्याट के नाम लेर आको त नि ? ल पुरानो नाम भन, त्यो मेटार तिम्रो नया नाम राखिदिम्ला । अब फेरी मेला तिर लाग्नि ट्याम भो के रे, चौतारीको रमाइलोमा सांझ तिर मात्रै सामेल हुनु पर्ला ।
 
Posted on 03-28-07 5:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी चिनेछौ के जाति सोर्न मउसब उपेलेक्षेमा, धन्देबात छ नमे!
क्यार्नु आफ्नो चाइन्जो भैँसि भरे भोलि एइ बेलाँ भओ, गैराबारिको कान्लोको चिलाउन्या रुख एइ पालि ढलो जे होस सके सम्म आउला के रे!
सपैलाई जदौ! यो बिर्खे माईलाको!!
 
Posted on 03-28-07 5:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो र नमे, पोर सालको रजत मौसबमा म थे, स्वागत सत्कार कमिटीमा यसपाली सबै मिलेर धन्याबात त स्वागत समिती चलाम्ला नि । अझै सोर्न मउसबको रमझम सुरु भा छैन अस्तो मानिछु, सबै ना एक दुई लाइन लेख्दै भागदै गर्दै छन ।

जग्गी दादालाइ हिजाँ गाँजाले छोड्याछैन जस्तो छ, मलाई पनि रातभरि त टाउको हल्लाइ रा' थो । आज सोर्न मौसब मनाउने भनेर म त बिहानै चिसो पानीले नुहाएर आएको अनि ठीक भयो । हिजो जग्गी ब्रोले गाँजा मात्रै हैन खाना पनि खुवाउनु भा थो, तरकारी फेरी कति मिठो बना'हो ? भात चाइ अलि रंगिन रंगिन थ्यो, मन्दिरको अक्ष्यतामा मागेर ल्याको चामल मिसा'र पकाको होला, हिजो गाजाँ सुरमा सोध्नै बिर्सेंछु ।
 
Posted on 03-28-07 7:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु !
नमेलाई धेरै धेरै धन्यबाद, अनि हामी सबैलाई धेरै धेरै बधाइ
 
Posted on 03-28-07 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good morning!
:)

 
Posted on 03-28-07 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा पाल्नु भएका सम्पूर्ण गाम्ले महानुभावहरुलाई स्वर्णिम जदौ!!
 
Posted on 03-28-07 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ५० "स्वर्ण बिशेष"

चौतारीमा पाल्नु भएका सम्पूर्ण गाम्ले महानुभावहरुलाई स्वर्णिम जदौ!!
 
Posted on 03-28-07 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मामामा हो! ल यार हेर्दा हेर्दै चौतारी पनि फिफ्टी भाग नागिसकेछ हो। यो त पल्लो घरको टिमोठी (तिर्थ मणि) अंकलको छोरी हेर्दा हेर्दै थाहै नपाइ तरुनी भएको जस्तो भयो नि हौ। आबो छोरी तरुनी भएकोमा अंकललाई त कंग्र्याट्स दिन मिलेन कि तर टोलको हाउडेहरुलाई चाँहि बधाई दिनै पर्छ हो। तर चौतारीको केसमा चाँहि अलि डिफरेन्ट छन्त हो, यस्मा चाँहि जन्माउने देखि हुर्काउने देखि लिएर रमाइलो गर्ने सबैलाई, आइ मिन, नेपेदाई, नमे, भउते, जिम्माल बा हरु देखि लिएर फरे, इरे, खैरे, गुन्द्रुके, अनि मलाई समेत बधाई हो।

आबो हो गोल्डेन महोत्सबमा सबैले दामी दामी कुराहरु लेख्ने होलान्त, लेखुपर्छ हो! मो पनि मिलाएर एक दुइ खोक्स चाँहि हान्छु हो।

गोल्डेन महोत्सबमा बिशेष चाँहि कहिलेपनि हो कविता सविता नलेखेको हाम्रो ठुल्स, आई मिन ठुल्बुइनी हो, उस्ले चाँहि एउटा दाsssमी कविता हान्दिनुपर्छ हो पुराsss चौतारी थर्काउने गरी। अनि गाल्सको अर्को ग्रेट फिक्सन पनि आउनुपर्छ हो। त्यस्तै तित्सको "चौतारी फिफ्टी" कन्सेप्ट राखेर बनाको चित्रपनि आउनुपर्छ। सान्सको अर्को ग्रेट रेसिपी आउनुपर्छ। चित्रेजकोपनि कविता आउनुपर्छ, गोताएँ दाईको लगुकथा आउनुपर्छ। मिसबाट अर्को राम्रो मन्त्रको वेबसाइटको लिन्क आउनुपर्छ। त्यस्तै सबैको सबै स्पेसल आउनुपर्छ।

अबुईsss इमोसनमा आएर लेखेको त लाsssमो भएछन्त, लु मो चाँहि छड्केको है। आबो खोक्स दिनेहरुले बबाsssल गर्दै गर कि मो चाँहि फिरी आउँछु।

निस पाट कता गएछ यार!! अड्डामा आउँछु भन्थ्यो, उतै जानु पर्यो जस्तो छ हौ! के मा जाने? त्यो तोर्पे ट्याक्सी ड्राइभरले पैसा माग्नु डराउछ जस्तो छ, त्यस्लाई नै मुर्गा हान्नु पर्ला अड्डा सम्मन्।

"ओह्! ट्याक्सी भाई! कहाँ नो पार्किङमा पार्क गरेको ब्रो तिमीले, आबो तिमीलाई ट्राफिक पुलिसकोमा लैजानु पर्ला जस्तो छ...."!!

:-)
 
Posted on 03-28-07 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नाम खै? मलाइ हेला गरेर पाखा लाएछन ।ठिकै छ :( :(
यस्तै हुन्छ त 'स्वर्णविशेष'--कसैलाइ काखा कसैलाइ पाखा"??
:(
 
Posted on 03-28-07 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लले खोकेर टाप द्यो।
आप्पुइ उदोघोषिकाहरु कता हराएछन्, जुलठी बाटेर!
 
Posted on 03-28-07 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु !
नमेलाई धेरै धेरै धन्यबाद, अनि हामी सबैलाई धेरै धेरै बधाइ

चौतारीमा पाल्नु भएका सम्पूर्ण गाम्ले महानुभावहरुलाई स्वर्णिम जदौ!!

मलाई सुनौलो फुल लिएर आउनु भनेर जिम्मा ला थ्यो, तेइ भर ढिलो भो आउनलाई। ल सबै जना मिलेर सजाउँ हामी सबैको प्यारो चौतारीलाई। :)

 
Posted on 03-28-07 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

चौतारी स्वर्ण अंकको चौतारी बनाएकोमा नमेलाइ धेरै धेरै धन्यवाद साथै सबै एक्टिभ चौतारीवासी तथा चूपो लागेर हेर्ने दर्शकहरूलाइ पनि धन्यवाद, बधाइ तथा शुभकामना! कुम्लेले आफैंलाइ छुटाएछ, उसको पनि दामी कथा आउनुपर्छ। आफ्नो अचेल व्यस्तताको कारणले कविता, कथा फुर्नै छोडिरा’छ, हेरम् टराइ गरम्ला, केही फुरिहाल्यो भने ढिलो नगरी टाँस्ने नै छु।

अनि हिजोको किरकेट म्याच त आजसम्म लम्बिएछ नि। आज के हुन्छ हेरम्। आफू त आयरेहरूको सपोटर हो, शुक्रवार ईंलिशहरूसँग छ, हार्ने निश्चित भए नि आयरेहरूलाइ नै चियर गर्नु पर्ला। राहुलदाइले नेपालको दुष्ट छिमेकी भारत भने झैं आयरेहरू आफ्नो दुष्ट छिमेकी ईंग्लेहरूलाइ मान्छन् नि।

ल सबै गाम्लेलाई फेरी बधाई पचासौं अंकको लागि!
 
Posted on 03-28-07 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सबैलाई! स्वर्णिम चौतारीको बधाई फेरि एकपटक सबैलाई!
***********

एउटा 'बेलाको बोली' (समसामयिक मुक्तक) सुन गाम्ले हो!

हो संसार यस्तै छ, यहाँ कस्लाई दु:ख छैन!?
नहुनेको के कुरा, हुने पनि ढुक्क छैन
जमाना पनि कस्तो आयो, हाम्रा तरुण बुद्दलाई-
जमीनमुनि गएपनि सुख छैन!

*****************

कस्को बारेमा लेखेको भन्ने कुरो त स्पष्टनै छ, आजभोलिका समाचारमा छ्यास्छ्यास्ती छ।
रामबहादुर बम्जनको यथार्थ (उनी कस्ता हुन्, उनको वास्तविक नियत के हो) त पछि थाहा नै होला, तर समाज र मिडियाले उनको पिछा गरेको देखेर म चकित छु! बुद्दले पनि एकान्त नपाउने जमाना आएछ!
यो प्रसंगले मलाई ओशोको याद आयो (एकताका म ओशो असाध्यै पढ्थें, अहिले पनि पढ्न मन लाग्छ, तर इण्टरनेटमा पढेर पटक्कै स्वाद आउँदैन! )। ओशोले एक ठाउँमा के भनेका छन् भने, वर्तमान मानव कोलाहलपूर्ण छ। बाहिर बजारको कोलाहल त छँदैछ, मान्छे भित्रपनि (मनमा) कोलाहलले भरिएको छ, तनावले भरिएको छ। यसैले शान्त, तनावरहित मान्छे कतै देखियो भने मानव समाजले सहन सक्दैन र हात धोएर उसको पिछा गर्न र जिस्काउन थाल्छ। त्यो शान्त र आनन्दित मान्छेलाई आफूजस्तै कोलाहलपूर्ण र तनावपूर्ण बनाएपछि मात्र समाजलाई सन्तुष्टि हुन्छ। रामबहादुर बम्जनको स्थिति पनि यस्तै हो कि?!
 
Posted on 03-28-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको स्वर्ण महोत्सव मनैदै रहेछ । ल सबैलाइ मेरो नमस्कार छ ।
यो त भव्य हुनुपर्‍यो नि ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters