[Show all top banners]

ramprasadneupane
Replies to this thread:

More by ramprasadneupane
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 रामे को america अनुभव्!

[Please view other pages to see the rest of the postings. Total posts: 128]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 50768 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 12-14-06 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे को america अनुभव्- भाग्-१

कुरो america आउँदा को हो । प्लेन चढ्न त पयियो, america छिर्न नै नपाइने हो कि भन्ने टेन्सन थियो । धन्न आइयो ।

पोर्ट अफ् एन्ट्री मा हाकिम् ले सोध्यो, के काम ले आयिस?
मैले भने पढ्न ।

चार् बर्स को लागि?
मैले भने, हजुर ।

अनि देश फर्किने?
मैले भने हो हजुर ।

तल देखि माथि सम्म हेरेर भन्यो, ल ठिकै छ ।

कहाँ बस्ने नि ?
मैले भने कलेज को होस्टेल मा ।

मोरो ले पत्याएछ।

पढाई भन्या तेस्तै हो, आउन साथ काम खोज्न हिडियो । एउटा किताब् पसल् म पकिस्तानि भेटियो। ये हामि त सार्क् को छिमेकि भने, जांठा लाइ सार्क् भन्य थह रैनछ। कुरो मिल्यो। भोलि देखि काम् मा आइज् भन्यो तेस्को बोस् ले । एक् राति इकोनो लोज् मा बस्या ६० डलर् ले दिमाग् ठाउ म थिएन आफ्नो। काम् पाइयो धन्न। क्लास् सुरु हुन २० दिन् थियो ।

पढाई भन्या तेस्तै हो, काम् पाइयो धन्न । अब अर्को चुनौति डेरा खोज्ने थियो। बोस् ले sleeping bag ल्याएर येहि सुते हुन्छ भन्यो, एका बिहानै । आफ्नो त हर्श ले ठाउ छोड्यो। न आमा पट्टि को न बाउ पट्टि को । कुरो मिल्यो । पैसो को कुरा नि राम्रो लाग्यो, महिना मा १२०० दिन्छु भन्यो, वाह्! झन्डै १ लाख्!

अर्को समस्या खाना को थियो, आफु लाइ burgar चाख्ने बडो सौख् थियो, खिचापोखरि को burgar बस्तबमा burgar होइन रैछ भन्ने चाल् पाए । mac donalds ले मेरो आखा खोल्यो। सोचे, chicken burgar यति मिठो भए ham burgar कस्तो होला त? तर मन् ले मानेन। गाइ मासु र सुङुर् मासु चाहि आहिले नै नचाखौ भनि थाति राखे। जिन्दगि मा पहिलो burgar किन्दा, किन्नु अघि को डर्, खैरे ले जे सोधे नि yes, please र everything भने पछि, हातमा burgar पाउदा, मैले मन् मनै भने "वाह् रामे, त चहि america म टिक्छस्"। बडो ठुलो बिजय थियो त्यो मेरो लागि ।

पहिलो एक् हफ्ता कसरि बित्यो चालै पाइएन। टोल् गल्लि चहार्दै बित्यो। ताल् ताल् का मान्छे, ठाउ न ठहर् थुतुनो चाट्या छन्, चुस्या छन्, छाम्या छन्। तरुनि को halfpant पछाडि लेख्या कुरो पढ्यो, दङ पर्यो, कतै bebe कतै pink, के के हो के के । Tshirt उस्तै guess लेख्या ... अब त्यो नि गेस् गर्ने कुरो हो? के होला त्यहा भित्र भनि?

पहिलो झट्का तब लाग्यो, जब bookstore म एउटि स्वप्नसुन्दरि को प्रवेश् भयो, धोतिनि जस्ति थिइ तर latino हो कि जस्तो नि लाग्या थियो। हिजो भर्खर् एउटा mexican लाइ "दाइ, तपाइ नेपलि हो?" भनेर सोध्दा kimpasa amigo भन्या कान् मा गुन्जिराथ्यो ।

मस्त तन्, अटसमटस् tshirt, फुट्ला जस्तो trousers, हाम्रै college को हुनु पर्ने हो , मन् मनै सोचे । मोरि ले किताब् छान्दा, angle, angle बाट हेरे, स्वाद् लिएर । आफुलाइ कस्तो गारो भै सक्या थियो ।

बोस् counter मा थियो, म नि छेउ मा गएर किताब् मिलाउन थाले। नक्कलि आइ । hey, I am Sania ... भनेर हात् बधाइ, you from India? मैले भने No, from Nepal...Kyaath-man-dio...everest?" saki nasaki accent हालेर भने । छप्कि पग्लि छे । really?

hwasyonem भ्न्या जस्तो लग्यो।
sorry? मैले भने
your name?
ooh! Ronnie मैले भने।

Ram Prasad Neupane कता कता पाखे पाखे लाग्यो आफैलाइ यतिका बर्ष पछि।Ram Prasad Neupane काट्कुट् गर्द तुरुन्त दिमाग् म Ronnie जन्मियो, Ram को Ro र neupane को Ne Ronnie ।
 
Posted on 12-16-06 12:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dyamnnn , blast from the past.. something from my home town, my life , couldn't be any better... thanks so much man.. you not only telling us an intersting story, but actually taking us back to where most of us came from... great job....
 
Posted on 12-16-06 5:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-16-06 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wah wah.. daaami laagyo som ko atmakatha.. keep on updating ...
 
Posted on 12-16-06 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hope u keep it updated
 
Posted on 12-16-06 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

som le kyaaa fast diyechha. kuro katabata kataaa kataaaaa, taipani rramaailo chahin besskari nai chha. Aru bhanda pani 'jharro' sabda ani 'local' sabda haru thikka milayera ghusayeko jyaadai ramro lagyo. Malai ta kathaa/aatma katha bhandaa pani kunai gafadile puraaa guff di'raa jasto po lagyo. Sorry hai, comment matrai na ho. Ramro arthale liyema ramro....naramro arthale liyema naramro. feri feri jawos.....
 
Posted on 12-17-06 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what's next ??
 
Posted on 12-17-06 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good going roonie...keep it up...
 
Posted on 12-17-06 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Haha..
Afnai katha jasto lagyo....haha....dherai ramro....Roonie......Malai yaha kuire haru le...Naam change gar bhanera hairan.....Pronounce garna garo bho re.........afno naam pani 4,5 choti bhannu parne ke............ani ta kati lai ta malai Mr Sherpa bhannu bhande........Ma pani aba Tonie.. Raknnu Parla naam...haha ani Dyamn saathi le bhane jastai
" blast from the past.. something from my home town, my life , couldn't be any better... thanks so much man.. you not only telling us an intersting story, but actually taking us back to where most of us came from... great job.... "

GREAT JOB......i realli enjoyed ur story...thanks
 
Posted on 12-17-06 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

u made me laugh hasaess
 
Posted on 12-17-06 7:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिबा दाइ सौरहा को याद अयो यार । धेरै राम्रो मान्छे । पारश देखि राम प्रशाद सम्म्का साथी रहेचन । जिबा को दाइ शिव Last गजडी हुन यार । जिपमा नै DHUM BABA लेखेका थिएए ।
 
Posted on 12-17-06 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-17-06 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

they were 5/6 brothers
बि पि चौधरि, शिब चौधरि , जिबा चौधरि, रुपा चौधरि, kancho को नाम के हो यार लस्ट हावा थियओ last टाईम नेपाल थाहा पाएए जापान मा रहेच.

 
Posted on 12-17-06 7:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jiba dai ko grand father was known as Rihno Rider. He had ride Rihono while he was young as he had bet of one MOhar ( he had told me once while I was there)

===================================================
Sauraha might be like this as this is mustard sesion
==============================================

 
Posted on 12-18-06 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.....

Billy को ताल देखेर कहिले काही तीनछक पर्छु, ४ बर्षमा धेरै चेन्ज भएको कुरो उ आँफै गर्छ, आफुलाइ amrerican भन्न बढी रुचाउछ उ; हुन पनि हो ४ बर्ष भन्या जोक होइन यार्; तेसमाथि नेपाली नभेट्या, न त संगत गर्या; १-२ जना चिनेका पनि आफ्नै ताल का रैछन ।

कम्प्युटर, वेबसाईट, ईमेल यि तीन कुरा सङ घनिष्ठता अमेरिका आए पछी मात्रै भएको हो । नेपालमा साईबर क्याफे म घण्टाको २५ तिरेर कति गुजरा हुन्थ्यो र । साझा डट्कम सँगको मित्रता चाँही पोहर दसैं ताका मात्रै भीको हो; बिल्ली जि को कृपाले । सुरुमा anfrancisco मा काम नपाउदा दिनभरी कोठा मा बसेर उस्को ल्यापटप चलायो, caigslist म जोब खोज्यो, email गर्‍यो, नेपालमा भा नभा america को राम्रो कुरा गर्‍यो, काम पाइयो भनेर गफ हान्यो, अनि साझा डट्कम चहार्यो; उतिखेर को उरन्ठाउँलो साझा डट्कम र अहिलेको सामाजिक साझा डट्कम म धेरै भिन्नता छ । उहिले NAS को जस्तो मनै बाउडिने चित्र कहाँ हेर्न पाउनु नि? बिल्लि ले firewall रखेको ले होला जथाभाभि website म जानै हुन्नथ्यो, चित्रै नआउने बा!
साह्रै भाग्यमानी भा दिन याहू को च्याट रूम मा कहिले काही केही देख्न पायिन्थ्यो, तेत्ती हो! फेरी आफु त्यस्तो त्यस्तो कुरमा बढी ध्यान दिने परिएन, काम चली राथ्यो ।

ठुलो शहर भएर होला sanfrancisco मा अलि डर लग्थ्यो सुरु सुरु मा, तल्तिर को गल्ली तिर गयो कि ताल ताल का काले हरु, मुख छाडया छन्, बाटै मा मुत्या छन्, जाड्को बोटल जथभाबी फल्या छन्, बिजोग हालथ्यो downtown को । झन market र mission मा त सात्तै जाने भन्य, अजिब अजिब पहिरन मा एक से एक पागल हरु, खातेहरु, ठिसहरु! पछि बुझ्दा थाहा भयो ति सब vietnam युद्धका veteran रे! तीनहरुको गरीबि देखेर मलाई दुख लग्थ्यो, तर billi ले भन्या कुरा सधैं याद राख्थे, सरकारले तीनैहरुलाइ भत्ता दिदो रैछ ।

कति भाग्यमानी यहाँका माग्नेहरु, कति talented अङ्रेजीमा भिख माग्ने! हाम्रो नेपालबाट पशुपति अगाडिका सबलाई B-1 visa मा ६ महिनालाइ यहाँ ल्याउन पाए, नेपालको remittance अझ दरो हुन्थ्यो कि? यो पनि त एक किसिम को बैदेशिक रोजगार नै हो नि । यसै त देश बैदेशिक रोजगारको भरमा टिक्या बेला !

america मा नयाँ कुरा सिक्ने क्रम जारी थियो, आएको महिनौ पछी billi जि सँग पहिलो पटक चिया खान पाइयो, starbucks मा, कस्तो चियापसल यार्! छिर्नै डरलाग्ने ! जिन्दगीमा २०० रुपैयाँको 'चाय' खाएपछी मेरो छाती घमन्डले फुल्याथ्यो, बाटामा starbucks को कागाजको कप बोकेर हिंड्ने सबै जना सँग म अब जोरी खोज्न सक्षम थिए!

तर सोच्दा सोच्दै हातमा लिएको चाय सिद्धिएपछी मलाई एउटा अनौठो डर्ले घेर्यो - आज त billy थियो र चिया खान पाइयो, भोली नि? म आफ्नो अत्मबिश्वासमा आँफै अबिश्वसत थिए !

भोली पल्ट बिहानै billy जि ओछ्यान मै सुतिरख्दा, बडो हिम्मत गरेर हिजो को starbucks मा गए, थरि थरिका कफि देखेर दिमाग out भाथ्यो ! ठिराउदो जाडोमा पनि मेरो शरिरबाट पसिना निस्किन थल्याथ्यो, एउटा अनौठो डरले गर्दा । जे परे पर्ला भनेर कुन्नी के हो अर्डर गरे, भित्तामा भएको कफि को लिस्ट मा नम्बर ४ म भएको कफि, medium भने ! burgar किन्दा जस्तै everything भन्नु पर्ला कि भन्या, तर परेन, मलाई यो तरिका चाँही मन पर्‍यो तर पैसो गएको कुरो ले साह्रै चित्त दुख्दैथ्यो । २ डलर् ७५ सेन्ट् को त्यो कफि खाना साथ मेरो बुद्धीमा बीर्कै लग्या रैछ भन्ने प्रमाणित भयो, जनवरी को चिसो स्याठ्मा पिउनु परेको चिसो कुन्नी के हो ले मेरो दिमाग सफाचट भएकोथ्यो, billi जि को शब्दमा brain dead रे! के गर्ने? पैसो पर्या कुरो, घरमा ल्याएर माईक्रोववमा तताएर भएनी पिए । पहिलो कफिको त्यो चिनो स्वरुप starbucks को कप मैले ४-५ महिना सम्म रख्या थिए, पछि americanized हुँदै जाने सिल्सिलामा एक दिन कपले garbage मा ठाउँ पायो ।

तदुप्रान्त starbucks मेरो सबभन्दा नरुचाएको स्थानको लिस्टमा सदाको निम्ती दर्ता भयो ! अचेल चिया त पियिन्छ कि घर मै कि फ्री को, हजुर फ्री को naan and curry रेस्टुराँ म भात र कुखुराको साप्रो किनेपिच्छे २-३ गिलास धित मर्ने गरी चिया हानिन्छ ।

जती गरे नि मैतिदेवी चोकको बिश्रान्तिको चिया र सुर्य चुरोटको धित चाँही मेट्न सक्या छैन । "ओए भाई, ४ वटा र क चि क " अर्थत ४ कप रङ कडा चिनी कडा चिया । साथमा १० रुपैयाँको ४ वटा सुर्य, कहिले काही घन्टौ बिताइन्थ्यो बिश्रान्तिमा, तर हाम्रो usual टाईम चाँही शनिबार बिहान हुन्थ्यो । एका बिहानै ६-७ बर्ष नबिराइ ६ बजे गौशला चोकमा केटाहरु सँग भेट हुन्थ्यो, पशुपति दर्शन को लागि, ९-१० बजे तिर फर्कदा, सधैं बिश्रान्तीम आएर १-२ बजे सम्म गफ हान्यो बस्यो, कलेजका केटाहरु पनि भेटिन्थे । पछि आएर शाहुजीले दिक्क भएर होला बिश्रान्तिमा no smoking टाँसेपछी, बिश्रान्ती जान बन्द भयो, तर बिश्रन्ती को स्वाद कही नपाए पछी केही उपाय नलाग्दा, हामी compromise को अवस्थामा पुग्या थियौ, चिया बिश्रान्ती कै, तर बाहिर उभिएरै भए पनि !

चुरोट त्याग्ने कुरा यदाकदा 'दिपे' ले ल्याए पनि, बहुमतको कदर गर्दै चुरोट छोडिएन । दिपे, एउटा अजिबको character, चुरोट्, जाड्, बियर, रक्सी, गाजा केही नखाने तर ब्यवस्था गर्न कहिल्लै पछी नपर्ने ! केटाहरु फिट्टु भएर क्याबिन रेस्टुराँमा सुत्दा पनि ट्याक्सीमा चाढाएर घर भने पुर्याउथ्यो । राती २ बजे घर छिर्ने हिम्मत नभएपछी मेरो मै सुत्थ्यो, भोली पल्ट बाउ को last गाली खाइयो यार भन्दै सुनाउथ्यो । हुन पनि हो, घरमा मम्मिलाइ दिपे को birthday वा, दिपे को भतिजो को पासनि, वा दिपेको दिदि को engagement वा दिपे पास् भएको party, वा दिपे को birthday को बहाना सुनाएपछि आरामले बाहिर जान पाइन्थ्यो अझ डो पनि पास् हुन्थ्यो । हजुर्, दिपे को birthday २ चोटि मात्रै होइन, कहिले काहि त ४ चोटि सम्म मनाइन्थ्यो नेवारि, बिक्रम् सम्बत्, इश्वि सम्बत् र तिथिले !

अचम्म को मित्रता थियो हामी बिच्, वा मोटे, काले, दिपे, हुट्टे, बाबा, सुके, बोका, खैरे र म RP । सब को नाम पछाडि आफ्नै रहश्य थियो । मोटे-बाङ्गुर जस्तो भएको हुनाले, काले-पोल्दा पोल्दा उम्केर भाग्या जस्तो काले हुनाले, हुन त त्यस्तो काले त थिएन यार्; दिपे-dipendra को छोटो नाम्; हुट्टे-हुट्टिट्याउ जस्तो हुनाले; बाबा एक नम्बर् को गजेडी हुनाले; सुके-सुक्या बाँस् जस्तो हुनाले; बोका-छप्की देख्नै नहुने सोमलाई-दुई खुट्टामा उभिएको जे भएनी हुने!; खैरे- त्यो चाहि खैरे जस्तै देखिने हुनाले र मेरो बारे म त के आँफै गुन गान गरम र !

***
 
Posted on 12-18-06 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाजु भाइ,दिदी बहिनि, मित्र-शत्रु तथा तपाइहरु कै सम्भावित् भाउजुहरु

समस्त पाठकबृन्दमा यो रामप्रसाद न्यौपानेको हार्दिक धन्यवाद । यहाँहरुकै असिम माया र सदभावले अझै लेखौ लेखौ, काम छोडेर भएनी देखेसो बाडौ लाग्छ । अस्ती को weekend म केही लेख्न पाइएन, माफि को निबेदन पेश गर्या छु, सदर गरी पाँउ । खाश कुरो के भने , यो weekend बियर, broiled pork ribs, र २ वटा हिन्दी फिल्मले गर्दा कम्प्युटर फिटिक्कै छोइएन ।

ठाउ ठाउमा छाडा शब्द प्रयोग भएको भएता पनि (खाशै छाडा त होइन है!), ति शब्दहरुको अनुपस्थितिमा सत्यता जाहेर हुन नसक्ने हुँदा, भएका सब्द्हरु जे, जुन अवस्था मा थिए/छन्, तेस्तै अवस्थामा प्रस्तुत गरेको छु । असुबिधाको निम्ति क्षमा याचना छ।

उहि
राम् प्रसाद् न्यौपाने

पुनस्च: प्रस्तुतिमा अधिकान्श सत्यता छ, कतैकतै नाम्, ठाँउ परिवर्तित् छन्।
 
Posted on 12-18-06 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa yesto ramailo katha chahi chhutira rechha mero. :)
 
Posted on 12-18-06 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks again. More to come......people.
 
Posted on 12-18-06 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

great going,,,
keep it up///
 
Posted on 12-18-06 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kati ramaailo katha re'chha :D
 
Posted on 12-18-06 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

next part kahile sir?
 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters