ramprasadneupane
Replies to this thread:

More by ramprasadneupane
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 रामे को america अनुभव्!

[Please view other pages to see the rest of the postings. Total posts: 128]
PAGE:   1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 50621 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 12-14-06 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे को america अनुभव्- भाग्-१

कुरो america आउँदा को हो । प्लेन चढ्न त पयियो, america छिर्न नै नपाइने हो कि भन्ने टेन्सन थियो । धन्न आइयो ।

पोर्ट अफ् एन्ट्री मा हाकिम् ले सोध्यो, के काम ले आयिस?
मैले भने पढ्न ।

चार् बर्स को लागि?
मैले भने, हजुर ।

अनि देश फर्किने?
मैले भने हो हजुर ।

तल देखि माथि सम्म हेरेर भन्यो, ल ठिकै छ ।

कहाँ बस्ने नि ?
मैले भने कलेज को होस्टेल मा ।

मोरो ले पत्याएछ।

पढाई भन्या तेस्तै हो, आउन साथ काम खोज्न हिडियो । एउटा किताब् पसल् म पकिस्तानि भेटियो। ये हामि त सार्क् को छिमेकि भने, जांठा लाइ सार्क् भन्य थह रैनछ। कुरो मिल्यो। भोलि देखि काम् मा आइज् भन्यो तेस्को बोस् ले । एक् राति इकोनो लोज् मा बस्या ६० डलर् ले दिमाग् ठाउ म थिएन आफ्नो। काम् पाइयो धन्न। क्लास् सुरु हुन २० दिन् थियो ।

पढाई भन्या तेस्तै हो, काम् पाइयो धन्न । अब अर्को चुनौति डेरा खोज्ने थियो। बोस् ले sleeping bag ल्याएर येहि सुते हुन्छ भन्यो, एका बिहानै । आफ्नो त हर्श ले ठाउ छोड्यो। न आमा पट्टि को न बाउ पट्टि को । कुरो मिल्यो । पैसो को कुरा नि राम्रो लाग्यो, महिना मा १२०० दिन्छु भन्यो, वाह्! झन्डै १ लाख्!

अर्को समस्या खाना को थियो, आफु लाइ burgar चाख्ने बडो सौख् थियो, खिचापोखरि को burgar बस्तबमा burgar होइन रैछ भन्ने चाल् पाए । mac donalds ले मेरो आखा खोल्यो। सोचे, chicken burgar यति मिठो भए ham burgar कस्तो होला त? तर मन् ले मानेन। गाइ मासु र सुङुर् मासु चाहि आहिले नै नचाखौ भनि थाति राखे। जिन्दगि मा पहिलो burgar किन्दा, किन्नु अघि को डर्, खैरे ले जे सोधे नि yes, please र everything भने पछि, हातमा burgar पाउदा, मैले मन् मनै भने "वाह् रामे, त चहि america म टिक्छस्"। बडो ठुलो बिजय थियो त्यो मेरो लागि ।

पहिलो एक् हफ्ता कसरि बित्यो चालै पाइएन। टोल् गल्लि चहार्दै बित्यो। ताल् ताल् का मान्छे, ठाउ न ठहर् थुतुनो चाट्या छन्, चुस्या छन्, छाम्या छन्। तरुनि को halfpant पछाडि लेख्या कुरो पढ्यो, दङ पर्यो, कतै bebe कतै pink, के के हो के के । Tshirt उस्तै guess लेख्या ... अब त्यो नि गेस् गर्ने कुरो हो? के होला त्यहा भित्र भनि?

पहिलो झट्का तब लाग्यो, जब bookstore म एउटि स्वप्नसुन्दरि को प्रवेश् भयो, धोतिनि जस्ति थिइ तर latino हो कि जस्तो नि लाग्या थियो। हिजो भर्खर् एउटा mexican लाइ "दाइ, तपाइ नेपलि हो?" भनेर सोध्दा kimpasa amigo भन्या कान् मा गुन्जिराथ्यो ।

मस्त तन्, अटसमटस् tshirt, फुट्ला जस्तो trousers, हाम्रै college को हुनु पर्ने हो , मन् मनै सोचे । मोरि ले किताब् छान्दा, angle, angle बाट हेरे, स्वाद् लिएर । आफुलाइ कस्तो गारो भै सक्या थियो ।

बोस् counter मा थियो, म नि छेउ मा गएर किताब् मिलाउन थाले। नक्कलि आइ । hey, I am Sania ... भनेर हात् बधाइ, you from India? मैले भने No, from Nepal...Kyaath-man-dio...everest?" saki nasaki accent हालेर भने । छप्कि पग्लि छे । really?

hwasyonem भ्न्या जस्तो लग्यो।
sorry? मैले भने
your name?
ooh! Ronnie मैले भने।

Ram Prasad Neupane कता कता पाखे पाखे लाग्यो आफैलाइ यतिका बर्ष पछि।Ram Prasad Neupane काट्कुट् गर्द तुरुन्त दिमाग् म Ronnie जन्मियो, Ram को Ro र neupane को Ne Ronnie ।
 
Posted on 12-14-06 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

funny. Keep it
 
Posted on 12-14-06 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

100% true story
 
Posted on 12-14-06 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

is it to be continued?
 
Posted on 12-14-06 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Few hour earlier I read Khadge's story. Now Ram prasad is here. Both , 20-19. Ram prasad ji! you Understand what I meant? Morning Sun shows how the day will be! Very anxious to know next plot.
 
Posted on 12-14-06 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम प्रसाद न्यौपाने जी, यो कथा कतै राहुल्भाइ को जस्तै कथा मात्र भ्एर आत्मकथा नहुने त होइन्!जेहोस्, यो अमेरिका मा नयाँ अनुभब सित मिल्छ । अर्को कहिले त ?

नेप्टेक्स्, उत्तर अमेरिका
 
Posted on 12-14-06 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.....
सानियाको हेराइ, मुस्कान् र र्‍याल् चुहाउने शरिर् देखेर को लोभिदैनथ्यो होला र?
So you got to school too?"
-yes
hmm..see you around
-ok
मेरो बोलि त्यत्ति थियो, न एक् शब्द बढि न एक् शब्द कम्,जे होस् बबाल् होल जस्तो छ, मन् मनै सोचे।

आयेको एक् हफ्ता मै येत्रो प्रगति? वाह् रामे, मैले एक् चोटि फेरि आफु लाइ बधाइ दिये, बेलुका नेपाल् कुरा गर्दा मोटे लाइ भन्नै पर्ला जस्तो छ। मोटे मेरो सानै देखि को साथि, साले लै america जाउ भन्दा भाउ खायो, मैले नि कर् गरिन । पछि america जाने party दिदा पो भन्दै थियो ... मुजि एक्लै मिलायिस् होइन ... साथि लाइ बाल् छैन है? party चाहि पुतलिसडक् को ड्याकुला पाउने भट्टि म दियेको थिये, मेरो र केटा हरु को favourite, ट्वाट् चहि बाहिरै बाट लग्यो, ५०० ले १२ जना लै र्‍याल्छ्याल्। त्यो सांझ् साहुजि पनि सङै बसेर खदाइ थ्यो, "ल मुला, भाइ टिमि याम्रीका जाने? ल ल हाम्लाइ नबिर्सिनु नि"; "काँ दाइ तपांइ को ड्याकुला ले तानेर येहि ल्याउछ नि, चिन्ता नगर्नुस् न!" (ड्यालुका-कसौडि मा ६-७ घन्टा सम्म पकाएको ठुलो खशि को स्वादिलो, मुखै रशिलो हुने तात्-तातो झोल्)

***

बोस् ले nightshift ६ बजे देखि ११:३० बजे सम्म को duty म एक्लै लाइ दिये देखि सनिया daily आउन थालि। मेरो सामु पसल् अगडि अरु केटाहरु र customers सङ् टाँसिएरै कुरा गर्थि, मोरि झन् झन् च्वाक् हुदै थिइ।

२ हफ्ता पछि होला, सानिया मलाइ coffee लियेर आइ, म दङ परे, शान् देखाउन भये पनि, नेपाल् बाट ल्याएको सुर्य चुरोट् पसल् अगडि गएर सल्काए, सानिया म सित आएर टास्सिइ, मेरो मन् मा चिसो पस्यो...तातो coffee सुरुप्प गर्दै धुवा फाल्दै घमन्ड का साथ् झन् झन् नजिक् टास्सिए। उस्ले आफ्नो हात् मेरो कम्मर् मा राखे पछि म ढुक्क भए ... मेरो मन् मा भुइचालो गैरहेको थियो।

hey, you look good today
-thanks
how's the coffee?
-yeah, its good...
so where do you stay at?
-umm, at my friends...i'm looking for a room actually
मलाइ स्टोर् मै बसेको कुरा भन्न लाज् लाग्यो

you have another one on you?
-sorry? मैले कुरो बुझिन
cigaratte? another one?
-yes, sure
what kinda cigaratte is this?
-yeah, its from Nepal
-lemme see
मैले सुर्यको packet दिये

एउटा काले cycle मा आएर रोकियो हाम्रो अगाडि।
hey baby!
-bloody faggot सानिया फत्फताउदै थिइ
meet my boyfriend एक्कै चोटि मेरो हंश ले ठाउ छोड्यो, सानिया ले मलाइ boyfriend भनेर चिनाइछे, काले मुर्मुरिदै गयो

त्यो दिन् सानिया पसल् बन्द् गरुन्जेल् बसि, मैले ok, its time for me to go भने पछि मात्रै गै। जानु भन्दा अगाडि सानिया धेरै बेर् सम्म अङालो हालेर उब्भियि, मेरो सरिर् म काडा उम्रीदै थिए। मैले उ गएको केहि बेर् पछि बन्द् गरे।

भोलि पल्ट बबाल् भयो!
बोस् गये पछि सानिया आयेर counter मै भित्र आइ, मैले केहि भन्न सकिन, ९ बजे तिर, सानिया ले पसलमा कोहि नभएको मौका परेर टास्सिन आइ, मैले सकेसम्म avoid गरे, illegal काम् गर्नु छ, केहि दाया बाया भयो भने के गर्ने? मेरो दिमागमा तेत्ति खेल्दै थियो ।म nervous भयेको देखेर होल, सानिया ले मुसुक्क हास्दै भनि:

hey, you like me?
-yes...
you like some other girl?
-no...

एक् छिन् को मौनता पछि सानिया ले सोधि
you do weeds?
-sometimes मेरो दिमाग् ले फेरि ठाउ चोड्दै थियो, गाजा!!! के ताल् को केटि रैछ बा? मन् मनै भन्दै थिए!
want some?
you have some?
later tonight
-sure!

वाह्! america मा आएर पनि गाँजा नछुट्ने भयो! धन्य भोलेनाथ्, जय् शम्भो!
पसल् बन्द गरेपछि, सानिया ले आफ्नो रूम् तिर लगि, motel मा बस्दि रैछे, ९ बजे पछि Motel चिर्न ID चाहिने रैछ। मसित passport थियेन ।सानिया ले counter म भएको मोटे mexican लाइ होजे भन्दै, टास्सिदै, 10$ दिइ र मलाइ माथि लगि ... सानिया को चर्तिकला देखेर म ठिस् हुदै थिये!
 
Posted on 12-14-06 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोनी (राम प्रसाद) जि,
ल बर्बाद्! के त्यो रात मा नै झाप झुप भयो कि क्या हो? कि गाजा ले मात्तिएर 'मनाजी ट्वा' को अनुभब भयो ? कि, गाजाले लथ्थ पारेर पर्स सर्स् लिएर हिडि ? कतै मेथ सेथ को ब्यापार मा त फसाइन मोरी ले ?
अनि के भयो रे ?
 
Posted on 12-14-06 11:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-15-06 12:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sounds like you hit that...
 
Posted on 12-15-06 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha ha ha ha,

Jeee payo tai.

Good job, keep it up, like it.
gut gut
 
Posted on 12-15-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ramprasad urf Ronnie jee, story ta bahut sundar rahecha ma ta REFRESH gardai chu baaki bhaag sunna ko lagi, story baaki cha ni haina ra.....
 
Posted on 12-15-06 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.....

सानीयाले तेस्रो तल्ला को आफ्नो रूममा लागि, भित्र पस्ना साथ भनि it’s a mess, hope you don’t mind मैले ठिकै छ भने । बेडमा बसेर सिरानी मुनी बाट पाउच झिकी, हरियो सल्सलाउदो गाजा, कस्सिएको सानीया को जिउ जस्तै, पाउच खोल्ना साथ मग मग सुगन्ध ले कोठा भरियो, अमिलो आपको गन्ध! वाह्! धेरै भएको थियो आफ्नो पुरानो चिरपरिचित गन्ध को आभाश पाएको । kathmandu east-साँखु, kathmandu west- इचङ्गुनारायण, kathmandu south-चापागाँउ र kathmandu north- बुढानिलकण्ठ, स्वाद स्वाद का, किसिम किसिमका … हुन त मैले छोडेको ४-५ महिनै भैसक्या थियो तैपनि, पाएको बेलामा कसरी प्रसाद लाइ नाइ भनौ? (भन्दया नि!)
मैले सुर्य को सुर्ती झार्न लागेको देखेर सानीया ले what’s that? भनि, मैले I used to smoke like this भने, पछी उस्ले चिलिम झिकी, मोरी त सोझै खादी रैछे, म तीनछक परे, kathmandu मा एक से एक भेटियो, केटी हरु पनि उस्ताद उस्ताद भेट्या थिए तर सानीया ले सब लाइ पछाडि छोड्दै थिइ । २ सर्को तन्ना साथ मेरो आँखा अगाडी तिर्मिर तिर्मिर हुन थालेको थियो, सबै कुरा फेरी रमाइलो लाग्दै थियो, हलुको, निस्फिक्री र खुला … म बेड म पल्टिए, सानीया छेउमै पल्टियी, झ्याप भएकोले होला कुनै कुबिचार मन मा थिएन …म आफ्नै दुनियाँ मा मस्त थिए, अर्को सर्कोले मेरो घाटि भेट्यो अनि अर्कोले लहरे खोकी … खोके पछि चाँही मलाई लाग्छ, म झ्याप थिए!
सानीयाको उन्मुक्त स्पर्शले मेरो दिमाग ठेगानमा आयो, केही बेर मै मेरो होश हावाश उड्यो जब मैले चाल पाए, सानीया केटी नभएर केटा रैछे ।मैले I thought… मात्रै के भन्या थिए सानीया म सँग पड्की, why you don’t like me no more? मैले भने hey, I like women, but… सानीया ले सोधी if I were a girl…then? मैले भने no doubt! But you know I can’t think about this… its better to remain friends… don’t get mad at me.
त्यस्पछि को २ घण्टा सानीया ले आफ्नो बृतान्त सुनाउदै थिइ, Bangladesh बाट boston आए देखि, उ transgender भएकी ले परिवार ले बेवास्ता गरेको कुरा देखि, mexico मा २००० मा सारीर परिवर्तन गरेको कुरा देखि, उस्का ४ वटा boyfriends हरुको कुरा देखि सबै खुलस्त भन्न लागि । एउटा transgender सँग को मेरो पहिलो सक्ष्यात्कारले मेरो होस् हावास् उडाइसकेको थियो । केही बेर मै हामी त्यहाँ बाट निस्क्यौ, होजे मलाई हेरेरा मुस्कुराउदै थियो!

***

Apartment खोज्न कम्ती गार्हो भएन, बल्ल बल्ल एउटा नेपाली दाइ सँग भेट भए पछि मलाई नेपालीroommate मिलाइदिए, Billy…Ji पछि मात्रै थाहा भयो उस्को नाम बल बहादुर बोगटी, म जस्तै नामको ममलामा चुकेका रैछन । मैले सोचे TripleB नाम किन नरख्या होला! उन्को र मेरो भेट हफ्ता मा २ दिन हुन्थ्यो शुक्रबार राती जब मेरो off थियो र सन्डे बिहान । उ आफ्नै दुनियाँ मा म आफ्नै दुनियाँ मा ।

करीब १ महिनाको बसाइ पछि मात्र हामी बिच धेरै घुलमिल भएको थियो, corona, heiniken, Seirra Nevada मा हाम्रो कुरो मिल्थ्यो । कुरै कुरामा उनको र मेरो एउटै टोलको केटी माथि crush रहेको कुरो पनि खुल्यो, ईन्द्रचोक कि मन्दिरा । तर सोम म भन्दा खप्पिश रैछ, letter दिन भ्याइसक्या रैछ अनी एक चोटि पुतलिसडक बाट ईन्द्रचोक सम्म bike मा drop पनि गर्दया रे! मैले पत्याए! उश्! मन्दिरा को दाइ फेरि एक् नम्बरको ठीस्, इन्द्रचोकमा दिउसै तर्बार् लियेर हिड्ने खालको, सोमलाइ देखे पछि मेरो मन्दिरा प्रति को उम्रीन लागेको मायाको टुसा, तुहिएको थियो ।

***
 
Posted on 12-15-06 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ram Prasad,
Great Piece, Excellent. Absorbing. Excellent Command of Nepal.
 
Posted on 12-15-06 5:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ramprasadneupane ji, it's completely informal and to the ground - the way you write. I really loved your style.

It made me laugh terribly - specially when you discovered Saniya.. I hope you are exploring USA more every day!

Keep writing ..
 
Posted on 12-15-06 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aaja jaawos na Roonie ji...
grt job,,,,
 
Posted on 12-15-06 6:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

je hos ramprasad ji ko amrika samsmaran ramro lagyo.............ajhai lekhnu paryo...
great
 
Posted on 12-15-06 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Really nice one.. Hey Ramprasad... where you from.. I like langauge "SOOME and SATHI"
 
Posted on 12-15-06 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

......

जेनतेन गरेर first semester सिद्ध्याइयो , नेपाल् बाट ल्याएको बजेट २ महिना मै सफाचाट् भए पछि मलाइ tension हुन थाल्याथ्यो, धन्न काम् पाएको थिये। Palo Alto बाट first semester सिध्याये पछि म spring मा san francisco सरे। नया ठाउ, नया साथिहारु, City Collegeमा transfer गरे देखि मलाइ अलि हलुको भएको थियो, फी सस्तो, किस्ता मा तिरे हुने, नया काम् खोज्ने Tension भने छदैथियो। तिन् जना साथिहरु मिलेर एउटा apartment लियौ। एक् जानाको भागमा ३००, ठिकै हो। एउटा धोति भाइको restaurant मा काम् पनि पाइयो १५००, खाना फ्री रे, अफ्नो त promotion भै हाल्यो नि!

सानियाको अगाडि नपर्ने यो भन्दा अर्को राम्रो तरिका थिएन। life मा love त कति गरियो कति तर तेस्तो झट्का भने पाएको थिइन।

हुन त नेपालमा मा हन्टर् नै थिये रे, केटाहरु ले भन्थे, च्वाँक् त देख्नै नहुने। TC मा ISC पढ्दै देखि RX किन्या थिये, मेरो बुढो RX ले कति जाना लाइ बोक्यो तेसको कुनै लेखा जोखा छैना। जुनालाइ लिएर त एक् चोटि kathmandu बाट नेपालगन्ज् सम्म को टुर समेत् हन्या थिए। त्येत्ति बेला माओबादि हरु उम्रीसक्या थिएनन्। जहा जाउ, सडक् आफ्नै थियो। हेटौडा को night stay पछि अर्को stop नेपालगन्ज् थियो, साथि shopping भने पछि मख्ख। रुपेढिया को shopping ले उस्लाइ पुग्या थियो। नेपालगन्ज् देखि कर्नालि पुल् सम्म को trip चहि बबाल् दामि थियो। landscape सिधा रोड्, जङल्, रोड् को छेउमा अग्ला अग्ला elephant grass र कर्नालि नजिक् पुग्दै जादा घना जुङ्ल् माथि बिस्तारै उम्रीदै आउने कर्नालि को पुल् ………… हरिप्!

श्रीयालाइ TC देखि नै मन् पराइएको थियो। हाम्रो affair ५ बर्स सम्म मा ४ चोटि break up हुदा पनि चलिराथ्यो। ISC second year पढ्दा जाच् आउनु अघि बिहे गरौ भने पछि चहि मलाइ अति भाथ्यो। बिहे रे! ताल् ताल् का हुन्छन् यार्, उसको घरमा बिहे को कुरो आयो भनेर मैले बिहे गर्नु रे! सोझै break up कुरै छैन । १ महिना सम्म भेट्घाट् बन्द्, बिचमा एउटा रगतले लेख्या चिठ्ठि पनि आयो, मैले बाल् दिइन, कुरो खत्तम्। सोम् हिन्दि फ्लिम् बढि हेर्थि क्यारे। BSC मा गए पछि आफ्नो बचपना को लागि sorry भन्दै थिइ, we patched up again! BSC 3rd year देखि हरेक् बर्ष नया बर्षमा हामि सौराहा जाने गर्या थियौ। सौराहा, अर्को स्वर्ग! गाजाको बानि सौराहा बाटै सुरु भएको थियो, जीवा दाइ को बार् बाट, सौराहा sunset view beach को त्यो बार् मा बर्ष मा दुइ पल्ट सम्म धायिन्थ्यो, एक् चोटि मैया सङ, एक् चोटि केटाहरु सङ । जिवा उर्फ् जीवन् चौधरि ।

***

kathmandu बाट america आउने चक्करमा आउनु अघि किसिम् किसिमका कुराहरु भये। love पनि पर्यो tragedy पनि। toefl दिए देखि, अझ भनौ gyaneshwore को American Center जान थाले देखि म serious भएको थिये। केटाहरु सङ सङत् गर्न पनि छोडे, सब् रिसाएका थिए। उहि बेल्का गल्लिमा चुरोट् खादा मत्रै भेट् हुन्थ्यो, कुपन्डोल्को बाग्मतिको किनारमा गफ् गर्दै america, Uk, australia मध्ये कुन् ठिक् भन्ने बिषय नै प्राय चल्थ्यो।

केटाहरु पनि ऐठन् थिये, ठिस् ठिस् हरु, america चाहि सब् लाइ जानु चहि पर्ने रे तर कसरि, किन, कहिले, कहा बाट कसैलाइ बाल् थिएन। गफै त हो, कुरै बढि, मोटे भने हरेक् महिना तात्तिन्थ्यो, toefl को कुरा आउनासाथ् सेलाउथ्यो। कुरो जहिले पनि पैसामा आएर अड्किन्थ्यो, toefl दिने पैसा कहा बाट आउछ भनि। हुन त सब् केटाहरु काम् गर्थे तर हाम्रो ताल् उस्तै थियो, सब् को। गाँठ् हुनै नहुने, ट्वाट् चाहिहाल्ने, पुतलिसडकको प्रेम् सेकुवा, खशि को सुप्, सातदोबाटो को धरानको कालो बङुरको पोलेको ताजा मासु, पुलिस हेड्क्वाटर् पछडिको नान र सेकुवा, पाटन् कृष्ण मन्दिरको छ्याङ् … पैसा उडाउने बिभिन्न उपायहरु थिए सब सङ्ग।
 
Posted on 12-15-06 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gajab chha baa !!!
 



PAGE:   1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters