ramprasadneupane
Replies to this thread:

More by ramprasadneupane
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 रामे को america अनुभव्!

[Please view other pages to see the rest of the postings. Total posts: 128]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 50589 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 12-14-06 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे को america अनुभव्- भाग्-१

कुरो america आउँदा को हो । प्लेन चढ्न त पयियो, america छिर्न नै नपाइने हो कि भन्ने टेन्सन थियो । धन्न आइयो ।

पोर्ट अफ् एन्ट्री मा हाकिम् ले सोध्यो, के काम ले आयिस?
मैले भने पढ्न ।

चार् बर्स को लागि?
मैले भने, हजुर ।

अनि देश फर्किने?
मैले भने हो हजुर ।

तल देखि माथि सम्म हेरेर भन्यो, ल ठिकै छ ।

कहाँ बस्ने नि ?
मैले भने कलेज को होस्टेल मा ।

मोरो ले पत्याएछ।

पढाई भन्या तेस्तै हो, आउन साथ काम खोज्न हिडियो । एउटा किताब् पसल् म पकिस्तानि भेटियो। ये हामि त सार्क् को छिमेकि भने, जांठा लाइ सार्क् भन्य थह रैनछ। कुरो मिल्यो। भोलि देखि काम् मा आइज् भन्यो तेस्को बोस् ले । एक् राति इकोनो लोज् मा बस्या ६० डलर् ले दिमाग् ठाउ म थिएन आफ्नो। काम् पाइयो धन्न। क्लास् सुरु हुन २० दिन् थियो ।

पढाई भन्या तेस्तै हो, काम् पाइयो धन्न । अब अर्को चुनौति डेरा खोज्ने थियो। बोस् ले sleeping bag ल्याएर येहि सुते हुन्छ भन्यो, एका बिहानै । आफ्नो त हर्श ले ठाउ छोड्यो। न आमा पट्टि को न बाउ पट्टि को । कुरो मिल्यो । पैसो को कुरा नि राम्रो लाग्यो, महिना मा १२०० दिन्छु भन्यो, वाह्! झन्डै १ लाख्!

अर्को समस्या खाना को थियो, आफु लाइ burgar चाख्ने बडो सौख् थियो, खिचापोखरि को burgar बस्तबमा burgar होइन रैछ भन्ने चाल् पाए । mac donalds ले मेरो आखा खोल्यो। सोचे, chicken burgar यति मिठो भए ham burgar कस्तो होला त? तर मन् ले मानेन। गाइ मासु र सुङुर् मासु चाहि आहिले नै नचाखौ भनि थाति राखे। जिन्दगि मा पहिलो burgar किन्दा, किन्नु अघि को डर्, खैरे ले जे सोधे नि yes, please र everything भने पछि, हातमा burgar पाउदा, मैले मन् मनै भने "वाह् रामे, त चहि america म टिक्छस्"। बडो ठुलो बिजय थियो त्यो मेरो लागि ।

पहिलो एक् हफ्ता कसरि बित्यो चालै पाइएन। टोल् गल्लि चहार्दै बित्यो। ताल् ताल् का मान्छे, ठाउ न ठहर् थुतुनो चाट्या छन्, चुस्या छन्, छाम्या छन्। तरुनि को halfpant पछाडि लेख्या कुरो पढ्यो, दङ पर्यो, कतै bebe कतै pink, के के हो के के । Tshirt उस्तै guess लेख्या ... अब त्यो नि गेस् गर्ने कुरो हो? के होला त्यहा भित्र भनि?

पहिलो झट्का तब लाग्यो, जब bookstore म एउटि स्वप्नसुन्दरि को प्रवेश् भयो, धोतिनि जस्ति थिइ तर latino हो कि जस्तो नि लाग्या थियो। हिजो भर्खर् एउटा mexican लाइ "दाइ, तपाइ नेपलि हो?" भनेर सोध्दा kimpasa amigo भन्या कान् मा गुन्जिराथ्यो ।

मस्त तन्, अटसमटस् tshirt, फुट्ला जस्तो trousers, हाम्रै college को हुनु पर्ने हो , मन् मनै सोचे । मोरि ले किताब् छान्दा, angle, angle बाट हेरे, स्वाद् लिएर । आफुलाइ कस्तो गारो भै सक्या थियो ।

बोस् counter मा थियो, म नि छेउ मा गएर किताब् मिलाउन थाले। नक्कलि आइ । hey, I am Sania ... भनेर हात् बधाइ, you from India? मैले भने No, from Nepal...Kyaath-man-dio...everest?" saki nasaki accent हालेर भने । छप्कि पग्लि छे । really?

hwasyonem भ्न्या जस्तो लग्यो।
sorry? मैले भने
your name?
ooh! Ronnie मैले भने।

Ram Prasad Neupane कता कता पाखे पाखे लाग्यो आफैलाइ यतिका बर्ष पछि।Ram Prasad Neupane काट्कुट् गर्द तुरुन्त दिमाग् म Ronnie जन्मियो, Ram को Ro र neupane को Ne Ronnie ।
 
Posted on 12-21-06 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what's up?
-माथि के छ?
माथि हेर्छु, आकाश मात्रै छ बा!
...
Hasaunu bho tapaile....haha realli..........lots of people ask this thing and i heard that we dont need to reply back but wheneva people said whats up...i reply I am fine.....:D....realli Amazing world...
and i am eagerly waiting for ur next story........Great Story man...
 
Posted on 12-21-06 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै शिर्षकहरु रमाइला देखिन्छन...तर मलाई बिशेष 'काले गोरे र बिच्चक होजे' र ' पहिलो क्रेडिट कार्ड' ले बिशेष अकर्शित गर्‍यो...मिल्छ भने त्यहीबाट तपाईंको कथा सुरु गरौ ...
राम शरणम ...
 
Posted on 12-21-06 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ramprasad ji
jun bhaye pani chado garidinu paryo .afu lai ukus mukus bhaye padhna lai
 
Posted on 12-21-06 6:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ राम प्रसाद जी !!! बिहान देखि सय चोटि रीफ्रेश गरी सक्के खोइ तपाईं को स्टोरी अप्डेट नै भएको होइन !!! लौन राम प्रसाद जी छिटो लेख्नु पर्‍यो !!!
 
Posted on 12-21-06 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ㅇㄷㅎ사ㅛㅏ어해ㅕㅔ[랄쇼ㅕㅑㅑㅑ
노료ㅐㅕㅔㅑㅐ;;ㅙㅔㄷㄱ호ㅗㅘ;
로샫ㄱㅂㅈㄱ부리ㅗㅔㅐㅓ홀셔ㅑㅐㅐㅛ
어혀ㅗ,ㅗㅑㅕㅐㄱ엦ㄷㅈㅈㄷ쇼ㅓㄹ
널걋 ㅛㅔㅑㅐ호,란;낼ㅇ로

호햐ㅔ
 
Posted on 12-21-06 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ronnie where r u?
 
Posted on 12-21-06 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kunai Lekhak ko lekhai padera pani yeti prabhabit bhayeko thiyina, Ram Prasad ji! A great writer is born. I mean it!!
 
Posted on 12-21-06 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aafnai katha, Aafnai byatha....america basai ka afna katha byatha hunchhan;Tapai ko anubhuti bahumat le pakkai atmasat gareko chha.......arko srinkhala ko pratikshya gardai.
 
Posted on 12-21-06 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aaudai chhu prabhu.....ekkkai chhin dhairyaa dhaaran gardinu paryo...
aaja dhilo hunu ko karan samet kholne chhu...
sampurna saathi haru lai binamra anurodh.......ekkai chhin kuri dinusna hai !
hunai thaalyo.....
 
Posted on 12-21-06 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम प्रसादजी पनि अति गर्ने के झत्तै गरुन हो अति भैस क्य अति चैन् नगरुन्मन हो मन्चे लै तद्पैयेर्। रक्क् हुन्च नि हो ब्रो।।।।।।
 
Posted on 12-21-06 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Katti sajha basi lai chai Ram prasad le bhaag khose ko jasto bhayechha ki ke ho! Aru thread ma pyachcha lekhna man garne, yo thread ma ghusnai nasakeka ki 2-4 sabda korna pani alchhi lageko?....... aru thread ma jhulkine naam haru... samjhadai chhu...1).....2)........3).......4).........5)........6).........7)...........8).........9)....... aba chai malai pani alchhi lagyo!!
 
Posted on 12-21-06 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hoina kahile ho sathi?
 
Posted on 12-21-06 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.....

यि धोतीहरुकहाँ काम गरे पछि यही हुन्छ । भन्या बेला मा फुर्सद नदिने, नचाँहीने बेलामा फुर्सदै फुर्सद !

अघी यहाँहरुलाइ बाचा गरे बमोजिम लेख्दै छु ।

त्यो साले साहुको आज मूड छैन भनेर तेस्को shift पनि मैले गर्नु पर्ने रे, नाइ भन्नै सकिएन, के गर्नु? semester break तेस् माथि spring म पैसो तिर्नु पर्छ , घर बाट बाले पैसो पठाउने भए पो ! उहि आउने बेलामा ल्याएको ३४०० डलर ले यहाँ सम्म ल्याइपुर्यायो, गाउ भरि हल्ला छ, रामे डाक्टर भयो भनेर, कस्ले हुन्थ्यो नि? उहि deported मित्र ले हल्ला चलाएको होला ! आफु पढ्छु nursing course, बल्ल १ बर्ष सिद्ध्यायियो, सिङै ३ बर्ष बाकी छ । मामा, माइजु, काका, काकी, बा, आमा, दिदी बहिनी सब को आ-आफ्नै फर्माइश छ, आगौ नेपाल आउँदा कुन्नी के के हो ल्याउनु रे, एत्रा को लानु, हुनु पर्‍यो नि राजा, गेडो ! कि कस्सो? गेडो भन्ना ले "छन गेडी सबै मेरी छैनन गेडी सबै टेडी" को गेडी नि !

कुरो आयो बिशेष दर्शन को:

कुरो के भन्देखिन्, त्यो राती को १ बजे सुको हालेर झ्याल खोलेर हेर्दा देखिने कुरो, साह्रै अपरम्पार्, काठमाडौंमा सुरुमा डेर गरेर बस्दा, पल्लो घरको घरपट्टिकी छोरी को कोठामा केही देखि पो हालिन्छ कि भनेर TC छोडि छोडि बिहान देखि बेलुका सम्म पर्दा अलि अलि खोलेर चियाइरहने दिन्हरु याद आथ्यो ! कस्तो नशा हो के? देखिने फेरी केही होइन, फोकट्या टाईम बर्बाद्, भोक भोकै बस्यो, चियायो, दिन बित्यो, खिस्रिक्क पर्‍यो सुत्यो, फेरी बिहान उहि चाल, लगातार ४ दिन class छुटे पछि चाँही मलाई ग्लानी भाथ्यो, 'थुक्क मुजी, के हेर्न खोज्या होस्?' हेर्ने कुरो फेरी रत्नपार्कमा जत्ती नि पाइन्थ्यो ।
फेरी कुरा कता बटार्यो यस्ले भन्नु होला ।

quarter हाले पछि मेरो होस् हावास् उड्यो, झ्यालको पारी पट्टी स्त्री जात्, गोरी, काली, खैरी, कलेजी थरि थरि का ! सबै नग्न ! लगभग ४-५ जना हुनु पर्ने हो! सब आ-आफ्नै चरतिकलामा ब्यस्त ! नाक्, कान्, घाटी, जिब्रो, नाइटो, अनि भन्नै नमिल्ने ठाउँहरुमा नाना थरि खोपेका, कुदेका, सुइरिएका ! २-३ जना केटी हरु एक आपश मै ब्यस्त हुने रे, हाम्ले चाँही सिसा भएको झ्यालबाट हेर्नु पर्ने रे । २-३ मिनट त खरिएको बोको परियो, साह्रै आनन्द आयो, २-३ मिनट पछी काम कुरो टुङिए पछि चाँही झ्याउ लागेर आयो, नलागोस् नि कसरी?खै कुरा बुझ्या? ४ मिनट को त्यो अलौकिक ज्ञान प्राप्ती म कहिल्ल्यै बिर्सिन्न(अब आफ्नो मर्त्य लोक मै नभएको कुरो अलौकिक नै हो नि) । अर्को कुरो, billy को अनुहार हेर्न लायक थियो, रातो पिरो थल्थलिएको !

टेक्सस् यात्रा :

टेक्सस् जाने एउटा अवसर पाउनसाथ मैले नाइ भनिन । कुरो के भने मेरो मामाको साढु भाइको छोरोको पस्नी गर्नु पर्ने रे, आफु परियो जनै धारि ब्रह्मन्, सक्क्ली त के भयिन्थ्यो, pepporini pizza, hamburgarले भ्रस्ट भैइ सक्या परियो । तै पनि बुझ पचाएर गए । बस्न नि कहाँ बस्या रैछन भने नेपाली फिट्टिक्कै नभा ठाउँमा, होइन टेक्सस् मा त टन्नै नेपाली छन भन्या सुन्या थे, यो के देख्नु पर्या हो? DV परेर साखा सन्तान् घर् खेत् बेचेर आका त परे ! सब् भन्दा सस्तो घर् खोजेर बस्या रे !

पस्नी सास्नी पछि, घुम्ने क्रम मा , एउटा pool house देखे ! अफु फेरी पूल भने पछि हुरुक्कै ! शंकर देव क्याम्पस अगाडि को पूल हाउस मा पढाई छोडि छोडि सिक्या सिप बल्ल देखाउन पाइने भयो भनेर छिरे ! हुन पनि काठमाडौं म कतै को पूल हाउस बाकी राख्या थिइन । भृकुटी मन्डप को होस् कि, घट्टेकुलो को, हुँदा हुँदा एक चोटि त सोलुमा समेत पूल हान्न गा थिए !

पूल partner एउटा खैरे थियो, मोरो! सम्झिए भने रिसै उठेर आउछ ! पूल खेल्दै जाने क्रम मा मोरा ले hieniken बियर ४-५ वटा खुवायो । बियर र पूल ! के चाहीयो अफुलाइ !

केही बेर पछि मैले केही ठीक नभा नभा जस्तो लागेर यसो बिचार गर्न लागे ! जाठो हरु त पूल हेर्ने क्रम मा मेरो अर्कै कुरो पो हेर्दै रैछन ! होइन होला भनि अलि सतर्क भएर खेल्दै गर्या त दुईटा पातकी ले सोझ्झै मेरो 'हगनद्वार्' (अल्ली सभ्य भाषा लेखेकोले म माफि पाउ) ताकेका रैछन ! हत्त न पत्त game टुङ्याइ त्यहाँ बाट भागे, पछि सोध्ध्दा थाहा भयो, मामापाखा हरु gay रैछन्, अफु gay bar भित्र छिरिया रैछ !


bloody iranians:

यो शब्द चाँही मनै कुटुक्क हुने गरी एउटी अधबैसे खैरेनी बिदेशी ले भन्या भएर सम्झी रा ! आच्या, बिदेशी त्यो कहाँ हुनु नि, आँफै बिदेशी परियो ! san francisco म साईकल भाडामा लिएर pier तिर घुम्ने क्रमामा fisherman's wharf पुगियो, जादा ओरालो, आउँदा उकालो !आउँदा साईकल डोर्याउदै ल्याउदै थिए, आफ्नो नेपाली बानी देब्रे च्यापेर हिददै थिए, त्यो मोरी नि देब्रे च्याप्दै ओरालो आइ, मेरो साईकलमा ठोक्किइ, एत्रा एत्रा भैरव भन्दा ठुला आँखा पारेर फत्फताउदै थिइ 'bloody iranian' भनेर ! मैले नि मलाई होइन होला भनेर आफ्नो बाटो लागे !त्यो जाठिलाइ के थाहा म नेपाली भनेर !

क्याम्पसका कुरा :

क्याम्पसमा दुईटा घटना सधैं याद आउछ, एउटा teacher को अङ्रेजी , अर्को cafteria ! toefl कसरी पास् गरियो तेसको मर्म आफु सङै छ ! यसै त आफ्नो टुट्या फुट्या अङ्रेजी, ज्यान गए बुझिन्न बा ! के भन्छन के ! लग भग २ महिना लगाएर अलि अलि ठम्याउन थालियो ! अचेल त खरराँट जान्छ ! जिब्रो बाटारेर r लाइ rrrrrr गर्दे पछि भैगो अङ्रेजी ! wherrrrrre arrrre yourrrr frrrrriends? भने पछि फरकै खाँदैन ! लौ try गर्नुस् त !

cafteria मा आफु लाई जानै डर लाग्ने ! कुरै नबुझिने भन्या ! कुन थरि के हो, कता बाट के लिने हो, का निर के छ, के चै के सँग कसरी किन खाने हो? के के ! क नै क !

क को कुरो गर्दा एउटा कुरो याद आयो, खैरे ले जोक सुनाथ्यो श्लेशमान्तक बनमा गाजा खादा ! श्लेसमान्तक बन भन्या पशुपतिको पारी पट्टिको डाँडा ! बिहे गर्नु अघी जिन्दगी 'ज्' 'ज्' हुन्छ रे, जहाँ गए नि हुने, जे गरे नि हुने, जसलाइ गरे नि हुने, जत्ती खेर जे गरे नि हुने, जे भने नि हुने ! बिहे गरे पछि चाँही जिन्दगी 'क' हुन्छ रे ! काँ गा? किन गा? को सँग गा? कसरी गा? किन ढिलो गर्या? इत्यादि !

करिब् १ महिना को अथक् दृश्यावलोकन् observation पछि बल्ल पोख्त भाइयो ! अझ नि येस्सो fast food, breakfast तिर जान डर् चाहि लग्छ! "how would you like your bacon?" कस्तो छहियो नि? पाक्या हुनु पर्यो नि, cooked भनिन्थ्यो, तर होइन रैछ, "well done"भन्नु पर्ने रैछ !

जागिर उफ्राइ job hopping :

जागिर उफ्राइ वा job hopping को कुरै छोडौ साथी ! नेपालमा ४ महिना भन्दा कही टिक्या होइन, के हुने के! कुर्सी ले टोक्न आउने भन्या, चुर्ना पर्या जस्तो ! ४ महिना काम १ महिना रेस्ट चाँहीने जिउ पर्‍यो आफ्नो ! साह्रै सौखिन ! हाकिम ले निहु खोज्यो भने म नि के कम बेल्का मेरो टोल मा आइज भन्दी हाल्ने, मोटे भए पछी के को डर !मोटे नि सन्काहा, 'हान्दिउ?' भनेर सोधी हाल्ने ! मैले कत्ती हाकिम लाइ छोडदिए तेस्को पनि लेख जोखा छैन !

त्यो असल स्वभाव यहाँ आएर नि छुटेन भन्या! घण्टा के हुन्छ के ! ३ महिना पछि छोडौ छोडौ लागेर आउने भन्या ! २ बर्ष मा साढे ६ वटा जागिर खाइयो बा! साढे किन भनिश भन्नु होला? त्यो चाँही part time job भएर रे क्या !

त्यो part time job को पनि आफ्नै कथा छ! स्कुल मा .....,

अब स्कुल को कुरो उठ्यो, यस्लाइ सुताइदी हालु है ! नत्र राती सुत्ने बेला मा थुक्क त्यो किन लेखिन भनेर मन कुटु कुटु खान्छ ! बच्चो पढ्ने नि स्कुल, ठिटो पढ्ने नि स्कुल, तरुनो पढ्ने नि स्कुल, अध्बैसे पढ्ने नि स्कुल, बुढो पढ्ने नि स्कुल रे ! होइन यो मैले मात्रै नबुझ्या कुरो कि अरु ले चाँही बुझ्या छन? यहाँ क्याम्पस चाँही कोही जादैनन भन्या? तेस् माथि graduation नि कत्ती कत्ती क्लासै पिछ्छे graduation रे ! अझ नेपालमा पढ्या graduate चाँही यहाँ undergraduate रे, post graduate चाँही graduate रे !

क्या उल्टो ठाउँ यार rahulvai ले एउटा कबितामा साभार् गर्या जस्तो!

उल्टो देशमा सुल्टो मान्छे !

संसारमा घामलाग्दा
यहाँ अन्धकार हुन्छ
बत्ती समेत उल्टा याँ का
बाल्दाखेरी निभ्छ ।

लोग्ने मान्छेलाई यहाँ
"गाइ" भन्दा रैछन्
आइमाई हुन् कि "गाइ"
पटक्कै नचिनिदा रैछन् ।

भालेभन्दा पोथी याँ'का
खरा हुँदा रछैन्
लोग्नेभन्दा स्वास्नी धेरै
दह्रा हुँदा रैछन् ।

भाले-पोथी हल बाँधी
जोल्ठिएर हिँड्डुल गर्दा रैछन्
ठाउँ न ठहर दोबाटोमा
दूध, दही, घ्यू, म्वाई सबै खाँदा रैछन् ।

हेत्तेरी, केटा हरु ले मेरो यो बानी चाही ठीक छैन भन्थे, हो रैछ, आग्रा को कुरो गर्न लाग्या मान्छे गाग्रा को कुरो मा पुग्छु, गाजा खादा मात्रै त्यस्तो हुन्थ्यो जस्तो लग्थ्यो, होइन रैछ ! 99 पनि भन्थे केटाहरुले, किन भन्नु होल? १०० मा ९९ गफ् रे १ चाहि साचो रे !

फेरी कुरो बाङ्गियो, यो गाजा कत्ती याद आउने हो भन्या ! शिवरात्री आउन लाग्यो क्यारे !

part time एउटा धोती भाइ को स्टोर मा बिहान काम् गरी रा बेला ढोका बहिर आफ्नो यमराज लाइ देखे, त्यहाँ बाट कुलेलाम्, अहिले सम्म फर्केर गैइन ! ३ हफ्ता को पैसा लिनु थियो, अहिले सम्म लिन गा छैन ! छोडदिउ ! तेस्ले नि के याद रख्ला कुन नेपाली सँग संगत भा थ्यो भनेर ! किन भागे भने चाँही - ढोका बहिरा यमराजको रुप म आफ्नो DSO, मोरो ईण्डियन मसला भनेर हुरुक्कै हुदो रैछ कि के हो? लुरु लुरु भित्र आ देखना साथ म त टाप ! आको पहिलो दिन मै भन्या थ्यो don't work unauthorised!" एत्रो को don't work, तिम्रो स्कुल को फी तिर्ने पैसो चाँही तिम्रा बा ले दिन्छन? थाहा हुनु पर्ने नि हामी कस्तो मुलुक बाट आ, गरीब मुलुक्, अब जनता धनी छन नि, देश त गरीब हो नि यार !

बाकी भोली ! ढिलो गरेको मा माफि पाउ !
 
Posted on 12-21-06 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GREAT..now dont start Nepali politics..in these Kathas.
 
Posted on 12-21-06 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Great Ram ji..
you are a genius.
 
Posted on 12-21-06 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

the bloody iranians was a fabolous
 
Posted on 12-21-06 11:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्नै धन्नै साझा मा आउन छोडि सक्एको थिए राम प्रसाद जि को स्टोरी ले फेरी तानेर ल्यायो
 
Posted on 12-21-06 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेख्छ रामे ले लेख्छ, क्या दिने नि रुनि ब्रो ले हे हे हे

जाओस् अझै जाओस् तर मलाइ चिट्ठि आयन भन्ने गित सुन्न मन लाग्यो यार् :-D
 
Posted on 12-22-06 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good going....
 
Posted on 12-22-06 12:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what to say.......its just perfect. and brings lots of memories like us who are stying in a..........m.........e.........r.........i......c.........a. its just wonderful. and reality is, learn from mistake and enjoy the journey of life.
 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
Why are democrats allowing hundreds of thousands of illegal immigrants across the border
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters