[Show all top banners]

ramprasadneupane
Replies to this thread:

More by ramprasadneupane
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 रामे को america अनुभव्!

[Please view other pages to see the rest of the postings. Total posts: 128]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 50731 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 12-14-06 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे को america अनुभव्- भाग्-१

कुरो america आउँदा को हो । प्लेन चढ्न त पयियो, america छिर्न नै नपाइने हो कि भन्ने टेन्सन थियो । धन्न आइयो ।

पोर्ट अफ् एन्ट्री मा हाकिम् ले सोध्यो, के काम ले आयिस?
मैले भने पढ्न ।

चार् बर्स को लागि?
मैले भने, हजुर ।

अनि देश फर्किने?
मैले भने हो हजुर ।

तल देखि माथि सम्म हेरेर भन्यो, ल ठिकै छ ।

कहाँ बस्ने नि ?
मैले भने कलेज को होस्टेल मा ।

मोरो ले पत्याएछ।

पढाई भन्या तेस्तै हो, आउन साथ काम खोज्न हिडियो । एउटा किताब् पसल् म पकिस्तानि भेटियो। ये हामि त सार्क् को छिमेकि भने, जांठा लाइ सार्क् भन्य थह रैनछ। कुरो मिल्यो। भोलि देखि काम् मा आइज् भन्यो तेस्को बोस् ले । एक् राति इकोनो लोज् मा बस्या ६० डलर् ले दिमाग् ठाउ म थिएन आफ्नो। काम् पाइयो धन्न। क्लास् सुरु हुन २० दिन् थियो ।

पढाई भन्या तेस्तै हो, काम् पाइयो धन्न । अब अर्को चुनौति डेरा खोज्ने थियो। बोस् ले sleeping bag ल्याएर येहि सुते हुन्छ भन्यो, एका बिहानै । आफ्नो त हर्श ले ठाउ छोड्यो। न आमा पट्टि को न बाउ पट्टि को । कुरो मिल्यो । पैसो को कुरा नि राम्रो लाग्यो, महिना मा १२०० दिन्छु भन्यो, वाह्! झन्डै १ लाख्!

अर्को समस्या खाना को थियो, आफु लाइ burgar चाख्ने बडो सौख् थियो, खिचापोखरि को burgar बस्तबमा burgar होइन रैछ भन्ने चाल् पाए । mac donalds ले मेरो आखा खोल्यो। सोचे, chicken burgar यति मिठो भए ham burgar कस्तो होला त? तर मन् ले मानेन। गाइ मासु र सुङुर् मासु चाहि आहिले नै नचाखौ भनि थाति राखे। जिन्दगि मा पहिलो burgar किन्दा, किन्नु अघि को डर्, खैरे ले जे सोधे नि yes, please र everything भने पछि, हातमा burgar पाउदा, मैले मन् मनै भने "वाह् रामे, त चहि america म टिक्छस्"। बडो ठुलो बिजय थियो त्यो मेरो लागि ।

पहिलो एक् हफ्ता कसरि बित्यो चालै पाइएन। टोल् गल्लि चहार्दै बित्यो। ताल् ताल् का मान्छे, ठाउ न ठहर् थुतुनो चाट्या छन्, चुस्या छन्, छाम्या छन्। तरुनि को halfpant पछाडि लेख्या कुरो पढ्यो, दङ पर्यो, कतै bebe कतै pink, के के हो के के । Tshirt उस्तै guess लेख्या ... अब त्यो नि गेस् गर्ने कुरो हो? के होला त्यहा भित्र भनि?

पहिलो झट्का तब लाग्यो, जब bookstore म एउटि स्वप्नसुन्दरि को प्रवेश् भयो, धोतिनि जस्ति थिइ तर latino हो कि जस्तो नि लाग्या थियो। हिजो भर्खर् एउटा mexican लाइ "दाइ, तपाइ नेपलि हो?" भनेर सोध्दा kimpasa amigo भन्या कान् मा गुन्जिराथ्यो ।

मस्त तन्, अटसमटस् tshirt, फुट्ला जस्तो trousers, हाम्रै college को हुनु पर्ने हो , मन् मनै सोचे । मोरि ले किताब् छान्दा, angle, angle बाट हेरे, स्वाद् लिएर । आफुलाइ कस्तो गारो भै सक्या थियो ।

बोस् counter मा थियो, म नि छेउ मा गएर किताब् मिलाउन थाले। नक्कलि आइ । hey, I am Sania ... भनेर हात् बधाइ, you from India? मैले भने No, from Nepal...Kyaath-man-dio...everest?" saki nasaki accent हालेर भने । छप्कि पग्लि छे । really?

hwasyonem भ्न्या जस्तो लग्यो।
sorry? मैले भने
your name?
ooh! Ronnie मैले भने।

Ram Prasad Neupane कता कता पाखे पाखे लाग्यो आफैलाइ यतिका बर्ष पछि।Ram Prasad Neupane काट्कुट् गर्द तुरुन्त दिमाग् म Ronnie जन्मियो, Ram को Ro र neupane को Ne Ronnie ।
 
Posted on 12-22-06 3:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे जी ल सुहाउदो छ लेखाइ र भोगाइ
 
Posted on 12-22-06 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

so funny n great.keep going
 
Posted on 12-22-06 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nas ko nango naach lay garda kholnai nahuni bha thyo yo sajha ja payo tyai...Ramey lay alikata bahaar lyai dya cha..luki luki syano banayera ni padham padham laagcha...lazza aaja alikata nalekhi chai basna sakina..Big APP for Ramey ' The great narrator'.

Auni how is it going? arthaat tun kasari garchhas..woothera ki basera? ..sanchhai Ramey tyo chai ke bhanya hola hagi!.......malai ni dherrai laagyo thyo thamyawuna..jhan aajha

aaphno ta question mark ko satta yaaksen nikalera sodhni baani..khairey lai dherrai laagya thyo bujhna!!

bahira zado cha bhanera sodhna lai cold outside! bhanera sodhni .............yaksen mai questionmark haalni hamro nepali baani khairey lay kasrai bujhose haina ta Ramey!!!!
 
Posted on 12-22-06 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..........

calling card महिमा :

नेपाल फोन गर्ने थरि थरिका माध्यमहरु छन । ति मध्य धेरै मैले पत्ता लाइ सक्या छु । यदा कदा साझा डट्कम मा समेत यस बारे छलफल गर्या भेटीन्छ । मेरो पहिलो कार्ड Link to ALL बडो राम्रो थियो, तर तब सम्म जब तेस्ले काम गर्नै छोड्यो । मरी मरी ५ डलर हालेर एउटा कार्ड किन्यो, ४० मिनट कुरो गर्‍यो खत्तम ! अझ मोबाईल मा गर्ने हो भने त १५ मिनट ! भन्न चाँही यि मोरा हरु ले you have 5 dollars र for this call you have 1 hour 27 minutes remaining भन्ने रे, दिन चाँही आधा भन्दा कम ! थरि थरि का कार्ड चहारियो, rocket, international, star, india call, asia call के के हो के के !

कल् गर्दै जाने क्रम मा मैले एक दिन ज्ञान प्राप्ती गर्या भएर, यस् बारे तपाईं सबै लाइ बाडी हालौ न त भनेर यो शिर्षक लेख्या हो । calling card चलाऊन मैले उहिले नै बन्द गरी सक्या छु । अचेल yahoo messsanger जोडयो, webcam र mic जोडयो, अनि धित मर्ने गरी कुरो गर्‍यो, अब कहिले काही computer नै उचालेर फालौ जस्तो त लाग्छ नि तर के गर्नु, पैसो पर्या कुरो ! खासै भन्ने हो भन पैसो चाँही सुको पर्या होइन ! मेरो पहिलो फ्री खाट जस्तै यो कम्प्युटर पनि फ्री मै आ हो !

कसरी भन्नु होला?

कुरो के भने billy जि को laptop मा दिउसो दिउसो काम नहुँदा craigslist खुबै हेरिन्थ्यो, त्यहाँ एउटा 'फ्री' भन्ने शिर्षक नि हुदो रैछ ! ल त के के रैछ फ्री भन्या त संसार नै फ्री, के चाँहीयो र? कानो लाइ आखो ! खाट चाँही ३ block पर बाटो मै ठड्याएर राखदया रैछ, billi जि लाइ भनेर बेलुका बोकेरै ल्याइयो ! कम्प्युटर चाँही लिन जानु पर्‍यो bus चढेर, आउँदा चाँही taxi मा आको ले १२ डलर ३१ सेन्ट चाँही पर्या छ !अब १००० रुपैयाँ मा का बाट कम्प्युटर पाउने हो? त्यै भएर मेरो दिन्चर्या को २ वटा अभिन्न अङ झै साझा डट्कम र craigslist.org भैइ सक्या छ ! हाम्रो साझा डट्कम मा craigslist.org जस्तै भा भे, कत्ती जाती हुन्थ्यो !

ए लौन सान् दाजि एस्सो कुनै कुनोमा थप दिनु पर्यो !

हुन त craigslist को हाकिम लाई एक दिन ईमेल नि गरे, लौ काठमाडौं पनि थप तिम्रो craigslist मा भनेर ! हुन्छ, धेरै जनाको request आयो भने थप्छु भन्या छ !

craigslist कै कुरो गरौ न त एक् छिन कस्सो?

craigslist मा एउटा लिन्क चाँही खतरा नै छ strictly platonic रे ! गै हेर्नुश थाहा हुन्छ ! massage देखि sassage सम्म ! हुन त मलाइ सारै गुण ला छ तेस्ले, आफ्नो जागिर्, डेरा, खटिया सब् त्यहि बाटै त आ हो नि !

देखि हाल्नु भो नि मेरो पारा, कुरो calling कार्ड को चली रा बेलाँ का लिएर गएछु ! यि साझा डट्कम क अनन्य मित्र हरु ले नसन्काका भए लेखन कार्य उहिले नै इति श्री भैइ सक्थ्यो होला !समष्टिगत रुपमा भन्नु पर्दा, नेपाल चाँही फोन गर्दै गर्नु पर्छ भन्ने हो !

मेरो पहिलो क्रेडिट कार्ड :

यो देश नि अचम्म को छ ! उधारो मा चल्या देश भन्छु म त ! जे नि उधारो । पहिले पहिले कुरै नबुझिने भन्या ! billy जि लाई सोधदा सोधदा वाक्क भएर होला, साथी ले व्याख्या नै गर्न चाडे ! म नि आँफै तम्सिए credit card महिमा बुझ्न ! एउटा हटमेल मा ईमेल आयो मलाई, यो अल्ली अगाडी को कुरा हो ! दङ परेर रिप्लाई गरे, १ हफ्ता मा एउटा फोर्म पठायो, भरे, फेरी अर्को अर्को फोर्म पठायो । तँ १०००० डलर क्रेडिट पाउन सक्छस् भनेर, आफ्नो दसैं, तिहार, शिवरात्री सबै एक्कै चोटि आउन लाग्या अनुभुती भाथ्यो ! भरियो । चौथो पटक चाँही मुखै खोलेर मोरा ले ६७ डलर पठा, क्रेडिट कार्ड पठाउछु भन्यो, म नि दङ परेर पठाउन तम्सी हाले । तेस्को लग्गत्तै ३ वटा तेस्तै तेस्तै offer हरु आए, सबै भरियो, सब लाइ पैसा तिरियो - credit union, first premier bank र अर्को कुन्नी के जाती हो !

जाठाहरु ले सोझ्झै मुर्गा हान्या रैछन बा, अहिले डेढ बर्ष बिती सक्दा नि मेरा क्रेडिट कार्ड आएनन । यो कुरो billy जि लाइ भन्या चाँही छैन ...... र्‍याग हुन्छ क्या !

एउटी नेपाली बहिनी सँग भारि बोक्न उन्को shopping मा macys गा बेला उन्कै सल्लाह मा त्यहाँ क्रेडिट कार्ड को फरम भरे, ३०० डलर को दियो, तर त्यही मात्रै किन्नु पर्ने रे ! एक महिना पछि घुम्दै Sears मा गा बेला त्यहाँ नि apply गर्न मिल्ने थाहा भए पछी गरे, एक्कै चोटि ३५०० डलर को पो दियो !यो चाँही जा चलाएनी हुने ! क्रमश ईन्टरनेट चाहर्दै गा बेला का का हो का का apply गरियो, २-३ वटै आए । आउन त आयो अहिले आफु लाइ चाँहीया बेला मा एउटा नि छैन !

हरायो त? भन्नु होला !

एत्राको हराउनु, सब्बै क्रेडिट कार्ड maxed out! मलाई के थाहा तिर्नु नि पर्ने रैछ भनि !बिल् त आउथ्यो, junk होला भनेर सोझ्झै garbage तिर हुलदे, आज यो हाल छ ! मेरो क्रेडिट रिपोर्ट कस्तो होला भनेर एक चोटि तन्या त चौपट ! too many credit inquiries रे ! हुन नि हो credit card apply गर्ने ठाउँ देख्नै नहुने, गरी हाल्ने आफु त !

चलाऊनै आएन भन्या, मलाई मात्र एस्तो हो कि सबै लाइ हो? लौन एस्सो सल्लाह पाम्, कत्ती कथै मात्र पढ्नु हुन्छ तपाईं हरु !

24 hour fitness:

24 hour fitness, बडो गजब को ठाउँ, नेपालमा gym जान जिन्दगी जाँगर नचल्या म मोरो लाई कुन अगती परेर, एक दिन हान्निए 24 hour fitness तिर, एस्सो ज्यान श्यान बनाउनु पर्‍यो, arm sarms हाल्नु पर्‍यो, तेसपछि त छप्की त कति कति ! membership fee सुन्दा ४ चोटि बिचार गरे तर केही सिप नलागे पछि भर्ना भए ! पहिलो दिनको जोश त हो, ३ घण्टा गरिएछ, भोली पल्ट नित्य कर्म गर्दा एती सरापियो एती सरापियो 24 hour fitness लाइ, के भनम ! हगन् कार्य गर्न लाइ बस्नै गार्हो, बसे पछि हगन् कार्य गर्नै गार्हो, हगन् कार्य गरे पछि उठ्नै गार्हो ! तेस् पछी न त 24 hour fitness गैयो, न त गरियो कुनै exercise, पैसो चिलाएको क्या, पैसो चिलाएको !

लौ त मित्र बन्धु बान्धव हरु, खृस्टमस् को बिदा छ, काम मा नि आइन्न, घरको कम्प्युटर म जुका पर्या छ virus क्या ! खोल्ना साथ बन्द हुन्छ भन्या ! अब बाकी मंगलवार मात्रै होला !

तै पनि यहाँ हरु को बिशेष कृपा भयो, र एस्सो हल्ला खल्ल गर्नु भो भने चाँही billy जि को laptop बाटै भएनी लेखमला !

त्यि गरौ न त ! त्यै भो होइन त? लौ त त्यै गरम !
 
Posted on 12-22-06 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Haha........Juka paryo re......nice story .....well hope to hear ur other stories soon....
 
Posted on 12-22-06 6:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

amricaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa

-Rockend
 
Posted on 12-22-06 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RAM PRASD JI, SARAI RAMRO.ABA PHERI XMAX RA NEWYEAR KO KATHA PANI CHHA HOLANI YO AMERICAMA.LEKHNA NABHULNU HOLA HAI.


MERRY XMAS N HAPPY NEWYEAR 2007
 
Posted on 12-22-06 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

MERRY CHRISTMAX N HAPPY NEWYEAR 2007
ALL SAJHA MEMBERS

JIMMY
 
Posted on 12-22-06 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rame Sathi, wonderfully written story. You reminded me of "Bairab Aryal." Kuro paryo Jai Bhudi ko Kya. Yad hola ni. Please, keep you your good work. We are desperately waiting to "Laugh Bhudi Michi Michi."
 
Posted on 12-22-06 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I mean to say keep up your good work not keep you your good work. Yo Gai Khane Bhasa Ke ho Ke ho. Lau ta Lau.
 
Posted on 12-22-06 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Merry X-Mas hai Ram Ji, katha ta sarai ghat lagdo lekhnu bhako cha.........drama prati addict bhako jastai....tapai ko arko katha ma ke hola bhanera utsukta jagcha...chito post garnu hola..
 
Posted on 12-24-06 2:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Neupane Ji:
It's great. Truly, the first thread in sajha I see is of yours. It's great. Like the way you write. Good approach. Keep it up.

:)
 
Posted on 12-26-06 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Neupane bro.
aba kahile aunchha ta baki bhag?
 
Posted on 12-26-06 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hoina, Ramprasad ji! Tapai baseko tham ma Mangalbar bhako chhaina ki ke ho? Ki Hamle bhare raati 12 baje samma parkhanu parne?....... kuire le kam ma jagar nachalayera kotha ma nai thankanu parya chha bhanya!
 
Posted on 12-27-06 7:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

juth ! khoi ta arko bhag ????
 
Posted on 12-27-06 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RAME CHADO LEKH ARU,RAMAILO RAICHA
 
Posted on 12-28-06 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-28-06 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्याप्टेनको जस्तो खोज् अनि हुक्काको जस्तो लगानि गर्न सके
चाहिन्न अरु केहि
भाउतेको जस्तो गजल् अनि राहुल् दाइको जस्तो कबिता कोर्न सके
चाहिन्न अरु केहि
ओक् को जस्तो आत्मकथा अनि राम् प्रसाद्को जस्तो कथा लेख्न सके
चाहिन्न अरु केहि
सानको जस्तो साझा लोक्तन्त्र नेपालमा अनुभव गर्न पाए
चाहिन्न अरु केहि ।
 
Posted on 12-28-06 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

KHAI TA BAAKI BHAAAG NI?
 
Posted on 12-31-06 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~
Just wanted to keep this thread on the top !

Cheers,
 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters