[Show all top banners]

ramprasadneupane
Replies to this thread:

More by ramprasadneupane
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 रामे को america अनुभव्!

[Please view other pages to see the rest of the postings. Total posts: 128]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 50180 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 12-14-06 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे को america अनुभव्- भाग्-१

कुरो america आउँदा को हो । प्लेन चढ्न त पयियो, america छिर्न नै नपाइने हो कि भन्ने टेन्सन थियो । धन्न आइयो ।

पोर्ट अफ् एन्ट्री मा हाकिम् ले सोध्यो, के काम ले आयिस?
मैले भने पढ्न ।

चार् बर्स को लागि?
मैले भने, हजुर ।

अनि देश फर्किने?
मैले भने हो हजुर ।

तल देखि माथि सम्म हेरेर भन्यो, ल ठिकै छ ।

कहाँ बस्ने नि ?
मैले भने कलेज को होस्टेल मा ।

मोरो ले पत्याएछ।

पढाई भन्या तेस्तै हो, आउन साथ काम खोज्न हिडियो । एउटा किताब् पसल् म पकिस्तानि भेटियो। ये हामि त सार्क् को छिमेकि भने, जांठा लाइ सार्क् भन्य थह रैनछ। कुरो मिल्यो। भोलि देखि काम् मा आइज् भन्यो तेस्को बोस् ले । एक् राति इकोनो लोज् मा बस्या ६० डलर् ले दिमाग् ठाउ म थिएन आफ्नो। काम् पाइयो धन्न। क्लास् सुरु हुन २० दिन् थियो ।

पढाई भन्या तेस्तै हो, काम् पाइयो धन्न । अब अर्को चुनौति डेरा खोज्ने थियो। बोस् ले sleeping bag ल्याएर येहि सुते हुन्छ भन्यो, एका बिहानै । आफ्नो त हर्श ले ठाउ छोड्यो। न आमा पट्टि को न बाउ पट्टि को । कुरो मिल्यो । पैसो को कुरा नि राम्रो लाग्यो, महिना मा १२०० दिन्छु भन्यो, वाह्! झन्डै १ लाख्!

अर्को समस्या खाना को थियो, आफु लाइ burgar चाख्ने बडो सौख् थियो, खिचापोखरि को burgar बस्तबमा burgar होइन रैछ भन्ने चाल् पाए । mac donalds ले मेरो आखा खोल्यो। सोचे, chicken burgar यति मिठो भए ham burgar कस्तो होला त? तर मन् ले मानेन। गाइ मासु र सुङुर् मासु चाहि आहिले नै नचाखौ भनि थाति राखे। जिन्दगि मा पहिलो burgar किन्दा, किन्नु अघि को डर्, खैरे ले जे सोधे नि yes, please र everything भने पछि, हातमा burgar पाउदा, मैले मन् मनै भने "वाह् रामे, त चहि america म टिक्छस्"। बडो ठुलो बिजय थियो त्यो मेरो लागि ।

पहिलो एक् हफ्ता कसरि बित्यो चालै पाइएन। टोल् गल्लि चहार्दै बित्यो। ताल् ताल् का मान्छे, ठाउ न ठहर् थुतुनो चाट्या छन्, चुस्या छन्, छाम्या छन्। तरुनि को halfpant पछाडि लेख्या कुरो पढ्यो, दङ पर्यो, कतै bebe कतै pink, के के हो के के । Tshirt उस्तै guess लेख्या ... अब त्यो नि गेस् गर्ने कुरो हो? के होला त्यहा भित्र भनि?

पहिलो झट्का तब लाग्यो, जब bookstore म एउटि स्वप्नसुन्दरि को प्रवेश् भयो, धोतिनि जस्ति थिइ तर latino हो कि जस्तो नि लाग्या थियो। हिजो भर्खर् एउटा mexican लाइ "दाइ, तपाइ नेपलि हो?" भनेर सोध्दा kimpasa amigo भन्या कान् मा गुन्जिराथ्यो ।

मस्त तन्, अटसमटस् tshirt, फुट्ला जस्तो trousers, हाम्रै college को हुनु पर्ने हो , मन् मनै सोचे । मोरि ले किताब् छान्दा, angle, angle बाट हेरे, स्वाद् लिएर । आफुलाइ कस्तो गारो भै सक्या थियो ।

बोस् counter मा थियो, म नि छेउ मा गएर किताब् मिलाउन थाले। नक्कलि आइ । hey, I am Sania ... भनेर हात् बधाइ, you from India? मैले भने No, from Nepal...Kyaath-man-dio...everest?" saki nasaki accent हालेर भने । छप्कि पग्लि छे । really?

hwasyonem भ्न्या जस्तो लग्यो।
sorry? मैले भने
your name?
ooh! Ronnie मैले भने।

Ram Prasad Neupane कता कता पाखे पाखे लाग्यो आफैलाइ यतिका बर्ष पछि।Ram Prasad Neupane काट्कुट् गर्द तुरुन्त दिमाग् म Ronnie जन्मियो, Ram को Ro र neupane को Ne Ronnie ।
 
Posted on 12-19-06 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

starbucks को कागाजको कप बोकेर हिंड्ने सबै जना सँग म अब जोरी खोज्न सक्षम थिए!

!!!!!

hasaayo
 
Posted on 12-19-06 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Audhi ramro. Ajjhai lekhau hajoor.
 
Posted on 12-19-06 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रात्तै.... राम प्रसाद ज्यू!
कति मजाले कुरो लेख्नु भा हो? हे हे हे लेखौँ लेखौँ अरु भाग पनि छिट्टै लेखौँ पढ्ने हामि छौँ!:)
 
Posted on 12-19-06 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-19-06 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto ramailo katha hoo, 2 choti padhi sake..pheri padhu padhu lagne..
baru aru bhaga pani chhitai lekhum, hami ni padhna lai aakha ready parera baseka chham.
:-)
 
Posted on 12-19-06 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे को america अनुभव्- RECAP

कुरो america आउँदा को हो । प्लेन चढ्न त पयियो, america छिर्न नै नपाइने हो कि भन्ने टेन्सन थियो । धन्न आइयो ।

पोर्ट अफ् एन्ट्री मा हाकिम् ले सोध्यो, के काम ले आयिस?
मैले भने पढ्न ।

चार् बर्स को लागि?
मैले भने, हजुर ।

अनि देश फर्किने?
मैले भने हो हजुर ।

तल देखि माथि सम्म हेरेर भन्यो, ल ठिकै छ ।

कहाँ बस्ने नि ?
मैले भने कलेज को होस्टेल मा ।

मोरो ले पत्याएछ।

पढाई भन्या तेस्तै हो, आउन साथ काम खोज्न हिडियो । एउटा किताब् पसल् म पकिस्तानि भेटियो। ये हामि त सार्क् को छिमेकि भने, जांठा लाइ सार्क् भन्य थह रैनछ। कुरो मिल्यो। भोलि देखि काम् मा आइज् भन्यो तेस्को बोस् ले । एक् राति इकोनो लोज् मा बस्या ६० डलर् ले दिमाग् ठाउ म थिएन आफ्नो। काम् पाइयो धन्न। क्लास् सुरु हुन २० दिन् थियो ।

पढाई भन्या तेस्तै हो, काम् पाइयो धन्न । अब अर्को चुनौति डेरा खोज्ने थियो। बोस् ले sleeping bag ल्याएर येहि सुते हुन्छ भन्यो, एका बिहानै । आफ्नो त हर्श ले ठाउ छोड्यो। न आमा पट्टि को न बाउ पट्टि को । कुरो मिल्यो । पैसो को कुरा नि राम्रो लाग्यो, महिना मा १२०० दिन्छु भन्यो, वाह्! झन्डै १ लाख्!

अर्को समस्या खाना को थियो, आफु लाइ burgar चाख्ने बडो सौख् थियो, खिचापोखरि को burgar बस्तबमा burgar होइन रैछ भन्ने चाल् पाए । mac donalds ले मेरो आखा खोल्यो। सोचे, chicken burgar यति मिठो भए ham burgar कस्तो होला त? तर मन् ले मानेन। गाइ मासु र सुङुर् मासु चाहि आहिले नै नचाखौ भनि थाति राखे। जिन्दगि मा पहिलो burgar किन्दा, किन्नु अघि को डर्, खैरे ले जे सोधे नि yes, please र everything भने पछि, हातमा burgar पाउदा, मैले मन् मनै भने "वाह् रामे, त चहि america म टिक्छस्"। बडो ठुलो बिजय थियो त्यो मेरो लागि ।

पहिलो एक् हफ्ता कसरि बित्यो चालै पाइएन। टोल् गल्लि चहार्दै बित्यो। ताल् ताल् का मान्छे, ठाउ न ठहर् थुतुनो चाट्या छन्, चुस्या छन्, छाम्या छन्। तरुनि को halfpant पछाडि लेख्या कुरो पढ्यो, दङ पर्यो, कतै bebe कतै pink, के के हो के के । Tshirt उस्तै guess लेख्या ... अब त्यो नि गेस् गर्ने कुरो हो? के होला त्यहा भित्र भनि?

पहिलो झट्का तब लाग्यो, जब bookstore म एउटि स्वप्नसुन्दरि को प्रवेश् भयो, धोतिनि जस्ति थिइ तर latino हो कि जस्तो नि लाग्या थियो। हिजो भर्खर् एउटा mexican लाइ "दाइ, तपाइ नेपलि हो?" भनेर सोध्दा kimpasa amigo भन्या कान् मा गुन्जिराथ्यो ।

मस्त तन्, अटसमटस् tshirt, फुट्ला जस्तो trousers, हाम्रै college को हुनु पर्ने हो , मन् मनै सोचे । मोरि ले किताब् छान्दा, angle, angle बाट हेरे, स्वाद् लिएर । आफुलाइ कस्तो गारो भै सक्या थियो ।

बोस् counter मा थियो, म नि छेउ मा गएर किताब् मिलाउन थाले। नक्कलि आइ । hey, I am Sania ... भनेर हात् बधाइ, you from India? मैले भने No, from Nepal...Kyaath-man-dio...everest?" saki nasaki accent हालेर भने । छप्कि पग्लि छे । really?

hwasyonem भ्न्या जस्तो लग्यो।
sorry? मैले भने
your name?
ooh! Ronnie मैले भने।

Ram Prasad Neupane कता कता पाखे पाखे लाग्यो आफैलाइ यतिका बर्ष पछि।Ram Prasad Neupane काट्कुट् गर्द तुरुन्त दिमाग् म Ronnie जन्मियो, Ram को Ro र neupane को Ne Ronnie ।
.....
सानियाको हेराइ, मुस्कान् र र्‍याल् चुहाउने शरिर् देखेर को लोभिदैनथ्यो होला र?
So you got to school too?"
-yes
hmm..see you around
-ok
मेरो बोलि त्यत्ति थियो, न एक् शब्द बढि न एक् शब्द कम्,जे होस् बबाल् होल जस्तो छ, मन् मनै सोचे।

आयेको एक् हफ्ता मै येत्रो प्रगति? वाह् रामे, मैले एक् चोटि फेरि आफु लाइ बधाइ दिये, बेलुका नेपाल् कुरा गर्दा मोटे लाइ भन्नै पर्ला जस्तो छ। मोटे मेरो सानै देखि को साथि, साले लै america जाउ भन्दा भाउ खायो, मैले नि कर् गरिन । पछि america जाने party दिदा पो भन्दै थियो ... मुजि एक्लै मिलायिस् होइन ... साथि लाइ बाल् छैन है? party चाहि पुतलिसडक् को ड्याकुला पाउने भट्टि म दियेको थिये, मेरो र केटा हरु को favourite, ट्वाट् चहि बाहिरै बाट लग्यो, ५०० ले १२ जना लै र्‍याल्छ्याल्। त्यो सांझ् साहुजि पनि सङै बसेर खदाइ थ्यो, "ल मुला, भाइ टिमि याम्रीका जाने? ल ल हाम्लाइ नबिर्सिनु नि"; "काँ दाइ तपांइ को ड्याकुला ले तानेर येहि ल्याउछ नि, चिन्ता नगर्नुस् न!" (ड्यालुका-कसौडि मा ६-७ घन्टा सम्म पकाएको ठुलो खशि को स्वादिलो, मुखै रशिलो हुने तात्-तातो झोल्)

***

बोस् ले nightshift ६ बजे देखि ११:३० बजे सम्म को duty म एक्लै लाइ दिये देखि सनिया daily आउन थालि। मेरो सामु पसल् अगडि अरु केटाहरु र customers सङ् टाँसिएरै कुरा गर्थि, मोरि झन् झन् च्वाक् हुदै थिइ।

२ हफ्ता पछि होला, सानिया मलाइ coffee लियेर आइ, म दङ परे, शान् देखाउन भये पनि, नेपाल् बाट ल्याएको सुर्य चुरोट् पसल् अगडि गएर सल्काए, सानिया म सित आएर टास्सिइ, मेरो मन् मा चिसो पस्यो...तातो coffee सुरुप्प गर्दै धुवा फाल्दै घमन्ड का साथ् झन् झन् नजिक् टास्सिए। उस्ले आफ्नो हात् मेरो कम्मर् मा राखे पछि म ढुक्क भए ... मेरो मन् मा भुइचालो गैरहेको थियो।

hey, you look good today
-thanks
how's the coffee?
-yeah, its good...
so where do you stay at?
-umm, at my friends...i'm looking for a room actually
मलाइ स्टोर् मै बसेको कुरा भन्न लाज् लाग्यो

you have another one on you?
-sorry? मैले कुरो बुझिन
cigaratte? another one?
-yes, sure
what kinda cigaratte is this?
-yeah, its from Nepal
-lemme see
मैले सुर्यको packet दिये

एउटा काले cycle मा आएर रोकियो हाम्रो अगाडि।
hey baby!
-bloody faggot सानिया फत्फताउदै थिइ
meet my boyfriend एक्कै चोटि मेरो हंश ले ठाउ छोड्यो, सानिया ले मलाइ boyfriend भनेर चिनाइछे, काले मुर्मुरिदै गयो

त्यो दिन् सानिया पसल् बन्द् गरुन्जेल् बसि, मैले ok, its time for me to go भने पछि मात्रै गै। जानु भन्दा अगाडि सानिया धेरै बेर् सम्म अङालो हालेर उब्भियि, मेरो सरिर् म काडा उम्रीदै थिए। मैले उ गएको केहि बेर् पछि बन्द् गरे।

भोलि पल्ट बबाल् भयो!
बोस् गये पछि सानिया आयेर counter मै भित्र आइ, मैले केहि भन्न सकिन, ९ बजे तिर, सानिया ले पसलमा कोहि नभएको मौका परेर टास्सिन आइ, मैले सकेसम्म avoid गरे, illegal काम् गर्नु छ, केहि दाया बाया भयो भने के गर्ने? मेरो दिमागमा तेत्ति खेल्दै थियो ।म nervous भयेको देखेर होल, सानिया ले मुसुक्क हास्दै भनि:

hey, you like me?
-yes...
you like some other girl?
-no...

एक् छिन् को मौनता पछि सानिया ले सोधि
you do weeds?
-sometimes मेरो दिमाग् ले फेरि ठाउ चोड्दै थियो, गाजा!!! के ताल् को केटि रैछ बा? मन् मनै भन्दै थिए!
want some?
you have some?
later tonight
-sure!

वाह्! america मा आएर पनि गाँजा नछुट्ने भयो! धन्य भोलेनाथ्, जय् शम्भो!
पसल् बन्द गरेपछि, सानिया ले आफ्नो रूम् तिर लगि, motel मा बस्दि रैछे, ९ बजे पछि Motel चिर्न ID चाहिने रैछ। मसित passport थियेन ।सानिया ले counter म भएको मोटे mexican लाइ होजे भन्दै, टास्सिदै, 10$ दिइ र मलाइ माथि लगि ... सानिया को चर्तिकला देखेर म ठिस् हुदै थिये!
.....

सानीयाले तेस्रो तल्ला को आफ्नो रूममा लागि, भित्र पस्ना साथ भनि it’s a mess, hope you don’t mind मैले ठिकै छ भने । बेडमा बसेर सिरानी मुनी बाट पाउच झिकी, हरियो सल्सलाउदो गाजा, कस्सिएको सानीया को जिउ जस्तै, पाउच खोल्ना साथ मग मग सुगन्ध ले कोठा भरियो, अमिलो आपको गन्ध! वाह्! धेरै भएको थियो आफ्नो पुरानो चिरपरिचित गन्ध को आभाश पाएको । kathmandu east-साँखु, kathmandu west- इचङ्गुनारायण, kathmandu south-चापागाँउ र kathmandu north- बुढानिलकण्ठ, स्वाद स्वाद का, किसिम किसिमका … हुन त मैले छोडेको ४-५ महिनै भैसक्या थियो तैपनि, पाएको बेलामा कसरी प्रसाद लाइ नाइ भनौ? (भन्दया नि!)
मैले सुर्य को सुर्ती झार्न लागेको देखेर सानीया ले what’s that? भनि, मैले I used to smoke like this भने, पछी उस्ले चिलिम झिकी, मोरी त सोझै खादी रैछे, म तीनछक परे, kathmandu मा एक से एक भेटियो, केटी हरु पनि उस्ताद उस्ताद भेट्या थिए तर सानीया ले सब लाइ पछाडि छोड्दै थिइ । २ सर्को तन्ना साथ मेरो आँखा अगाडी तिर्मिर तिर्मिर हुन थालेको थियो, सबै कुरा फेरी रमाइलो लाग्दै थियो, हलुको, निस्फिक्री र खुला … म बेड म पल्टिए, सानीया छेउमै पल्टियी, झ्याप भएकोले होला कुनै कुबिचार मन मा थिएन …म आफ्नै दुनियाँ मा मस्त थिए, अर्को सर्कोले मेरो घाटि भेट्यो अनि अर्कोले लहरे खोकी … खोके पछि चाँही मलाई लाग्छ, म झ्याप थिए!
सानीयाको उन्मुक्त स्पर्शले मेरो दिमाग ठेगानमा आयो, केही बेर मै मेरो होश हावाश उड्यो जब मैले चाल पाए, सानीया केटी नभएर केटा रैछे ।मैले I thought… मात्रै के भन्या थिए सानीया म सँग पड्की, why you don’t like me no more? मैले भने hey, I like women, but… सानीया ले सोधी if I were a girl…then? मैले भने no doubt! But you know I can’t think about this… its better to remain friends… don’t get mad at me.
त्यस्पछि को २ घण्टा सानीया ले आफ्नो बृतान्त सुनाउदै थिइ, Bangladesh बाट boston आए देखि, उ transgender भएकी ले परिवार ले बेवास्ता गरेको कुरा देखि, mexico मा २००० मा सारीर परिवर्तन गरेको कुरा देखि, उस्का ४ वटा boyfriends हरुको कुरा देखि सबै खुलस्त भन्न लागि । एउटा transgender सँग को मेरो पहिलो सक्ष्यात्कारले मेरो होस् हावास् उडाइसकेको थियो । केही बेर मै हामी त्यहाँ बाट निस्क्यौ, होजे मलाई हेरेरा मुस्कुराउदै थियो!

***

Apartment खोज्न कम्ती गार्हो भएन, बल्ल बल्ल एउटा नेपाली दाइ सँग भेट भए पछि मलाई नेपालीroommate मिलाइदिए, Billy…Ji पछि मात्रै थाहा भयो उस्को नाम बल बहादुर बोगटी, म जस्तै नामको ममलामा चुकेका रैछन । मैले सोचे TripleB नाम किन नरख्या होला! उन्को र मेरो भेट हफ्ता मा २ दिन हुन्थ्यो शुक्रबार राती जब मेरो off थियो र सन्डे बिहान । उ आफ्नै दुनियाँ मा म आफ्नै दुनियाँ मा ।

करीब १ महिनाको बसाइ पछि मात्र हामी बिच धेरै घुलमिल भएको थियो, corona, heiniken, Seirra Nevada मा हाम्रो कुरो मिल्थ्यो । कुरै कुरामा उनको र मेरो एउटै टोलको केटी माथि crush रहेको कुरो पनि खुल्यो, ईन्द्रचोक कि मन्दिरा । तर सोम म भन्दा खप्पिश रैछ, letter दिन भ्याइसक्या रैछ अनी एक चोटि पुतलिसडक बाट ईन्द्रचोक सम्म bike मा drop पनि गर्दया रे! मैले पत्याए! उश्! मन्दिरा को दाइ फेरि एक् नम्बरको ठीस्, इन्द्रचोकमा दिउसै तर्बार् लियेर हिड्ने खालको, सोमलाइ देखे पछि मेरो मन्दिरा प्रति को उम्रीन लागेको मायाको टुसा, तुहिएको थियो ।

***
......

जेनतेन गरेर first semester सिद्ध्याइयो , नेपाल् बाट ल्याएको बजेट २ महिना मै सफाचाट् भए पछि मलाइ tension हुन थाल्याथ्यो, धन्न काम् पाएको थिये। Palo Alto बाट first semester सिध्याये पछि म spring मा san francisco सरे। नया ठाउ, नया साथिहारु, City Collegeमा transfer गरे देखि मलाइ अलि हलुको भएको थियो, फी सस्तो, किस्ता मा तिरे हुने, नया काम् खोज्ने Tension भने छदैथियो। तिन् जना साथिहरु मिलेर एउटा apartment लियौ। एक् जानाको भागमा ३००, ठिकै हो। एउटा धोति भाइको restaurant मा काम् पनि पाइयो १५००, खाना फ्री रे, अफ्नो त promotion भै हाल्यो नि!

सानियाको अगाडि नपर्ने यो भन्दा अर्को राम्रो तरिका थिएन। life मा love त कति गरियो कति तर तेस्तो झट्का भने पाएको थिइन।

हुन त नेपालमा मा हन्टर् नै थिये रे, केटाहरु ले भन्थे, च्वाँक् त देख्नै नहुने। TC मा ISC पढ्दै देखि RX किन्या थिये, मेरो बुढो RX ले कति जाना लाइ बोक्यो तेसको कुनै लेखा जोखा छैना। जुनालाइ लिएर त एक् चोटि kathmandu बाट नेपालगन्ज् सम्म को टुर समेत् हन्या थिए। त्येत्ति बेला माओबादि हरु उम्रीसक्या थिएनन्। जहा जाउ, सडक् आफ्नै थियो। हेटौडा को night stay पछि अर्को stop नेपालगन्ज् थियो, साथि shopping भने पछि मख्ख। रुपेढिया को shopping ले उस्लाइ पुग्या थियो। नेपालगन्ज् देखि कर्नालि पुल् सम्म को trip चहि बबाल् दामि थियो। landscape सिधा रोड्, जङल्, रोड् को छेउमा अग्ला अग्ला elephant grass र कर्नालि नजिक् पुग्दै जादा घना जुङ्ल् माथि बिस्तारै उम्रीदै आउने कर्नालि को पुल् ………… हरिप्!

श्रीयालाइ TC देखि नै मन् पराइएको थियो। हाम्रो affair ५ बर्स सम्म मा ४ चोटि break up हुदा पनि चलिराथ्यो। ISC second year पढ्दा जाच् आउनु अघि बिहे गरौ भने पछि चहि मलाइ अति भाथ्यो। बिहे रे! ताल् ताल् का हुन्छन् यार्, उसको घरमा बिहे को कुरो आयो भनेर मैले बिहे गर्नु रे! सोझै break up कुरै छैन । १ महिना सम्म भेट्घाट् बन्द्, बिचमा एउटा रगतले लेख्या चिठ्ठि पनि आयो, मैले बाल् दिइन, कुरो खत्तम्। सोम् हिन्दि फ्लिम् बढि हेर्थि क्यारे। BSC मा गए पछि आफ्नो बचपना को लागि sorry भन्दै थिइ, we patched up again! BSC 3rd year देखि हरेक् बर्ष नया बर्षमा हामि सौराहा जाने गर्या थियौ। सौराहा, अर्को स्वर्ग! गाजाको बानि सौराहा बाटै सुरु भएको थियो, जीवा दाइ को बार् बाट, सौराहा sunset view beach को त्यो बार् मा बर्ष मा दुइ पल्ट सम्म धायिन्थ्यो, एक् चोटि मैया सङ, एक् चोटि केटाहरु सङ । जिवा उर्फ् जीवन् चौधरि ।

***

kathmandu बाट america आउने चक्करमा आउनु अघि किसिम् किसिमका कुराहरु भये। love पनि पर्यो tragedy पनि। toefl दिए देखि, अझ भनौ gyaneshwore को American Center जान थाले देखि म serious भएको थिये। केटाहरु सङ सङत् गर्न पनि छोडे, सब् रिसाएका थिए। उहि बेल्का गल्लिमा चुरोट् खादा मत्रै भेट् हुन्थ्यो, कुपन्डोल्को बाग्मतिको किनारमा गफ् गर्दै america, Uk, australia मध्ये कुन् ठिक् भन्ने बिषय नै प्राय चल्थ्यो।

केटाहरु पनि ऐठन् थिये, ठिस् ठिस् हरु, america चाहि सब् लाइ जानु चहि पर्ने रे तर कसरि, किन, कहिले, कहा बाट कसैलाइ बाल् थिएन। गफै त हो, कुरै बढि, मोटे भने हरेक् महिना तात्तिन्थ्यो, toefl को कुरा आउनासाथ् सेलाउथ्यो। कुरो जहिले पनि पैसामा आएर अड्किन्थ्यो, toefl दिने पैसा कहा बाट आउछ भनि। हुन त सब् केटाहरु काम् गर्थे तर हाम्रो ताल् उस्तै थियो, सब् को। गाँठ् हुनै नहुने, ट्वाट् चाहिहाल्ने, पुतलिसडकको प्रेम् सेकुवा, खशि को सुप्, सातदोबाटो को धरानको कालो बङुरको पोलेको ताजा मासु, पुलिस हेड्क्वाटर् पछडिको नान र सेकुवा, पाटन् कृष्ण मन्दिरको छ्याङ् … पैसा उडाउने बिभिन्न उपायहरु थिए सब सङ्ग।
.....

Billy को ताल देखेर कहिले काही तीनछक पर्छु, ४ बर्षमा धेरै चेन्ज भएको कुरो उ आँफै गर्छ, आफुलाइ amrerican भन्न बढी रुचाउछ उ; हुन पनि हो ४ बर्ष भन्या जोक होइन यार्; तेसमाथि नेपाली नभेट्या, न त संगत गर्या; १-२ जना चिनेका पनि आफ्नै ताल का रैछन ।

कम्प्युटर, वेबसाईट, ईमेल यि तीन कुरा सङ घनिष्ठता अमेरिका आए पछी मात्रै भएको हो । नेपालमा साईबर क्याफे म घण्टाको २५ तिरेर कति गुजरा हुन्थ्यो र । साझा डट्कम सँगको मित्रता चाँही पोहर दसैं ताका मात्रै भीको हो; बिल्ली जि को कृपाले । सुरुमा anfrancisco मा काम नपाउदा दिनभरी कोठा मा बसेर उस्को ल्यापटप चलायो, caigslist म जोब खोज्यो, email गर्‍यो, नेपालमा भा नभा america को राम्रो कुरा गर्‍यो, काम पाइयो भनेर गफ हान्यो, अनि साझा डट्कम चहार्यो; उतिखेर को उरन्ठाउँलो साझा डट्कम र अहिलेको सामाजिक साझा डट्कम म धेरै भिन्नता छ । उहिले NAS को जस्तो मनै बाउडिने चित्र कहाँ हेर्न पाउनु नि? बिल्लि ले firewall रखेको ले होला जथाभाभि website म जानै हुन्नथ्यो, चित्रै नआउने बा!
साह्रै भाग्यमानी भा दिन याहू को च्याट रूम मा कहिले काही केही देख्न पायिन्थ्यो, तेत्ती हो! फेरी आफु त्यस्तो त्यस्तो कुरमा बढी ध्यान दिने परिएन, काम चली राथ्यो ।

ठुलो शहर भएर होला sanfrancisco मा अलि डर लग्थ्यो सुरु सुरु मा, तल्तिर को गल्ली तिर गयो कि ताल ताल का काले हरु, मुख छाडया छन्, बाटै मा मुत्या छन्, जाड्को बोटल जथभाबी फल्या छन्, बिजोग हालथ्यो downtown को । झन market र mission मा त सात्तै जाने भन्य, अजिब अजिब पहिरन मा एक से एक पागल हरु, खातेहरु, ठिसहरु! पछि बुझ्दा थाहा भयो ति सब vietnam युद्धका veteran रे! तीनहरुको गरीबि देखेर मलाई दुख लग्थ्यो, तर billi ले भन्या कुरा सधैं याद राख्थे, सरकारले तीनैहरुलाइ भत्ता दिदो रैछ ।

कति भाग्यमानी यहाँका माग्नेहरु, कति talented अङ्रेजीमा भिख माग्ने! हाम्रो नेपालबाट पशुपति अगाडिका सबलाई B-1 visa मा ६ महिनालाइ यहाँ ल्याउन पाए, नेपालको remittance अझ दरो हुन्थ्यो कि? यो पनि त एक किसिम को बैदेशिक रोजगार नै हो नि । यसै त देश बैदेशिक रोजगारको भरमा टिक्या बेला !

america मा नयाँ कुरा सिक्ने क्रम जारी थियो, आएको महिनौ पछी billi जि सँग पहिलो पटक चिया खान पाइयो, starbucks मा, कस्तो चियापसल यार्! छिर्नै डरलाग्ने ! जिन्दगीमा २०० रुपैयाँको 'चाय' खाएपछी मेरो छाती घमन्डले फुल्याथ्यो, बाटामा starbucks को कागाजको कप बोकेर हिंड्ने सबै जना सँग म अब जोरी खोज्न सक्षम थिए!

तर सोच्दा सोच्दै हातमा लिएको चाय सिद्धिएपछी मलाई एउटा अनौठो डर्ले घेर्यो - आज त billy थियो र चिया खान पाइयो, भोली नि? म आफ्नो अत्मबिश्वासमा आँफै अबिश्वसत थिए !

भोली पल्ट बिहानै billy जि ओछ्यान मै सुतिरख्दा, बडो हिम्मत गरेर हिजो को starbucks मा गए, थरि थरिका कफि देखेर दिमाग out भाथ्यो ! ठिराउदो जाडोमा पनि मेरो शरिरबाट पसिना निस्किन थल्याथ्यो, एउटा अनौठो डरले गर्दा । जे परे पर्ला भनेर कुन्नी के हो अर्डर गरे, भित्तामा भएको कफि को लिस्ट मा नम्बर ४ म भएको कफि, medium भने ! burgar किन्दा जस्तै everything भन्नु पर्ला कि भन्या, तर परेन, मलाई यो तरिका चाँही मन पर्‍यो तर पैसो गएको कुरो ले साह्रै चित्त दुख्दैथ्यो । २ डलर् ७५ सेन्ट् को त्यो कफि खाना साथ मेरो बुद्धीमा बीर्कै लग्या रैछ भन्ने प्रमाणित भयो, जनवरी को चिसो स्याठ्मा पिउनु परेको चिसो कुन्नी के हो ले मेरो दिमाग सफाचट भएकोथ्यो, billi जि को शब्दमा brain dead रे! के गर्ने? पैसो पर्या कुरो, घरमा ल्याएर माईक्रोववमा तताएर भएनी पिए । पहिलो कफिको त्यो चिनो स्वरुप starbucks को कप मैले ४-५ महिना सम्म रख्या थिए, पछि americanized हुँदै जाने सिल्सिलामा एक दिन कपले garbage मा ठाउँ पायो ।

तदुप्रान्त starbucks मेरो सबभन्दा नरुचाएको स्थानको लिस्टमा सदाको निम्ती दर्ता भयो ! अचेल चिया त पियिन्छ कि घर मै कि फ्री को, हजुर फ्री को naan and curry रेस्टुराँ म भात र कुखुराको साप्रो किनेपिच्छे २-३ गिलास धित मर्ने गरी चिया हानिन्छ ।

जती गरे नि मैतिदेवी चोकको बिश्रान्तिको चिया र सुर्य चुरोटको धित चाँही मेट्न सक्या छैन । "ओए भाई, ४ वटा र क चि क " अर्थत ४ कप रङ कडा चिनी कडा चिया । साथमा १० रुपैयाँको ४ वटा सुर्य, कहिले काही घन्टौ बिताइन्थ्यो बिश्रान्तिमा, तर हाम्रो usual टाईम चाँही शनिबार बिहान हुन्थ्यो । एका बिहानै ६-७ बर्ष नबिराइ ६ बजे गौशला चोकमा केटाहरु सँग भेट हुन्थ्यो, पशुपति दर्शन को लागि, ९-१० बजे तिर फर्कदा, सधैं बिश्रान्तीम आएर १-२ बजे सम्म गफ हान्यो बस्यो, कलेजका केटाहरु पनि भेटिन्थे । पछि आएर शाहुजीले दिक्क भएर होला बिश्रान्तिमा no smoking टाँसेपछी, बिश्रान्ती जान बन्द भयो, तर बिश्रन्ती को स्वाद कही नपाए पछी केही उपाय नलाग्दा, हामी compromise को अवस्थामा पुग्या थियौ, चिया बिश्रान्ती कै, तर बाहिर उभिएरै भए पनि !

चुरोट त्याग्ने कुरा यदाकदा 'दिपे' ले ल्याए पनि, बहुमतको कदर गर्दै चुरोट छोडिएन । दिपे, एउटा अजिबको character, चुरोट्, जाड्, बियर, रक्सी, गाजा केही नखाने तर ब्यवस्था गर्न कहिल्लै पछी नपर्ने ! केटाहरु फिट्टु भएर क्याबिन रेस्टुराँमा सुत्दा पनि ट्याक्सीमा चाढाएर घर भने पुर्याउथ्यो । राती २ बजे घर छिर्ने हिम्मत नभएपछी मेरो मै सुत्थ्यो, भोली पल्ट बाउ को last गाली खाइयो यार भन्दै सुनाउथ्यो । हुन पनि हो, घरमा मम्मिलाइ दिपे को birthday वा, दिपे को भतिजो को पासनि, वा दिपेको दिदि को engagement वा दिपे पास् भएको party, वा दिपे को birthday को बहाना सुनाएपछि आरामले बाहिर जान पाइन्थ्यो अझ डो पनि पास् हुन्थ्यो । हजुर्, दिपे को birthday २ चोटि मात्रै होइन, कहिले काहि त ४ चोटि सम्म मनाइन्थ्यो नेवारि, बिक्रम् सम्बत्, इश्वि सम्बत् र तिथिले !

अचम्म को मित्रता थियो हामी बिच्, वा मोटे, काले, दिपे, हुट्टे, बाबा, सुके, बोका, खैरे र म RP । सब को नाम पछाडि आफ्नै रहश्य थियो । मोटे-बाङ्गुर जस्तो भएको हुनाले, काले-पोल्दा पोल्दा उम्केर भाग्या जस्तो काले हुनाले, हुन त त्यस्तो काले त थिएन यार्; दिपे-dipendra को छोटो नाम्; हुट्टे-हुट्टिट्याउ जस्तो हुनाले; बाबा एक नम्बर् को गजेडी हुनाले; सुके-सुक्या बाँस् जस्तो हुनाले; बोका-छप्की देख्नै नहुने सोमलाई-दुई खुट्टामा उभिएको जे भएनी हुने!; खैरे- त्यो चाहि खैरे जस्तै देखिने हुनाले र मेरो बारे म त के आँफै गुन गान गरम र !

***
MORE TO COME :O)
 
Posted on 12-19-06 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dude!!! you are heck a writer.. keep it up.....
 
Posted on 12-20-06 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...

america मा सिख्ने क्रम् जारि थियो। सिखेका केहि कुराहरु पस्कदैछु !

public transportation:

अर्को सिखेको कुरो मा यहाँको public transportation पनि पर्छ । अजिब अजिब अनुभव बटुल्ने मौका पाइयो । San Francisco Airport मा ओर्लिनसाथ कलेजको मान्छे लिन आएकोले खासै बस, ट्रेन चढ्या थिइन । Palo Alto बाट san francisco सर्दा भने पहिलो अवसर पाए caltrain चढ्ने । डरै डर ले टिकट कट्ने मेसिनमा पैसो हाले, सफल भएकोले होला, म ढुक्क भएको थिए । चढ्न त चढिएछ तर उल्टो पट्टी को ! ५-६ station पर पुगे पछी train मै भएको नक्सा हेरे, लौ मार्यो ... कता हो कता पो पुगियो । पछी खलाशी लाइ सोधे पछी थाहा भो, पारी पट्टिको track बाट चढ्ने रैछ । जिन्दगीमा भृकुटिमन्डप्को train बहेक अर्को train चढ्या भएपो !

Ticket!:

Billy को कृपाले san francisco क बस पनि मनग्गै चढियो । सोम खल्ली रैछ । ticket कातीनास् भने ticket दिन्छ है भन्याथ्यो, आफु चाँही ज्यान गए नकाट्ने । मैले सुरुमा बुझ्या थिइन, ticket नै नकाटी कसरी ticket दिन्छ भनेर, पछी एउटा घटना म एउटा होजे भाई लाई मामाले ticket दिएको देखे पछी बुझे! अचेल भने म आँफै खल्ली भा छु । हराइदैन भन्ने थाहा भए पछी public transportation मेरो सब भन्दा प्यारो साथी भा छ ।

airport को कुराइ:

आएकै दिन airport को घटना सुनाउन मनलाग्यो, कत्ती कुरो लुकाउने भन्या? college को मान्छे मलाई लिने ४ घण्टा ढिलो आयो, कुरो के रैछ भने म आइपुग्द college खुलेकै रैनछ, semester break रे । मैले पनि तीनैहरुलाई आफु आउने टाईम दिन भुल्या रैछु, गल्ती मेरो मात्रै होइन, kathmandu को त्यो दलाल institute को पनि हो नि, तीनीहरुले नि भन्दिनु पर्ने नि! खैर्, ४ घण्टा कसरी बित्यो तेस्मा आफ्नै मजा छ ।

Quarter महिमा:

खल्तिमा आफुसँग २२ dollar चानचुन थियो, बाकी TC । हुन त ५० dollar thyo {kathmandu बाट हिड्दा र america deported मित्रले दिएको ८ वटा quarter, साथीले भन्या थियो -america सिङै यही २५ पैसा ले चल्या छ राजा, जहाँ गए नि काम लाग्छ, कोक पिउन नि यही, फोन गर्न नि यही, यस्सो broadway तिर गयौ भने बिशेष दर्शन गर्न नि यही ! बिशेष दर्शन को कुरो अलि पछी भनमला!

नभन्दै त्यो ४ घण्टा college लाई २ कल फोन गर्दै ८ वटा सुक्को सिद्धियो । २ घण्टा पछी फोन गर्न खोज्दा आफुसँग चानचुन छैन, ल फसाद्! समान trolley मा राख्दै एअरपोर्ट चहारे, एक ठाउँमा phone card किन्ने मचिने रैछ, सँगै चानचुन साट्ने मेसिन पनि, म दाङ परे, तर मेरो नेपाली परले गुटुमुटु परेर जिन्सको खल्तिमा रख्या १-१ डलर चानचुन गर्ने मसिनले लिनै मानेन । अरु केही उपाय थिएन, हार मानेर फोन कार्ड किन्ने मेसिनम २० डलर हाले, ५ रुपैयाँको किनौला भन्या त ..... एत्रो .... ! २० डलर कै कार्ड पो दियो । त्यो २० डलरको कार्ड पनि जान्ने भएर नेपाल फोन गर्ने भएको, ३० मिनेट मै चट !
हातबाट भर्खर किन्या बरफ भुइमा झर्दा हुने बच्चोको जस्तो थुतुनो भा थ्यो मेरो ।
बाकी रहेको २ डलर पनि चल्दैन, कुन देशमा आइएछ बा? आउन साथ लुट्न सुरु, casting एस्तो झुर छ, फिल्म कस्तो हुने हो !

पहिलो american coke:

१ घण्टा बाकी हुँदा फेरी एअरपोर्टमा बारालिदै गर्या बेला कोक् किन्ने मेसिन देखे, आफु सँग भा २ रुपैयाँ भएनी try गराउन त भनेर पहिलो हाले, लिन त लियो मोरो ले, तर मेरो पैसो खायो ! कोक select पनि गर्या हो ७५ पैसा को, कोक निस्किन लग्या पनि हो, तर किन हो मलाई मन पराएन कि मेसिन पछडिको साहुजिले, आड्मै आएर मेरो कोक अड्क्यो ! दुनियाँभरको button हरु थिच्दा पनि मेरो कोक नाऔने पक्का भएपछी, अन्तिम १ डलर हाल्न म वाध्य भए । आएको ३ घण्टा मै २१ डलर लुट्ने america ले मेरो के हाल पर्ने होला भन्ने कुरा ले मनमा खैलाबैला मचाइराथ्यो । अन्तिम १ डलर मेसिन ले ज्यान गए लिएन, ओल्टाइ पोल्टाइ, उल्टो सुल्टो सब किसिम ले प्रयास गरे, तर अह ! ज्यान गए लिदैन ! मेरो पछाडी एउटी लुगा ला जस्तो गर्या काली आएर उब्भियी, मलाई आशाजिलो लागेर छेउमा उब्भिए; मेरो दुख बुझेर होला "can i help you?" भनि, भोको लाइ तातो भात्, "yes, please" भन्दे, मोरी ले मेरो १ डलर लिएर आफ्नो पैसा हालेर मलाई कोक किन्दी, म दङ परे; मान्छे आफु परियो अलि handsome, काली पग्लिछे क्यारे! काली को त यो हाल छा झन गोरी मैया हरु को के हाल होला?

पहिलो कमाइ:

आएको ४ घण्टा नपुग्दै म america मा कमाउन लग्या थिए । हजुर ! मेरो पहिलो कमै ७५ पैसा हो कि १ डलर थियो ।।। जे होस् कमाएको थिए ! कसरी भन्नु होला? san francisco airport बाहिर चुरोट खाएर कुरी रहेको बेला, एउटा काले को चर्तिकला बाट म प्रभावित हुन पुगे !airport म जथाभाभी छाडिएका trolley हरु बटुल्दै एक ठाउँ मा मिलाएर रख्दै थियो तेस्ले, सुरु मा जाँठा कर्मचारी होला भन्ठान्याथिए, तर होइन रैछ !trolley हाले पिछ्छे मेसिनले पैसो दिदो रैछ, सब trolley हाली सके पछी तेस्को आँखा मेरो trolley मा थियो, म पनि के कम्, ज्यान गए दिन्न भनेर छोडदै छोडिन । college बाट केही बेर मै मान्छे लिन आएपछि मेरो trolley आँफै मेसिनमा हालेर पहिलो कमाइ कमाए ! पैसो कमाउन आ को पो त ! एत्रो अरु लाई दिनु?

american भाषा:
america क केही शब्दले मेरो दिमाग तिरिमिरिझ्याइ पार्याथ्यो सुरु सुरु मा !बुझ्नै गाह्रो, जस्तै:

how are you doing?
-तिमी कसरी गर्दै छौ?
कसरी भनम नि हातले हिसाब गर्ने गर्या छ !

how is it going?
-त्यो कसरी गै रा छ?
कस्लाइ भन्न खोज्या हो? मलाई चाँही किन सोधया होला?

what's up?
-माथि के छ?
माथि हेर्छु, आकाश मात्रै छ बा!

cool
-चिसो
यो चाँही बडो घतलाग्दो शब्द यिनिहरुको, जे को पनि पर्यायवाची !

अघी को 'बिशेष दर्शन' को कुरो:

कुरो के भने Billy जि एउटा weekend निक्कै तात्तिए, Ronnie जि भएन, एस्सो बार सार जानु पर्‍यो, america हेर्नु पर्‍यो, हिडौं जाँउ भन्न थाले । लौ न त जाउ भनेर पछि पछि लागियो, २ वटा बारमा त छिर्नै दिएन । एउटामा formal dress लाएको हुनु पर्ने रे, अर्को मा चाँही मैले ID नबोक्या भएर, गलती त मेरै हो, passport बोक्नु पर्ने बोकिएन, केही सिप नलागे पछो Billy जि र म एउटा liquor store बाट बियर कागजमा बेरेर union square तिर लाग्यौ , कारीब १ घण्टाको बसै पछि राती १ बजे billy जि को दिमाग्मा एउटा कुरा फुर्यो, अलि अलि बियर ले हान्या रैछ क्यारे मित्र लाई "तपाईं मुजी लाइ आज कुनै बिशेष ठाउँ नलागि छोड्दिन बुझ्या हो?" भन्न थाले । लौ त जाउ, मैले मुन्टो हल्लाए ।

आफु परियो tanker घ्याम्पो, १ कार्टून बियर, १ फुल्ल challenger, रत्नपार्क को २ पानी तोङ्बा हानेर तेस् माथि २ stick गाँजा हान्दा त केही नहुने, बेलुका घर जाँदा kathmandu को जुन कुना मा भएपनि कमलपोखरि चोक कोपान पसला को पान खानै पर्ने, १ पान हाने पछि सब थोक clear, fresh; घर पुग्द कसैले सोधी हाल्यो भने आज अलि बढी काम थियो, त्यै भएर ढिलो भने पछी सब फिट !

बिशेष ठाउँ के रहेछ भन्या त लाजै मर्दो, सुरु मा त जानै लाज लाग्यो, billy जि नि १ चोटि गा जस्तो माने । कुरो के रैछ भने, quarter झ्याल म खसाल्नु पर्ने रे, एउटा quarter हाले पछी ४ मिनट हेर्न पाइने रे ! के हेर्ने भन्नु होला ? के हुन्थ्यो नि त्यै .... कस्तो कुरो नबुझ्या ? .... मुखै खोलौ र भन्या ? लौ त.... पैसा हाले पछि एउटा cabin भित्र जान पाइने रैछ, भित्र चुकुल लाउन मिल्ने । होइन ... होइन .... चुकुल लगाइ सके पछी चाँही quarter हाल्ने हो ! बिस्तारै झ्याल खुले पछि रमिता देखियो ... आफ्नो त भेजा out ! झ्याल बाट देखिने रमिता अचम्म को थियो, अभुतपूर्व, कहिलाई नदेख्या (देख्न त देख्या हो तर यसरी देख्या चाँही होइन) ... वाह्! america गजब छ यार्! खल्ती मा भएको ४ डलर को १६ quarter हाल्दै हेर्दै गरियो । बाहिर आएपछि, एउटा नयाँ जोस्, एउटा नयाँ कौतुहुलता मेटिएर शान्ति अनुभव । म billy जि लाइ देखेर दङ्, उ मलाई देखेर । यो कुरो मा चाँही मैले billy जि लाइ माने!

वाह्! america, एउटा सुको को एत्रो चमत्कार ? यस्तो power?

क्रमश ....
बाकि कथा comment तथा guess पछी ..... कथा तुरुन्तै टक्र्याउने छु, कथा तयार् छ paste मात्र गर्न बाकि छ !
 
Posted on 12-20-06 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey man
the way you write is amazing yaar
i think you are the sajha person of the year
 
Posted on 12-20-06 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dhanyabaad raataamakai jyu.
 
Posted on 12-20-06 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ramprasad ji
dami cha yar..
The way you write is so nice... remind those days....
cheers
 
Posted on 12-20-06 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ram prasad ji
malai ta lagyo tapai merai barema lekhi ranu bhako specially about ktm life.
awesome.keep it up
 
Posted on 12-20-06 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ram parsad jee
tapai ko lekney estyle ta dami ho dami
mero auta suggestion ... kitab leknus ...best seller huncha
 
Posted on 12-20-06 6:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey Ramprasad.. tapaiko writing style ta Dami.........chha ni.. Kasto word use garya yar..malai ta pahile pahile sathi haru sang ko kura yaad aayo..tapaiko katha aaula ki bhaner ma kati choti sajha herchau.. la pate gari halauna ta tapaiko katha.... Gajab nai chha....tori laure le bhane jhai lekhnu huncha...
 
Posted on 12-20-06 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामप्रसादजी गजब छ तपाईंको कलम को चमत्कार्, अमेरिका को महिमा एती राम्रो सँग कसैले पनि बर्णन गरेको पहिला देखेको छैन!!!
 
Posted on 12-21-06 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ram Prasad Ji ,Saraii nai ramro lekhnu hunchau.Sabda chanawat ra ek pachii arku kura ko prasanga pani saraii naii ramro lagyo. yo katha ko ... arko bhag padhne saraii naii kahutuhal chu.
 
Posted on 12-21-06 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम प्रसाद जी, धेरै नै राम्रो कथा लेखनु भएको मा धन्यवाद फेरी प्रतिक्षा गर्दैछु है
 
Posted on 12-21-06 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ronnie,
Man This is the real story of guys like us. Dude, I am really enjoying reading this. Thanks for bringing it on. Keep it up.
 
Posted on 12-21-06 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

simply awsome dude.

some points seem like exaggerated, but flow so well with the story, and the presentation is so good you are compelled to believe every point.

i visualized myself in yoor place while reading your story.

great job keep it coming.
 
Posted on 12-21-06 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै धेरै धन्यवाद, सम्पूर्ण शुभचिन्तकहरुलाइ । यहाँहरुको यो सदभाव देख्दा america मा पाएको सबै दुख्: बिर्सें जस्तो लाग्छ । अर्को भाग छिट्टै पस्कदै छु ।

आगामि आकर्षणहरु:

सर्वप्रथम्- अघिल्लो भागबाट बाकि - बिशेष् दर्शन् को कुरो को चुरो !

१ टेक्सस् यात्रा
२ bloody iranians
३ क्याम्पसका कुरा
४ जागिर उफ्राइ job hopping
५ calling card महिमा
६ मेरो पहिलो क्रेडिट कार्ड
७ ईण्डियन स्टोर
८ तरुनी बरुनी जता हेर्यो तरुनी ... लौन मैले कसो गरु नि
९ 24 hour fitness
१० मेरो पहिलो दशै तिहार
११ च्वाँक susan
१२ DMV
१३ सुर्य सिद्धिदाको कुरा र american चुरोट
१४ नेपाली भेला
१५ san francisco रमण
१६ काले, गोरे र बिच्चका होजे
१७ पासपोर्टका कुरा
माथि उल्लेखित बिषय बस्तुहरुमा लेख्दै जाने छु, कत्ति त तयार छन्, टाईप मात्रै गर्नु छ, घटना घाटदै लेख्या भएर, diary बाट सार्नु मात्रै छ ।

तथापी, यहाँ हरु ले कुनै घटना लाई बिशेष महत्व दिइ 'यो चाँही पहिले सुनम न त' भन्नु भयो भने तेसै गर्नेछु ।

उहि
दुखी
राम प्रसाद न्यौपाने
 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters