Posted by: ramprasadneupane December 14, 2006
रामे को america अनुभव्!
Login in to Rate this Post:     0       ?        
रामे को america अनुभव्- भाग्-१ कुरो america आउँदा को हो । प्लेन चढ्न त पयियो, america छिर्न नै नपाइने हो कि भन्ने टेन्सन थियो । धन्न आइयो । पोर्ट अफ् एन्ट्री मा हाकिम् ले सोध्यो, के काम ले आयिस? मैले भने पढ्न । चार् बर्स को लागि? मैले भने, हजुर । अनि देश फर्किने? मैले भने हो हजुर । तल देखि माथि सम्म हेरेर भन्यो, ल ठिकै छ । कहाँ बस्ने नि ? मैले भने कलेज को होस्टेल मा । मोरो ले पत्याएछ। पढाई भन्या तेस्तै हो, आउन साथ काम खोज्न हिडियो । एउटा किताब् पसल् म पकिस्तानि भेटियो। ये हामि त सार्क् को छिमेकि भने, जांठा लाइ सार्क् भन्य थह रैनछ। कुरो मिल्यो। भोलि देखि काम् मा आइज् भन्यो तेस्को बोस् ले । एक् राति इकोनो लोज् मा बस्या ६० डलर् ले दिमाग् ठाउ म थिएन आफ्नो। काम् पाइयो धन्न। क्लास् सुरु हुन २० दिन् थियो । पढाई भन्या तेस्तै हो, काम् पाइयो धन्न । अब अर्को चुनौति डेरा खोज्ने थियो। बोस् ले sleeping bag ल्याएर येहि सुते हुन्छ भन्यो, एका बिहानै । आफ्नो त हर्श ले ठाउ छोड्यो। न आमा पट्टि को न बाउ पट्टि को । कुरो मिल्यो । पैसो को कुरा नि राम्रो लाग्यो, महिना मा १२०० दिन्छु भन्यो, वाह्! झन्डै १ लाख्! अर्को समस्या खाना को थियो, आफु लाइ burgar चाख्ने बडो सौख् थियो, खिचापोखरि को burgar बस्तबमा burgar होइन रैछ भन्ने चाल् पाए । mac donalds ले मेरो आखा खोल्यो। सोचे, chicken burgar यति मिठो भए ham burgar कस्तो होला त? तर मन् ले मानेन। गाइ मासु र सुङुर् मासु चाहि आहिले नै नचाखौ भनि थाति राखे। जिन्दगि मा पहिलो burgar किन्दा, किन्नु अघि को डर्, खैरे ले जे सोधे नि yes, please र everything भने पछि, हातमा burgar पाउदा, मैले मन् मनै भने "वाह् रामे, त चहि america म टिक्छस्"। बडो ठुलो बिजय थियो त्यो मेरो लागि । पहिलो एक् हफ्ता कसरि बित्यो चालै पाइएन। टोल् गल्लि चहार्दै बित्यो। ताल् ताल् का मान्छे, ठाउ न ठहर् थुतुनो चाट्या छन्, चुस्या छन्, छाम्या छन्। तरुनि को halfpant पछाडि लेख्या कुरो पढ्यो, दङ पर्यो, कतै bebe कतै pink, के के हो के के । Tshirt उस्तै guess लेख्या ... अब त्यो नि गेस् गर्ने कुरो हो? के होला त्यहा भित्र भनि? पहिलो झट्का तब लाग्यो, जब bookstore म एउटि स्वप्नसुन्दरि को प्रवेश् भयो, धोतिनि जस्ति थिइ तर latino हो कि जस्तो नि लाग्या थियो। हिजो भर्खर् एउटा mexican लाइ "दाइ, तपाइ नेपलि हो?" भनेर सोध्दा kimpasa amigo भन्या कान् मा गुन्जिराथ्यो । मस्त तन्, अटसमटस् tshirt, फुट्ला जस्तो trousers, हाम्रै college को हुनु पर्ने हो , मन् मनै सोचे । मोरि ले किताब् छान्दा, angle, angle बाट हेरे, स्वाद् लिएर । आफुलाइ कस्तो गारो भै सक्या थियो । बोस् counter मा थियो, म नि छेउ मा गएर किताब् मिलाउन थाले। नक्कलि आइ । hey, I am Sania ... भनेर हात् बधाइ, you from India? मैले भने No, from Nepal...Kyaath-man-dio...everest?" saki nasaki accent हालेर भने । छप्कि पग्लि छे । really? hwasyonem भ्न्या जस्तो लग्यो। sorry? मैले भने your name? ooh! Ronnie मैले भने। Ram Prasad Neupane कता कता पाखे पाखे लाग्यो आफैलाइ यतिका बर्ष पछि।Ram Prasad Neupane काट्कुट् गर्द तुरुन्त दिमाग् म Ronnie जन्मियो, Ram को Ro र neupane को Ne Ronnie ।
Read Full Discussion Thread for this article