Posted by: ramprasadneupane December 18, 2006
रामे को america अनुभव्!
Login in to Rate this Post:     0       ?        
..... Billy को ताल देखेर कहिले काही तीनछक पर्छु, ४ बर्षमा धेरै चेन्ज भएको कुरो उ आँफै गर्छ, आफुलाइ amrerican भन्न बढी रुचाउछ उ; हुन पनि हो ४ बर्ष भन्या जोक होइन यार्; तेसमाथि नेपाली नभेट्या, न त संगत गर्या; १-२ जना चिनेका पनि आफ्नै ताल का रैछन । कम्प्युटर, वेबसाईट, ईमेल यि तीन कुरा सङ घनिष्ठता अमेरिका आए पछी मात्रै भएको हो । नेपालमा साईबर क्याफे म घण्टाको २५ तिरेर कति गुजरा हुन्थ्यो र । साझा डट्कम सँगको मित्रता चाँही पोहर दसैं ताका मात्रै भीको हो; बिल्ली जि को कृपाले । सुरुमा anfrancisco मा काम नपाउदा दिनभरी कोठा मा बसेर उस्को ल्यापटप चलायो, caigslist म जोब खोज्यो, email गर्‍यो, नेपालमा भा नभा america को राम्रो कुरा गर्‍यो, काम पाइयो भनेर गफ हान्यो, अनि साझा डट्कम चहार्यो; उतिखेर को उरन्ठाउँलो साझा डट्कम र अहिलेको सामाजिक साझा डट्कम म धेरै भिन्नता छ । उहिले NAS को जस्तो मनै बाउडिने चित्र कहाँ हेर्न पाउनु नि? बिल्लि ले firewall रखेको ले होला जथाभाभि website म जानै हुन्नथ्यो, चित्रै नआउने बा! साह्रै भाग्यमानी भा दिन याहू को च्याट रूम मा कहिले काही केही देख्न पायिन्थ्यो, तेत्ती हो! फेरी आफु त्यस्तो त्यस्तो कुरमा बढी ध्यान दिने परिएन, काम चली राथ्यो । ठुलो शहर भएर होला sanfrancisco मा अलि डर लग्थ्यो सुरु सुरु मा, तल्तिर को गल्ली तिर गयो कि ताल ताल का काले हरु, मुख छाडया छन्, बाटै मा मुत्या छन्, जाड्को बोटल जथभाबी फल्या छन्, बिजोग हालथ्यो downtown को । झन market र mission मा त सात्तै जाने भन्य, अजिब अजिब पहिरन मा एक से एक पागल हरु, खातेहरु, ठिसहरु! पछि बुझ्दा थाहा भयो ति सब vietnam युद्धका veteran रे! तीनहरुको गरीबि देखेर मलाई दुख लग्थ्यो, तर billi ले भन्या कुरा सधैं याद राख्थे, सरकारले तीनैहरुलाइ भत्ता दिदो रैछ । कति भाग्यमानी यहाँका माग्नेहरु, कति talented अङ्रेजीमा भिख माग्ने! हाम्रो नेपालबाट पशुपति अगाडिका सबलाई B-1 visa मा ६ महिनालाइ यहाँ ल्याउन पाए, नेपालको remittance अझ दरो हुन्थ्यो कि? यो पनि त एक किसिम को बैदेशिक रोजगार नै हो नि । यसै त देश बैदेशिक रोजगारको भरमा टिक्या बेला ! america मा नयाँ कुरा सिक्ने क्रम जारी थियो, आएको महिनौ पछी billi जि सँग पहिलो पटक चिया खान पाइयो, starbucks मा, कस्तो चियापसल यार्! छिर्नै डरलाग्ने ! जिन्दगीमा २०० रुपैयाँको 'चाय' खाएपछी मेरो छाती घमन्डले फुल्याथ्यो, बाटामा starbucks को कागाजको कप बोकेर हिंड्ने सबै जना सँग म अब जोरी खोज्न सक्षम थिए! तर सोच्दा सोच्दै हातमा लिएको चाय सिद्धिएपछी मलाई एउटा अनौठो डर्ले घेर्यो - आज त billy थियो र चिया खान पाइयो, भोली नि? म आफ्नो अत्मबिश्वासमा आँफै अबिश्वसत थिए ! भोली पल्ट बिहानै billy जि ओछ्यान मै सुतिरख्दा, बडो हिम्मत गरेर हिजो को starbucks मा गए, थरि थरिका कफि देखेर दिमाग out भाथ्यो ! ठिराउदो जाडोमा पनि मेरो शरिरबाट पसिना निस्किन थल्याथ्यो, एउटा अनौठो डरले गर्दा । जे परे पर्ला भनेर कुन्नी के हो अर्डर गरे, भित्तामा भएको कफि को लिस्ट मा नम्बर ४ म भएको कफि, medium भने ! burgar किन्दा जस्तै everything भन्नु पर्ला कि भन्या, तर परेन, मलाई यो तरिका चाँही मन पर्‍यो तर पैसो गएको कुरो ले साह्रै चित्त दुख्दैथ्यो । २ डलर् ७५ सेन्ट् को त्यो कफि खाना साथ मेरो बुद्धीमा बीर्कै लग्या रैछ भन्ने प्रमाणित भयो, जनवरी को चिसो स्याठ्मा पिउनु परेको चिसो कुन्नी के हो ले मेरो दिमाग सफाचट भएकोथ्यो, billi जि को शब्दमा brain dead रे! के गर्ने? पैसो पर्या कुरो, घरमा ल्याएर माईक्रोववमा तताएर भएनी पिए । पहिलो कफिको त्यो चिनो स्वरुप starbucks को कप मैले ४-५ महिना सम्म रख्या थिए, पछि americanized हुँदै जाने सिल्सिलामा एक दिन कपले garbage मा ठाउँ पायो । तदुप्रान्त starbucks मेरो सबभन्दा नरुचाएको स्थानको लिस्टमा सदाको निम्ती दर्ता भयो ! अचेल चिया त पियिन्छ कि घर मै कि फ्री को, हजुर फ्री को naan and curry रेस्टुराँ म भात र कुखुराको साप्रो किनेपिच्छे २-३ गिलास धित मर्ने गरी चिया हानिन्छ । जती गरे नि मैतिदेवी चोकको बिश्रान्तिको चिया र सुर्य चुरोटको धित चाँही मेट्न सक्या छैन । "ओए भाई, ४ वटा र क चि क " अर्थत ४ कप रङ कडा चिनी कडा चिया । साथमा १० रुपैयाँको ४ वटा सुर्य, कहिले काही घन्टौ बिताइन्थ्यो बिश्रान्तिमा, तर हाम्रो usual टाईम चाँही शनिबार बिहान हुन्थ्यो । एका बिहानै ६-७ बर्ष नबिराइ ६ बजे गौशला चोकमा केटाहरु सँग भेट हुन्थ्यो, पशुपति दर्शन को लागि, ९-१० बजे तिर फर्कदा, सधैं बिश्रान्तीम आएर १-२ बजे सम्म गफ हान्यो बस्यो, कलेजका केटाहरु पनि भेटिन्थे । पछि आएर शाहुजीले दिक्क भएर होला बिश्रान्तिमा no smoking टाँसेपछी, बिश्रान्ती जान बन्द भयो, तर बिश्रन्ती को स्वाद कही नपाए पछी केही उपाय नलाग्दा, हामी compromise को अवस्थामा पुग्या थियौ, चिया बिश्रान्ती कै, तर बाहिर उभिएरै भए पनि ! चुरोट त्याग्ने कुरा यदाकदा 'दिपे' ले ल्याए पनि, बहुमतको कदर गर्दै चुरोट छोडिएन । दिपे, एउटा अजिबको character, चुरोट्, जाड्, बियर, रक्सी, गाजा केही नखाने तर ब्यवस्था गर्न कहिल्लै पछी नपर्ने ! केटाहरु फिट्टु भएर क्याबिन रेस्टुराँमा सुत्दा पनि ट्याक्सीमा चाढाएर घर भने पुर्याउथ्यो । राती २ बजे घर छिर्ने हिम्मत नभएपछी मेरो मै सुत्थ्यो, भोली पल्ट बाउ को last गाली खाइयो यार भन्दै सुनाउथ्यो । हुन पनि हो, घरमा मम्मिलाइ दिपे को birthday वा, दिपे को भतिजो को पासनि, वा दिपेको दिदि को engagement वा दिपे पास् भएको party, वा दिपे को birthday को बहाना सुनाएपछि आरामले बाहिर जान पाइन्थ्यो अझ डो पनि पास् हुन्थ्यो । हजुर्, दिपे को birthday २ चोटि मात्रै होइन, कहिले काहि त ४ चोटि सम्म मनाइन्थ्यो नेवारि, बिक्रम् सम्बत्, इश्वि सम्बत् र तिथिले ! अचम्म को मित्रता थियो हामी बिच्, वा मोटे, काले, दिपे, हुट्टे, बाबा, सुके, बोका, खैरे र म RP । सब को नाम पछाडि आफ्नै रहश्य थियो । मोटे-बाङ्गुर जस्तो भएको हुनाले, काले-पोल्दा पोल्दा उम्केर भाग्या जस्तो काले हुनाले, हुन त त्यस्तो काले त थिएन यार्; दिपे-dipendra को छोटो नाम्; हुट्टे-हुट्टिट्याउ जस्तो हुनाले; बाबा एक नम्बर् को गजेडी हुनाले; सुके-सुक्या बाँस् जस्तो हुनाले; बोका-छप्की देख्नै नहुने सोमलाई-दुई खुट्टामा उभिएको जे भएनी हुने!; खैरे- त्यो चाहि खैरे जस्तै देखिने हुनाले र मेरो बारे म त के आँफै गुन गान गरम र ! ***
Read Full Discussion Thread for this article