nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - VI

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 146240 TIMES]
SAVE! for ease of future access.
Posted on 01-11-06 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के भा हो यस्तो यो समून्द्रे संग त बात मार्नै नपाइने। म सुतेको बेलाँ ऊ चौताराँ आम्दोरेच ऊ सुतेको बेलाँ चाइन्जो
म यता आम्दोरेचु।
 
Posted on 01-11-06 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

''अचार जसरी अरु व्यञ्जन माझाँ पितिक्क हाल्नु र मेन कोर्स बनाएर ह्वात्त पस्किनुमा अन्तर हुन्छ के । तर पात पात अन्सार दुनो, दुनो दुनो अन्सार मुख, मुख मुख अन्सार जिब्रो, जिब्रो जिब्रो अन्सार स्वाद भन्छन के रे ।''

...के स्वादओ कुरो अर्चन भनि यी नेपे दाजी! यस्ता ज्ञानी मुन्छे चौपाराँ अलि धेरै आए त याँ काम छोडेर हल्लिनि लंठूहुरले नि धेरै जो सिक्ते के रे नि!

आजकल तो लोकतन्तर लोकतन्तर भन्निहुरओ गुट तो सिमोरवोटओ ओडाराँ जम्मा भएर गुपचुप देशाँ के अर्नु पर्च, को कोलाई लखेट्नु पर्च भनेर अनेक थरि कुरा अर्चन रे भन्नी सुन्चु। नेपे दाजी नि तेतैतिर जो धेरै जान्चन् के रे। अव अरु त अरु तो सिरे केटो नि कन्नाँ काउसो लाए झैं तेइ ओडाराँ गओ गै अर्च रे। तो दादा नि पल्केओ छ कि भन्नि मान्चु। लोकतन्तर त लेइ जो हाल्चन र हो कि देशाँ? ल्याए त राम्रै जो हुन्तो के रे नि। तर यिनी जमातले ओडाराँ बसेर कुरो अर्नु भन्दा त यस्तै धेरै मान्छे आउनि चौपारा सौपाराँ आएर कुरो अरे त सप्पै गाम्लेले जो सुन्ते, अनि तिनले नि कुरो बुज्ते के रे नि। जान्निबुज्नि मात्रै गुपचुप कुरो अरेर गाम्लेहुरलाई के राम्रो किन राम्रो भन्नि कसरी था हुन्च तो भन्चु म त!

जे अरे नि अरुन अव! पक्कै राम्रै जो कुरा अर्दा हुन के रे नेपे दाजीहुर। उनी मुन्छे त ज्याद्रै जो काइदाआ हुन के रे नि। सधैं यतै गाममै बसेर राउनिति अर्नि। काँ काँ स्कूल, अस्पताल चाइन्च, बाटा कलधारा काँ चाइन्चन् भन्नि कुरा उनलाई जस्तो भेउ त अरु राउनिति अर्नि कोलाई पो छ र? तै नि उनको पाटी काउँरेसओ हाईकमान (high command)ले गएका तीनटै जो चुनापाँ नि टिकेस देएन के रे। उतै नेताहुरको वरिपरि हिन्निले टिकेस पाएचन। तैनि खटेओ खटै छन्। अव उनि उठे त हामी सप्पैले जो सयोग अर्नि भनेकै थिम्। अइले नि के को चुनाप आउँदै छ रे भन्नि सुन्चु। यस्पालि चैं नेपे दाजीले हामी उठनि नि हैन, कसैलाई भोट नि दिनि हैन भन्चन्। उनले भनेसि कुरो ठीकै त होला के रे नि। भोटसोट एत्रेनि हालिन्न यस्पालि, कन्नैसिति!
 
Posted on 01-11-06 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आजलाइ हा टा गरेँ है।
 
Posted on 01-11-06 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काका,
खासमा भन्ने हो भने त्यो गुगलानको ओडाराँ हुने कानेखुशी सभा कत्ति चित्त बुझेको छैन मलाई । काकाले भन्या जस्तै खुल्ला आकाशमुनिको उज्यालाँ सारा लोकले देख्नी पो लोकतन्तरको चौपारो हुन्छ । मैले गुगलानको ओडाराँ कम्तिमा बत्ती बालेर उज्यालो पारम् ताकि ईच्छुकहरुले ओडारा मुखाँ आ'र कुरा हेर्न-सुन्न पाउन, जबाफ फर्काम्न नपाए पनि भनेर परस्ताप राख्या थिएँ अलिक मास अघि, क्यै लागेन । त्यहाका भुँडीवाल भलादमीहरु त्यसै थरथर हुन्चन् बा । यो व्यर्थको थरहरी हो वास्तवमा । त्यहाको गोपनियता एउटा भरम मात्तै हो । त्यहाँको सब कुरा नारनहिटी दरबार, बल्खु दरबार, टेकु दरबार देखि रोल्पाको जंगलसम्म पुग्छ भन्ने कुरामा म विश्वस्त छु । यो कुरा त्यहाका भुँडीवाल बुढाहरुलाई पनि थाहा छ । तर यो नक्कली पराईभेसीको अभिनय किन हो, सप्पैलाई प्यारो छ त्यहाँ ।

भोटो फटाईलाई योग्यता र स्वास्नी कुटाईलाई मर्दाना मान्नेहरु पाटीका सरदार भएसम्म पाटीको डोकोमा दुध हाल्नु बेकार छ भनेर सरदारहुरले सात हातको टाँगाले पनि छुन नसक्ने ठाममा बस्या छु । टिकस भन्या कुरा नौलो साधुले होईन चिनिएको चोरले पाउने कुरा भा हुँदा सबभन्दा असल चोर पो खोज्न निस्क्या छु त । एकदुई असल चोर त देख्या छु, तर ती पनि सरदारहुरले लोकतन्तर पारी पुग्ने पुल हाली पो हाल्चन् कि भन्ने कुरा गर्चन् । मैले चाहि भुत्रो हाल्चन् पुल, खुरुक्क फड्को नमारेर भन्दिया छु । यस्तै यस्तै दुखम सुखम को कुरा हालेर यौटा शिलक बनाको छु ।

हालम् है त शिलक चौपाराँ ।

एउटा तात्तातो गजल:

नौलो साधुले हात रित्तो लिएर आयो
चिनेको चोरले बरु पैंचो लिएर आयो

बलवानहरु ताल्चा फोरीरहेका थिए
यस्तैमा एक बालक साँचो लिएर आयो

कुर्दा कुर्दाका कति आँधी-बेहरी पछि
मेरो साथी बल्ल बल्ल कुच्चो लिएर आयो

होचाहरु हो नुह सोझाहरु हो बाङ्ग
बचाऊ मुख साथी घोचो लिएर आयो

किसानहरु आकाश ताकिरहेका थिए
खेत गयो र आफै कुलो लिएर आयो

मारेनौ किन फड्को ? पर्खन्छौ पुल नै किन ?
को गयो रे लिन पुल ? भुत्रो लिएर आयो !

मैले छेकिरहँदा मलाई छेकि सकेछ
काल मेरै नापको कात्रो लिएर आयो

ढुङ्ग्रो लुका'को भए 'नि मही दिउँ भन्नु
के दिउँ जुलुसलाई, डोको लिएर आयो !

बहस योग्यताको भईरहेको थियो
दीपु किन फाटेको भोटो लिएर आयो !

 
Posted on 01-11-06 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माझीदाइको अगाडि माछाको बयान के गरुम र ! कति सरल तर कति गहन !

मैले नसुनेको शब्द कुनै छैन, मैले नसोँचेको भाव कुनै छैन, मैले नभोगेको कथा कुनै छैन र
मैले नदेखेको यथार्थ कुनै छैन।

धन्यबाद नेपे गुरु !

तपाईँका गजल पढे'सि त्यसै त्यसै गजलको ज्वारभाट उठ्छ, भावको
कम्पन छुट्छ, रहरको सागर उम्लन्छ र पोखिने बेलामा फ्यास्स शिषिरको शीत झैँ
फिस्किन्छ। अनि सक्न नपाउँदै बलेनीमा उठेको पानीको फोका जस्तै बिलाएर जान्छ।

:-)
-भउते
 
Posted on 01-11-06 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मैले त बोल्ने कुरै पाइन।
जसरी प्रशंसा गरे पनि कम हुन्छ जस्तो लाग्छ!

लु जिम्माल्नीले ढिँडो खान बोलाई म चाई लागेँ। राती आउँला 'तुच्च तुच्च' पार्न
:)
 
Posted on 01-11-06 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल नेपे दाजी, खर्राँट गओ केरे । अब तपैँ नि थुतिनु भइच केरे हाम्रा गामतिर, चईनी येस्तै येस्तै गजल
टाँसिराको देख्न पाम है ।

यी मुला केटाहुर जान्दैनन् के राम्ररी नाँच्न ।

गजल गाम्दा नि के को झाम्रे (झ्याउरे) मा नाच्नी झै भुत्रुक_भुत्रुक नाचेका होलान् त नि, बरु हे़ऽऽऽरि काकाले अलि अलि
मेसो ल्याए, चईनी सालैजो मा जस्तो ढलक_ढलक नाँच्न पर्च केरे नि गजलाँ त । यो लालेले क्यारेको होला नि अझ खुट्टो
फाल्दै नाँच्छ चईनी घोडाले लात्तो हानेको जस्तो । तेसरी त हैन के, उ काकाले जस्तो सलक_सलक हात बटारेर हो नि
गजलाँ नाच्नी त ।

अनि यो चौपारीको कोटा सकिनी बेलाँ त हाम्रा केटाहरु कति रगरगाका हुन् नि साङ्ले किरा जस्तो, २७० पुगेसि त चईनी बाँकी त
आधा घन्टाँ जो भेईहाल्नी केटाहरुले र आर्को चौपारी खोलिहाल्दा रैचन है ।

आफूले भनि साहूको मेलो जोतेर अझै सकेको छैन, आम्ला नि फेरि काम साम सकेर अलि फूर्सद भा़सि ।

Keep rolling...
 
Posted on 01-11-06 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सिरेले एऊटा गित सम्झायो मलाइ, गित गाएर मात्तै खान जानु पर्ला-

संगैका साथी नि हवाइजाज माथी
सालै ज्यु सालै ज्यू
म भैँसी गोठालो

:)
 
Posted on 01-11-06 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नि:शब्द छु नेपे गुरु गजलबाट। यो पो लेखाई!
 
Posted on 01-11-06 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो राती चौतारीको जग हालेर सुतेको, अइले सम्म त १६ वटा छपनि भइसकेचन । अब सबइको सल्ला अनुसार त राम्रो बनाउन टराइ अरेकै हो के रे, यता उता परे माफि पाउ है ?
नेपे र नेपे साइला दुबैलाइ नेपे दाजि भनेर भउते संगै सारङि र मुर्चुङ्गा मा राखेको हो के रे, अलि परस्ट भन च जस्तो छ , परस्ट पारे है ?
यसपालि त इस्टाइलनै गितको भर हो कि, चौतारीमा त सप्पैले गितै मात्र गाम्न थाले के रे, कसै कसैले त गजल नि गाउन थाले । ल है म त सिरेले भने जस्तै अरेर नाच्न थाले ।
 
Posted on 01-11-06 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नमेले भनेको सत्ते हो है, खासमा नेपे र नेपेसिला लाइ एउटै नामले सम्बोधन गरिएको हो। बोरु, सजिलोको लाइ फेरि न्वारन गराउनि होकि। कता गए सिरे, गतिला पन्नित छन गांठे, न्वारन, स्वारन, जापुटक, रुद्रि सप्पैलाइ पक्का छन!! तेसो भ'सि अलि सजिलो हुन्तोकि।
 
Posted on 01-11-06 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि, लाले ले बल्ल मेरो कुरो बुज्यो । अब तेस्तो किलियर न भे सिरलाइ ल्यार न्वारन अरार भिन्नै भिन्नै नाम राख्नु पर्यो । अब सानो तिनो रुद्री त तेसले एकै मिलेटा सक्च के रे । बोलेरै सन्सार बैच्च तेसले, आकाशका तारा पातालै झार्च के रे ।
अस्ति त्यो कस्को हो रुद्रि अरेको मैले नै देखेको हु के रे, मन्तर त के के पो भन्थयो -

ए बागमाति खोलो तिरपन्ताम
बिस्नुमति तिरपन्ताम
पैसा जति मलाइ तिरपन्ताम
चामल पनि मलाइ तिरपन्ताम

 
Posted on 01-11-06 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त तेस्भे, सबै त्यै भन्चन र नमेले त्यो अरेका हुन् भने म पनि त्यति सारो अरठ्या त काँ थि र। चित्त नबुझ्या ठाममा प्याच्च भनिहाल्नि बानी मेरो था छँदैछ नी। जे होस् दम्तरी हो, त्यो नेपे नाम चैं मेरो भो हैन त? लौ त, अब जबानी मा यस्सो दायाँ बायाँ आँखा नलाए नर्क परिन्छ रे, दुइ चार दिन छड्के आँखा लाएँ भने, त्यै हो, तरुनीको कमाल हो भन्दिए।

हाजिरी चैं जनाइरन्छु म, हा टा रे क्या।
 
Posted on 01-11-06 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नमे! सान्दाइले "खवरदार! आउलास्!" भन्दा भन्दै पनि क्यार्न तो पुरानो चौतारीतिर घरिघरि गईरा' भन्या! अब यै चौतारीलाई पो सजाउने, स्याहार्ने गर्नु पर्यो ! बरु एउटा दोटा कथाका बुटा लगाउ न यार!
 
Posted on 01-11-06 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु एस्तो राम्रो चऊतारो बनाई सके छन् ठिटा हरुले, आफु गाम को मुखिया भएर पनि थाह नै नाई । आज है मुख्खिनि बजै साह्रै कराइ र येसो गाम डुल्न पर्यो भनेर निस्केको त गरेछन् है ठिटा हरुले ।ल ल केटाहरु गरो गरो।म पनि सक्दो सहयोग गरुमला नि ।
 
Posted on 01-11-06 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेसाइलाले कुर ठ्याक्कै बुजि अइले त , मइले भनेको तेइ नै हो ।
गोतामे चोरेर लाको माया र खाको रमाइलो हुन्च अरे क्या । फेरि पनि झुल्किन बिचार छ मेरो ।
ल है मुखिया भा जदौ अरे चौतारिमा आकोमा । फेरि पनिआउदै राखे है ?
 
Posted on 01-11-06 11:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्चु नि किन आम्दैनहुम ठिटाहरु ले बनाएको यस्तो राम्रो चौतारिमा पनि, अहिले सम्म त थाह नै नभएर पो त
 
Posted on 01-12-06 4:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैना:

ए आँधीखोला उर्लेर आयो
आउने थे न मायाले बोलायो!

आँधीखोला उर्लेर आयो
आउने थे न मायाले बोलायो!

यो मायाले बिर्स्यो कि डारयो!
आजभोलि भेट हुनै हरायो?

आँधीखोला उर्लेर आयो
आउने थे न मायाले बोलायो!

चित्रे तिम्ले पिर गर्छौ किन?
माया भए भेट हुन्छ दिन दिन।

आँधीखोला उर्लेर आयो
आउने थे न मायाले बोलायो!

मया गर्छु भन्छौ नि जहिले नि
एक कल फोन गर्देनौ कहिलै नि।

आँधीखोला उर्लेर आयो
आउने थे न मायाले बोलायो!

हे अन्तैतिर लाछौ रे हित
भैगो ठिक्क नपार मैसित!

आँधीखोला उर्लेर आयो
आउने थे न मायाले बोलायो!
आउने थे न मायाले बोलायो!


 
Posted on 01-12-06 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे -

सिरमा फूल ए मैना गाजलु आँखैमा
लाइदेउ माया ए मैना यहि भिर पाखैमा
मेचि दोभान, ख्याल ख्यालैमा जाला जोबन

मैना -

हातमा घडि ए चित्रु आंगैमा कालो कोट
माया लाउँदा ए चित्रु मन भरि हुन्छ चोट
मेचि दोभान, ख्याल ख्यालैमा जाला जोबन

चित्रे -

तिम्रो लागि ए मैना उकालो धाएको
माया लाउन ए मैना भनेर आएको
मेचि दोभान, ख्याल ख्यालैमा जाला जोबन

मैना -

चौतारिको ए चित्रे छेवैमा बाँसघारी
माया लाउना ए चित्रे नाआउनु आश गरी
मेचि दोभान, ख्याल ख्यालैमा जाला जोबन
:)
 
Posted on 01-12-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नभए नी मेरो आस्कोट तइँ बुटा झुण्ड्या'र हिन्यो छु है ! अड्डाँ जाँदा हाकिम नभे नि हाकिमको कोट कुर्चियाँ टाँग्या त देखिन्च नि ! हो तेस्तैअरी ! हाटा आरेँ आजलाइ ! :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters