Posted by: Nepe January 11, 2006
Login in to Rate this Post:
0
?
काका,
खासमा भन्ने हो भने त्यो गुगलानको ओडाराँ हुने कानेखुशी सभा कत्ति चित्त बुझेको छैन मलाई । काकाले भन्या जस्तै खुल्ला आकाशमुनिको उज्यालाँ सारा लोकले देख्नी पो लोकतन्तरको चौपारो हुन्छ । मैले गुगलानको ओडाराँ कम्तिमा बत्ती बालेर उज्यालो पारम् ताकि ईच्छुकहरुले ओडारा मुखाँ आ'र कुरा हेर्न-सुन्न पाउन, जबाफ फर्काम्न नपाए पनि भनेर परस्ताप राख्या थिएँ अलिक मास अघि, क्यै लागेन । त्यहाका भुँडीवाल भलादमीहरु त्यसै थरथर हुन्चन् बा । यो व्यर्थको थरहरी हो वास्तवमा । त्यहाको गोपनियता एउटा भरम मात्तै हो । त्यहाँको सब कुरा नारनहिटी दरबार, बल्खु दरबार, टेकु दरबार देखि रोल्पाको जंगलसम्म पुग्छ भन्ने कुरामा म विश्वस्त छु । यो कुरा त्यहाका भुँडीवाल बुढाहरुलाई पनि थाहा छ । तर यो नक्कली पराईभेसीको अभिनय किन हो, सप्पैलाई प्यारो छ त्यहाँ ।
भोटो फटाईलाई योग्यता र स्वास्नी कुटाईलाई मर्दाना मान्नेहरु पाटीका सरदार भएसम्म पाटीको डोकोमा दुध हाल्नु बेकार छ भनेर सरदारहुरले सात हातको टाँगाले पनि छुन नसक्ने ठाममा बस्या छु । टिकस भन्या कुरा नौलो साधुले होईन चिनिएको चोरले पाउने कुरा भा हुँदा सबभन्दा असल चोर पो खोज्न निस्क्या छु त । एकदुई असल चोर त देख्या छु, तर ती पनि सरदारहुरले लोकतन्तर पारी पुग्ने पुल हाली पो हाल्चन् कि भन्ने कुरा गर्चन् । मैले चाहि भुत्रो हाल्चन् पुल, खुरुक्क फड्को नमारेर भन्दिया छु । यस्तै यस्तै दुखम सुखम को कुरा हालेर यौटा शिलक बनाको छु ।
हालम् है त शिलक चौपाराँ ।
एउटा तात्तातो गजल:
नौलो साधुले हात रित्तो लिएर आयो
चिनेको चोरले बरु पैंचो लिएर आयो
बलवानहरु ताल्चा फोरीरहेका थिए
यस्तैमा एक बालक साँचो लिएर आयो
कुर्दा कुर्दाका कति आँधी-बेहरी पछि
मेरो साथी बल्ल बल्ल कुच्चो लिएर आयो
होचाहरु हो नुह सोझाहरु हो बाङ्ग
बचाऊ मुख साथी घोचो लिएर आयो
किसानहरु आकाश ताकिरहेका थिए
खेत गयो र आफै कुलो लिएर आयो
मारेनौ किन फड्को ? पर्खन्छौ पुल नै किन ?
को गयो रे लिन पुल ? भुत्रो लिएर आयो !
मैले छेकिरहँदा मलाई छेकि सकेछ
काल मेरै नापको कात्रो लिएर आयो
ढुङ्ग्रो लुका'को भए 'नि मही दिउँ भन्नु
के दिउँ जुलुसलाई, डोको लिएर आयो !
बहस योग्यताको भईरहेको थियो
दीपु किन फाटेको भोटो लिएर आयो !