Posted by: kick January 11, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
''अचार जसरी अरु व्यञ्जन माझाँ पितिक्क हाल्नु र मेन कोर्स बनाएर ह्वात्त पस्किनुमा अन्तर हुन्छ के । तर पात पात अन्सार दुनो, दुनो दुनो अन्सार मुख, मुख मुख अन्सार जिब्रो, जिब्रो जिब्रो अन्सार स्वाद भन्छन के रे ।'' ...के स्वादओ कुरो अर्चन भनि यी नेपे दाजी! यस्ता ज्ञानी मुन्छे चौपाराँ अलि धेरै आए त याँ काम छोडेर हल्लिनि लंठूहुरले नि धेरै जो सिक्ते के रे नि! आजकल तो लोकतन्तर लोकतन्तर भन्निहुरओ गुट तो सिमोरवोटओ ओडाराँ जम्मा भएर गुपचुप देशाँ के अर्नु पर्च, को कोलाई लखेट्नु पर्च भनेर अनेक थरि कुरा अर्चन रे भन्नी सुन्चु। नेपे दाजी नि तेतैतिर जो धेरै जान्चन् के रे। अव अरु त अरु तो सिरे केटो नि कन्नाँ काउसो लाए झैं तेइ ओडाराँ गओ गै अर्च रे। तो दादा नि पल्केओ छ कि भन्नि मान्चु। लोकतन्तर त लेइ जो हाल्चन र हो कि देशाँ? ल्याए त राम्रै जो हुन्तो के रे नि। तर यिनी जमातले ओडाराँ बसेर कुरो अर्नु भन्दा त यस्तै धेरै मान्छे आउनि चौपारा सौपाराँ आएर कुरो अरे त सप्पै गाम्लेले जो सुन्ते, अनि तिनले नि कुरो बुज्ते के रे नि। जान्निबुज्नि मात्रै गुपचुप कुरो अरेर गाम्लेहुरलाई के राम्रो किन राम्रो भन्नि कसरी था हुन्च तो भन्चु म त! जे अरे नि अरुन अव! पक्कै राम्रै जो कुरा अर्दा हुन के रे नेपे दाजीहुर। उनी मुन्छे त ज्याद्रै जो काइदाआ हुन के रे नि। सधैं यतै गाममै बसेर राउनिति अर्नि। काँ काँ स्कूल, अस्पताल चाइन्च, बाटा कलधारा काँ चाइन्चन् भन्नि कुरा उनलाई जस्तो भेउ त अरु राउनिति अर्नि कोलाई पो छ र? तै नि उनको पाटी काउँरेसओ हाईकमान (high command)ले गएका तीनटै जो चुनापाँ नि टिकेस देएन के रे। उतै नेताहुरको वरिपरि हिन्निले टिकेस पाएचन। तैनि खटेओ खटै छन्। अव उनि उठे त हामी सप्पैले जो सयोग अर्नि भनेकै थिम्। अइले नि के को चुनाप आउँदै छ रे भन्नि सुन्चु। यस्पालि चैं नेपे दाजीले हामी उठनि नि हैन, कसैलाई भोट नि दिनि हैन भन्चन्। उनले भनेसि कुरो ठीकै त होला के रे नि। भोटसोट एत्रेनि हालिन्न यस्पालि, कन्नैसिति!
Read Full Discussion Thread for this article